प्रवास

पोखराका गुरुङको पोर्चुगलमा निधन

२०७३ पौष २६ मंगलबार, लिस्बन (पोर्चुगल)। बैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हृदयघातका कारण निधन भएको छ । बेजाको ओढीमिरा स्थित साओ तेतोनियो भन्ने स्थानमा कृषि मजदुरका रुपमा कार्यरत पोखरा उपमहानगरपालिका १० अमरसिंह चोकका ३८ बर्षीय दीपकमान गुरुङको शुक्रवार राती मृत्यु भएको हो ।   यहाँ स्थित नेपालीद्धारा सञ्चालित कृषि कम्पनी भुपेन्द्र बस्नेत एल डी ए कम्पनीमा कार्यरत गुरुङ शुक्रबार दिउँसो आफ्नै कोठाको सोफामा बसिरहेका बेला एक्कासी बेहोस भएक ... बाँकी अंश»

जनसम्पर्क समिति साउदीको प्रथम अधिवेशन हुदै, युवा नेता प्रदिप पौडेल साउदी आउने

२०७३ पौष १९ मंगलबार, साउदी अरब। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव युवा नेता प्रदिप पौडेल साउदी अरब आउने भएका छन् । यही २० जनवरीमा हुने नेपाली काँग्रेसको प्रवासी भातृसँगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको प्रथम अधिवेशनलाई सम्बोधन गर्न युवानेता पौडेल साउदी आउने भएका हुन् ।   नेता पौडेलको स्वागत एवं प्रथम अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका निम्ती ब्यापक तयारी भईरहेको व्यवस्थापन उपसमितिका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो । बृहत् कार्यक्रमका बिच अध ... बाँकी अंश»

दक्ष जनशक्ति विदेश पलायन, राज्यको दोष : प्रदीप पौडेल

२०७३ पौष १७ आइतबार, डेनमार्क  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय राजनीति समाधान तथा योजनामुखी नभएकै कारण ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले दक्ष जनशक्ति विदेश पलायन हुनुमा राज्यको दोष रहेको जिकिर गरे ।      नेपाली जनसम्पर्क समिति डेनमार्कले कोपनहेगनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  केन्द्रीय सदस्य पौडेलले राजनीतिक नेतृत्वले युवाहरुको समस्या नबुझ्नु गम्भीर भूल भ ... बाँकी अंश»

अमेरिकाको क्यालिफोर्नियामा गायक नरेन्द्र प्यासी सम्मानित

२०७३ पौष १५ शुक्रबार, काठमाडौं । क्रिसमस तथा अँग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको क्यालिफोर्नियामा भएको एक कार्यक्रममा गायक नरेन्द्र प्यासी सम्मानित भएका छन् । क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीले गरेको कार्यक्रममा सुमधुर स्वरका धनी गायक नरेन्द्र प्यासीलाई सम्मान गरिएको एनआरएन क्यालिफोर्निया च्याप्टरले जनाएको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली काँग्रेस गोरखाका पार्टी सचिव नन्द प्रसाद न्यौपानेलाई बोलाईएको थियो । कार्यक ... बाँकी अंश»

नर्वे पुगेर पौडेलले भने -'संशोधन प्रस्तावको निकास कांग्रेसकै नेतृत्वमा'

२०७३ पौष ११ सोमबार, नर्वे ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान संशोधनसम्बन्धी प्रस्तावले निकास पाउने दाबी गरेका छन् । नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशनको ओस्लोमा उद्घाटन गर्दै पौडेलले नेपाली कांग्रेस बाहेक अन्य कुनै दलले पनि राष्ट्रिय समस्याको समाधान गर्न नसक्ने दाबी गरे।    नेता पौडेलले  संविधान संशोधनसम्बन्धी प्रस्तावलाई प्रक्रियमा नै प्रवेश गर्न नदिई प्रमुख प्रतिपक्षी दल एमालले संसद ... बाँकी अंश»

पृथ्वी जयन्ती मनाउने घोषणाले एनआरएनए–अमेरिका विवादमा तानियो

२०७३ पौष ८ शुक्रबार, अमेरिका – पृथ्वी जयन्ती मनाउने विषयले गैर आवासीय नेपाली संघ–अमेरिका विवादमा तानिएको छ । आगामी सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा पृथ्वी जयन्ती संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेपछि एनआरएनए–अमेरिका विवादमा तानिएको हो । यसैबीच अमेरिकास्थित विभिन्न संघसंस्थाले बुधबार (२१ डिसेम्बर) संयुक्त रुपमा पत्रकार सम्मेलन गरी एनआरएनए–अमेरिकाको उक्त निर्णयको भ्रत्र्सना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), नेपाली स ... बाँकी अंश»

