समसामयिक

गिरिजाबाबुको मन्त्रले सुजाता 'हिट'

२०७२ पौष २३ बिहिबार, माया नेपाल, काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला अहिले पश्चिम नेपालको भ्रमणमा छिन। सुदुरपश्चिमको दार्चुलादेखि पूर्वको भ्रमणमा निस्किएकी कोइराला बिहिवार रुकुमको भ्रमण सकाएर दाङ झर्दै थिइन। रुकुमको भ्रमण सकाउँदै गर्दा उनले १३ जिल्लाका स्थानीय नेता कार्यकर्ताहरुसँगको अन्तर्क्रिया सकाएकी थिइन। सुजाता जहाँजहाँ गइन स्थानीय सभासद र काँग्रेसका केन्द्रीय तहका स्थानीय नेतालाई सँगै लिएर गएकी थिइन। महाधिवेशनको मुखमा जिल्ला दौडाहामा निस ... बाँकी अंश»

जनकपुर घटनाले दंगाको रुप लियो, मोटरसाइकल जलाउने व्यापारीका पसलमा ताला

२०७२ पौष २३ बिहिबार, जनकपुर । धनुषाको जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले उग्र रुप लिएको छ । जनकपुरमा विहिबार हाल सम्म तराई मधेसमा भएका आन्दोलनमा नघटेको घटना घटेको छ । दिउँसो व्यापारिसंग झडप गरेका मोर्चा कार्यकर्ताले साँझ आफ्ना नेताको मोटरसाईकल जलाउने व्यापारीको नाम ठेगाना खोजी–खोजी पसलमा ताला लगाई दिएका छन् । मोर्चा कार्यकर्ताले जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय शाह र व्यापारी अनन्त मिश्रको कपडा पसलमा ताला लगाएका जनकपुरबाट स्थान ... बाँकी अंश»

दिल्लीमा महतोलाई भेटेर के भने रामचन्द्रले?

२०७२ पौष २३ बिहिबार, काठमाडौं। भारत भ्रमणमा रहेका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेका छन्। धार्मिक तथा राजनीतिक भेटमा दिल्ली रहेका पौडेलले स्वास्थ्य उपचार पछिको राजनीतिक भेटघाटका लागि दिल्लीमै रहेका महतोलाई भेटेका हुन। उनीहरुबीच दिल्लीको एक होटलमा भेट भएको थियो।   महतोसँगै रहेका भतिज उपेन्द्र महतोले काँग्रेस नेता पौडेलले अध्यक्ष महतोको स्वास्थ्य अवस्था बारे जानकारी लिंदै स्वास्थ्यलाभको कामना गरेका जानक ... बाँकी अंश»

दोलखा काँग्रेसमा चुनावी सरगर्मी बढ्यो

२०७२ पौष २३ बिहिबार, श्याम खतिवडा, दोलखा । कांग्रेसमा अधिवेशन नजिकिदै जाँदा नेतृत्वमा पुग्न आकांक्षीको लर्को देखिएको छ । जिल्ला सभापति, पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । जिल्ला अधिवेशनबाट नेतृत्व लिन युवा जमात बढी सक्रिय देखिएका छन् । अधिवेशन र नयाँ नेतृत्वको बहस जिल्ला भरी सुरु भएको छ । सदरमुकामका चिया पसल, चोक र गौडा, चौतारोहरु कांग्रेस कार्यकर्ताको जमघटले भरिएका छन् ।    जिल्ला सभापतिका लागि हालसम्म तीन जना नेताले ... बाँकी अंश»

सुदुरपश्चिममा पहिलो पटक काठे पुलमा गाडी

२०७२ पौष २३ बिहिबार, शैलेन्द्र  रोकाया ,बझाङ । बारम्बार पहल गर्दा पनि सरकारले सेती नदीमा पुल हाल्न चासो नदेखाए पछि बझागंको छान्ना क्षेत्रका स्थानिय बासीहरुले सेती नदीमा काठको पुल मा गाडी गुडाएका छन् । सुदुर पश्चिममै पहिलो पटक स्थानिय बासीहरुले सेती नदीमा पुल हाली गाडी तराए पछि छान्ना क्षेत्रको  सेती लोकमार्ग अन्तरगतको दश किलो मिटरमा बिहीबार गाडी गुडेको हो । बझाङ मुल सडकको तमैल सेती नदिमा काठेसाँगु हालेर छान्नाका वासिन्दाहरुले पहिलो पटक सेती पारी गाडी लिएपछि यस ... बाँकी अंश»

