प्रवास

जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिको अध्यक्षमा यदुराम सापकोटा

२०७३ असार १३ सोमबार, काठमाडौं। नेपाली जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिमा यदुराम सापकोटा सभापतिमा निर्वाचित भएका छन्। निर्वाचनको मत परिणाम अनुसार उपसभापतिमा एकेन्द्र थापा र सुजन खडका, सचिबमा बिमान सिंह मोक्तान तामाङ, सहसचिब बालकृष्ण अर्याल, कोषाध्यक्षमा रमा कोइराला निर्वाचित भएका छन्।   सोमवार विहान सार्वजानिक मत परिणाम अनुसार प्रतिस्पर्धी टिकाराम खरेलसंग चुनावी मैदानमा उत्रिएका सापकोटाले ८३ मत पाई विजयी भए । प्रतिष्पर्धी खरेलले जम्मा ७५ मत पा ... बाँकी अंश»

जनसम्पर्क समिती जापान कान्तोमा लक्ष्मण र एकेन्द्रको समर्थन सापकोटालाई

२०७३ असार ११ शनिबार, जापान। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय तेस्रो अधिबेसन जुन २६ आईतबार २ चरणमा टोकीयो कामातामा हुने भएको छ। केन्द्रको अधिबेसन नजिकिदै गर्दा हुन लागेको अधिबेसनले कान्तो क्षेत्रमा रहने काँग्रेसहरुमा नेतृत्वको दाबी गर्दै चुनाबी सरगर्मी बढेको छ।    कार्यसमिती र निर्वाचन कमिटी अधिबेसनको तयारीमा लाग्दै गर्दा बाहिर भने उमेद्वारी घोषणा गर्ने र सहमतीको लागि अधिकतम प्रयासहरु भइरहेका छन्। धेरै पहिले देखी संयोजक पदमा उमेदवारी घोषणा गर ... बाँकी अंश»

मेरिल्यान्डमा सवारी चालक अनुमतिका लागि नेपाली भाषा सूचीकृत

२०७३ असार ६ सोमबार, वासिङ्टन डिसी। मेरिल्यान्ड राज्यका नेपाली भाषी बासिन्दाले ड्राइभिङ लाइसेन्सका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने भएका छन।   यससम्वनधी काम गर्ने सरकारी निकाय मोटर भेइकल एड्मिनिस्ट्रेसन (एमभिए)ले नेपाली भाषीहरुका लागिसमेत सम्बन्धित भाषामा परीक्षा दिने व्यवस्था गरेको हो।   स्थानीय नागरिक अगुवा तथा गैरआवासीय नेपाली सङ्घ एनआरएन मेरिल्यान्ड च्याप्टरले यससम्वनधी पहल गर्दै आएका थिए। डेमोक्र्याट पार्टीका तर्फबाट योङ डेमोक्र्याट ... बाँकी अंश»

नेपाली जनसम्पर्क समिति जापानको अधिवेशनको मिति तय

२०७३ जेठ ३२ मंगलबार, जापान । नेपाली जनसम्पर्क समिती जापानको छैठौ केन्द्रिय अधिबेशन अगस्ट १४ मा हुने भएको छ । नागोयामा बसेको बर्तमान अधिबेसन आयोजक समिती ,काउन्सिल सदस्य, क्षेत्रीय सभापती, जनसम्पर्क निकट शुभेच्छुकहरु लगायतको बिषेश भेलाले आउदो अगस्ट १४ मा अधिबेशन गर्ने निर्णय गरेको हो।   क्रमस १४ तारीखमा अधिवेशन सभा, अगस्ट २१ मा निर्वाचन र मत गणना पश्चात २४ तारीखमा घोषणा सभा गर्ने निर्णय नारायण सुबेदीको सभापतित्वमा बसेको बैठकले गरेको प्रचारप्रचार समिती सदस्य यदुर ... बाँकी अंश»

