खेलकुद

युरोकप फुटबल : कुन राष्ट्र कुन् समूहमा ?

२०७२ मङ्सिर २७ आइतबार, एजेन्सी । आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । च्याम्पियनसिपमा पहिलो पटक २४ टोली सहभागी हुँदै छन् । सहभागी हुने २४ टोली ६ समूहमा विभाजन भएका छन् ।  समूह ‘ए’ मा आयोजक फ्रान्ससहित रोमानिया, अल्बानिया र स्वीट्जरल्याण्ड छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया तथा समूह सी मा जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् ।   युरोकप–२०१६ को समूह ‘डी’ मा स्पेन, चेक गणतन्त्र, ... बाँकी अंश»

डेपोर्टीभोले बार्सिलोनालाई रोक्यो

२०७२ मङ्सिर २७ आइतबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा डेपोर्टीभो लाकोरुनाले उपाधि दावेदार बार्सिलोनालाई बराबरीमा रोकेको छ । शनिबार राति बार्सा घरेलु मैदानमै २–२ को बराबरीमा रोकिएको हो । यो बराबरीले बार्साको अग्रतामा खासै असर नगरेपनि अंक दूरा फाराकिलो पार्ने बार्साको प्रयासमा धक्का लागेको छ ।    सेल्टाभिगोले स्पानियोललाई १–० ले हराउँदै रियाल मड्रिडसंगको अंक दूरी कम गरेको छ । लिगमा ग्रानाडाले लेभान्तेलाई २–१ ले हराउँदा सेभियाले स्पोर्टिङ गिजोनलाई २&nd ... बाँकी अंश»

शीर्षतामा फर्कियो सिटी

२०७२ मङ्सिर २७ आइतबार, एजेन्सी । स्वान्सी सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।आफ्नै मैदानमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो । म्यान्सिटीलाई विजयी गराउन विल्फ्रेड बोनी र इहीनाचोले एक–एक गोल गरे ।   यस्तै, उपाधि दावेदार म्यान्चेस्टर युनाइटेड भने पराजित भएको छ । म्यानयु एएफसी बर्नमाउथसँग २–१ ले पराजित भएको हो । क्रिष्टल प्यालेसले आफ्नै मैदानमा साउथ ह्याम्पटनलाई १–० ले हराउँदा सण्डरल्याण ... बाँकी अंश»

‘म्याच फिक्सिङ्ग’ : कस्को कति मिलेमतो ? (सूचीसहित)

२०७२ मङ्सिर २६ शनिबार, काठमाडौं । एसियन फुटबल महासंघ एएफसीले आजीवन खेल प्रतिबन्ध लागेका नेपाली पाँच खेलाडीले मिलेमतो गरेका खेल गतिविधि सार्वजनिक गरेको छ । एएफसीको अनुशासन कमिटीले प्रतिबन्धमा परेका सागर थापा, रितेश थापा, सन्दिप राई र बिकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीले मिलेमतो गरेका खेल गविविधि सार्वजनिक गरेको हो ।    पाँच फुटबलर मध्ये सागर र रितेश बढी सक्रिय देखिएका छन् । थापाद्वयले २००८ अक्टोबर १७ तथा २००९ डिसेम्बर ९ मा अफगानिस्तान, २०११ अक्टोबर ११ मा फि ... बाँकी अंश»

वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको राज

२०७२ मङ्सिर २६ शनिबार, एजेन्सी । वेष्ट इन्डिज विरुद्धको टेष्ट क्रिकेटमा अष्ट्रेलियाले नयाँ रेकर्ड कायम गरेको छ । हवार्टमा भएको पहिलो टेष्ट क्रिकेट एक इनिङ्ग र २ सय १२ रनले जिवयी हुँदै नयाँ रेकर्ड कायम गरेको हो । चार विकेटको क्षतिमा ५ सय ८३ रन बनाएर इनिङ्ग समाप्तिको घोषणा गरेको घरेलु टोली अष्ट्रेलियाले शानदार जित निकाल्यो । जसले पाहुना टाेली संकटमा परेको छ ।   विशाल चुनौती पछ्याएको वेष्ट इन्डिजले पहिलो इनिङ्गमा २ सय २३ रन मात्र बनाउन सक्यो । फलोअनमा परेको वेष्ट इन्ड ... बाँकी अंश»

गेटाफेले रियाललाई रोक्यो

२०७२ मङ्सिर २६ शनिबार, एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा गेटाफेले रियाल सोसिडाडलाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रियाललाई १–१ को बराबरीमा रोकेको हो । गेटाफेका लागि पहिलो हाफलगत्तै ४६औं मिनेटमा पाब्लो सराविआले गोल गरे ।   त्यसपछि ६७औं मिनेटमा रियालका इमानोल एग्रिटेक्सले गोल गर्दै नतिजा १–१ को बराबरीमा ल्याए । पछि दुबै टोली आक्रामक भएपनि गोल गर्न सकेनन् । लिगमा ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम छ । ३२ अंकको एथ्ल ... बाँकी अंश»

