समसामयिक

प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा

२०७२ असोज २३ शनिबार, काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री कोइरालाले आज राजीनामा दिनुभएको हो ।    प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले राष्ट्रपति डा यादवसमक्ष राजीनामा दिनुभएको जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानीसमेत भएको बुझिएको छ ।  ... बाँकी अंश»

नेपाली काँग्रेसले प्रधानमन्त्री चयनमा मलाई सहयोग गर्छ : अध्यक्ष ओली

२०७२ असोज २३ शनिबार, काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले समेत आफूलाई प्रधानमन्त्री चयनमा सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन, मुलुकमा देखिएको परिस्थिति र भूकम्पको पछिको पुनःनिर्माणको सन्दर्भमा प्रमुख दल मिलेर जानुपर्ने आवश्यकता भएको बताउनुभयो ।    अध्यक्ष ओलीले भन्नुभयो, “मलाई विश्वास छ, नेपाली काँग्रेसले पनि म ... बाँकी अंश»

ओलीलाई माओवादीको सर्तसहितको समर्थन

२०७२ असोज २३ शनिबार, काठमाडौं । एकीकृत नेकपा माओवादीको शनिवार बिहान बसेको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा सशर्त समर्थन गर्ने निर्णय गरेको छ । एमाओवादी स्थायी समितिको बैठकले प्रमुख दलहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने भद्र सहमति भएको कुरा दोहोर्‍याउँदै सहमति अनुसार ओलीको नेतृत्वमा सहमतीय सरकार बनाउने समर्थनको निर्णय गरेको हो । एमाओवादीले मधेस आन्दोलनको राजनीतिक समाधानसहितको शर्त राखेको बैठकमा सहभागी एक ... बाँकी अंश»

शेरबहादुरको समर्थनमा काँग्रेसबाट सुशिल नै उम्मेद्वार

२०७२ असोज २३ शनिबार, काठमाडौ । नेपाली काँग्रेसका शीर्ष तीन नेताबीच शनिवार भएको छलफल वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ । प्रधानमन्त्रीको उम्मेद्वारी चयनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रा ... बाँकी अंश»

छिमेकीको असहयोगकाबीच खोक्रो राष्ट्रवाद (टिप्पणी)

२०७२ असोज २३ शनिबार, काठमाडौं । भारतले अघोषित नाकाबन्दी लगाइरहेका बेला उत्तरी छिमेकी चीन समेत अवरुद्ध नाका खोल्न अनिच्छुक देखिएको छ । वैशाख १२ को विनाशकारी भूकम्पमा सघाएर छिमेकीको असली भूमिका देखाएको चीन नेपाल अभावको सन्नाटामा पर्दा अनेकौं प्रस्तावको उल्झन देखाइरहेको छ । दोहोरो समस्यामा परेको नेपालको आशा आशामै सीमित हुने देखिएको छ । चीनीया सरकारले तातोपानी नाका सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गर्न तय गरेको सिमा सुरक्षा बैठक समेत एका–एक रद्द भएको छ । शनिबार बस ... बाँकी अंश»

संविधान कार्यान्वयनमा ठुला दल एकजुट हुनुपर्ने

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ। ठूला राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको कानुन व्यवसायीले जोड दिएका छन् ।   नेपाल बार एसोसिएसन, सङ्मणकालीन न्याय कानुन समिति र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सको संयुक्त आयोजनामा आज यहाँ भएको नेपालको संविधानमा मानवअधिकारःकार्यान्वयनका चुनौती विषयक छलफल कार्यक्रमका अधिकांश वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।   कार्यक्रममा नेपाली काँग्रेसका सभासद् रमेश लेखकले मानवअधिकारका दृष्ट ... बाँकी अंश»

