प्रवास

सारजाहको जेलमा ६ जना नेपाली

२०७२ माघ २८ बिहिबार, फुजैराह यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले नेपाली राजदूतावाससंग समन्वय गरी फेब्रुअरी महिना भरि यूएईमा कार्यरत नेपालीहरुलाई लक्षित गर्दै जनचेतना तथा जागरण अभियान चलाएर साप्ताहिक यूएईका विभिन्न प्रान्तहरुमा भ्रमण गरेर चेतना जगाउदै गर्ने क्रममा १० फेब्रुअरी बुधवारका दिन सारजाहको जेलमा पुग्दा ६ जना नेपालीहरु भेटाएको छ।   गैर आवासीय नेपाली संघ (एनआरएन) युएई अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राईको टोली ... बाँकी अंश»

जिते नेपालीले कार उपहार

२०७२ माघ २७ बुधबार, साउदी अरब । वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।    साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्ष्यित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा टेलिमनीले ल्याएको बम्परमा कार उपहार योजनाअन्तर्गत विश्वकर्मा कार जितेका हुन् । कार विजेता विश्वकर ... बाँकी अंश»

साउदीमा बिचल्लीमा परेका नेपालीलाई राहत

२०७२ माघ २३ शनिबार, साउदी अरब । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि  साउदी अरबमा क्रियाशील नेपाली सङ्घसंंस्थाले खाद्यान्न सामग्री सहयाेग गरेको हुन् । तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार भोकभोकै बसेकाे समाचार अाए सगैं साउदीमा क्रियाशील नेपाली सङ्घसंस्थाले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।    साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पम ... बाँकी अंश»

साउदीमा बिचल्लीमा परेका नेपाली कामदारले राहत पाए

२०७२ माघ २३ शनिबार, साउदी अरब । साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् । काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार  प्रकाशन भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।    साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको ... बाँकी अंश»

साउदीमा बिचल्ली परेकाको उद्धार गर्न पहल सुरु

२०७२ माघ १९ मंगलबार, साउदी अरब। रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ । सो विषयमा राससले समाचार प्रकाशन तथा प्रसारण गरेपछि रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका तीनसय नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । सोमबार श्रम सहचारी कृष्णप्रसाद दवाडीको नेतृत्वमा आएको दूतावासको टोलीले कम्पनी सञ्चालकसँग छलफल गरेको छ । छलफलका क्रममा रोजगारदाताले ए ... बाँकी अंश»

सुतेकै अवस्थामा कुवँरको मलेसियामा मृत्यु

२०७२ माघ १७ आइतबार, इलाम। ‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेर फोन राखेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे–६ का कुवँर परिवार शोकमा डुबेको छ ।    चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो । मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिए ।    आगामी वैशाखमा घर फर् ... बाँकी अंश»

साउदीमा तीन सय नेपालीको बिचल्ली

२०७२ माघ १७ आइतबार, साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत ती कामदार तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् ।    अधिकांश नेपाली कामदारको ... बाँकी अंश»

मलेसिया कारागारमा ‘रोतन’ पर्खँन बाध्य नेपाली कामदार

२०७२ माघ ७ बिहिबार, काठमाडौँ। ‘‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ/दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो रोतन मिलाइदिनुपयो ।’’ मलेसियामा कार्यरत महोत्तरीका २२ वर्षीय एक युवाले भने ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव जीवनप्रकाश सिटौलासँग गुनासो गर्दै चोरीको अभियोगमा मलेसियाको सुनगाई बोलाहा कारागारम ... बाँकी अंश»

देउडामा रमाएका युएईका नेपाली

२०७२ माघ ५ मंगलबार, युएई । माघे संक्रान्तिको अवसर पारेर यूएईको बरदुबईस्थित ईम्पेरिअल सुईट्स होटेलमा सुदूर पश्चिम सेवा समाज यूएईले आफ्नो प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ । संस्था गठन भएको एक बर्ष पुगेको खुशीयालीमा आयोजित कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी नेपाली राजदुत धनन्जय झाले केक काटेर दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत बजाएर गरेका थिए । संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्वमा भएको कार्यक्रममा देउडा सम्राट नन्दकृ ... बाँकी अंश»