एक वर्षमा युएईमा ६४ जना नेपालीले ज्यान गुमाए

२०७३ पौष ८ शुक्रबार, दुबई । वैदेशिक रोजगारीका लागि नेपाली रोजगारदाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलोको रुपमा मानिँदै आईएको छ । तर यही राम्रो गन्तव्य भित्रको दर्दनाक पीडाको बारेमा भने थोरैले थाहा पाउलान् । पछिल्लो एक वर्षको अवधिमा नेपालबाट बैदेशिक रोजगारको लागि युएई आएका नेपाली मध्ये ६४ जनाको ज्यान गएको संयुक्त अरब इमिड्ट्स(युएई) स्थित नेपाली दूताबासले जनाएको छ । नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले द ... बाँकी अंश»

कतारमा दोलखाकी युवतीको शव अलपत्र

२०७३ पौष ५ मंगलबार, दोलखा । कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी एक युवतीको शव करिव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्ष अघि कतार पुगेकी दोलखा लापिलाङ्ग गाविस–३ निवासि मसली थामीको २८ वर्षिया छोरी विन्दु थामीको गत मंसिर २४ गते रहस्यमय रुपमा मृत्यु भएको थियो ।    कतारको दोहास्थित आफु वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको थियो । तर दुई साता वित्न लाग्दा समेत घट्नाको छ ... बाँकी अंश»

भारतीय राजदूतलाई फिर्ता पठाउन बेलायतस्थित नेपालीबाट विश्वव्यापी अभियान सुरु

२०७३ मङ्सिर २३ बिहिबार, लण्डन । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै नेपालका लागि भारतीय राजदूत रन्जित रेलाई फिर्ता गराउन बेलायतस्थित नेपाली युवाहरुले नयाँ अभियान सुरु गरेका छन् । विद्यार्थी अभियन्ता गणेश खड्काको नेतृत्वमा फोटो पत्रकार एभरेष्ट गौतम लगायतले अभियानलाई विश्वभर फैल्याउँदै रे लाई फिर्ता पठाउन माग गरेका हुन् ।    अनलाइन हस्ताक्षर सुरु गरेका उनीहरुले उक्त हस्ताक्षर चाँडै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने बताएका छन् । हालसम् ... बाँकी अंश»

सहमतिमै नेतृत्व चयन हुन्छ : एनआरएन उपाध्यक्ष पन्त

२०७३ मङ्सिर २० सोमबार, न्युजिल्याण्ड ।  दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए ।   उपाध्यक्ष कुमार पन्तले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले एउटै साझा सञ्जालमा आवद्ध गरेर सामूहिक लगानीको वातावरण बनाएको बताए। रोजगारी र राम्रो शिक्षाका लागि विदेशिएका नेपालीहर ... बाँकी अंश»

जापानमा नेपालीले बोलेरै जिते

२०७३ मङ्सिर १९ आइतबार, जापान । नेपाली युवाले जापानमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिताको उपाधि हात पारेका छन् । शरद राईले जापानमा आयोजना गरिएको प्रतियोगितामा पाचँ सय प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी पाएका हुन् ।    उनले  पुरस्कार स्वरुप ११ लाख १० हजार जापानी येन जितेका छन् । ६ बर्ष  अगाडि खोटाङ युमे स्कुलको स्थापना गरेका शरदले सामाजिक र शैक्षिक काममा पुरस्कार खर्च गर्ने बताएका छन् ।    शरद नेपाल खोटाङका हुन । फाईनल चरणमा पुगेका अर्का नेपाली विष्णु ... बाँकी अंश»

भागवण्डा लगाएर मिलाइयो जनसम्पर्क समिती जापानको बिबाद

२०७३ मङ्सिर १७ शुक्रबार, टोकियो। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक आपसमा फुटेर हैन जुटेर अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहिबार टोकियोमा नेपाली जनसम्पर्क समिति जापानले गरेको आन्तरिक प्रशिक्षण कार्यक्रमको अवसरमा पौडेलले कार्यकर्ताहरुलाई एकताको लागि आग्रह गर्दै नेपाली जनसम्पर्क समिति जापानको आन्तरिक विवाद मिलाउन प्रेरित गरेका थिए।    पौडेलको प्रत्यक्ष सहभागितामा नेपाली जनसम्पर्क समिति जापानको आन्तरिक विवाद पनि सुल्झेको छ ... बाँकी अंश»

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

२०७३ मङ्सिर ११ शनिबार, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवासिय नेपाली सङघ(एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव(फेस्टिवल)को शनिबार उद्घाटन गरेका छन् ।    सिड्नीको पर्यटकीयस्थल डार्बिड. हार्बिनमा आयोजित सो महोत्सवमा अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्र ... बाँकी अंश»