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेल्ने

२०७२ मङ्सिर २५ शुक्रबार, काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी पुसमा हुने भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।   अखिल नेपाल फुटबल संघ एन्फा र बंगलादेशको फुटबल संघबीच आउँदो पुस २ गते मैत्रीपूर्ण खेल खेलाउने सहमति भएको हो । साफ च्याम्पियनसिप आगामी पुस ८ देखि १९ सम्म भारतमा हुँदैछ । पाकिस्तानले नखेल्ने निर्णय गरेको प्रतियोगितामा नेपालसँगै भारत, श्रीलंका, भुटान, बंगलादेश, ... बाँकी अंश»

टेष्ट क्रिकेटमा अष्ट्रेलिया चम्क्यो, मार्श र भोग्सको दूर्लब प्रदर्शन

२०७२ मङ्सिर २५ शुक्रबार, एजेन्सी । अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार प्रदर्शन गरेको छ । तीन खेलको टेष्ट श्रृंखलामा अष्ट्रेलियाको विष्फोटक प्रदर्शनले पाहुना टोली निकै दबाबमा परेको छ । पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ५ सय ८३ रनको कीर्तिमानी रन जोडेर पहिलो इनिङ्ग समाप्तिको घोष्णा गरेको छ ।   अष्ट्रेलियाले मात्र ४ विकेट गुमाएर उच्च योगफल बनाएको हो । अष्ट्रेलियाका एडम चाल्र्स भोग्सले दुई सय ८५ बलको सामना गर्दै दुई सय ६९ रन बनाए । भोग ... बाँकी अंश»

टोटनह्याम विजयी, लामेलाको ह्याट्रिक

२०७२ मङ्सिर २५ शुक्रबार, एजेन्सी । युरोपा लिग फुटबलमा इङ्गलिश क्लब टोटनह्याम हट्सपर विजयी भएको छ । विबिहार राति हट्सपरकै मैदानमा भएको खेलमा फ्रेन्च क्लब मोनाको ४–१ ले पराजित भयो । घरेलु टोलीलाई जिताउन एरिक लामेलाले ह्याट्रिक गरे । टम क्यारोलले एक गोल थपे । मोनाकोका स्टेफेनले सान्त्वना गोल फर्काए । जितसँगै टोटनह्यामले समुह ‘जे’ को शीर्ष स्थान कब्जा गरेको छ ।    लिगको समूह ‘बी’ को खेलमा स्वीस क्लब सियोनले लिभरपुललाई गोल रहित बराबरीमा रोक्यो । राबरीसँगै लिभरपुल ... बाँकी अंश»

सागमा सहभागि हुने १२ सुटिङ खेलाडी छनोट

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौं । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि सुटिङ खेलाडी छनोट पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष–महिला गरी १२ खेलाडीको अन्तिम छनोट सकिएको आयोजक नेपाल सुटिङ संघले जनाएको छ ।    प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडी सागका लागि छनोट भएका हुन् । पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे (५६९ अंक) पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ (५६६ अंक) दोश्रो र ललितपुरका असिम यादव (५६१ अंक) तेश्रो भए ।    सोह ... बाँकी अंश»

चेल्सी र आर्सनल नकआउट चरणमा, अन्तिम १६ को समीकरण पूरा

२०७२ मङ्सिर २४ बिहिबार, एजेन्सी । इङ्गलिश क्लब चेल्सी र आर्सनल च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेका छन् । बुधबार राति भएका समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धीलाई हराउँदै यी दुई अन्तिम १६ मा पुगेका हुन् । यो संगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।   समूह ‘जी’ को खेलमा चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–० ले हरायो । इङ्गलिश प्रिमियर लिगमा संकटबाट गुज्रिरहेको चेल्सी समूह विजेता बन्दै च्याम्पियन्स लिगको नक आउट चरणमा पुगेको हो । समूह ‘जी&rsq ... बाँकी अंश»

अपराजित एपीएफ शीर्ष स्थानमा, लगातार सातौँ जित

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन डलब लिग महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लवले अपराजित यात्रा कायम राख्ने क्रममा लगातार सातौँ जित हासिल गरेको छ ।    नयाँ बसपार्कस्ति भलिबल कोर्टमा बुधबार भएको खेलमा एपीएफले चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–४, २५–५ र २५–१२ सेटले हरायो ।  अपराजित एपीएफ ७ खेलबाट २१ अङ्क जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यता लगातार पाँचौ जित निकाल्ने क्रममा न्यू डायमण्ड एकेडे ... बाँकी अंश»

पिएसभी र उल्फवर्ग नकआउट चरणमा, माल्मोको पोष्टमा रियालको ८ गोल

२०७२ मङ्सिर २३ बुधबार, एजेन्सी । नेदरल्याण्ड्सको पिएसभी आइन्दोभेन र जर्मन क्लव उल्फवर्ग च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेका छन् । मंगलबार राति भएको समूह ‘बी’ को खेलमा इङ्गलिश क्लव म्यान्चेस्टर युनाइटेडलाई हराउँदै उल्फवर्ग अन्तिम १६ मा पुगेको हो । समूह ‘बी’कै अर्को खेलमा रुसको सिएसकेए मस्कोलाई २–१ ले हराउँदै नेदरल्याण्ड्सको पिएसभी समेत अन्तिम १६ पुगेको छ ।    हारसँगै म्यान्चेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको छ । समूह ‘बी’क ... बाँकी अंश»

