पत्रपत्रिकाबाट

जग्गा प्लटिङ अनुमतिः मन्त्री दहितको निर्णयबारे छानबिन गर्दै अख्तियार

२०७४ पौष २ आइतबार, काठमाडौं । कृषियोग्य जमिन खण्डीकरण गर्न रोक लगाउने मन्त्रीस्तरीय निर्णय उल्टाउँदै भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले केही सीमित व्यक्ति तथा कम्पनीलाई ‘जमिन कित्ताकाँट तथा बिक्री वितरण’ अनुमति दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । ... बाँकी अंश»

राष्ट्रिय सभा अध्यादेशको लफडाः राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

२०७४ पौष २ आइतबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । ... बाँकी अंश»

वीर अस्पतालका भिभिआइपी क्याबिन २६ वर्षदेखि रित्तै

२०७४ पौष २ आइतबार, काठमाडौं । खाना पकाउने ग्यास, भाँडा कुँडा, ओभन, दुई वटा बाथरूम, भान्छा, दराज, गिजरलगायतका सुविधा सम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ। ... बाँकी अंश»

दमकमा विश्वकै अग्लो मुर्ति निर्माण, विदेशीको चासो 

२०७४ पौष २ आइतबार, दमक । दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

मञ्चमै किन भक्कानिए महामन्त्री लिङ्देन ?

२०७४ पौष २ आइतबार, झापा । दुई सय ७५ जनाको प्रतिनिधिसभाका लागि राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित्यो । ... बाँकी अंश»

देउवाले दाहाललाई भने– ‘राष्ट्रपतिलाई नउक्साउनूस्’

२०७४ पौष २ आइतबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन् । ... बाँकी अंश»

किन बढ्न सकेन कांग्रेसको जनमत?, कसरी बढे वामपन्थी ? 

२०७४ पौष १ शनिबार, काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरू झन्डै दुई तिहाइको नजिक पुगेका छन् भने नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । राप्रपालगायत अनुदारवादी शक्ति बिलाउँदै गएका छन् भने मधेसी दल नयाँ शक्तिको रूपमा उदाएका छन्। ०१५ सालदेखि अहिलेसम्मका ७ निर्वाचनमा वामपन्थी वर्चस्व कसरी बढ्दै गयो र कांग्रेस किन खुम्चिँदै छ ? ... बाँकी अंश»

कांग्रेस महासमिति बैठकको तयारी

२०७४ पौष १ शनिबार, काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। ... बाँकी अंश»

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

२०७४ पौष १ शनिबार, काठमाडौं। एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए । ... बाँकी अंश»

सशस्त्रको लत्ताकपडा खरिदमा कमिसनको चक्कर

२०७४ पौष १ शनिबार, काठमाडौं। सशस्त्र प्रहरी भित्र लत्ताकपडा खरिदमा कमिशन खोज्दा ४० करोड रुपैंया फ्रिज हुने अवस्थामा पुगेको छ। अवधि नपुगेको कम्पनीलाई ठेक्का दिने चक्करमा नियम अनुसार पाउने लत्ताकपडाबाट सम्पूर्ण सशस्त्रका कर्मचारी बञ्चित हुने भएका छन्। ... बाँकी अंश»

चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय

२०७४ पौष १ शनिबार, काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटस्थ नेताहरूसँगको छलफलपछि पार्टी हारेकाले सरकार निर्माणको खेलोफड्कोमा नलागेर प्रतिपक्षमा बस्दै संगठन सशक्त बनाउने निष्कर्षमा पुगेका हुन्। ... बाँकी अंश»

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

२०७४ पौष १ शनिबार, काठमाडौं। वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्। ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै आएका छन्। ... बाँकी अंश»

सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र कम्युनिष्ट गठबन्धनबीच विवाद

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाबारे सत्तारुढ कांग्रेस र वाम गठबन्धनबीच नयाँ विवाद सुरु भएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रिय सभा गठन अघि कि पछि भन्नेमा दलहरूबीच विवाद देखिएको हो । ... बाँकी अंश»

नेतृत्वको लापरबाहीले सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड गुम्यो

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका सुरक्षाकर्मीलाई समयमै आर्म पर्सनल क्यारियर एपिसी र त्यससँग सम्बन्धित सुरक्षा सामग्री पठाउन नसक्दा दुवै प्रहरी संगठनको २५ करोडभन्दा रकम गुमेको हो । ... बाँकी अंश»

सडक ठेक्‍का महंगो भारतीय कम्पनीलाई दिन एडीबीको दबाब

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक एडीबी को सहयोगमा निर्माण हुन लागेको नारायणगढ(बर्दघाट र बर्दघाट–बुटवल सडक चौडा पार्ने ठेक्का प्रकरणले उजागर गरेको छ। ... बाँकी अंश»

अन्तिम परिणाम घोषणाका लागि संवैधानिक अड्चन

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अडचन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि समानुपातिकतर्फको गणना जारी छ । ... बाँकी अंश»

‘पहिले अध्यादेश अनि पद त्याग’

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्। ... बाँकी अंश»

क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुका आठजना सञ्चालक पक्राउ परेका छन् । ... बाँकी अंश»

सशस्त्रमा एपीसी खरिदमा किचलो, शान्ति मिसन गुम्ने खतरा 

२०७४ मङ्सिर २८ बिहिबार, काठमाडौं । फम्र्ड पुलिस युनिट एफपीयू मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर एपीसी खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । ... बाँकी अंश»

मुख्यमन्त्री बन्ने दौडधुपः को कहाँबाट ? यस्तो छ समीकरण 

२०७४ मङ्सिर २८ बिहिबार, काठमाडौं । संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । ... बाँकी अंश»

नयाँ