खेलकुद

क्रिकेट लिग च्याम्पियनमा मेहबुब र नरेशको पुनरागमन

२०७२ कार्तिक १६ सोमबार, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) सोमबार साँझ सार्वजनिक गरेको टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, सागर पुन, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुब आलम, सरद भेषवाकर, पृथु बाँस्कोटा, इशाद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब छन् ।  छनोट हुने विक् ... बाँकी अंश»

पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट पण्डित सम्मानीत

२०७२ कार्तिक १५ आइतबार, काठमाडौं। किर्तीमानी विश्व पर्वतारोही अल्ट्रा म्याराथुन धावक संजय पण्डितलाई राष्ट्रिय खेलकुद परिषद्ले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट आईतवार सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले नगद २५ हजार सहित सम्मान गरेका हुन्।    सम्मान कार्यक्रममा बोल्दै सदस्य–सचिव बिष्टले पण्डित देशकै गौरव भएको बताउदै हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निभाएको हुना ... बाँकी अंश»

राखेप सदस्य–सचिवलाई नहटाउन अन्तरिम आदेश

२०७२ कार्तिक १३ शुक्रबार, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ ।  प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सदस्य–सचिव विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न शुक्रबार अन्तरिम आदेश दिएको हो । अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्य–सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो ।  अख्तियारको आद ... बाँकी अंश»

खेलकुद क्षेत्रमा बाजुराको पहिचान बढाउनु पर्छ: गिरी

२०७२ कार्तिक १० मंगलबार, प्रेम रौले, बाजुरा । नेपाली काँग्रेसका नेता तथा पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीले बाजुरा जिल्ला दुर्गम तथा राज्यबाट पछाडी पारिएको भन्दै अव जिल्लाको पहिचान र देश भरमा परिचित गर्नका लागि खेलकुद क्षेत्रको विकास गर्न आवश्यक रहेको बताएका छन् । प्रथम गिरीजा प्रसाद  कप फुटबल आयोजनामा बोल्दै गिरीले जिल्लामा लुकेर बसेका खेलप्रेमीहरु उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । बाजुराको पहिचान दिनका लागि खेलकुद क्षेत्रमा ललगानी गर्न आबश्यक रहेक ... बाँकी अंश»

‘म्याच फिक्सिङ’ मा संलग्न खेलाडीलाई विशेष अदालत लगियो

२०७२ कार्तिक १० मंगलबार, काठमाडौँ। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका चार फुटबल खेलाडी र एक प्रशिक्षकलाई म्याद थपका लागि आज काठमाडौँको विशेष अदालतमा उपस्थित गराइएको छ ।    दसैंमा अदालत बन्द भएका कारण उनीहरुविरुद्ध प्रहरीमै मुद्दा दायर गरिएको हो । राज्य विरुद्धको अपराधमा उनीहरुविरुद्ध मुद्दा चलाइएको र यो मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई अदालतमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उ ... बाँकी अंश»

विश्वकप क्रिकेटमा छनौट भएका क्रिकेट खेलाडी स्वदेश फर्किए; उपप्रम थापाले दिए बधाई

२०७२ कार्तिक ६ शुक्रबार, काठमाडौँ। मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भइ नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ। स्वदेश फर्किएका खेलाडीहरुलाई खेल अधिकारीहरुले स्वागत गरेका छन्।    उपप्रधानमन्त्री कमल थापाले विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गर्नुभएको छ । परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले विश्वकप क्रिकेटमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधि ... बाँकी अंश»

आइसिसी क्रिकेटः नेपाली प्रारम्भिक टोलीको घोषणा

२०७२ कार्तिक २ सोमबार, काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्व क्रिकेट लिग खेल्नका लागि २० खेलाडी सम्मिलित राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरेको छ ।    आगामी नोभेम्बरमा युएइमा पपुवान्युगिनीसँग हुने खेलका लागि हालै राजधानीमा सम्पन्न छनोट प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, अनिल मण्डल, सुवास खकुरेल, राजेश पुलामी मगर, पृथु बास्कोटा, सागर पुन, करण केसी, दिलीप नाथ, मेहबुब ... बाँकी अंश»

राष्ट्रिय लिगको उपाधि छिनोफानो हुँदै, आर्मी उपविजेता बनेसंगै लिग रोचक

२०७२ असोज ३० शनिबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलको उपाधि छिनोफानो हुँदैछ । त्रिभुवन आर्मी क्लब उपविजेता बनेसंगै रोचक बनेको लिगको अन्तिम भिडन्त थ्रीस्टार र मनाङ मस्र्याङदी क्लवबीच हुँदैछ । शनिवार (आज) दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुने उपाधि भिडन्तले लिग च्याम्पियनको टुंगो लाग्ने छ । मनाङ र थ्रीस्टारबीचको खेल बराबरीमा सकिए आर्मीसँग समान अंक भए पनि ‘अवे’ गोलका आधारमा थ्रीस्टार च्याम्पियन बन्नेछ । मनाङ विजयी भए थ्रीस्टार तेस्रो स्थानमा झ ... बाँकी अंश»

रोचक लिगमा आर्मीलाई सकस !

