पत्रपत्रिकाबाट

कस्तो छ नेपाललाई तेल दिने चिनियाँ कम्पनी ?

२०७२ कार्तिक १२ बिहिबार, काठमाडौँ। चाइना नेसनल पेट्रोलियम कर्पारेसन (सिएनपिसी)सँग ग्यास उत्पादन र वितरण गर्न ५० हजार आठ सय ३६ किलोमिटर लामो ग्यास पाइपलाइन छ । उसले कच्चा तेलको पाइपलाइन १८ हजार एक सय ३२ किलोमिटर बिछ्याएको छ । पेट्रोलियम पाइपलाइन १० हजार ८६ किलोमिटर छ ।   सिएनपिसीले वार्षिक रूपमा एक सय ५० मिलियन टन कच्चा पदार्थ प्रशोधन गर्छ भने पाँच मिलियन टन इथालिन उत्पादन गर्छ । उसले पाइपलाइन र इन्धन भण्डारणगृह निर्माणमा दख्खल राख्छ ।   चीनमा खपत हुनेमध्ये ४० प्रतिश ... बाँकी अंश»

निवर्तमान राष्ट्रपति यादव बस्‍ने आवास सेनाद्वारा रातारात मर्मतसम्भार

२०७२ कार्तिक १२ बिहिबार, काठमाडौं। सरकारले निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका लागि समयमा आवासको व्यवस्था गर्न नसक्दा भाडामा लिइएको घरलाई युद्धस्तरमा सेना लगाएर सिंगार्नु परेको गोविन्द परियारले अन्नपूर्णमा लेखेका छन्।   सेनाको मर्मत सम्भार विभाग बुधबार साँझदेखि राति अबेरसम्म ललितपुरको बागडोलस्थित भाडामा लिइएको घर मर्मतमा जुटेको थियो।पूर्वराष्ट्रपतिलाई के के सुविधा दिने भन्ने स्पष्ट निर्णय हुन नसक्दा सरकार अन्योलमा थियो।    यसबारे मंगलबार राति प ... बाँकी अंश»

प्रथम राष्ट्रपति डा. यादवको भव्य बिदाइ गरिने

२०७२ कार्तिक १२ बिहिबार, काठमाडौं। सरकारले राष्ट्रपति डा. रामवरण यादव निर्वतमान भएपछि भव्य बिदाइ गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार साँझ पाँच बजे डा. यादवको बिदाइमा विशेष कार्यक्रमको तयारी गरेको सागर पण्डितले नयाँ पत्रिकामा लेखेका छन्।    डा. यादवको बिदाइअघि बिहीबार अपराह्न ३ बजे नवनिर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनेछिन् । नयाँ राष्ट्रपतिले शपथ लिएपछि निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन ... बाँकी अंश»

भारतीय दूतावासद्वारा अख्तियारमा उजुरी, नेपालको सार्वभौम लत्याउँदै छानवीन

२०७२ कार्तिक ११ बुधबार, काठमाडौं। भारतको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल–भारत सीमामा हुने चाँदीको चोरीनिकासीबारे अनुसन्धान थालेको छ। भारतले सीमामा हुने चाँदीको चोरीनिकासी रोक्न भनेपछि अख्तियारले अहिले अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागसँग जानकारी माग गरेको छ।   अर्थ मन्त्रालय उच्चस्रोतका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले सिधै अनुसन्धानको आग्रह गर्दै अख्तियारलाई चिठी पठाएपछि त्यसैलाई आधार मानेर जानकारी माग गरिएको हो ।   कुनै ... बाँकी अंश»

राष्ट्रपति यादव भीभीआईपी सुविधासहित भैंसेपाटी सर्ने

२०७२ कार्तिक ११ बुधबार, काठमाडौं। राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।   मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको अन्नपूर्णले लेखेको छ।  ... बाँकी अंश»

हार्ने चुनाव किन लड्दै छ कांग्रेस ?

