प्रवास

जनसम्पर्क समिति कान्तो क्षेत्र जापानले शुभकामना आदानप्रदान गरेर मनायो तिहार

२०७३ कार्तिक १५ सोमबार, जापान । जनसम्पर्क समिति जापान अन्तर्गत कान्तो क्षेत्रको आयोजनामा तिहारको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। टोकियोमा रहेको सोलमारी रेष्टुरेण्टको मुराहलमा आयोजित कार्यक्रममा बक्ताहरुले एकआपसमा भाईचाराको सम्बन्ध नजिक बनाउने महान पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए। देशमा राजनितिक परिवर्तन भएपनि देशको मुहार परिवर्तन हुन नसकेकोले अब देशको आर्थिक परिवर्तन खाँचो रहेको उनीहरुले बताएका थिए।    कार्यक्रममा एनआरएनए जापानका अध्यक ... बाँकी अंश»

टोकियोमा नेपाली बिद्यार्थीका लागी सेमिनार

२०७३ कार्तिक १० बुधबार, टोकियो ।छोटो समयको लाभ भन्दा लामो समय मिहिनेत पछिको प्रतिफल मिठो हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जापानमा नेपाली बिधार्थी अरु देशको तुलनामा काम र पढाईमा छिटो घुलमिल बन्न सक्ने र मिहिनेत गर्नेहरुको लागी पनि राम्रो अबसर भएको बताएका छन् ।    एनआरएन जापान कान्तो र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा नेपाली  विद्यार्थीहरूका लागि अबसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जापानको विद्यार्थी जीवन, वर्तमान चुनौती, ... बाँकी अंश»

‘सम्बृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको खाँचो’

२०७३ कार्तिक ९ मंगलबार, न्यूजिल्याण्ड । सम्वृद्ध नेपाल निर्माणका लागि प्रवासी नेपालीहरुको लगानीसंगै उनीहरुले प्रवासमा सिकेको ज्ञान र सिपको आवश्यक रहेको नेकपा एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् । प्रवासी नेपाली मञ्च न्यूजल्याण्डको प्रथम अबिधेशमा सहभागि हुन् आएका महासचिव पोखरेलले मञ्चको अधिबेशन पछि पापामोआमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हामी सम्बृद्ध नेपाल निर्माणको बाटोमा छौं त्यसमा विदेशमा रहेका नेपालीहरुको सहयोगको खाँचो छ ... बाँकी अंश»

जापानमा ६.६ रेक्टर स्केलको भुकम्प,सबै नेपाली सचेत रहन एनआरएनएको अपिल

२०७३ कार्तिक ५ शुक्रबार, जापान । जापानको टोटोरीमा भुकम्प गएको छ । भूकम्प जापानको स्थानिय समय अनुसार २ बजेर १० मिनेटमा गएको हो । ६.६ रेक्टर स्केलको भूकम्प पश्चात ५ रेक्टर र त्यो भन्दा केही साना आधा दर्जन भन्दा बढि पराकम्पन गइसकेको जापान सरकारले बताएको छ ।    साथै सरकारले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । भूकम्प जमिनको सतह देखि १० किलोमितर तल गएको जनाइएको छ भने यसबाट सुनामिको खतरा नरहेको जापानका सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार भूकम्पबाट मनाविय वा ... बाँकी अंश»

अस्ट्रेलियन सांसद र नेपाली समुदायबीच दसैं टीका आदानप्रदान

२०७३ कार्तिक १ सोमबार, अस्ट्रेलिया । अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा तेश्रो पटक जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ दसैं कार्यक्रम मनाएको छ ।   कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसै ... बाँकी अंश»

हालसम्मको तयारीले निर्वाचन सम्भव छैन : महासचिव पोख्रेल

२०७३ असोज ३० आइतबार, सिड्नी । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले वर्तमान सरकार नेपालको संविधान २०७२लाई निष्प्रभावी वनाई  गैह्र–दलिय, गैह्र्र–राजनीतिक तथा वाहुवलि खिलाराज जन्माउन उत्प्रेरीत भएको आरोप लगाएका छन् ।    शनिवार नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा अयोजित मिलमिलाप तथा शुभकामना आदन–प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोख्रेलले –“०७४को समय सीमाभित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्नेमा हालसम्मको सरकारको तयारील ... बाँकी अंश»

नेपाली जनसम्पर्क समिति जापानले गर्‍यो चियापान

२०७३ असोज २९ शनिबार, जापान । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिती जापानले  चियापान तथा भेटघाट गरेको छ । जनसम्पर्क समिति सभापती डिपी कडेलले अध्यक्षता गरेको कार्यक्रमा युवा नेता देबराज चालीसे तथा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष एवं नेपाल सरकारको आधिकारीक ट्रेड युनीयन केन्द्रीय कार्य समिति महासचिव सुबोध कुमार देवकोटा र नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने सहभागि भए ।    भेलामा विश्वभरीका प्रजातान्त्रिक नेपाली कर्मचारीहर ... बाँकी अंश»