२०७२ असोज २९ शुक्रबार, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शुक्रबार (आज) दुई विभागिय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दैछन् । दुई विभागीय टोली बीचको यो भिडन्त आर्मीका लागि अत्यन्तै महत्वपूर्ण छ । अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मी यो खेलमा विजयी भए शीर्ष स्थानमा उक्लिनेछ । यद्यपि, शनिबार हुने अन्तिम तथा निर्णायक खेलमा मनाङ मस्र्याङ्दी र थ्रीस्टार भिडेपछि विजेताको टुंगो लाग्नेछ । भने आर्मीको अग्रता भंग हुनेन । अन्तिम भिडन्तमा विजयी हुने टोली शीर्ष स्थानमा ... बाँकी अंश»

नेपाल र युगाण्डा मैदानमा, खराब सुरुवात गरेकाे नेपाल सम्हालियाे

२०७२ असोज २९ शुक्रबार, काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट छनोटमा अहिले नेपाल र युगाण्डा भिडिरहेका छन् । क्वालालम्पुरको रोयर सेलाङ्गोर क्लवमा जारी लेखमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको छ । खराब सुरुवात गरेको नेपाल सम्हालिएको छ । नेपालले चार ओभर १ बलमा १३ रन जोडेकै समयमा दुई विकेट गुमाएकामा पछि सम्हालिएको हो । ११ बलमा २ रन बनाएका ओपनर सन्दिप सुनार र ९ बल खर्चेर ७ रन जोडेका सुनिल धमलालाई नेपालले सस्तैमा गुमायाे । पछि नेपालले मध्यम स्कोर बनाउँदै खेल सुधार गरेको ... बाँकी अंश»

सशस्त्र र झापा शीर्ष चारका लागि भिड्दै

२०७२ असोज २८ बिहिबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिगमा शीर्ष चारका लागि विभागिय टिम सशस्त्र प्रहरी र मोफसलको झापा ११ भिड्दैछन् । दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा सशस्त्र र झापाबीच कडा टक्कर हुने अनुमान छ । यो भिडन्तसंगै दुवैले लिग सक्काउने छन् । १५ खेलबाट २४ अंक जोडेर झापा चौथो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको सशस्त्र पाँचौ स्थानमा छ । लिगको सुरुवातमा आश लाग्दो प्रदर्शन गरेको झापा ११ अन्त्यतिर सेलायो । यस्तै मध्यान्तर सम्म शानदार प्रदर्शन ... बाँकी अंश»

धोनीको विष्फोट निर्णायक, दक्षिण अफ्रिका २२ रनले पराजित

२०७२ असोज २८ बिहिबार, एजेन्सी । भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट २२ रनले जितेको छ । जितसंगै भारतले पाँच खेलको एक दिवसीय श्रृंखला १–१ को बराबरी गरेको छ । दुई सय ४८ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका अलआउट हुँदै दुई सय २५ रनमै समेटिएपछि भारत विजयी भएको हो । दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले अर्ध शतक बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भुवनेश्वरकुमार र अक्सर पटेलले समान तीन तीन विके ... बाँकी अंश»

रोचक राष्ट्रिय लिग, मनाङ र थ्रीस्टारको अन्तिम भिडन्त निर्णायक, आर्मीको सम्भावना जिवित

२०७२ असोज २७ बुधबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबल अन्तिम समयमा आएर रोचक बन्दै गएको छ । प्रतियोगिताको उपाधि छिनोफानो समेत अन्तिम खेलबाटै टुंगो लाग्ने भएको छ । असोज ३० गते शनिबार हुने मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लवबीचको खेलबाटै उपाधि छिनोफानो हुने भएको हो । शीर्ष स्थानमा रहेको थ्रीस्टारको १५ खेलबाट ३२ अंक छ । दास्रो स्थानमा रहेको मनाङको समान खेलबाट ३१ अंक छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङले १५ औं खेलमा नेपाल पुलिस क्लवलाई १–० ... बाँकी अंश»

थ्रीस्टार राष्ट्रिय लिगको उपाधि नजिक, सशस्त्रले शीर्ष तीनको सम्भावना गुमायो

२०७२ असोज २६ मंगलबार, काठमाडौं । ललितपुरको थ्रीस्टार क्लव रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मंगलबार १५ औं खेलमा सशस्त्र प्रहरी बललाई ३–१ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । शीर्ष स्थानमा पुगेको थ्रीस्टारको ३२ अंक छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन नाइजेरियन खेलाडी ओलावालेले दुई गोल गरे । यस्तै विजय गुरुङ्गले एक गोल पथे । सशस्त्रका लागि गणेश लावतीले एक गोल फर्काए । १५ खेलबा ... बाँकी अंश»

नेपाली यु–१९ क्रिकेट टोली मलेसिया गयो

२०७२ असोज २६ मंगलबार, काडमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुन नेपाली युवा क्रिकेट टोली मलेसिया गएको छ । राजु रिजालको कप्तानीमा मलेसिया गएको टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्वकप १९ वर्ष मुनिको क्रिकेटमा छानिने लक्ष्य लिएको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने छनोट प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा संचालन हुने  प्रतियोगिताको शीर्ष स्थान ... बाँकी अंश»

थ्रीस्टार महत्वपूर्ण खेल जित्ला ?