साउदी अरबका प्रवासीलाई स्वास्थ्य र सुरक्षा चेतना

२०७३ जेठ ३० आइतबार, साउदी अरब । वैदेशिक रोजगारमा आएका नेपालीहरुलाई अकालमै हुने मृत्यु र स्वास्थ्य समस्याबाट जोगाउन पहिलो पटक सचेतना अभिवृद्धि अभियान कार्यक्रम गरिएको छ । साउदी अरबको जुबैलमा रहेका कामदार नेपालीहरुलाई विवेकशिल नेपालीको यहाँस्थित शाखाको आयोजनामा उक्त सचेतना प्रदान गरिएको हो ।   जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टमा आयोजित सो कार्यक्रममा साउदी अरबमै कार्यरत स्वास्थ्य तथा सुरक्षा सचेतक रमेश खत्रीले सहभागिहरुलाई दुर्घटनाबाट सुरक्षि ... बाँकी अंश»

रुपन्देहीका हिमाल बोहोराले यूएईमा गरे आत्महत्या

२०७३ जेठ १९ बुधबार, यूएई। बैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्ष देखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल बोहोराले गएको बिहीवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन।   अन्य सहकर्मी साथीहरु काममा गएका बेला आफु बस्ने कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। हाल मृतक बोहोराको ... बाँकी अंश»

एनआरएन क्यानडा निलम्बन

२०७३ जेठ १६ आइतबार, टोरन्टो। गैरआवासीय नेपाली संघ क्यानडा निलम्बनमा परेको छ। क्यानेडियन संघ संस्था सम्बन्धि प्रचलित कानुन अनुसार संघले आफ्नो आर्थिक तथा प्रगति विवरण अध्यावधिक गरि सम्बन्धित निकायमा समयमै नबुझाएकाले एनआरएन- क्यानडा निलम्बनमा परेको हो।   संघ संस्था नियमन गर्ने निकाय इन्डस्ट्री क्यानडाले एनआरएन क्यानडालाइ २०१६ फेब्रुवरी देखि अप्रिल १८ तारिख सम्म आफ्नो बार्षिक विवरण बुझाउन भनेको थियो। तर संघका पदाधिकारीको लापरबाहीका कारण समयमै प्रतिबेदन बुझा ... बाँकी अंश»

सीड्नीमा तेक्वान्दो(आइटीएफ) टोलीको सम्मान

२०७३ जेठ १३ बिहिबार, सीड्नीमा बसोबासगर्दै आएका नेपाल आइटीएफ तेक्वान्दो महासंघ(आइटीएफ)संग आबद्ध खेलाडी तथा गुरुहरुको भेला हालै सम्पन्न भयो। नेपाली खेलक्षेत्रमा लामो समयदेखि लागेका र हाल प्रवासमा बसोबास गर्दै आएका तेक्वान्दो खेलाडीहरुले नेपालमा तेक्वान्दो खेललाई अगाडि बढाउन सहयोग र सदभावको खाँचो रहेको स्पष्ट पारे। नेपाल र नेपालीको पहिचानको रुपमा रहेको तेक्वान्दो खेलको बिकास र बिस्तारका लागि राज्यको तत्परता आवश्यकता रहेको सहभागिहरुले बताए।   नेपाल आइटीएफका ... बाँकी अंश»

जापानमा रहेका ६० हजार नेपालीले जापानीहरुलाई धन्यवाद दिने

२०७३ जेठ ७ शुक्रबार, जापान। नेपालमा २०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पपछि जापान र जापानी नागरिकले नेपाललाई गरेको सहयोग हामी भूल्ने छैनौं, सहयोगको लागि धन्यवाद, नेपालमा यहाँलाई स्वागत छ भन्ने सन्देश सहित मे २९ तारिखमा जापानभरका नेपालीहरुले जापानी नागरिकलाई धन्यवाद दिने भएका छन्।   धन्यवाद दिने प्रयोजनका लागि नेपाली राजदूतावास जापानले ३० हजार प्रति धन्यवाद सहितको 'पोष्ट कार्ड' समेत छपाएको छ। जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीका अनुसार ... बाँकी अंश»

जनसम्पर्क समिती जापानको छैठौ अधिबेसन ३ महिनामा हुने

२०७३ जेठ ६ बिहिबार, जापान। नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिती जापानको अधिबेशन आगामी ३ महिना भित्र हुने भएको छ। बर्तमान कार्यसमितीको यही मे ३१ तारीकबाट कार्यकाल पुरा हुन लागेकोले बर्तमान कार्यसमिती नै मे ३१ तारीक बाट अधीबेसन तयारीको लागि तदर्थ समितीमा परिणत गर्ने निर्णय भएको छ। मे १५ आईतबार बसेको कार्यसमिती, काउन्शिल सदस्य, क्षेत्रीय सभापती लगायतको भेलाले निर्णय अधिवेशन ३ महिनाभित्र गर्ने निर्णय गरेको हो।    मे महिनासम्म अधीबेसन गरिसक्नुपर ... बाँकी अंश»