क्यानाडाको सदनमा पहिलो पटक नेपालका मन्त्री

२०७३ असोज १९ बुधबार, क्यानाडा । नेपालका मन्त्रीले क्यानडामा संसदमा इतिहासको पहिलोपटक उपस्थित भएर सम्बोधन गर्ने मौका पाएका छन् । अन्तर्राष्ट्रियनागरिक उड्डयन संगठन (आइकाओको ३९ औं महासभामा भाग लिन आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले क्यानाडाको हाउस अफ कमन्सको सदस्य जेन तांगको निमन्त्रणामा यस्तो अवसर प्राप्त गरेका हुन् ।   पर्यटन मन्त्री शाहीको उपस्थितिमा पहिलो पटक नेपाल-क्यानाडा संसदीय मैत्री संघको गठन भएको छ । क्यानडाको तल्लो सदन ... बाँकी अंश»

जनसम्पर्क समिती जापान कान्तोले शुभकामना आदानप्रदान गर्ने

२०७३ असोज १९ बुधबार, टोकियो। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले लक्ष्मी पुजाको दिन नेपालीहरुको महान पर्वहरु बिजयादशमी, तिहार, छठपर्व, नेपालसंवतको अवसर पारि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। बिपी कोईरालाले थालनी गरेको मेलमिलापको नीतिलाई जापानमा पनि निरन्तरता दिनको लागि कान्तो क्षेत्रले कार्यक्रम आयोजना गरेको हो। नेपाली काँग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णीमाको अवसर पारी गर्ने चियापान समारोहलाई जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले लक्ष् ... बाँकी अंश»

परदेशीको दशैं पीडा

२०७३ असोज १५ शनिबार, काठमाडौ । एकाविहानै झिसमिसे नै थियो । एउटा अपरिचित नम्बरबाट फोन आयो । ठेगाना थियो नेपाल ।उही नेपाल जहाँबाट ५ वर्ष अघि मात्रै एकैपटक धेरै पैसा कमाउने इच्छा राखेर विदेशिएकी थिईन् शीला । नेपालमा पनि काम नराम्रै त होईन खै किन हो किन आफूलाई एकैपटक सम्पन्न देख्न चाहेर नै पो हो कि घर परिवारले पनि नजान कत्ति आग्रह गरे । तर पटक्कै मानेकी होईन ।  नेपालमा जसोतसो राजनीतिमा लागेका बुबाको चिनजानको आधारमा निमाविसम्म पढाउनको लागि करारमा नाम निस्किएको थियो । खासै ... बाँकी अंश»

एनआरएनए जापानले बिधार्थी पनि समेट्ने

२०७३ असोज १४ शुक्रबार, जापान । एनआरएनए जापानले बिधार्थीलाई पनि एनआरएनए जापानको प्रारम्भीक सदस्य हुने गरी समेट्ने भएको छ । २५ तारीक ओकिनवामा सम्पन्न बार्षिक अधिवेशनले राष्ट्रिय अधिवेशनमा प्रस्ताव गर्न यस्तो बुदाँ पारित गरेको हो ।  संघका महासचिव अनुज थापाको संयोजकत्वमा रहेको  ५ सदस्यीय बिधान कमिटिले गरेको प्रस्ताव पारित गरेको टोकियोमा पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराएको थियो ।    जापानका  बिधार्थीहरु क्षेत्रिय कमिटिमा उम्मेद्वारी र मताधिकारको प्रय ... बाँकी अंश»

दलालबाट कागजात कीर्ते गरी पोर्चुगल पुगेका तीन नेपालीलाई फर्काइदै

२०७३ असोज ८ शनिबार, पोर्चुगल । नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन्। उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेका थिए तर त्यो सपना अधुरो हुने भएको छ।     धादिङ निलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएको कुमार लामा भन्ने  राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरका ... बाँकी अंश»

जनसम्पर्क समिति जापान विस्तार; प्रवक्तामा शुरेस गिरि मनोनित

२०७३ असोज ४ मंगलबार, जापान। नेपाली जनसम्पर्क समिति जापान विस्तार भएको छ। समितिका सभापति डि.पि.कँडेलको अध्यक्षतामा बसेको दोस्रो नियमित बैठकले कार्यसमिति विस्तार गरेको हो। विस्तारित कार्यसमितिका सदस्यहरूमा ऋषेन्द्र गिरी(सुरेश), राम ब.थापा(राजविन), ल्हाक्पागेलु शेर्पा, शरदराज शर्मा, डिल्लीराम शिवाकोटी, अरविन्द्र श्रेष्ठमनोनित भएका छन्। त्यसैगरि आमन्त्रित तर्फ तीर्थनाथ सापकोटा, प्रकाश गौडेल, हरिचन्द्र विष्ट, डाफलराज गिरी(नविन), निरज सापकोटा, फणिन्द्र शर्मा, कुमार कार् ... बाँकी अंश»