काँग्रेसले खस आर्यलाई पाखा लगाउँदै

२०७२ पौष २३ बिहिबार, काठमाडौं। कांग्रेसले मधेसी मोर्चासँगको अनौपचारिक सहमतिमा संविधान संशोधनमा सहमतिको नयाँ प्रस्ताव अघि सार्दा खस आर्यलाई पाखा लगाउने प्रस्ताव गरेको छ। मधेशीहरुलाई सहमतिमा ल्याउने प्रस्तावमा पहाडी मुलका खस आर्य समुदायलाई पाखा लगाउने प्रस्ताव काँग्रेसले गरेको हो। दलहरुबीच सहमति नभए कांग्रेसले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी समेत गरेको छ।    कांग्रेस प्रस्तावमा यसअघि संसद्मा दर्ता भएको समानुपातिक समावेशीकरणबाट खसआर्य समूहलाई हटाउने उ ... बाँकी अंश»

कार्यदलको बैठक फेरि ‘सकारात्मक’ !

२०७२ पौष २३ बिहिबार, काठमाडौं । तीन दल र मधेसी मोर्चा सम्मेलित मधेस समस्या समाधान कार्यदलकोे बैठक सकिएको छ । बैठकमा समस्या समाधानबारे सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सकारात्मक छलफल भएको कार्यदल सदस्य एवं कांग्रेस सांसद महेश आचार्यले जानकारी दिए । हाम्रा कुरासंग उनले भने,‘बैठक साँझ फेरि बस्ने सम्भावना छ ।’ म धेरै लामो कुरा गर्न सक्दिन ।   आचार्यले हतारो जनाउँदै परिणाम बारे केही भनेनन् । चरणवद्ध छलफलको परिणामबार ... बाँकी अंश»

प्रहरी र सशस्त्रको दुष्मनी सकिँदै , साथी–साथी एक ठाउँमा

२०७२ पौष २३ बिहिबार, काठमाडौ । लामो समय देखि पानी बाराबारको अवस्थामा पुगेको दुई सुरक्षा निकायका विचमा संवन्ध सुधारको सकारात्मक संकेतहरु देखापरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विचमा संवन्ध सुधारको संकेतहरु देखिन थालेका हुन । एक संगठनले अर्को संगठनका काम र क्षेत्राधिकार माथी आलोचना र हस्तक्षेप गर्दै आईरहेका दुवै संगठनका विचमा संवन्ध सुधारको मुख्य कारण भने नेतृत्व नै हो । सशस्त्र प्रहरीको महानिरिक्षकमा दुर्जकुमार राई नियुक्त हुनु र गृहमन्त्री शक्तिबहादुर ... बाँकी अंश»

के गर्दैछ दलहरुको कार्यदलले आज

२०७२ पौष २३ बिहिबार, संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेताहरु समेत आशावादी भएको मोर्चा र तिन दलका नेता सम्मीलित कार्यदलले आज पनि सहमतिको विन्दु खोजी गर्ने भएको छ ।    हिजो देखि छलफल सुरु गरेको मोर्चाको पहिलो बैठक निकै सकारात्मक भएको दुवै पक्षका नेताहरुले बताएकाले आज पनि सकारात्मक तरिकाले छलफल अगाडी बढ्ने विश्वास लिइएको छ ।    आज दिउसो बस्ने भनिएको कार्यदलको बैठक भन्दा अगाडी कार्यदलका सदस्यहरुले आ आफ्नो पक्षका शिर्ष नेताहरुसंग छलफल गर्ने भएका छन् । शिर ... बाँकी अंश»

विखण्डनकारी अतिवाद, मण्डले राष्ट्रवादका विम्ब र झुण्डले सिक्नै पर्ने पाठ

२०७२ पौष २२ बुधबार, काठमाडौं । ‘नेपाली उपनिवेश अन्त हो, मधेश देश स्वतन्त्र हो’–यो कुनै दार्शनिक अर्थात महापुरुषको भनाई होइन । आफ्नै दर्शन विर्सिएको उपज हो । विखण्डनको शंखनाद ! अहिले मधेसमा यही स्वतन्त्रताका लागि आन्दोलन, मारपीट आदि इत्यादी भइरहेको छ । भूमिको लडाई जे भने पनि । नेपाल राष्ट्रको तराई–मधेस चोइट्याउने स्वतन्त्रताको आवाज उठ्दै छ । विस्तारवादविरुद्धको आन्दोलनका नाउमा अतिवाद फस्टाउन उद्दत छन्, हिजो आजका विद्धान् । वुद्धिमानहरुको खडेरी भने कायम छ । नया ... बाँकी अंश»