पाँचथरका जयकुमार राई दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत फेला

२०७३ बैशाख ३१ शुक्रबार, पाँचथर। पाँचथर फिदिम नगरपालिका ३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृत्यु हुनेमा २७ वर्षिय जयकुमार राई रहेको छन्। सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई विहिबार राती सुतेकै अवस्थामा मृत फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए।   वास्कोटाका अनुसार राती १२ वजेसम्म फोनमा गफ गरी सुतेपनि विहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले वताए। ... बाँकी अंश»

थाइल्याण्डको 'नेपाल फेस्टिवल' दश लाखभन्दा बढीले अवलोकन

२०७३ बैशाख १७ शुक्रबार, बैंकक। थाइल्याण्डको राजधानी बैंककमा यसै हप्ता आयोजना गरिएको नेपाल फेस्टिवल दश लाखभन्दा बढी नागरिकले अवलोकन गरेका छन् ।    नेपालमा गतवर्ष गएको भूकम्पबाट भएको क्षतिको स्मरण र सहयोगस्वरुप उक्त फेस्टिवलको आयोजना गरिएको हो ।    गैरआवासीय नेपाली सङ्घ थाइल्याण्ड र थाइल्याण्डस्थित नेपाली दूतावासद्वारा आयोजित सो प्रदर्शनीमा भूकम्पले पुगेको क्षति, त्यसमा नेपाल सरकारलाई विश्वका विभिन्न देशले उपलब्ध गराएको सहयोगका साथै थाइल्याण्डमा रहेका न ... बाँकी अंश»

स्पेनका व्यवसायीले गरे महजोडीलाई सम्मान

२०७३ बैशाख ११ शनिबार, स्पेन । नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै यतिबेला युरोपमा रहेका महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई स्पेनमा रहेका नेपाली व्यवसायीहरुले सम्मान गरेका छन् । स्पेनको कोस्टा व्लांका को खावियामा रहेका नेपाली व्यवसायीले महजोडी सहित नेपालबाट आएका अन्य कलाकारहरुलाई सम्मान गरेका हुन् ।    खावियामा नेपाली व्यवसायीले चलाएको रेष्टुरेन्ट एभरेष्ट स्पाइसमा भएको सम्मान कार्यक्रममा नेपाल स्पेन समाजका ललित श्रेष्ठ लगायत एनआरएन अभि ... बाँकी अंश»

झापाली समाजद्धारा कराँते खेलाडी सम्मानित

२०७३ बैशाख ७ मंगलबार, सिडनी। अस्ट्रेलियन ओपन कराँते च्याम्पियनशिपमा सहभागी दुइ नेपाली खेलाडीलाई झापाली समाजले नगद सहित सम्मान गरेको छ।    आफ्नै खर्चमा सहभागि हुन आएका कातातर्फका राष्ट्रिय खेलाडी परसुराम बास्तोला र कुमितेतर्फका मुकुन्द महर्जनलाई समाजले जनही २५ हजार सहित सम्मान गरेको हो। प्रतियोगितामा परसुराम क्वार्टरफाइनलमा पराजित भएका थिए भने मुकुन्द तेस्रो पदकको भिडन्तमा अस्ट्रेलियन खेलाडीसँग हार्न पुगेका थिए। प्रारम्भमा दुइ दुइ बाउट जितेका नेपाली खेला ... बाँकी अंश»

युएईमा दाङका एक युवक मृत फेला

२०७३ बैशाख ६ सोमबार, सारजहा । दाङ बाघमारे –५ सिमसुन्दरपुरका शैलेन्द्र ओलीको युएईको सारजहामा मृत्यु भएको छ । युएई स्थित भरत ओलीले दिएको जानकारी अनुसार आईतबार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनी सारजहामा रहेको मुम्ताज पेन्ट कम्पनीमा अफिसियलको रुपमा काम गर्दै आएका थिए । भरतले दिएको जानकारी अनुसार कम्पनीका कामदारले गलबन्धीले पासो लगाएर आफू बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेको बताए ।     शव र उनको सम्पूर्ण सामान दुबै प्रहरीले छानविनको लागि लगिसके ... बाँकी अंश»