भिसा सेन्टर नेपालमै राख्न परराष्ट्रमन्त्री महतको आग्रह

२०७३ मङ्सिर ९ बिहिबार, क्यानबेरा (अस्ट्रेलिया) । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ । बुधबार अस्ट्रेलिया आइपुग्नुभएका मन्त्री डा महत र बिसपबीच बिहिबार विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।    दुई देशका विदेशमन्त्रीस्तरमा निकै लामो समयपछि भएको यस भेटका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा परराष्ट्रमन्त्री डा मह ... बाँकी अंश»

सीड्नीमा परराष्ट्र मन्त्री महत

२०७३ मङ्सिर ८ बुधबार,   सीडनी ।  नेपालका परराष्ट्र मन्त्री प्रकाशसरण महत एक साताब्यापी उच्चस्तरिय भेटघाट तथा नेपाल महोत्वसवमा सहभागि हुन अस्ट्रेलिया आइपुगेका छन । परराष्ट्र मन्त्री महतले एनआरएन अस्ट्रेलियाले हरेक दुइ बर्षमा आयोजना गर्ने नेपाल महोत्सवको उदघाटन गर्नुका साथै यहाका उच्च पदस्थ राजनितीज्ञहरुसँग आपसी भेटघाट गर्ने कार्यक्रम रहेको छ ।    मन्त्री महतले बिहिवार बिहानै अस्ट्रेलियाको ठुलो राजनितीक पार्टी लेबरका अध्यक्ष बिल सर्टनसँग दुइ देश बिचको आ ... बाँकी अंश»

बेल्जियममा कवि श्रेष्ठ सम्मानित

२०७३ मङ्सिर ७ मंगलबार, लुभेन, बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठको सम्मानमा गरेको छ । सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरे ।   सम्मान कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले साहि ... बाँकी अंश»

मिर्गौला रोगी बालिकालाई प्रवासीको सहयोग

२०७३ मङ्सिर ७ मंगलबार, फलेवास । विगत चार वर्षदेखि मिर्गौलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।    रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् ।    विगत चार वर्षदेखि मिर्गौला रोगबाट पीडित बनेकी किशोरीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले पर्वत सम्पर्क मञ्च, दोहा, कतारले नगद रु ३० हजार सहयोग गरेको हो ।    उक्त रकम सोमबार कुश्मा ... बाँकी अंश»

‘व्यवहार चलाउन मुस्कील भएर विदेशीएको, मेरो जिन्दगी यहि सकिने भयो’

२०७३ मङ्सिर २ बिहिबार, ओखलढुंगा। “आर्थिक अवस्था अत्यान्त दयानीय छ ।’ घर व्यवहार चलाउनै मुस्कील परेर विदेशिएको मेरो जिन्दगी अव यही सकिने भयो ।” मलेसियामा काम गर्ने क्रममा मेसिनले काटेर दायाँ हातका तिन वटा औला गुमाएका माम्खा ३ ओखलढुंगाका भोजेन्द्र केसीको निराशमय उदुगार हो यो । विगत एक बर्ष अघि धन कमाउन मलेसिया गएका केसीको काम गर्ने क्रममा मेसिनले दाया हातका तीनै वटा औला गुमाएपछि अहिले उनि उपचारको लागि खर्चको अभावमा भौतारिरहेका छन् ।   उनको उपचारका लागि सहयोग गर् ... बाँकी अंश»

जापानमा नेपाली खेलाडि तथा खेल क्षेत्रका ब्यक्तिलाई सम्मान

२०७३ कार्तिक २९ सोमबार, जापान । बाँके बर्दिया मैत्री समाज जापानले जापान भ्रमणमा रहेका खेलाडि तथा खेल क्षेत्रका ब्यक्तिहरुलाई टोकियोमा सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष तथा नेपाल भारक्तोलन संघका अध्यक्ष रतन टण्डन ,युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेल, भारक्तोलन संघका महासचिव तथा अन्तराष्ट्रिय भारक्तोलन महासंघ अनुसासन समितिका सदस्य पार्थ सारथि सेन गुप्ता, भारक्तोलन संघका सचिव संजय महर्जन, भारक्तोलन संघ ओलम्पिक प्रशिक्षक सुनिल जोशी लाई सम् ... बाँकी अंश»

भूकम्प पीडितका लागि जापानमा संकलित रकम लाप्राक प्रोजेक्टमा खर्च गरिने

२०७३ कार्तिक १९ शुक्रबार, टोकियो । भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले एनआरएनए आइसीसीले गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा सघाउने भएको छ ।   गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुलाई राहत, उद्वार तथा सहयोग गर्न जापानमा गठित राहत तथा सहयोग समितिले संकलित सहयोग रकमको मौज्दात गोरखाको लाप्राकमा एनआरएन आइसीसीले निर्माण गर्न लागेको ६ सय वटा घरसहितको नमुना बस्ती निर्माण प्रोजेक्टमा सघाउने गरी पठाउने भएको हो ।   नेपालमा महाभ ... बाँकी अंश»

नयाँ