साउदीमा कपिलबस्तुका एक कामदारको हत्या

२०७२ माघ ३ आइतबार, मणि प्रसाद गैहे्ररे, कपिलबस्तु ।साउदी अरबमा एक नेपाली कामदारको हत्या भएको छ । कपिलबस्तु जिल्ला पकडि गाबिस वार्ड नं. ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको हत्या भएको हो । मुसलमानको यहि पौष ३० गते बङगलादेशी कामदारहरुको ५ जनाको समुहले हत्या गरेको मृतक कामदारका नेपाली साथीहरुले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाइ जानकारी दिएका थिए ।   साउदी स्थित अलियमामा कम्पनीमा कार्यरत मुसलमानलाइ हत्या गरेका बंगलादेशीहरुलाइ स्थानीय प्रहरि ... बाँकी अंश»

साउदी अरबसँग छिट्टै श्रम सम्झौता हुने

२०७२ माघ २ शनिबार, साउदी अरब । नेपाल र साउदी अरबबीच छिट्टै श्रम सम्झौता हुने भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो ।   श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली र साउदीको डेपुटी मिनिस्टरस्तरीय वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको हो । वार्तामा दुई देशबीच घरेलु कामदारलगायत सबै प्रकारका कामदारसम्बन्धी सम ... बाँकी अंश»

श्रम सम्झौताका लागि नेपाली टोली रियादमा

२०७२ पौष २७ सोमबार, साउदी अरब । नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आइतबार राति रियाद आइपुगेको छ ।  टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि छन् । साउदी सरकारको निमन्त्रणामा टोली रियाद आएको हो ।  टोलीले साउदीको श्रम सचिवस्तरीय प्राविधिक टोलीसँग छलफल गर्ने साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप् ... बाँकी अंश»

एनआरएनले साउदी अरबमा श्रमिक सर्वेक्षण गर्ने

२०७२ पौष २३ बिहिबार, साउदी अरब । साउदी अरबलगायत खाडी मुलुकमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्या र पीडाहरु बाहिर आइरहेका बखत गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले यहाँ कार्यरत नेपाली श्रमिकको रोजगारीको अवस्था र स्थितिको सर्वेक्षण गर्ने भएको छ । साउदी अरबमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्याको पहिचान गर्न तथा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका निम्ती सरकारी निकायको ध्यानाकर्षण गराउनका लागि सर्वेक्षण गर्न लागिएको ... बाँकी अंश»

२०१५ मा युएईमा ६४ नेपालीले ज्यान गुमाए

२०७२ पौष २१ मंगलबार, लालबहादुर ढेंगा, दुबई । वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ । भिजिट भिषा, टुरिष्ट भिषा र इम्पलोएमेण्ट भिषा लिएर छिर्नेहरुको संख्यामा दिनाहुं बढ्दो देखिन्छ । युएईमा अन्य खाडी मुलुकहरुको तुलनामा रोजगारदाताहरुका लागि सर्वशुलभ भएको हुनाले कामदारहरु भित्रिने क्रम ह्वाट्टै बढ्न थालेको हो ।  नेपाल वैदेशिक रोजगार विभागमा युएईस्थित कार्यरत नेपाली कामदारहरुको संख्या लगभग ४ लाख १ हजार रहेको तथ्याङ्क रह ... बाँकी अंश»

चार महिनादेखि अरबमै अल्झियो जयबहादुरको शव

२०७२ पौष १९ आइतबार, साउदी (अरब)। रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव चार महिना बढी बितिसक्दासम्म पनि स्वदेश पठाइएको छैन ।  कार्यस्थलमै दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जा, दरौ–१ काउलेका ३२ वर्षीय जयबहादुर रोकाको शव स्वदेश पठाउन ढिलाइ हुँदा साउदीको एक अस्पतालमा अलपत्र परेको छ ।  रोकाका परिवारले शव झिकाइदिन हारगुहार गरे पनि शव पठाउने प्रक्रियामा पहल हुन नसकेको बुझिएको छ । रोकाको शव स्वदेश पठाउने विषयमा पटक÷पटक दूतावासलाई आग्रह गरिए प ... बाँकी अंश»