नयाँ सरकार गठनमा समर्थन जुटाउन ओली निवासमा वार्ता

२०७२ असोज २२ शुक्रबार, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भावी सरकार बनाउन आज ओली निवास बालकोटमा विभिन्न दलका नेताहरूबीच छलफल भएको छ । बिहानदेखि नै भएको छलफलपछि प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले आज विभिन्न दलका नेताहरूसँग भएको छलफल सकारात्मक भएको बताउनुभयो ।    उहाँले भन्नुभयो, “आज बिहानदेखि नै विभिन्न साना दश राजनीतिक दल र मध्याह्न एकीकृत नेकपा (माओवादी) र राप्रपा नेपालबीच भएको छलफलमा उनीहरु अध्यक्ष ओलीलाई समर्थन गर्न सक ... बाँकी अंश»

प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशित

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गरेको छ । व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा सुवास नेम्बाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशित गरेको हो ।    प्रकाशित सूचनाअनुसार शनिबार बिहान संसद् भवन नयाँबानेश्वरमा ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीका उम्मेद्वारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प ... बाँकी अंश»

राष्ट्रिय समस्या समाधान गर्न दलीय एकता आवश्यक : सभामुख नेम्बाङ

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ। विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सभामुख सुवास नेम्बाङ समक्ष ज्ञापनपत्र बुझाएको छ । नेकपा(एमाले)का युवा नेता ठाकुर गैरेको नेतृत्वको टोलीले आज सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले समस्याको समाधान गर्न सबै राजनीतिक दल, सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।    मुलुकलाई परेक ... बाँकी अंश»

दसैँमा घर जान नपाइने चिन्तामा सर्वसाधारण

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ । महान् चाड दसैँमा घर जान नपाइने चिन्ताले सर्वसाधारण पिरोलिएका छन् । वर्षदिनमा एकपटक मात्र दसैँमा घर जाने सुदूर पूर्व र सुदूर पश्चिमका यात्रुले छिटो यातायातको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।    विगत वर्षहरुमा दसैँ आउनु डेढ दुई महिना अघि नै टिकट अग्रिम बुकिङ हुने गरेकामा यस वर्ष पेट्रोलियम पदार्थको अभावका कारण बुकिङ काउन्टर सुनसान छ । यसले गर्दा यात्रु अन्योलमा परेका छन् । पेट्रोलियम पदार्थको अभावका कारण विगत वर्षमा झैँ यस ... बाँकी अंश»

प्रधानमन्त्रीको निर्वाचन असोज २४ गते आइतवार

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ । नेपालको संविधानको प्रावधान अनुरुप नयाँ प्रधानमन्त्रीको निर्वाचन यही असोज २४ गते आइतवार बिहान ११ बजे हुनेभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले सो दिन प्रधानमन्त्रीको निर्वाचन हुने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।    बैठकमा सभामुख नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र ... बाँकी अंश»

नयाँ सरकार गठन बारे निर्णय लिने जिम्मा तीन नेतालाई

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सरकारको गठन सम्बन्धी निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ ।   तीनदिनदेखि जारी बैठकले सो निर्णय गरेको महामन्त्री कृष्ण सिटौलाले आज सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम आजै सकिएको छ । ... बाँकी अंश»

मधेस आन्दोलन साम्प्रदायिक हुन थालेको भन्दै चुरे भावरद्धारा शान्तिपूर्ण प्रतिकारको घोषणा

२०७२ असोज २२ शुक्रबार, काठमाडौ। दुई महिनादेखि जारी मधेस आन्दोलन साम्प्रदायिकतातर्फ उन्मुख हुन थालेको दावी गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको छ । सो पार्टीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भारतीय भूमिबाट नेपालीमाथि आक्रमण गर्ने, भारततर्फ गएका नेपालीहरुमाथि मरणासन्न हुने गरी कुटपीट र आक्रमण गर्ने जस्ता कामले मुलुकको सामाजिक सद्भाव विथोल्ने दावी गर्दै त्यसका विरुद्ध सामाजिक सद्भाव ... बाँकी अंश»

मन्त्रिपरिषद्को बैठकको निर्णय: पेट्रोलियम पदार्थ आपूर्ती सहज बनाउन समिति गठन

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्का बैठकद्वारा गठित सो समितिमा मुख्य सचिव डा सोमलाल सुवेदी र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय रहनुभएको छ ।   बैठकले पेट्रोलियम पदार्थ आयात सम्बन्धमा वैकल्पिक उपाय र म ... बाँकी अंश»

