पत्रपत्रिकाबाट

'प्रदेश प्रमुख र केन्द्रमा भन्दा एमालेलाई सत्ताको चासो'

२०७४ पौष २२ शनिबार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रमुख र राजधानी तोक्ने विषयमा सरकारलाई प्रस्ट सुझाब नदिएपछि यो प्रक्रिया फेरि केही दिन लम्बिने संकेत देखिएको छ। ... बाँकी अंश»

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

२०७४ पौष २२ शनिबार, काठमाडौं। सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ। प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ। ... बाँकी अंश»

किन हुन्छ व्यक्ति हत्या ?

२०७४ पौष २२ शनिबार, काठमाडौं। राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो। सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए। लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा फोन गरी घटना मनोज पुनले गराएको जानकारी दिए। ... बाँकी अंश»

पौडेल पक्षको भेलामा नेताका गुनासै–गुनासा, विशेष महाधिवेशन बोलाउनुपर्ने माग

२०७४ पौष २२ शनिबार, काठमाडौ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइरालासहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। ... बाँकी अंश»

मलेसियाको एयर एसिया एक्स काठमाडौं उडानमा रोक, कारण यस्तो

२०७४ पौष २१ शुक्रबार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ । ... बाँकी अंश»

के भएर थलिए ओली ? के हुँदैछ ?

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। ... बाँकी अंश»

२० दिनमै हुन सक्छ राष्ट्रिय सभा निर्वाचन

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । ... बाँकी अंश»

कस्तो बन्दैछ राष्ट्रिय सभा र प्रतिनिधिसभा हल ? यो नालीबेली

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा रातो र तल्लो सदन प्रतिनिधिसभा हल नीलो रङको बन्ने भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा हल २२० सिट क्षमताको हुनेछ । सांसदका लागि ८० वटा रातो रङको कुर्सी राखिनेछ । ... बाँकी अंश»

मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ। उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसनु मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्न लागेको हो। ... बाँकी अंश»

प्रदेश राजधानी तोकेको सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ । ... बाँकी अंश»

शर्मा, पुन र महरासँग रिसाए प्रचण्ड, अल्पमतमा पर्ने भएपछि ओलीले बनाए यस्तो डिजाइन

२०७४ पौष २० बिहिबार, काठमाडौं । पार्टी एकीकरण र स्थायी सरकारको नारा दिएर बहुमत ल्याएको बाम गठबन्धनभित्र सत्ता समीकरणलाई लिएर विवाद उत्पन्न भएको छ । एमालेका अध्यक्ष केपी ओलीमाथि पार्टी एकीकरण गर्न रुचि नदेखाएको आरोप छ ।  ... बाँकी अंश»

वामगठबन्धन ‘लचक’ – प्रदेश प्रमुखमा घम्साघम्सी नगर्ने

२०७४ पौष २० बिहिबार, काठमाडौं । वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सी’ नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले आफूखुसी निर्णय लिन खोजे बाटो खोलिदिने रणनीति एमालेमाओवादीले बनाएका हुन्। ... बाँकी अंश»

स्थानीय तहको राजस्व निर्धारणमा मनोमानी

२०७४ पौष २० बिहिबार, बाँके । गाउँपालिका र नगरपालिकाले आफ्नै तरिकाले राजस्व वृद्धि गरेपछि स्थानीय जनता मर्कामा परेका छन् । ... बाँकी अंश»

नेपाल र अमेरिकाको यसरी भयो समान भिसा नीति

२०७४ पौष २० बिहिबार, काठमाडौं । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। ... बाँकी अंश»

यस्तो छ नेपालदेखि अमेरिकासम्म मानव तस्करको जालो

२०७४ पौष २० बिहिबार, काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो । ... बाँकी अंश»

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत फेल

२०७४ पौष २० बिहिबार, काठमाडौँ । नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । ... बाँकी अंश»

यस्तो पनि –चुनाव खर्च २५ लाख, प्राप्त भोट २२९

२०७४ पौष २० बिहिबार, काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री कार्यालयद्धारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्‍का

२०७४ पौष १९ बुधबार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ। ... बाँकी अंश»

अध्यागमनमा इन्टरपोलको डाटाबेस – संदिग्ध प्रवेशको खतरा

२०७४ पौष १९ बुधबार, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन इन्टरपोलले आतंककारी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तथ्यांक (डाटा) नेपालको अध्यागमन संयन्त्रसँग नजोड्दा अवाञ्छित व्यक्तिहरूको आवागमनले मुलुकमा सुरक्षा चुनौती बढाएको छ। त्यसले नेपालको सीमा सुरक्षामा समेत असर पार्दै आएको छ। ... बाँकी अंश»

यो कस्तो वेदना ? ‘मर्नुअघि घर जान पाए हुन्थ्यो’

२०७४ पौष १९ बुधबार, ललितपुर । जस्ताले बेरबार बनाएको छाप्रोको अघिल्तिर थोत्रो सुकुलमा घाम तापिरहेकी थिइन् ६५ वर्षीया टरमैयाँ महर्जन । छेउमा थिए, ७५ बर्से पति माइलाकाजी । ... बाँकी अंश»

नयाँ