समसामयिक

पुर्वराजा ज्ञानेन्द्रले मिलाए केपी ओली, प्रचण्ड र कमल थापालाई

२०७२ कार्तिक १० मंगलबार, काठमाडौं। तत्कालिन एमाले नेता मदन भण्डारीले भनेका थिए ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’। हुनपनि नेपाली राजनीति उनकै यही भनाईलाई निरन्तर प्रमाणित गर्ने गरी यही भनाई कै वरीपरी घुलिरहेको छ ।   नेपाली राजनीतिमा यतिसम्म भयोकि, प्रचण्ड र केपी ओली राजनीतिको लामो कालखण्डसम्म पानी पनि नचल्ने जस्तो दुश्मनीमा रहे । कुनै बेला प्रचण्ड नेतृत्वको ३० दलिय गठबन्धनले त ओलीलाई पागल भएकोले उपचारको व्यवस्था गर्न माग गर्दै उपचारको लागी राँची लैजान प्रे ... बाँकी अंश»

साना मुलुकमाथि ठूला राष्ट्रको प्रभूत्वको सदैव विरोध गर्नुपर्छ: प्रम ओली

२०७२ कार्तिक १० मंगलबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला शक्तिले साना मुलुकमाथि लाद्ने प्रभूत्ववाद, उपनिवेशवाद र साम्राज्यवादको विरोधमा नेपालले सदैव आवाज उठाउँदै आएको बताउनुभएको छ ।   इन्डोनेसियाको जकार्ता तथा वाङ्डुङमा यही कात्तिक ९ देखि १३ गतेसम्म हुने वाङ्डुङ सम्मेलनको ६०औँ वर्षगाँठसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको कामनाका लागि सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल विश्वका कुनै पनि भागमा कसैबाट पनि कानुन विरोधी, अमानवीय र असमान व् ... बाँकी अंश»

भण्डारीलाई मत माग्न केपी ओली सहितको टोली बिजुक्छे निवासमा

२०७२ कार्तिक १० मंगलबार, भक्तपुर। प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।    प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार भण्डारी, पूर्वसभामुख सुवास नेम्वाङ र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलसहितको टोली आज कमलविनायकस्थित बिजुक्छे निवास पुगेर मतदान गर्न आ ... बाँकी अंश»

राष्ट्रपतिका तीनै जना उम्मेदवार भन्छन् 'चुनाव म नै जित्छु'

२०७२ कार्तिक १० मंगलबार, काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिनुभएको छ । मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिनुभएको हो ।    व्यवस्थ ... बाँकी अंश»

चुनावमा जिताउन हराउन नसक्ने भएपछि किन भाग लिनेः कर्ण

२०७२ कार्तिक १० मंगलबार, काठमाडौ। संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई परास्त गर्न मात्रै प्रधानमन्त्री निर्वाचनमा मत हाल्न गएको स्पष्ट पारेका छन्।    रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा,‘कहिले मधेसीलाई यूपि र विहारी भन्ने, कहिले आन्दोलनले माँखो पनि भाच्दैन भनेर मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई हराउन मात्र हामी न ... बाँकी अंश»

राष्ट्रपतिमा तीन उमेद्वारः काँग्रेसबाट केबी, एमालेबाट विद्या र नेमकिपाबाट नारायण

२०७२ कार्तिक १० मंगलबार, काठमाडौँ। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा तीन उमेद्वारको मनोनयन परेको छ। नेपाली काँग्रेसबाट केबी गुरुङ, एमालेबाट विद्या भण्डारी र नेमकिपाबाट नारायण महर्जनको उमेद्वारी परेको हो।    नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उहाँले आज अपराह्न १२:१५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । गुरुङको प्रस्तावमा काँग्रेसका महा ... बाँकी अंश»

केपी ओली भन्छन 'विद्या भण्डारीलाई राष्ट्रपति बनाउन सहमति खोजिने'

२०७२ कार्तिक ९ सोमबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनका लागि बहुमतीय प्रक्रिया थालिएपनि सहमतिका साथ अघि बढ्न सकिने बताउनुभएको छ ।    विजया दशमीका अवसरमा नेपाली काँग्रेसले आज दशरथ रङ्गशालामा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले विगतमा राष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचनमा नेकालाई सघाएको र त्यसपछि पनि सहमतिका साथ एकताबद्ध भएर अघि बढ्ने प्रयास भइआएको उल्लेख गर्नुभयो ।    हालै भएको प्रधानमन्त्रीको निर्वाचनमा समझदा ... बाँकी अंश»

राष्ट्रपतिका लागि एमालेबाट विद्या उम्मेद्वार

२०७२ कार्तिक ९ सोमबार, काठमाडौं । नेकपा एमालेको प्रधानमन्त्री निवासमा जारी स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति पदमा उठाउने निर्णय गरेको छ । बैठकमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र भण्डारीका विषयमा छलफल भए पनि बैठकले भण्डारीकै पक्षमा निर्णय गरेको हो ।स्थायी समितिको वैठक जारी छ।    एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बै ... बाँकी अंश»

बुधबारसम्म पेट्रोलियम पदार्थ नेपाल भित्रने

२०७२ कार्तिक ९ सोमबार, रसुवा । नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।  दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने वाणिज्य विभागमार्फत जानकारी पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।  रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ । भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक ... बाँकी अंश»