एभर्टन र क्रिष्टल बराबरीमा

२०७२ मङ्सिर २२ मंगलबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् । सोमबार राति एभर्टनको मैदानमा भएको खेलमा दुबै टोली १–१ को बराबरीमा रोकिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफपछि ७८औं मिनेटमा क्रिष्टलका लागि स्कट डानले गोल गरे ।   त्यसको केही समय पछि ८१ औं मिनेटमा एभर्टनका रोमेलु लुकाकुले गोल गर्दै नतिजा १–१ को बराबरीमा ल्याए । १५औं चरणका खेल सकिँदा ३२ अंकका साथ लेस्टर सिटी शीर्ष स्थानमा छ । ३० अंकको आर्सनल दोस ... बाँकी अंश»

भारत यात्रा : कुङफुमा नेपाल टिम च्याम्पियन

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । भारतको नयाँ दिल्लीमा भएको आइएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कास्यसाथ टिम च्याम्पियन बन्न सफल भयो ।    डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्ण जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । श्रृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजत जितिन् । त्यस्तै ... बाँकी अंश»

टेष्टमा भारतको कब्जा, दक्षिण अफ्रिका रित्तो हात फर्कियो

२०७२ मङ्सिर २१ सोमबार, एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट श्रृंखलो ३–० ले कब्जा गरेको छ । दिल्लीमा भएको चौथो तथा अन्तिम टेष्टमा दक्षिण अफ्रिका ३ सय ३७ रनले पराजित भयो । पहिलो र तेस्रो टेष्ट सस्तैमा गुमाएको दक्षिण अफ्रिकाका लागि भारत यात्रा सुखद रहेन । रित्तोहात फर्किएको छ । दोस्रो टेष्ट भने रद्द भएको थियो ।   अन्तिम टेष्टमा इतिहासकै खराब प्रदर्शन गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्गमा एक सय २१ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङ्गमा ४ सय ८१ रनको चुनौती पा ... बाँकी अंश»

दक्षिण अफ्रिका कडा संघर्षमा

२०७२ मङ्सिर २१ सोमबार, एजेन्सी । भारतविरुद्धको चौथो तथा अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका संघर्षरत छ । पहिलो र तेस्रो टेष्ट गुमाएको दक्षिण अफ्रिकालाई यो टेष्ट जित्नै पर्ने दबाब छ । यद्यपि, दक्षिण अफ्रिकी प्रदर्शन धरमराइरहेको छ । दिल्लीमा जारी खेलमा दक्षिण अफ्रिकालाई कडा चुनौती छ ।   पहिलो इनिङ्गमा हाल सम्मकै खराब प्रदर्शन गरेको दक्षिण अफ्रिकाले ८ विकेट बाँकी छँदा ४ सय ९ रन बनाउनु पर्ने छ । पहिलो इनिङ्गमा मात्र एक सय २१ रनमै समेटिएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ ... बाँकी अंश»

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल २–० ले पराजित

२०७२ मङ्सिर २१ सोमबार, एजेन्सी । इङ्गिलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आइतबार राति न्यूकासल युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुल २–० ले पराजित भयो । न्यूकालसलाई विजयी गराउन मार्टिन र जेअर्जिनिओले एक–एक गोल गरे । जितसंगै न्यूकासल युनाइटेडको पुछार दूरी कम भएको छ । अब उसको १५ खेलबाट १३ अंक भएको छ ।   लिगमा ३२ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा उक्लदा ३० अंकको आर्सनल दोस्रो तथा नाटकिय रुपमा शीर्षता गुमाएको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । सिटीक ... बाँकी अंश»

भारतमा हुने १२औं सागका लागि जुडो खेलाडी छनौट

२०७२ मङ्सिर २० आइतबार, काठमाडौं । भारतमा माघ–फागुनमा हुने आसन्न १२ आंै दक्षिण एसियाली खेलकुद सागका लागि जुडोका ६ खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघले गरेको छनोट प्रतियोगितामा आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष–महिला गरी ६ खेलाडी छनोट भएका हुन् ।    सागमा जुडोबाट समान ६–६ पुरुष–महिला गरी १२ खेलाडी सहभागी हुने छन् । बाँकी खेलाडीको टुंगो आइतबार लाग्ने छ । पुरुषको ६६ केजीमुनि काठमाडौंका रमेश मगर पहि ... बाँकी अंश»

ओलम्पिक संग्रहालयमा गुरुङ

२०७२ मङ्सिर २० आइतबार, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समिति संयोजकमा नारायण गुरुङ मनोनयन भएका छन् । आइतबार संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफ्नो खेलजीवनको अनुभवले नेपालको ओलम्पिक अभियानमा टेवा पुग्ने ऐतिहासिक वस्तुहरुको संकलन तथा संरक्षण र संग्रहालयद्धारा सञ्चालित सूचना केन्द्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक सहयोग गर्ने विचार राखे ।    संग्रहालयका उपाध ... बाँकी अंश»

नयाँ