२०७२ असोज २६ मंगलबार, काठमाडौं । रेडबुल राष्ट्रिय लि फुटबलमा आज थ्रीस्टार क्लव र सशस्त्र प्रहरीबल भिड्दैछन् । दोस्रो स्थानमा रहेको थ्रीस्टारलाई उपाधि भिडन्त पक्का गर्न यो खेल निर्णायक हुनेछ । सशस्त्रको उपाधि यात्रामा भने समाप्त भइसकेको छ । १४ खेलबाट २३ अंक मात्रै जोडेको सशस्त्र शीर्ष तीन भित्र पर्न संघर्षरत हुने छ । थ्रीस्टारले यो खेल जिते उपाधि भिडन्त पक्का हुने छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको शीर्ष स्थानको आर्मी भन्दा एक अंक कम छ । आर्मीले १५ खेल खेल्दा थ्रीस् ... बाँकी अंश»

रुस र स्लोभाकिया युरोकपका लागि छनोट

२०७२ असोज २६ मंगलबार, एजेन्सी । रुस र स्लोभाकिया युरोकप खेल्न पाउने भएका छन् । सोमबार राति भएका खेलमा विजयी हुँदै यी दुईले युरोकप यात्रा तय गरेका हुन् । रुसले मोन्टेनेग्रोलाई २–० ले हराउँदै समूह ‘जी’को उपविजेता बनेर युरोकप यात्रा पक्का गरेको हो । लग्जेम्वर्गलाई ४–२ ले हराएको स्लोभाकिया समूह ‘सी’को उपविजेता बन्दै पहिलो पटक युरोकपका लागि छनोट भयो । यस्तै स्वीडेनले माल्दोभालाई २–० ले हराएको छ । स्लोभेनियाले सान मारिनोलाई समान २–० हरायो । बेलारुस र मेसेडोनि ... बाँकी अंश»

आर्मी शीर्ष स्थानमा, नवयुग हिरो

२०७२ असोज २५ सोमबार, काठमाडौं । इलामका नवयुग श्रेष्ठ रेडबुल राष्ट्रिय लिगमा सबै भन्दा बढी गोल गर्ने खलाडी बनेका छन् । उनले सोमबार एन्फा कम्प्लेक्सको मैदानमा लुम्बिनी फुटबल क्लवबिरुद्ध दुई गोल गरेसंगै सर्वाधिक गोल गर्ने खेलाडीको तालिकामा शीर्ष स्थानमा छन् । ५ फिट ६ इन्च उचाई र ६१ केजी तौल भएका उनी छरितो छन् । नवयुग र टंक बस्नेतको आक्रामक प्रदर्शनले त्रभुवन आर्मी क्लव राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनी फुटवल क्लव रुपन्देहीलाई ५–० को फराकिलो ... बाँकी अंश»

आर्मी जित्ला ?

२०७२ असोज २५ सोमबार, काठमाडौं । रेडबुल राष्ट्रिय लिगमा आज तेस्रो स्थानको त्रिभुवन आर्मी र आठौं स्थानमा रहेको लुम्बिनी फुटबल क्लव रुपन्देही भिड्दैछन् । सातदोबाटो स्थित एन्फा कम्पलेक्सको मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा आर्मीलाई जित्नै पर्ने दबाब छ । यो खेल जिते आर्मीको उपाधि सम्भावना रहनेछ । पुछारको लुम्बिनीलाई कुनै फरक पार्ने छैन । १४ खेलबाट २७ अंब बटुलेको आर्मीका लागि यही खेल महत्वपूर्ण हुनेछ ।   ... बाँकी अंश»

विश्व विजेता जर्मनी र पोल्याण्डको युरोकप यात्रा तय

२०७२ असोज २५ सोमबार, एजेन्सी । विश्व विजेता जर्मनी अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलका लागि छानिएको छ । आइतबार राति भएको समूह ‘डी’ को खेलमा जर्जियालाई २–१ हराएको जर्मनी समूह विजेता बन्दै युरोकपका लागि छनोट भयो । जर्मनीलाई विजयी गराउन ५०औं मिनेटमा थोमस मुलरले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए । उनले गोल गरेको तीन मिनेटपछि जर्जियाका जाबा कानकाभाले जवाफी गोल फर्काए । ७९ औं मिनेटमा म्याक्स क्रुजले गोल गर्दै जर्मनीलाई विजयी गराए । यसैबीच, समूह ‘डी& ... बाँकी अंश»

नयाँ