पत्रपत्रिकाबाट

प्रहरी हिरासतमै बित्यो खेलाडीको दसैँ

२०७२ कार्तिक ९ सोमबार, काठमाडौं। म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच खेलाडीको दसैँ हिरासतमै बितेको छ । परिवारले हिरासतमै उनीहरूलाई टीका लगाइदिएका छन् । प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा तथा विकाससिंह क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूलाई परिवारले प्रहरी कार्यालयमै गएर टीका लगाइदिएका थिए । विभिन्न ६ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ ग ... बाँकी अंश»

राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद्लाई पूर्णता

२०७२ कार्तिक १ आइतबार, काठमाडौ। राष्ट्रपति निर्वाचन नभएसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। अहिल्यै मन्त्रिपरिषद्लाई पूर्णता दिँदा राष्ट्रपतिको निर्वाचन प्रभावित हुनसक्ने भएकाले ढिलाइ गरिएको एमालेका एक पदाधिकारीले बताए । अहिल्यै मन्त्रिपरिषद्लाई पूर्णता दियो भने राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र दलभित्रै सभासद्हरूको पनि ‘भोट क्रस’ हुने डरले प्रधानमन्त्री ओलीले यसमा धेरै इच्छा नदेखाएको ती पदाधिकारीको दाबी छ ।   ... बाँकी अंश»

राष्ट्रपति पदले एमाले नेता विभाजित

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। संविधान जारी हुँदाको अवस्थासम्म प्रमुख राजनीतिक दलहरूबीच शक्ति बाँडफाँडमा भएको भनिएको ‘भद्र सहमति’ प्रधानमन्त्री निर्वाचनका वेला तोडिएपछि त्यसको प्रभाव राष्ट्रपति निर्वाचनमा पनि पर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।   संविधानत: कात्तिकको दोस्रो सातासम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने भए पनि राष्ट्रपतिका साझा उम्मेदवारको सम्भावना न्यून छ भने सरकारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षले आ–आफ्ना उम्मेदवार तय गर ... बाँकी अंश»

तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।   यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् । रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमा ... बाँकी अंश»

परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त दिल्लीको गाँठो ?

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। नयाँ सरकारले मधेसकेन्द्रित दलको आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक रूपमा आपूर्ति असहजताको कारण क्रमश: राजनीतिक, कूटनीतिक र प्रशासनिक औँल्याएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।   तर, तीनै समस्याको प्रमुख गाँठो नयाँदिल्लीबाट फुकाउनुपर्ने निष्कर्षसाथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा शनिबार तीनदिने दिल्ली भ्रमणमा लागेका छन् । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आन्दोलनरत मधेसकेन्द्रित दल र थारूसँग सम ... बाँकी अंश»

दिल्लीलाई मनाउनुपर्ने ६ कारण

२०७२ कार्तिक १ आइतबार, काठमाडौँ। सार्वजनिक रूपमा जे भनिए पनि यो भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नै हो, जसको समाधान दिल्लीसँग समझदारी कायम नगरी सम्भव छैन । आपूर्ति अवरोध रक्सौलबाहेकको नाकामा छैन । तर, आइओसीका पदाधिकारीले नेपाली ट्यांकरमा तेल भरेर पठाउन मानेका छैनन् । दिल्लीले संकेत नदिएसम्म यो अवस्था सहज हुँदैन ।   रक्सौललगायत केही सीमानाकामा नगन्य मानिस धर्नामा बसेका छन् । भारतीय भूमिबाट नेपालतर्फ पेट्रोल बम हानिएको छ, दशगजामा धर्ना दिइएको छ । भारतीय सु ... बाँकी अंश»

स्कर्टिङमै तस्करीका सामान

२०७२ कार्तिक १ आइतबार, विराटनगर। अघोषित नाकाबन्दी र आन्दोलनरत मधेसी मोर्चाको अवरोधले भारतसँग जोडिएको नाकाबाट आयात–निर्यात पूर्ववत हुन सकेको छैन । दुवै देशका सुरक्षा र भन्सार अधिकारीको 'आपसी' सहमतिमा नाकाबाट आयातित सामान गन्तव्यसम्म पुर्याउन ठूलै मेहनत गर्नुपर्छ ।   यी सबै जोखिम मोलेर रातमा सुरक्षाकर्मीले मालवाहक गाडी स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्‍याउने क्रम जारी छ । तर, यस्तो अवस्थामा पनि तस्करका रबैया भने नबदलिएको नागरिक दैनिकमा अजित तिवारीले लेखेकाछन ... बाँकी अंश»