विराटनगर भन्सारबाट ३६ इन्धनका गाडी भित्रिए

२०७२ असोज २२ शुक्रबार, विराटनगर। विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् ।   सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाहक ट्रक, कच्चापदार्थ बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम पदार्थसहितका गाडी आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।   सो नाकाबाट बिहीबार पेट ... बाँकी अंश»

सरकारमा पार्टी सहभागी हुने वा नहुने निर्णय लिन अध्यक्ष थापालाई जिम्मेवारी

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे उपयुक्त समयमा उचित निर्णय लिन पार्टी अध्यक्ष कमल थापालाई अधिकारसहित जिम्मेवारी दिएको छ।   पार्टी अध्यक्ष थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज बसेको बैठकले लामो समयदेखि सहकार्य गर्दै आएका दलबीच रहँदै आएको एकता कायम हुनुपर्छ भन्नेमा राप्रपा नेपाल दृढ रहेको पार्टीका सहायक महामन्त्री राजाराम ... बाँकी अंश»

सुदुरपूर्वी पहाडि जिल्ला पाँचथरमा दशैंको चहलपहल छैन

२०७२ असोज २२ शुक्रबार, जितेन्द्र भण्डारी, पाँचथर।नेपालीहरुको महान चाड वडा दशैं नजिकिएको छ । तर, भारतले गरेको अघोषित नाकाबन्दीको कारण यो बर्ष सुदुरपूर्वी पहाडि जिल्लामाका शहर देखि गाउँसम्मका सर्वसाधारणमा दशैंको कुनै उत्साह देखिएको छैन ।   सोह्र श्राद्ध शुरु भएसँगै प्रायः दशैंको चहलपहल बढ्ने गरेको भएपनि यो बर्ष सोह्र श्राद्ध सकिने बेला हुँदासमेत बजार सुनसानै रहेको छ ।   अघिल्ला बर्षहरुमा दशैंका लागि गाउँगाउँबाट बजारमा किनमेल गर्न आउने सर्वसाधारणको निक्कै भिड ... बाँकी अंश»

प्रहरीद्वारा नेपाली नागरिकलाई भारतीय बजार सुनौली जानमा रोक

२०७२ असोज २२ शुक्रबार, लुम्बिनी (रूपन्देही)। आन्दोलनरत मधेसी मोर्चाले भारतीय भूमिबाट नेपाली नागरिक र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालस्थित सुरक्षा निकायले नेपाली नागरिकलाई आज बिहानदेखि भारतीय बजार सुनौली जान रोक लगाएको छ ।   आन्दोलनरत मधेसी मोर्चा भारतीय भूमिमा बजार गर्न गएका नेपाली नागरिक रूपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका कृष्ण विष्टमाथि कुटपिटको घटनापछि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएक ... बाँकी अंश»

काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्नेमा अधिकांश नेता एकमत

२०७२ असोज २१ बिहिबार, सिबी अधिकारी।काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने सो पार्टीका अधिकांश नेताहरुको अभिमत रहेको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान निर्माणको नेतृत्वकर्ता ठूलो दल भएका हैसियतले संविधानको कार्यान्वयनका लागि पनि काँग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखेका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय समितिको बैठकमा ५६ जना केन्द्र ... बाँकी अंश»

‘फास्ट ट्रयाक’ सम्झौता जहाँको त्यही रोक : सर्वोच्च

२०७२ असोज २१ बिहिबार, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं–तराई जोड्ने ‘फास्ट ट्रयाक’ द्रूत मार्ग सम्बन्धी सम्झौता अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ताद्वय पूर्णबहादुर खड्का र भाइराजा राइले गएको वुधबार दर्ता गरेको रिट निवेदनबारे छलफल गर्दै विहिबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले कार्तिक ११ गतेसम्म सो सम्झौता जे जस्तो अवस्थामा छ सोही ठाउँमा रोक्न अन्तरिम आदेश जारी गरेको हो । सर्वो ... बाँकी अंश»

नयाँ