निर्वाचन

अव युवाले खाडीमा होइन नेपालको माटोमै पसिना बगाउने वातावरण निर्माण गर्नुपर्छ : काँग्रेस नेता चौधरी

२०७४ मङ्सिर १ शुक्रबार, दाङ । श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले अवको अभियान संवृद्ध नेपाल निर्माण भएको बताएका छन् । नेपाली काँग्रेसले तुलसीपुर ४ मा आयोजना गरेको कार्यक्रममा अव देशमा आर्थिक संमृद्धी आवश्यक भएकाले नेपालमै कल कारखाना तथा उद्योग स्थापना गरी युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।  ... बाँकी अंश»

यस्तो छ कांग्रेस उम्मेदवार पन्थीको चुनावी प्रचार शैली

२०७४ मङ्सिर १ शुक्रबार, गुल्मी । गुल्मीमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा नेपाली कांग्रेसका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न र कांग्रेसलाई जीताउन भन्दै खेतबारीमा समेत पुग्न थालेका छन् । यस्तै कांग्रेस निर्वाचन क्षेत्र नं. २ गुल्मीले चुनाव प्रचार प्रसार अभियान अन्तर्गत गाँउ गाँउमा चुनावी सभा र मतदाताहरुलाई गाँउघर र खेतवारी समेत पुगेर आफूलाई मत मागिरहेका छन् । ... बाँकी अंश»

किरण यादवको आरोप, ‘ शरदसिंह भण्डारीले गाउँगाउँमा खसी काटिरहेका छन् ’

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी किरण यादवले दुई कार्यकाल यही क्षेत्रमा निः स्वार्थ भएर काम गरेकाले यसपटक पनि चुनाव जित्ने दाबी गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा उम्मेदवार यादवले जनताको बिचमा सकारात्मक छाप छोड्न सफल भएकाले चुनाव जित्ने आधार बलियो भएको बताइन् । ... बाँकी अंश»

वागी उम्मेदवारले कम्युनिष्ट गठबन्धनको झण्डा बोकेपछि गठबन्धन तनावमा

२०७४ मङ्सिर १ शुक्रबार, सल्यान । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् ।  ... बाँकी अंश»

२ नम्बर प्रदेशको मुख्यमन्त्री म बन्छु : महतो

२०७४ मङ्सिर १ शुक्रबार, धनुषा (जनकपुरधाम)। धनुषा क्षेत्र नम्बर ४ का प्रदेश सभाका उम्मेदवार बनेका नेता शत्रुधन महतोले २ नम्बर प्रदेशमा कम्युनिष्ट गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार धनुषामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले भने,‘२ नम्बर प्रदेशमा हाम्रो गठबन्धनले बहुमत ल्याउँछ, अब पार्टीले मलाई मुख्यमन्त्री बनाउँछ भने म बन्छु, तर मैले निर्णय गर्ने कुरा त होईन।’ ... बाँकी अंश»

बिपी र गिरिजाको सपना पुरा गर्न उम्मेदवारी दिएको हुँ :अध्यक्ष  दाहाल

२०७४ मङ्सिर १ शुक्रबार, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताएका छन् ।  ... बाँकी अंश»

कम्युनिष्ट गठवन्धन स्वतन्त्रता खोस्नका लागि हो : आरजु देउवा

२०७४ मङ्सिर १ शुक्रबार, धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ प्रतिनिधीसभा उम्मेदवार डा. आरजु देउवाले बामपन्थीहरुको गठवन्धन स्वतन्त्रता खोस्नका लागि बनेको बताएकी छन् । शुक्रवार धनगढी उपमहानगरपालीका १ शिवनगरचौकमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै उनले आरजुले यस्तो आरोप लगाएकी हुन् । ... बाँकी अंश»

(अपडेट) काँग्रेस नेता रामशरण महतमाथि एम्बुस प्रहार, चार घाइते

२०७४ मङ्सिर १ शुक्रबार, ककनी । नेपाली काँग्रेसका नेता तथा नुवाकोटका प्रतिनिधिसभा उम्मेदवार डा रामशरण महतमाथि एम्बुस प्रहार गरी मार्ने प्रयास भएको छ । ... बाँकी अंश»

उपेन्द्र यादवले कांग्रेसलाई भने –‘समय अझै बाँकी छ चुनावी तालमेल गरौँ’

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । ... बाँकी अंश»

वाम गठबन्धन  र  राप्रपा परित्याग गरी ७५ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

२०७४ मङ्सिर १ शुक्रबार, अछाम । वाम गठबन्धनलाई अछामबाट किनारा लगाएपछि अछाम जिल्लाले बिकाशको गति लिने प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार राम बहादुर बिष्टले बताएका छन् । ... बाँकी अंश»