आज कोजाग्रत पूर्णिमा

२०७२ कार्तिक ९ सोमबार, काठमाडौँ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ ।   आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।   माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नव ... बाँकी अंश»

सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक; आपूर्ती सहज वनाउने कुरा अन्यौल

२०७२ कार्तिक ८ आइतबार, काठमाडौँ। सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ । सिंहदरबारमा आज तीन घन्टाभन्दा बढी समयसम्म चलेको वार्तामा मोर्चाले आफ्ना माग स्पष्ट रुपमा प्रस्तुत गरेको र छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्यले बताएका छन् ।    वार्तालाई परिणाममुखी बनाउन दुबै पक्षले थप तयारीका साथ छलफल गर्ने र यही कात्तिक १२ गते पुनः छलफल गर्ने निष्कर्षका साथ आजको वार्ता टुङ्गिएको वार्ता टोलीका सदस्य अग्नि खरेलले बत ... बाँकी अंश»

सुजाता भन्छिन 'देशलाई अभिभावकीय भुमिका दिन सक्ने व्यक्ति राष्ट्रपतिको उमेद्वार'

२०७२ कार्तिक ८ आइतबार, काठमाडौँ। नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेर उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएपछि काँग्रेसले कस्तो उम्मेद्वार बनाउँछ भन्ने सर्वत्र चासो पैदा भएको छ।    पार्टीभित्र कतिपयले मधेशी समुदायबाट प्रतिनिधित्व गराउनुपर्ने बताएका छन्। कतिपयले मधेशी समुदायकै वहालवाला राष्ट्रपति डा रामवरण यादवलाई दोहोर्‍याउनुपर्ने तर्क पनि राखेका छन्। तर पहिलो संविधानसभासम्मको कार्यकाल दोस्रो संविधा ... बाँकी अंश»

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने; बन्लिन त विद्या राष्ट्रपति?

२०७२ कार्तिक ८ आइतबार, काठमाडौँ। नेकपा (एमाले)ले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन । बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ ।    ... बाँकी अंश»

एमाओवादीले उपराष्ट्रपतिमा उमेद्वारी दिने

२०७२ कार्तिक ७ शनिबार, काठमाडौँ। सरकारको एक प्रमुख घटक एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ ।    सो पार्टीको आज बसेको स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेदवार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन ।    एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने ... बाँकी अंश»

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम सार्वजनिक

२०७२ कार्तिक ७ शनिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्ले नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ ।   राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अपराह्न सार्वजनिक गरेको कार्यतालिका अनुसार नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २९ र ३८ को उपदफा (१) बमोजिम हुने राष्ट्रपति र उपराष्ट्रपति पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न कात्तिक ८ गते अपराह ... बाँकी अंश»

स्वाभिमानमा आँच नआउने गरी समस्या समाधानको प्रयासः परराष्ट्रमन्त्री थापा

२०७२ कार्तिक ७ शनिबार, काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सीमा नाकामा उत्पन्न पारवहन एवम् अत्यावश्यक वस्तुको आपूर्तिको समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ ।   व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनको बैठकको प्रारम्भमा आज सभामुखबाट समय लिएर बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच नआउने गरी समस्याको निकास खोज्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।   पारवहन र आपूर्तिको अवर ... बाँकी अंश»

एमाले विद्यालाई राष्ट्रपति बनाउने दाउमा; सत्तारुढ सबै होलान सहमत ?

२०७२ कार्तिक ७ शनिबार, काठमाडौं। राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवारका विषयमा सरकारमा सहभागि दलका तर्फबाट एमालेले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपछि सत्तारुढ दलबीच यस बिषयमा निकै बहस शुरु भएको छ।    एमालेको प्रस्ताव आएकै समयमा उपप्रधानमन्त्री तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले काँग्रेस सभापति शुसिल कोइरालासँग भेटि राष्ट्रपति उपराष्ट्रपतिको उम्मेदवारका बिषयमा छलफल गर्नुभएको छ। यो छलफलपछि सत्तारुढ दल ... बाँकी अंश»

राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने काँग्रेसको निर्णय

२०७२ कार्तिक ७ शनिबार, काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।   पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति र ... बाँकी अंश»

राष्ट्रपतिमा साझा उम्मेद्वार हुनुपर्नेमा कोइराला र गच्छेदार सहमत

२०७२ कार्तिक ७ शनिबार, काठमाडौँ। मधेशी जनाधिकार फोरमका अध्यक्ष विजय कुमार गच्छेदारले राष्ट्रपतिमा साझा उम्मेद्वार हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाली काँग्रेसका सभापति शुसिल कोइरालासँग भेटवार्ता गरेर फर्केपछि संवाददाताहरुसँग कुरा गर्दै गच्छेदारले राष्ट्रपतिमा साझा उम्मेद्वार हुनुपर्नेमा जोड दिनुभएको हो। संविधान जारी हुनुअघी चार दलबीच भएको भद्र सहमति अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्नेमा उपप्रधानमन्त्री समेत रहनुभएका फोरमका अध्यक्ष विजय कुमा ... बाँकी अंश»

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार थालिँदै

२०७२ कार्तिक ६ शुक्रबार, काठमाडौँ। नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक बस्दैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ।   “सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक द ... बाँकी अंश»

नयाँ