जापानमा वेलौरी युवा मन्च गठन

२०७३ असोज १ शनिबार, काठमाडौं । कन्चनपुर  जिल्लाको वेलौरी नगरपालिकावाट व्यवसाय, काम र अध्ययनको सिलसिलामा जापान पुगेका वेलौरिवासीहरु एकजुट भएर वेलौरी युवा मन्च गठन गरेका छन्  यहि सेप्टेम्बर ११ का दिन जापानको टोकियोमा भएको वेलौरिका युवाहरुको विशेष भेलाले प्रेमप्रसाद खरेलको संयोजकत्वमा युवा मन्च गठन गरेको हो ।    मन्चको उपाध्यक्षमा अर्जुन पाण्डे र शंकर ढकाल महासचिवमा सुशील सापकोटा सचिवमा गोकुल खरेल कोषाध्यक्षमा भागिरथ न्यौपाने र सह कोषाध्यक्षमा रामकृष्ण स ... बाँकी अंश»

जनसम्पर्क समिति जापानमा समानान्तर समिति गठन

२०७३ भदौ ३१ शुक्रबार, जापान। नेपाली जनसम्पर्क समिति जापान अन्तत बिभाजन भएको छ। निवर्तमान सभापती रहेका नारायण सुबेदीले जनसम्पर्क समिती जापानको सभापति आफु नै भएको भन्दै हिजो जापानको गाँउ ईलाकामा पर्ने गुन्मा केनमा भेला भएका काँग्रेस कार्यकर्ताहरुलाई समेट्दै समानान्तर कमिटी गठन गरेपछि नेपाली जनसम्पर्क समितिमा विभाजन देखिएको हो। गणेशमान स्मृती दिबस र बिपी जयन्ती मनाउन भेला भएकाहरुले समानान्तर कमिटी गठन गरेका हुन्। भेलाको जानकारी जापानका कुनै संस्था, काँग्रेस शुभेच ... बाँकी अंश»

साउदीका पीडित नेपाली माझमा पुगे श्रेष्ठ

२०७३ भदौ ३० बिहिबार, साउदी अरब । पूर्व उप प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीन दिने भ्रमणको क्रममा पीडित प्रवासी नेपालीहरुसँग भेटेका छन् । श्रेष्ठले प्रवासी पीडितको समस्याका सम्बन्धमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगार मन्त्री र सचिव समक्ष गम्भिरतापूर्वक छलफल गर्ने प्रतिबद्धता समेत गरेका छन् ।   नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेपाली जनप्रगतिशील मंच, साउदी अरबको चौथो एकताको महाधिवेशनक ... बाँकी अंश»

मलेसिया गएका वलीको मृत्यु

२०७३ भदौ २८ मंगलबार, सल्यान । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ ।    एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु।एसएम।कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।    वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिइन् । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उनले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गरेकी छिन् ... बाँकी अंश»

तरुण दल बेलायतमा विश्व घिमिरे

२०७३ भदौ २७ सोमबार, बेलायत। नेपाल तरुण दलको चौथो महाधिवेसनको पूर्व सन्ध्यामा नेपाल तरुण दल बेलायतले पनि आफ्नो दोस्रो अधिवेसन सम्पन्न गरेको छ। दलका अध्यक्ष सुरेश जमरकट्टेलको अध्यक्षतामा लन्डनमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल बेलायतका सम्पूर्ण सदस्यहरु, सुबेच्छुक तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो।    नेपाल तरुण दलका सदस्यहरुको मात्र उपस्थितिमा भएको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचित कार्यसमितिका अध्यक्षमा निबर्तमान सचिब विश्व घ ... बाँकी अंश»

साउदी पुगेका दुई नेपालीको मृत्यु

२०७३ भदौ २६ आइतबार, नवलपरासी । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ ।    साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।    दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ।    त्यस्तै तीन महिनाअघि सा ... बाँकी अंश»

बेलायतमा नेपाली विद्यार्थीहरुको सम्मान

२०७३ भदौ २५ शनिबार, रेडिङ्ग, युके। यस वर्ष जीसीएस्ई उत्तिर्ण नेपाली विद्यार्थीहरुलाई हाइली स्किल्ड माइग्रयान्ट फोरम रेडिङ्गले सम्मान गरेको छ। उक्त ' जीसीएस्ई एप्रिसिएसन’ कार्यक्रममा जीसीएस्ई उत्तीर्ण २८ जना विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।    कार्यक्रमका प्रमुख अतिथी तथा रेडिङ्ग् यूनिभर्सिटी मोडर्न ल्यांगवेज एन्ड यूरोपियन स्टडिजकी अध्यापक डा. एलिसन मार्टिनले यूनिभर्सिटीमा प्रवेश पाउन आवश्यक कुराहरुको चर्चा गर्दै स ... बाँकी अंश»

नयाँ