नयाँ नोटमा चोर सक्रिय

२०७२ कार्तिक १ आइतबार, काठमाडौं। चाडपर्वको बेला बैंकबाट रकम निकाल्न या नयाँ नोट साट्न जाँदै हुनुहुन्छ भने होसियार रहनुहोस् । किनकी बैंकबाट पैसा निकाल्न पुगेका सर्वसाधारणबाट चोरी गर्ने गिरोहले नगद चोर्ने क्रम बढेको छ ।   असोज २२ गते भूगोलपार्कस्थित नेपाल बैंक लिमिटेडमा लाम बसेका चाबहिल बस्ने चेतनाथ पराजुलीको चार लाख रुपैयाँ दिउँसै लुटियो। लाइनमा बसेका पराजुलीको झोला काटेर नगद कुम्लाएर फरार भएका लुटेराहरुलाई महानगरीय वृत्त जनसेवाले पक्राउ गरेपछि बैंक ढुकेर लुट् ... बाँकी अंश»

दुर्घटनाबाट जोगियो नेपालकाे एयरबस

२०७२ कार्तिक १ आइतबार, काठमाडौँ। नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । हङकङबाट काठमाडौँ उड्ने बेलामा नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा जहाजमा प्वाल परेको थाहा भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।   एयरलाइन्स स्रोतका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो । उड्ने तयारी गर्दा हवाई इन्जिनियरले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए । ... बाँकी अंश»

'सबै खेलमा हार्ने सेटिङ'

२०७२ असोज ३० शनिबार, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतकक्षमा रहेका थुनुवाको भिडबाट एक जना जुरुक्क उठे र दुवै हात सतर्क पोजिसनमा राखेर तनक्क तन्किँदै भने– जयनेपाल सर ! नागरिक दैनिकमा केपी ढुंगाना लेख्छन्–उनीसँगै अन्य चार जना पनि उभिए तर उनले झैं अभिवादन गरेनन् । एआइजी विज्ञानराज शर्मालाई त्यसरी अभिवादन गर्ने उनी हुन्– खेल–मिलेमतोमा संलग्न आरोपमा पक्राउ परेका गोलरक्षक रितेश थापा । २०५७ मा थ्री–स्टारबाट क्लब फुटबलमा प्रवेश गरेका उनी २०६१ म ... बाँकी अंश»

नाकाबन्दी हटाउन पहल गर्न कमल थापा आज भारत जाने

२०७२ असोज ३० शनिबार, काठमाडौं । भारतले लगाएको नाकाबन्दी, असहज आपूर्ति व्यवस्थालगायत दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा देखिएको असमझदारी हटाउन उपप्रधानमन्त्री थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार भारत जाँदैछन् ।   अन्नपूर्ण पोष्टमा सन्तोष घिमिरे र आंकाक्षा शाह लेख्छन्–तीनदिने भ्रमणका क्रममा थापाले भारतले नेपालमाथि लगाएको नाकाबन्दी हटाइदिन भारत सरकारसँग औपचारिक संवाद गर्न लागेका हुन् । भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफूले कुराकानी गर्ने मन्त्री थ ... बाँकी अंश»

एमाओवादीभित्र मन्त्री बन्न तछाँडमछाँड, अझै टुंगो लागेन

२०७२ असोज ३० शनिबार, काठमाडौं । मन्त्री छान्न एमाओवादीको बैठक तीन दिनदेखि लगातार बसे पनि शुक्रबार बेलुकासम्म पार्टीले निर्णय लिन सकेको छैन।   अन्नपूर्ण पोष्टमा रेवती सापकोटा लेख्छन–मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएपछि सिफारिस गर्न सकस भएको छ। 'मन्त्री बन्नका लागि पार्टीभित्र तछाँडमछाँडको स्थिति छ, एक पोलिट्‍ब्यूरो सदस्यले भने। मन्त्री छान्नका लागि बुधबारदेखि पार्टीको निरन्तर बैठक बसिरहेको छ। आधिकारिक निर्णय गर्न बाँकी रहे पनि  एमाओवादीले पार्टी ... बाँकी अंश»

लडाकुदेखि सभामुखसम्म

२०७२ असोज ३० शनिबार, काठमाडौं । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको पहिलो दिन अर्थात् २०५२ फागुन १ गते चार ठाउँमा फौजी कारबाही गरेको थियो, जसमध्ये एउटा थियो– रोल्पाको होलेरी । नागरिक दैनिकमा प्रकाश तिमल्सिना लेख्छन्–उक्त आक्रमणका लागि माओवादीले ३६ जनालाई जिम्मेवारी दिएको थियो, जसमा दुई महिला थिए । दुईमध्येकी थिइन्– ओनसरी घर्तीमगर । 'त्यो बेला हामी ३६ जना आक्रमणमा गएका थियौं, तीन घन्टाको निरन्तर आक्रमणपछि होलेरी चौकी कब्जामा आयो,' पूर्वमाओव ... बाँकी अंश»

ओनसरी नेपालको पहिलो महिला सभामुख

२०७२ असोज ३० शनिबार, काठमाडौं । संसद्को सभामुखमा एमाओवादीका सांसद ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन्।   अन्नपूर्ण पोष्टमा नरेन्द्र साउद लेख्छन्–संसद्‌को शुक्रबारको बैठकमा उनी निर्विरोध निर्वाचित भएकी हुन्। घर्ती नेपालकै पहिलो महिला सभामुख भएकी छिन्। रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई यसअघि उपसभामुख थिइन्। बुधबार मात्र उनले राजीनामा दिएकी हुन्।   नेपाल मजदुर किसान पार्टीले सभामुखमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिएपछि उनी न ... बाँकी अंश»