२०७२ कार्तिक ११ बुधबार, काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपति पदमा पनि अन्तिम दिन मात्र नाम तय गरी उम्मेदवारी दर्ता गराएको छ । मंगलबार बिहान बसेको पदाधिकारी बैठकले नाम प्रस्ताव गरेपछि केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रपतिमा कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री चुनावका वेला कांग्रेसको उम्मेदवारको पक्षमा तराई मधेसमा आन्दोलनरत मधेसी दलले मतदान गरेका थिए । तर, अहिले कांग्रेस ... बाँकी अंश»

इन्धन अभावले उपचार सेवा संकटमा

२०७२ कार्तिक १० मंगलबार, काठमाडौं। राजधानीका सार्वजनिक अस्पतालले स्वास्थ्य सेवा सुचारु राख्न इन्धन र औषधिलगायत सामग्री आपूर्तिको अविलम्ब विशेष व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। उनीहरूले भारतीय नाकाबन्दीपछि अस्पतालले भोगिरहेको इन्धनलगायत उपचार सामग्री अभावबारे प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै सेवा अवरुद्ध नहुनका लागि तुरुन्त उपयुक्त निकायमा निर्देशन दिनसमेत अनुरोध गरेको कान्तिपुरमा समाचार छ।    अस्पतालहरूले दैनिक आवश्यकता तोकेरै लेखेको ... बाँकी अंश»

विद्यालयले इन्धन नपाए पढाउन नसक्ने

२०७२ कार्तिक १० मंगलबार, काठमाडौं। निजी विद्यालय सञ्चालकहरूले पढाइ सुचारु राख्न सरकारसित इन्धन माग गरेका छन्। इन्धन अभावले विद्यालय बन्द हुने अवस्थामा रहेको पनि उनीहरूले जनाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन), नेसनल प्याब्सन र उच्च माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त विज्ञप्ति जारी गर्दै माग राखेको कान्तिपुरले छापेको छ।   ‘इन्धन अभावले शैक्षिक संस्था सञ्चालनमा समेत चरम समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निकै सकसपूर्ण सञ् ... बाँकी अंश»

ठोरी नाकाबाट दैनिक ५० हजार लिटर इन्धन भित्रिँदै

२०७२ कार्तिक ९ सोमबार, वीरगन्ज। मधेसी दलले वीरगन्ज लगायतका सीमानाका एक महिना देखि ठप्प पारेपछि पर्साको ठोरी नाकाबाट दैनिक हजारौँ लिटर पेट्रोलियम तस्करी भइरहेको छ ।    भारतीय व्यपारीहरुले तस्करी गरेर ल्याएका डिजल र पेट्रोल लिन ठोरीमा चितवनको माडी, नारायणगढ, काठमाडौँ, पोखरा, गोरखा र तनहुँ लगायतका स्थानबाट व्यपारी र गाडी धनीहरु पुग्ने गरेका छन् ।    भारतबाट तस्करी गरेर ल्याइएको पेट्रोल र डिजेल चितवनको माडी, नारायणगढ, कास्की, गोर्खा, तनहँ र काठमाडौँसम्मका व्यपार ... बाँकी अंश»

बहुराष्ट्रिय कम्पनीका उत्पादन ठप्पै

२०७२ कार्तिक ९ सोमबार, काठमाडौं। नाकाबन्दीका कारण इन्धन र कच्चा पदार्थको अभावसँगै अधिकांश उत्पादनमूलक बहुराष्ट्रिय कम्पनी ठप्प भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।   तराईमा संचालित अन्य २ हजारभन्दा बढी उद्योग मधेस आन्दोलनको सुरवातसँगै बन्द छन् ।   द्धन्द्धका क्रममा समेत ठूलो प्रभाव नपरेका बहुराष्ट्रिय कम्पनीमा नाकाबन्दीबाट भने नराम्रो असर परेको छ । युनिलिभर, कोकाकोला, सूर्य नेपाललको उत्पादन ठप्प छ । ... बाँकी अंश»

भारतीय प्रहरीका एसपीसहित ५ जना हतियारधारी टोली नेपाल प्रवेश

२०७२ कार्तिक ९ सोमबार, पर्सा। वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपीसहित ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ । कान्तिपुर दैनिकमा समाचार छ । मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए ।   भारतीय प्रहरी गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा  वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय न ... बाँकी अंश»

चीनबाट १० लाख लिटर पेट्रोल मात्रै ल्याइने

२०७२ कार्तिक ९ सोमबार, काठमाडौं। सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।   यसअघि हजार १० लाख लिटर इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।   उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने नेपाल आयल निगमले जनाएको छ । अनुदानको आएको तेल प्रतिलिटर १ सय ४ रुपैयाँ नै बिक्री गरिने निगमले जनाएको छ । अनुदानको इन्धन उपत्यकालाई ४ दिनलाई पुग्छ। ... बाँकी अंश»

ग्यास ल्याउन उद्योगीलाई अनुमति

२०७२ कार्तिक ९ सोमबार, काठमाडौं। नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।   ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।   चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ । चीनबाट आयात गरिने भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ... बाँकी अंश»

को–को छन् राष्ट्रपतिका दाबेदार ?