नयाँवर्षमा रमाए युएईका नेपाली

२०७२ पौष १९ आइतबार,  मानबहादुर के.सी. 'मुस्कान', युएई । नेपाली कलाकार समुह यूएई र गैर आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितिको सयुक्त आयोजनामा अंग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । नेपाली कलाकार समुह यूएईका अध्यक्ष बिष्णु अधिकारीको सभापतित्व तथा एनआरएनए यूएईका अध्यक्ष सुदिप कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अतिथी फुजैराह क्षेत्रीय समितीका कार्यबाहक अध्यक्ष सागर लुइँटेल, ईण्डियन सोसियल कलब रा ... बाँकी अंश»

प्रवासबाट चितवनको सम्झना (भिडियो)

२०७२ पौष १८ शनिबार, काठमाडौँ । हरेक मानिसलाई आफ्नो जन्मभूमि प्राणभन्दा प्यारो लाग्छ नै । त्यही प्राण सरी जुनी जुनीसम्म आफ्नो जन्मभूमीलाई माया गरीरहने प्रण गरेका चितवनका संगीतकर्मी हुन् तुला पर्वत । यस अघि नै ९ वटा भिडियो बजारमा ल्याइसकेका तुलाले नयाँ वर्षको कोशेली स्वरुप आफ्नो १० औँ भिडियो हाम्रो चितवन आजमात्रै सार्वजनिक गरेका छन् । चितवनको सेरोफेरोमा डुबेर तुलाले तयार गरेको ५ मिनेट लामो भिडियोमा उनले समग्र नेपाललाई आफुले भिडियोमा अटाएको बताउँछन् । भन्छन् चितव ... बाँकी अंश»

मलेसियाको राजदुतावासमा ५ हजार बढी नागरिकता अलपत्र

२०७२ पौष १४ मंगलबार, सुदिप निउरे, क्वालालम्पुर। आफ्नो कार्यालयमा छाडीएका नागरिकता फिर्ता लैजान मलेसियाको नेपाली राजदुतावासले सबैमा आग्रह गरेको छ । चार बर्ष अघि देखि मलेसियाको नेपाली राजदुतावासमा हजारौ नागरिकता अलपत्र छन् । नया राहदानी बनाउनका लागी नागरिकता बुझाएकाहरु सम्पर्कमा नआएपछि ती नागरिकता अलपत्र परेका हुन । पहिले १५ हजार भन्दा बेशी नागरिकता राजदुतावासमा भएकोमा अधिकांशले फिर्ता लगेको दितिय् सचिब उत्तम शाहीले बताए । अहिले पनि ५ हजार भन्दा बेशी नागरिकता अल ... बाँकी अंश»

नेपाली समाज युएईका ९ साधारण सदस्यहरु पुरस्कृत

२०७२ पौष १४ मंगलबार, लालबहादुर ढेंगा, लक्ष्मी शर्मा, दुबई । सन् १९९० मा स्थापना भई युएईस्थित २५ बर्ष इतिहास बोकेको नेपाली समाज युएईमा आबद्ध रहेका ९ जना साधारण सदस्यहरु पुरस्कृत भएका छन् । सो पुरस्कार गत २५ डिसेम्बर शुक्रबारका दिन दुबईको सिन्धपंजाब रेष्टुरेण्टमा क्रिसमश तथा आउंदै गरेको नयां बर्ष २०१६ को शुभकामना आदानप्रदान कार्यक्रममा दिएको हो ।  उक्त कार्यक्रमको बिशेष अतिथिमा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यवाहक अध्यक्ष त्रिलोचन कोइराला, नेपाली एकता समाज ... बाँकी अंश»

शैक्षिक विकासका लागि झापाली समाजको क्रुज पार्टी

२०७२ पौष १३ सोमबार, हेमन्त काफ्ले, सिड्नी । झापाको शैक्षिक बिकासका लागि झापाली समाज अष्ट्रेलियाले आगामी जनवरी १६ तारिखका दिन क्रुज पार्टीको आयोजना गर्ने भएको छ । झापामा रहेका सार्वजनिक विद्यालयहरुको स्तरोन्नति गर्ने योजना अघि सारेर १० वटा विद्यालयलाई सहयोग सुरु गरेको समाजले यही कार्यलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष दिपक खनालले बताए ।  खनालका अनुसार झापाका १० विद्यालयलाई ३० लाख प्रदान गरीसकेको यस संस्थाले कोही पनि विद् ... बाँकी अंश»

Total:214

नयाँ