काठमाडौं ९ मा काँग्रेसको बहार, धर्मराजको पक्षमा जनलहर

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौं । काठमाडौंको पश्चिमी गाँउ स्युचाटारको साधारण किसान परिवारमा जन्मेका काङ्ग्रेस नेता धर्मराज गौतमले राजनीति तथा अर्थशास्त्रमा स्नातक सम्मको शिक्षा हासिल गरेका छन् । ... बाँकी अंश»

ललितपुर— २ भिडन्तः यस्तो छ उम्मेदवारहरुको नालीबेली 

२०७४ मङ्सिर १ शुक्रबार, ललितपुर । लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन दुवैका उम्मेदवार झण्डै उस्तै उस्तै चुनाबी एजेण्डा लिएर मतदातासम्म जान थालेका छन् । ... बाँकी अंश»

खजुरावासीलाई लोकतान्त्रिक गठबन्धनको भरोसा, माग पूरा गर्ने आश्वासन

२०७४ मङ्सिर १ शुक्रबार, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरी गाउँका स्थानीयले सडक र विजुली बत्तीको माग गरेका छन् । ... बाँकी अंश»

बाँकेमा चुनावी सरगर्मीः काँग्रेसको वाहीवाही 

२०७४ मङ्सिर १ शुक्रबार, नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्तिक २८ गते भएको नेपालगञ्ज आगमन र कार्यकर्ताको भेटघाटपछि बाँकेको चुनावी माहौल तात्दै गएको छ । ... बाँकी अंश»

अर्घाखाँचीमा काँग्रेस जिताउ अभियान तीव्र, केन्द्रीय नेताहरु एकजुट

२०७४ कार्तिक ३० बिहिबार, सन्धिखक । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेसले प्रचार प्रसारलाई तिव्र दिएको छ । ... बाँकी अंश»

एमालेले वागी उम्मेदवारलाई पार्टीबाट लखेट्यो

२०७४ कार्तिक ३० बिहिबार, कञ्चनपुर । पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई एमाले कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ । ... बाँकी अंश»

‘शान्ति, दिगोविकास र आर्थिक समृद्धिकालागि कांग्रेस’

२०७४ कार्तिक ३० बिहिबार, घोराही । देशमा शान्ति, दिगोविकास र आर्थिक समृद्धिको लागि नेपाली कांग्रेसले निर्वाचन जित्न आवश्यक भएको कांग्रेस नेताहरुले बताएका छन् । दाङ क्षेत्र नं. २ को चुनावी प्रचार प्रसारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ७ अर्थात साविक सौडियार गाविसका विभिन्न स्थानमा आयोजना गरेको सभाहरुमा बोल्ने कांग्रेसका नेताहरुले कांग्रेसले जितेमात्र शान्त, दिगोविकास र आर्थिक समृद्धि हुने बताएका छन् । ... बाँकी अंश»

काँग्रेसका असन्तुष्टलाई फकाएसँगै यादवको पक्षमा जनलहर बढ्यो

२०७४ कार्तिक ३० बिहिबार, बारा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रि सदस्य तथा बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार राधेचन्द यादवको पक्षमा जनलहर बढदै गएको छ । गएको स्थानीय तहको चुनावमा काँग्रेस पार्टीबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर असन्तुष्ट बनेर अन्य पार्टीमा गएकाहरुलाई फाकाउन सफल भएपछि नेता यादवको पक्षमा जनलहर बढेको हो । ... बाँकी अंश»

कांग्रेसप्रति जनताको आकर्षण, पार्टी प्रवेश गर्नेको लाग्यो ओईरो

२०७४ कार्तिक ३० बिहिबार, वीरगञ्ज । पर्साका विभिन्न क्षेत्रहरुमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको आईरो लागेको छ । पार्टी प्रवेश कार्यक्रम अन्तर्गत बिहिबार पर्सा जगर्नाथपुर गाउँपालिकाका पुर्व गाविस अध्यक्ष स्वर्गिय शँकर यादवका छोरा सुवास यादव, पुर्व वडाध्यक्ष जोगेन्द्र यादव, गँगा यादव, सतन यादव लगायत १५० जना सँघीय समाजवादी फोरम नेपाल परित्याग गरी तथा स्थानिय कपिलदेव यादवको नेतृत्वमा ८० जनाले माओवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

पर्सा क्षेत्र नम्बर १ मा रुँगटाको पक्षमा व्यापक समर्थन

२०७४ कार्तिक ३० बिहिबार, वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ का लागि नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाको पक्षमा व्यापक समर्थन देखिएको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को बेलवामा घरदैलोको कार्यक्रममा मतदाताहरु काँग्रेसप्रति आकर्षित हुँदै नाच गान गर्दै कार्यक्रममा सहभागि भएका थिए । ... बाँकी अंश»

नयाँ