२०७२ कार्तिक ९ सोमबार, सत्तारुढका उम्मेदवार विद्याको सम्भावना  सत्तारुढ गठबन्धनले एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना छ । यसबारे एमाले र एमाओवादीबीच अनौपचारिक सहमति भइसकेको छ । स्रोतका अनुसार सोमबार बिहान बस्ने एमाले स्थायी समिति बैठकले यसबारे औपचारिक टुंगो लगाउने मनोज, रमेश, बविनले नयाँ पत्रिकामा लेखेका छन् ।    नेम्वाङको पनि चर्चा  निवर्तमान सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे पनि एमालेभि ... बाँकी अंश»

प्रहरी हिरासतमै बित्यो खेलाडीको दसैँ

२०७२ कार्तिक ९ सोमबार, काठमाडौं। म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच खेलाडीको दसैँ हिरासतमै बितेको छ । परिवारले हिरासतमै उनीहरूलाई टीका लगाइदिएका छन् । प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा तथा विकाससिंह क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूलाई परिवारले प्रहरी कार्यालयमै गएर टीका लगाइदिएका थिए । विभिन्न ६ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ ग ... बाँकी अंश»

राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद्लाई पूर्णता

२०७२ कार्तिक १ आइतबार, काठमाडौ। राष्ट्रपति निर्वाचन नभएसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। अहिल्यै मन्त्रिपरिषद्लाई पूर्णता दिँदा राष्ट्रपतिको निर्वाचन प्रभावित हुनसक्ने भएकाले ढिलाइ गरिएको एमालेका एक पदाधिकारीले बताए । अहिल्यै मन्त्रिपरिषद्लाई पूर्णता दियो भने राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र दलभित्रै सभासद्हरूको पनि ‘भोट क्रस’ हुने डरले प्रधानमन्त्री ओलीले यसमा धेरै इच्छा नदेखाएको ती पदाधिकारीको दाबी छ ।   ... बाँकी अंश»

राष्ट्रपति पदले एमाले नेता विभाजित

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। संविधान जारी हुँदाको अवस्थासम्म प्रमुख राजनीतिक दलहरूबीच शक्ति बाँडफाँडमा भएको भनिएको ‘भद्र सहमति’ प्रधानमन्त्री निर्वाचनका वेला तोडिएपछि त्यसको प्रभाव राष्ट्रपति निर्वाचनमा पनि पर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।   संविधानत: कात्तिकको दोस्रो सातासम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने भए पनि राष्ट्रपतिका साझा उम्मेदवारको सम्भावना न्यून छ भने सरकारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षले आ–आफ्ना उम्मेदवार तय गर ... बाँकी अंश»

तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।   यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् । रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमा ... बाँकी अंश»

परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त दिल्लीको गाँठो ?

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। नयाँ सरकारले मधेसकेन्द्रित दलको आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक रूपमा आपूर्ति असहजताको कारण क्रमश: राजनीतिक, कूटनीतिक र प्रशासनिक औँल्याएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।   तर, तीनै समस्याको प्रमुख गाँठो नयाँदिल्लीबाट फुकाउनुपर्ने निष्कर्षसाथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा शनिबार तीनदिने दिल्ली भ्रमणमा लागेका छन् । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आन्दोलनरत मधेसकेन्द्रित दल र थारूसँग सम ... बाँकी अंश»

दिल्लीलाई मनाउनुपर्ने ६ कारण

२०७२ कार्तिक १ आइतबार, काठमाडौँ। सार्वजनिक रूपमा जे भनिए पनि यो भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नै हो, जसको समाधान दिल्लीसँग समझदारी कायम नगरी सम्भव छैन । आपूर्ति अवरोध रक्सौलबाहेकको नाकामा छैन । तर, आइओसीका पदाधिकारीले नेपाली ट्यांकरमा तेल भरेर पठाउन मानेका छैनन् । दिल्लीले संकेत नदिएसम्म यो अवस्था सहज हुँदैन ।   रक्सौललगायत केही सीमानाकामा नगन्य मानिस धर्नामा बसेका छन् । भारतीय भूमिबाट नेपालतर्फ पेट्रोल बम हानिएको छ, दशगजामा धर्ना दिइएको छ । भारतीय सु ... बाँकी अंश»

नयाँ