पत्रपत्रिकाबाट

तातोपानी नाका ब्युँताउने कसरत

२०७४ पौष १६ आइतबार, काठमाडौं । चीनले तातोपानी नाका पन्छाउँदै केरुङ रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ । ... बाँकी अंश»

अध्यादेश आयो : नयाँ सरकार गठनबारे विवाद सुरु

२०७४ पौष १५ शनिबार, काठमाडौं। दलहरूबीच नयाँ सरकार गठन राष्ट्रिय सभा निर्वाचन अघि कि पछि भन्नेमा विवाद बढेको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेलगत्तै नयाँ सरकार गठनबारे विवाद सुरु भएको हो। ... बाँकी अंश»

पहिले राष्ट्रियसभा गठन, पछि नयाँ सरकार : उपाध्यक्ष वामदेव

२०७४ पौष १५ शनिबार, काठमाडौं। एमाले उपाध्यक्ष वामदेव गौतम भने राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक बुझाइमा छन्। बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेका थिए।  ... बाँकी अंश»

मलाई विदेशी शक्तिले रोक्न खोज्दैछन् : ओली  

२०७४ पौष १५ शनिबार, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन्।  ... बाँकी अंश»

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

२०७४ पौष १५ शनिबार, काठमाडौं। प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन्। प्रमुख आयुक्त डा. यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो। ... बाँकी अंश»

अध्यादेशको गाँठो फुकाउन दाहालको अग्रसरता

२०७४ पौष १५ शनिबार, काठमाडौं। एमालेले बहुमतीय बाटोबाट राष्ट्रियसभा चुनाव हुनुपर्ने भनी लिएको अडानबीच सरकारले भने एकल संक्रमणीय विधिबाट चुनाव गर्न अध्यादेश अघि बढाएको थियो। दुई दलबीच यो विवादले ‘इगो’ को रूप लिँदै गएपछि अघि सरे, माओवादी अध्यक्ष दाहाल।  ... बाँकी अंश»

के छ अध्यादेशमा?

२०७४ पौष १५ शनिबार, काठमाडौं। शुक्रबार जारी अध्यादेशका अनुसार राष्ट्रियसभा निर्वाचनमा सबै पदमा एकल संक्रमणीय चुनाव प्रणाली लागू नहुने व्यवस्था छ। कोटाबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले राष्ट्रियसभा निर्वाचनमा पूर्ण रूपमा एकल संक्रमणीय पद्धति लागू नहुने भएको हो। अध्यादेशअनुसार महिला र खुला पदका लागि एकल संक्रमणीय पद्धति लागू भए पनि दलित, अल्पसंख्यक वा अपांगता कोटामा यो प्रणाली लागू हुने छैन।  ... बाँकी अंश»

‘राप्रपा विलयको बाटोमा’ –लोकेन्द्रबहादुर चन्द 

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टी विलयको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ... बाँकी अंश»

दिलनाथ गिरीको पीडामा किन नूनचुक छर्के कमल थापाले ? 

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषद्को बैठकमा हंगामा भएको छ। ... बाँकी अंश»

अब राति पनि चिडियाखाना हेर्न पाइने

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ। रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ। ... बाँकी अंश»

किन मुख्यसचिवमाथि खनिए मन्त्रीहरु ? किन भयो मन्त्रिपरिषद् बैठकमा चर्काचर्की ?

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ। ... बाँकी अंश»

अध्यादेश आउँदैः यसकारण पछि हट्दै छ एमाले

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो । ... बाँकी अंश»

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’, कुन कुन ? 

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। ... बाँकी अंश»

किन रोकियो राष्ट्रिय परिचयपत्र वितरण ?

२०७४ पौष १३ बिहिबार, काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे निर्णय गर्न नसक्दा परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले परिचयपत्रमा राखिने ‘सेक्युरिटी फिचर’ (सुरक्षण चिह्न) बारे सरकारले निर्णय नगरेका कारण परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको जानकारी दिए । ... बाँकी अंश»

के नाम राखेछन् त ? नाम फेर्न ५० स्थानीय तहको निवेदन

२०७४ पौष १३ बिहिबार, काठमाडौँ । ५० स्थानीय तहले आफ्नो नाम र केन्द्र फेरबदल गर्न स्थानीय विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका छन् । ... बाँकी अंश»

कति निवर्तमान सांसदले बुझाएनन् रातो पासपोर्ट ?

२०७४ पौष १३ बिहिबार, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ देखि निवर्तमान भएका सांसदहरूले कूटनीतिक राहदानी (रातो पासपोर्ट) अझै फिर्ता गरेका छैनन् । ... बाँकी अंश»

सरकारी कार्यालयः मिटिङ गर्ने अखडास्थल

२०७४ पौष १३ बिहिबार, काठमाडौं । केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। ... बाँकी अंश»

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड 

२०७४ पौष १३ बिहिबार, काठमाडौं । मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । ... बाँकी अंश»

बाम दम्भः काँग्रेसको चर्को विरोधबीच गाउँपालिकाको नाम परिवर्तन

२०७४ पौष १३ बिहिबार, रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ। दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो। ... बाँकी अंश»

सँगै नाचे पारस र हिमानी

२०७४ पौष १२ बुधबार, काठमाडौं। झन्डै तीन  वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन्।   ... बाँकी अंश»

नयाँ