चाडपर्वमा पनि तराई-मधेस बन्धक

२०७२ असोज २९ शुक्रबार, काठमाडौं । तराई–मधेसमा जुन बेला सशस्त्र भूमिगत गतिविधि (०६७ सम्म) तीव्र थियो, सर्वसाधारण चाडपर्वको व्यग्र प्रतीक्षामा हुन्थे। किनकि, सशस्त्र संगठनहरुले दसैंतिहार, छठजस्ता चाडपर्वमा एकतर्फी 'युद्धविराम' घोषणा गर्थे। विज्ञप्तिमार्फत सर्वसाधारणलाई चाडपर्वको शुभकामना बाँड्थे। त्यसैले सांस्कृतिक पर्व मनाउन मधेसी जनता निष्पि्कक्री हुन्थे, डरत्रासबिनै चाडबाड मनाउँथे, रमाउँथे। नागरिक दैनिकमा मिथिलेश यादव लेख्छन्–आफूलाई मधेसवादी दल भन्न ... बाँकी अंश»

म्याच फिक्सिङ प्रकरणमा अरू खेलाडी पनि तानिँदै

२०७२ असोज २९ शुक्रबार, काठमाडौं । मिडियामा छाइरहेका स्टार फुटबल खेलाडीहरू बिहीबार भने अनुहार लुकाउन खोजिरहेका थिए। उनीहरूको मुखमा मास्क थियो भने टाउको ज्याकेटको टोपीले पिएको थियो। यसरी सञ्चारकर्मीबाट छलिन खोज्नेहरू थिए– राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप थापा र अञ्जन केसी। नागरिक दैनिकमा केपी ढुंगाना लेख्छन्–खेल मिलेमतो गरेको आरोपमा बुधबार पक्राउ परेका उनीहरूले बिहीबार राजधानीको टेकुस्थित महानगरीय प्रहरी ... बाँकी अंश»

म्याच फिक्सिङ गरेका हौँ: खेलाडीहरु, राजद्रोहको मुद्दा चलाइने

२०७२ असोज २९ शुक्रबार, काठमाडौं ।खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् ।   अन्नपूर्ण पोष्टमा समाचार छ । अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।   खेलाडीहरू पक्राउ परेपछि गएरातिदेखिनै अनुसन्धान गर्दा उनीहरूले भावुक हुँदै ... बाँकी अंश»

प्रधानमन्त्रीको लोभ देखाएर तीन दलिय गठबन्धन तोड्न सफल भयौं: महतो

२०७२ असोज २९ शुक्रबार, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले काँग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाएर ठूला तीन दलको गठबन्न तोडन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सफल भएको बताएका छन् । अन्नपूर्ण पोष्टमा क्रान्ति शाह लेख्छन्–वीरगन्ज रक्सौल नाका स्थित मितेरी पुलमा जारी धर्ना स्थलमा विहीबार पत्रकार सम्मेलन गरेर अध्यक्ष महतोले ठूला तीन दलको गठबन्धन तोडनकै लागि मधेशी मोर्चाले प्रधाामन्त्रीको निर्वाचनमा भाग लिएको खुलासा गरे ।   तीन दलले मधेशी दलल ... बाँकी अंश»

एमाओवादीको दाउ-पहिला सभामुख, त्यसपछि मन्त्री

२०७२ असोज २८ बिहिबार, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीका तर्फबाट कसले नेतृत्व गर्ने विषयमा विवाद हुँदा एकीकृत नेकपा माओवादीले मन्त्रीको नाम निर्क्योल गर्न सकेको छैन। नागरिक दैनिकमा प्रकाश तिमल्सिना लेख्छन्–एमाओवादीमा सरकारमा पार्टीबाट महासचिव कृष्णबहादुर महराले नेतृत्व गर्ने कि सचिव टोपबहादुर रायमाझीले गर्ने भन्ने विवाद छ। त्यही विवादका कारण बिहीबार सभामुखको उम्मेदवार टुंगो लगाएपछि मात्र मन्त्री निर्क्योल गर् ... बाँकी अंश»

एमालेमा राष्ट्रपतिबारे चर्को मतभेद

२०७२ असोज २८ बिहिबार, काठमाडौं । राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा एमालेभित्र अनेक मत देखापरेका छन्।  अन्नपूर्ण पोष्टमा बालकुमार नेपाल लेख्छन्–पार्टीका पदाधिकारीहरूबीच नै यस विषयमा सहमति नभएपछि बुधबार राति अबेरसम्म टुंगो लाग्न सकेको छैन।शीर्ष नेताहरूबीच यसबारे भएको छलफलले कुनै निष्कर्षमा निकाल्न सकेको छैन।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउने प्रस्ताव अगाडि सारे पनि महासचिव ईश्वर पो ... बाँकी अंश»

नयाँ