प्रवास

तीज महोत्सवका लागि सुनिता द कलाकारहरु जापान आईपुगे

२०७३ भदौ ११ शनिबार, टोकियो। टोकियोमा रहेका नेपाली महिलाहरुको समूह‘म नेपाली ग्रुप’जापानले हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’को लागि कलाकारहरु जापान आईपुगेका छन् ।   यहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत जापान ... बाँकी अंश»

स्पेनका व्यवसायीले गरे महजोडीलाई सम्मान

२०७३ बैशाख ११ शनिबार, स्पेन । नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै यतिबेला युरोपमा रहेका महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई स्पेनमा रहेका नेपाली व्यवसायीहरुले सम्मान गरेका छन् । स्पेनको कोस्टा व्लांका को खावियामा रहेका नेपाली व्यवसायीले महजोडी सहित नेपालबाट आएका अन्य कलाकारहरुलाई सम्मान गरेका हुन् ।    खावियामा नेपाली व्यवसायीले चलाएको रेष्टुरेन्ट एभरेष्ट स्पाइसमा भएको सम्मान कार्यक्रममा नेपाल स्पेन समाजका ललित श्रेष्ठ लगायत एनआरएन अभि ... बाँकी अंश»

साउदी अरबमा छठको रौनकता

२०७२ मङ्सिर २ बुधबार, साउदी अरब । शुद्धता र आपसी सद्भावको प्रतीक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीमा भने यस पर्वको रौनकता भर्खर सुरु भएको छ । छठ पर्वका दिन मङ्गलबार बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीले बिदाका दिन पारेर यही आउंँदो शुक्रबार हर्षोल्लासका साथ छठ पर्व मनाउने भएका छन् ।  तराईको साझा सांस्कृतिक पर्वको रुपमा मनाइने छठ पर्व धुमधामका साथ मनाउन यहाँं रहेका मिथिलावासी छठ पूजाको विशेष तयारीमा जुटेका छन् । मिथिलाव ... बाँकी अंश»

भारतले नेपाललाई लगाएको नाकाबन्दीको विरोधमा अस्ट्रेलियामा विरोध हुँदै

२०७२ कार्तिक ३० सोमबार, अस्ट्रेलिया। एनआरएन अस्ट्रेलियाले नेपालले जवर्जस्ती भोगेको नाकाबन्दीको विरोधमा खुलेरै कार्यक्रम ल्याएको छ। एनआरएन अस्ट्रेलियाले पहिलो चरणमा भारतले नेपाल बिरुद्ध गरेको अमानविय अघोषित आर्थिक नाकाबन्दीको बिरोध गर्न अस्ट्रेलियामा रहेका सबै नेपाली समुदायसंग समन्वय गर्दै अस्ट्रेलियाको सबै स्टेटहरुमा यहि नोभेम्बर २० मा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने भएको छ। सोही अन्तर्गत सिड्नीको मार्टिन प्लेसमा शुक्रबार प्रवासी नेपाली समुदायले शान्तिपू ... बाँकी अंश»

आप्रवासी कामदारको विषयमा छलफल गर्न आयोगको टोली कतार प्रस्थान

२०७२ कार्तिक २८ शनिबार, काठमाडौँ। आप्रवासी कामदारको विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिनिधिमण्डल आज कतार प्रस्थान गरेको छ । आयोगका अध्यक्ष अनुपकुमार शर्माको नेतृत्वमा रहेको तीन सदस्यीय टोली आज कतार प्रस्थान गरेको हो ।    आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ रहँदा प्रतिनिधिमण्डलले कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्षसँग भेटघाट तथा छलफल गर्नेछ । यस्तै कतारस्थित आप्रवासी नेपाली कामदारको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका ला ... बाँकी अंश»

अमेरिकामा पुगेर कोइरालाले भने–नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत

२०७२ कार्तिक २३ सोमबार, अमेरिका (क्यालिफोर्निया) । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क आइपुगेका छन् । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय नेपाली नियोगका कर्मचारीहरुले कोइरालालाई जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।  विमानस्थलमा पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित ... बाँकी अंश»

नाकाबन्दीविरुद्ध स्वीट्जरल्याण्डमा प्रदर्शन

२०७२ कार्तिक २० शुक्रबार, गुणराज शर्मा, स्विजरल्याण्ड । मानवअधिकार सम्वन्धी सयुक्त राष्ट्रसंघको २३ औ युपिआर बैठक चलिरहेको कै बेला स्विजरल्याण्डको जेनेभामा अवस्थित राष्ट्रसंघको कार्यलय भवन अगाडी भारतले लगाएको नाकावन्दीको विरुद्धमा स्विजरल्याण्डवासी नेपालीद्वारा बिरोध प्रर्दशन गरेका छन् । छोटो समयको तयारीमा गरिएको उक्त विरोध प्रर्दशनमा गैर आवासीय नेपाली संघका भूपू अध्यक्ष जीवा लामिछानेको विशेष उपस्थिति सहित स्विजरल्याण्ड, फ्रान्सका विभिन्न ठाउबाट नेपाली संगै न ... बाँकी अंश»

साउदीमा नयाँ श्रम नीति

२०७२ कार्तिक १७ मंगलबार, एनपी प्रधान, साउदी अरब । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।  यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै छ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र स ... बाँकी अंश»

बाबुको किरियाका लागि स्वदेश जान छुट्टी माग्दा साउदीको जेल

२०७२ कार्तिक ११ बुधबार, एनपी प्रधान,दमाम (साउदी अरब)। वैदेशिक रोजगारीको सिलसिलामा १० महिनाअघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा छन् । धन कमाउने सपना बोकर विदेसिएका उनी अहिले खाडीको जेलमा परेका हुन् । बुबाको निधन भएपछि काजकिरियाका लागि स्वदेश जाने विषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसकेपछि श्रेष्ठ जेल जान परेको हो । म साउदी अरब आएको एक महिनापछि घरमा आगलागी हुँदा बुबाको जलेर मृत्यु भएको खबर पाएँ, रियादको सफर जेलबाट टेलिफ ... बाँकी अंश»

नेपालीद्वारा जर्मनीको भारतीय कन्सुलेट अघाडी नकाबन्दी बिरुद्ध बिरोध प्रदर्शन

२०७२ असोज २२ शुक्रबार, फ्र्यान्क्फोर्ट। नेपालको दक्षिणतिरका बिभिन्न नाकाहरुमा भारतले अघोषित नाकाबन्दी गरेर नेपालको पारबहनलाई  अबरुद्ध गर्दा  नेपाली जनताको दैनिक जिबन अस्तव्यस्त बनेको छ। साथै भारतले नेपालको आन्तरिक मामिलामा हस्तेक्षेप गरिरहेको बर्तमान परिबेक्ष्यमा त्यसको बिरोध गर्दै  जर्मनीको मुय्ख्य शहर फ्र्यान्क्फोर्ट अबस्थित भारतीय कन्सुलेट अघाडि ओक्टोबर आठमा  बिरोध तथा धर्ना कार्यक्रम सम्पन्न भएको छ।   एनआरएन जर्मनीको कोर्डिनेसनमा जर्मनीमा सक् ... बाँकी अंश»

Total:230

नयाँ