सभामुखको अभिभावक भएर पुगे प्रचण्ड दम्पती अनन्त भेट्न

२०७२ पौष २२ बुधबार, काठमाडौं । थाइल्याण्डमा उपचार गराइरहेका पूर्व अर्थमन्त्री तथा एमाओवादी नेता वर्षमान पुनलाई भेट्न बैंकक पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दम्पती अस्पताल पुगेर भेट गरेका छन् । सभामुख एवं पुन पत्नी ओनसरी घर्तीको अभिभावक बनेर बैंकक पुगेका दाहाल दम्पतीले पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । दाहालको ट्वीटरमा पोष्ट भएका तस्वीरमा दाहाल पत्नीले पुनको टाउको सुम्सुम्याइरहेको र दाहाल उदास देखिएका छन् । सभामुख एवं पुन पत्नी घर्ती छेउतीर सो ... बाँकी अंश»

राजेन्द्र महतोको दिल्ली उपचार सकियो

२०७२ पौष २२ बुधबार, काठमाडौं । दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका सद्भावना अध्यक्ष राजेन्द्र महतो डिस्चार्ज भएका छन् । विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झडपमा घाइते भएका महतो गएको शुक्रबार मात्रै धरानबाट उपचारका लागि सिधै दिल्ली गएका थिए । महतो केही दिन दिल्लीमै रहेर आराम गर्ने छन् । आफन्तहरुले सरकारले हत्या प्रयास गरेपनि उपचारपछि महतोको स्वास्थ्य पूर्ववत हुने क्रममा रहेको बताएका छन् ।     नियमित औषधी सेवन गर्ने र एक हप्ता पछि परिक्षणक ... बाँकी अंश»

गगन प्रदिप हल वाँधेर तराई मधेशमा

२०७२ पौष २२ बुधबार, काठमाडौं। संविधानका कुरा बुझाउन र पार्टीको सांगठनिक गतिविधीका बारेमा स्थानिय नेता कार्यकर्ताहरुसँगको अन्तरक्रियाका लागि काँग्रेस नेता गगन थापा अर्का नेता प्रदिप पौडेलसँग मध्य तराईका भ्रमणमा निस्केका छन्। तराई मधेश आन्दोलित भइरहँदा तराई मधेशका समस्या र तिनका समाधानमा केन्द्रमा भइरहेका पहलहरुमा पार्टीका स्थानिय कार्यकर्ताहरु र सर्वसाधारणको धारणा बुझ्न काँग्रेस नेता गगन थापा पौडेलसँगै मध्य तराइका लागि निस्किएका हुन।    बारा, रौतहट, सर ... बाँकी अंश»

देउवाको भोजमा सुशीलको भीड

२०७२ पौष २२ बुधबार, काठमाडौं । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले आयोजना गरेको दिवाभोज कार्यक्रममा संस्थापन पक्षकै नेताहरुको भीड लागेको छ ।  आसन्न १३औं  महाधिवेशनमा सभापतिका लागि उमेद्वारी दिने तयारीमा रहेका बरिष्ठ नेता देउवाले आफ्ना सहयोगीका लागि आयोजना गरेको दिवाभोजमा संस्थापन पक्षकै पदाधिकारी सहित प्रभावशाली नेताहरु बढी देखिए ।     राजधानीको शान्तिनगरस्थित आनन्द पार्टी भेन्यूमा भएको दिवा भोजमा संस्थापन पक्षकै  मानिने महामन्त्री कृष्णप्रसाद ... बाँकी अंश»

ओलीको फुस्रो अनुहारप्रति शंका छ.............