जापानमा पनि पुख्र्यौली मान्यतालाई जोगाउदै नेपाली

२०७३ बैशाख ३ शुक्रबार, टोकियो । आफ्नो परम्परागत कलासंस्कृतिलाई जोगाउन माहिर नेपाली समुदायले सात समुद्रपारिको मुलुक भनेर चिनिने जापानमा समेत अनौठा तर रोचक तरिकाले विविध कार्यक्रम गरी पुख्र्यौली मान्यतालाई स्मरण गराएका छन् ।    रोजगारी, अध्ययन तथा व्यवसायका लागि जापानमा रहेर पनि आफ्नो कला संस्कारलाई जोगाउने भन्दै गरिने यस्ता कार्यक्रमले यहाँस्थित नेपाली समुदायमात्र नभएर स्थानीय जापानी नागरिकको समेत बाक्लो उपस्थितिले त झनै माहोल उत्साहक हुने गरेको आयोजकले दाब ... बाँकी अंश»

प्रवासी युवाले पठाएको रकम पत्रकार भण्डारीद्धारा मिर्गौलापीडितलाई हस्तान्तरण

२०७३ बैशाख २ बिहिबार, काठमाडौँ। दुवै मिर्गौलाले काम गर्न छोडेका हरेवा–७ गुल्मीका दीपक गुरुङलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।    एक कार्यक्रममा राष्ट्रिय समाचार समितिका उपसम्पादक जीवन भण्डारीले रु एक लाख ३५ हजार ७४ मिर्गौलापीडित गुरुङलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम संयुक्त अरब इमिरेट्स (युएइ)को अबुदाबीमा कार्यरत नेपालीले सङ्कलन गरेर पठाएका हुन्। रकम सङ्कलनको नेत्तृत्व जहरसिंह गुरुङले गरेका थिए।   दुई वर्ष अघिदेखि मिर्गौलाका बिरामी रह ... बाँकी अंश»

नेपाल भूकम्पको १ बर्ष पूरा भएको सम्झनामा आयरल्याण्डमा सम्मेलन हुँदै

२०७२ चैत २७ शनिबार, काठमाडौं। नेपालमा विनाशकारी भूकम्प गएको १ बर्ष पूरा भएको सम्झनामा आगामी अप्रिल ३० (वैशाख १८)मा आयरल्याण्डको राजधानी डब्लिनमा सम्मेलन हुने भएको छ । लण्डन स्थित नेपाली दुतावास नेपाल आयरल्याण्ड सोसाइटि, एक्सन एड र इन्जिनियर्स विदाउट बोर्डरर्सले संयुक्त रुपमा आयोजना गर्न लागेको सम्मेलन नेपालमा भूकम्प पछिको पुननिर्माणमा केन्द्रीत रहने आयोजकले जनाएको छ ।    कार्यक्रममा पुननिर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिरहेका संस्थाहरुबीच सहकार्यक ... बाँकी अंश»

कोरीया जानकै लागि : इपिएस भाषा परीक्षा आगामी असार ४ र ५ गते

२०७२ चैत २२ सोमबार, काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ । श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो ।    इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त सङ्कलन गर्ने नि ... बाँकी अंश»

धमाका मच्चाउदै सकियो धमाका नाइट

२०७२ चैत १६ मंगलबार, अष्ट्रेलिया । सीडनीमा धमाका मच्चाउदै धमाका नाइट सम्पन्न भएको छ । नेपाली कला साहित्य प्रतिठान अष्ट्रेलियाले धमाका नाइट साङ्गीतक कार्यक्रमका गरेको हो ।  उक्त सन्ध्यामा गीत, नृत्य, प्रहसन, कृति विमोचन लगायत कला र सँस्कृतिका विविध झाँकिहरु प्रस्तुत गरिएको थियो ।     नेपाल प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख विकास नाथ योगीले अस्ट्रेलियामा देखेको राष्ट्र प्रेम र नेपाली समुदायले कलालाई दिएको सम्मानले आफु प्रभावित भएको बताए । उनले  भायोलि ... बाँकी अंश»

नयाँ