२०७२ पौष २२ बुधबार, काठमाडौं । चिकित्सा विज्ञान प्रतिष्ठानका बरिष्ठ चिकित्सक गोविन्द केसी फेरी आठौं पटक अनसन बस्ने तयारीमा छन् । केसीले सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय चिकित्सा नीति बनाउन पहल थाल्न सरकारलाई बुधबार सम्मको अल्टिमेटम दिएका थिए । सरकारले कुनै प्रक्रिया नथाले केसीले विहिबारबाट अनसन थाल्ने उद्घोष गरिसकेका छन् । सरकारले केही दिन अघि मनमोहन मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थानलाई पुनः चिकित्सा विज्ञान पढाउन स्वीकृति द ... बाँकी अंश»

स्कुल बस र माइक्रो ठोक्किदा माइक्रो सवार ५ को मृत्यु(फोटोसहित)

२०७२ पौष २२ बुधबार, शरद रेग्मी, दाङ । दाङको तुलसीपुर–घोराही सडक खण्डको सौडीकुलामा भएको सवारी दुर्घटनामा परि बुधवार बिहान ५ जनाको मृत्यु भएको छ भने १९ जना यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको पद्यमोदय पब्लिक नमुना स्कूलको रा १ क १९१ नम्वरको बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्वरको माइक्रो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।  बुधवार बिहान ९ बजे तिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । एसप ... बाँकी अंश»

शैयाका श्रीमानलाई सभामुखले आज भेट्ने

२०७२ पौष २२ बुधबार, काठमाडौं । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्ती र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज (बुधवार) थाईल्याड जादै छन् ।    सभामुख घर्तीका पति तथा एमाओवादीका सचिव बर्षमान पुनलाई भेट्न उनीहरु थाईल्याण्ड जान लागेका हुन् । उनीहरु विहान ११.३० बजे नेपाल एयरलाईन्सको जाहजबाट थाईल्याण्ड जाने तयारीमा रहेको सभामुख घर्तीको सचिवालयले जनाएको छ । थाईल्याण्डको बैङकक स्थीत समितिभेज अस्पतालमा एमाओवादी नेता पुनको उपचार भईरहेको छ । नेपालमै लामो समय उपचार गराउदा ... बाँकी अंश»

केपी अध्यक्ष र शुसिल उपाध्यक्ष भएको राष्ट्रिय परामर्श परिषद गठन

२०७२ पौष २२ बुधबार, काठमाडौँ। सरकारले राष्ट्रिय पुनःनिर्माण ऐनले व्यवस्था गरेबमोजिम राष्ट्रिय परामर्श परिषद्लगायत सम्पूर्ण समितिलाई पूर्णता दिएको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा परामर्श परिषद् गठन गरेको छ । परिषद्को उपाध्यक्षमा व्यवस्थापिका–संसद्का प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति सुशील कोइराला रहनुभएको छ ।    परिषद्मा प्रधानमन्त्रीबाट मनोनीत हुने मन्त्रीहरुतर्फ उपप्रधानमन ... बाँकी अंश»

तराई मधेश गएका गगनलाई प्रश्नै प्रश्न

२०७२ पौष २२ बुधबार, काठमाडौं। तराई मधेश आन्दोलित भइरहँदा तराई मधेशका समस्या र तिनका समाधानमा केन्द्रमा भइरहेका पहलहरुमा पार्टीका स्थानिय कार्यकर्ताहरु र सर्वसाधारणको धारणा बुझ्न मध्य तराईका भ्रमणमा निस्केका काँग्रेस नेता गगन थापालाई प्रश्न र सुझावको ओइरो लागेको छ। बाराबाट शुरु गरेर मंगलवार रौतहटका विभिन्न कार्यक्रममा सहभागि भएका थापाले कैयन नेता कार्यकर्ताको धारिलो प्रश्न र पार्टीलाई अग्रगमनतर्फ लैजान सुझाव समेत पाए। मधेशी समुदाय र पहाडी समुदायका बीचमा संवा ... बाँकी अंश»

भगौडा देखि तर्सिदै दाहाल, मधेस विखण्डन र नयाँ शक्तिको ठूलो भय

२०७२ पौष २१ मंगलबार, काठमाडौं । नेपाली राजनीतिको शक्ति केन्द्रमा रहेका एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सप्तरी पुगेर मधेस आन्दोलन भगौडा र विखण्डनकारी दलालहरुको पोल्टामा परेको भनेपछी तरंग फैलिएको छ । दाहाल सत्ताधारी मात्र नभई ठूला राजनीतिक शक्तिको कमाण्डर भएकैले समेत उनको अभिव्यक्तिले तरंग फैलिएको हो । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका दाहालले सरकार र विपक्षीलाई साईजमा ल्याउन विभिन्न रणनीति अख्तियार गरिरहेका छन् । समावेशी प्रतिनिधित्वकै ... बाँकी अंश»

नयाँ