निर्वाचन

निर्वाचनको मिति घोषणा २ हप्ता भित्र, पार्टीको पूर्णता १ हप्ता : देउवा

२०७३ माघ १३ बिहिबार, दाङ । काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन घोषणा अब २ हप्ता भित्रै हुने बताएका छन् । प्रेस युनियनले तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा सभापति देउवाले स्थानीय नियकाको निर्वाचन पहिलो चरणमा गर्ने गरी सकारले मिति घोषणाको तयारी गरेको बताए । देउवाले भने, ‘निर्वाचनको मिति घोषणा अघि मधेसी र आदिवासी जनजातिका मुद्धाहरु सम्बोधन हुन्छ । संविधान संशोधन विधेयक पनि पास हुन्छ ।’ संविधान संशोधन संसदबाट पास हुने र पास भए लगतै ३ वटै निकायको निर्वाचन हुन ... बाँकी अंश»

सांसदहरुको प्रश्न : संविधानको प्रावधान अनुसार निर्वाचन हुन्छ की हुँदैन ?

२०७३ माघ १२ बुधबार, काठमाडौँ । सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गरेका छन् । व्यवस्थापिका संसद बैठकको विशेष समयमा सांसदहरुले संविधानको प्रावधानअनुसार एक वर्षभित्र तीन तहको निर्वाचन हुन्छ की हुँदैन ? के कारणले निर्वाचनको तिथि मिति घोषणा गर्न छेक्यो ? भन्ने प्रश्न गरे । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध् ... बाँकी अंश»

निर्वाचन सम्बन्धि दुई विधेयक संसदमा पेश

२०७३ माघ ११ मंगलबार, काठमाडौं । स्थानीय निकायको निर्वाचनसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन सदनमा पेश भएको छ । राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ समितिको प्रतिवेदनसहित मंगलबार व्यवजस्थापिका–संसद बैठकमा पेश गरेका हुन् । संसद्ले गत असोज ३० गते ती दुई विधेयक दफाबार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको थियो । समितिमा लामो छलफलपछि आवश्यक संशोधनसहित मंगलबार पुनः सदनमा पेस गरिएको सभाप ... बाँकी अंश»

'निर्वाचनको मिति घोषणा गर्न नसके सरकार छाड्नुस्' : ओली

२०७३ माघ ८ शनिबार, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।    एमाले भक्तपुरले शनिबार आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा ओलीले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।    सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिर ... बाँकी अंश»

निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री दाहाल

२०७३ माघ ४ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट मंगलबार स्वदेश फकिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए ।    प्रधानमन्त्रीले भने “भ्रमणमा जानु अगाडि पनि मैले निर्वाचन आयोगसँग छलफल गरेको थिए । आयोगका पद ... बाँकी अंश»

स्थानीय निकायको निर्वाचन हुन्छ : मन्त्री पाण्डे

२०७३ पौष २८ बिहिबार, ललितपुर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्  । स्थानीय विकास मन्त्रालयले गोदावरीमा गरेको सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीमा मन्त्री पाण्डेले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन् । स्थानीय विकास अधिकारीलगायतका कर्मचारीले उचित कार्ययोजना बनाएर कार्यान्वयनतर् ... बाँकी अंश»

संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुन्छः कृष्णप्रसाद सिटौला

२०७३ पौष २७ बुधबार, इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताएका छन् । नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको अन्तरक्रियामा नलले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गरे ।    नेता सिटौलाले अहिलेको वर्तमान समस्या संविधान संशोधनबाट समाधान हुने र मुलुक निर्वाचनमा जाने बताउँदै वैशाखभित्रै स्थानीय तहको निर्वाचनको तयारी भइरहेकाले यसका लागि ... बाँकी अंश»

'निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन’

२०७३ पौष २५ सोमबार, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार तीन निर्वाचन गराउने मुख्य उद्देश्य लिएर बनेकाले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन संविधान संशोधन विधेयक ल्याइएको बताएका छन् ।    ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ माथिको सैद्धान्तिक छलफलमा संसद्को सोमबारको बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै निधिले सबै कानुनको टुङ्गो गराउन संसद् नै एक मात्र थलो हो भने । उनले निर्वाचनसम्बन्धी अन्य बाँकी विधेयक ल्याइने र समयमा स्थानीय तहको निर्व ... बाँकी अंश»

संसद अवरोध हट्यो, निर्वाचनको विधेयक पेश

२०७३ पौष २४ आइतबार, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा निर्वाचन सम्बन्धी विधेयक पेश भएको छ। कानुनमन्त्री अजयशंकर नायकले निर्वाचन विधेयक २०७३ सदनमा पेश गरेका हुन् । यद्यपि, संविधान संशोधन विधेयक टेबल गर्न खोज्दा विपक्षीदलहरुले विराेध गरे । विराेधबीच विधेयक टेबल भएकाे छ । संसद बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच एक्ला एक्लै गोप्य वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री दाहालले विधेयक प ... बाँकी अंश»

स्थानीय चुनाव लागिसक्याे मोरङ कांँग्रेसलाई

२०७३ पौष १६ शनिबार, विराटनगर । सरकारले स्थानीय तहको  निवार्चन  मिति घोषणा गर्न नसकिरहेका बेला मोरङ काँग्रेसलाई चुनाव लागिसकेको छ । नेपाली काँग्रेसले  निर्वाचनका लागि कार्यकर्तालाई संगठित बनाउन गाउँ, नगर र वडामा सभा सम्मेलन शुरु गरेको छ  । शहरदेखि गाउँसम्म काँग्रेसको सभा सम्मेलन हुन थालिसकेका छन् । काँग्रेस केन्द्रीय नेताहरुकै उपस्थितिमा सभा सम्मेलनहरु हुन थालेका छन् । काँंग्रेस नेताहरु फुर्सदिला समेत देखिन्छन् । पहिले स्थानीय निकायको निर्वाचन गराउन सरका ... बाँकी अंश»

निर्वाचनका लागि विधेयक पारित गर्न सबै दल तयार : प्रमुख सचेतक

२०७३ पौष १४ बिहिबार, काठमाडौ‌ं । प्रमुख राजनीतिक दलका प्रमुख सचेतकले निर्वाचन (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा) सम्पन्न गराउन आवश्यक पर्ने विधेयक पारित गराउन दलहरुकाबीच खासै मतमतान्तर नभएको बताएका छन् । उनीहरुले एकै कित्ताबाट राजनीतिक सहमतिका आधारमा छिटोभन्दा छिटो कुन तहको निर्वाचन गर्ने हो निर्णय लिन र यसमा सहमति खोज्न शीर्ष नेताहरुलाई आग्रह समेत गरे । व्यवस्थापिका–संसद्, विकास समितिको विहिबार बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, सङ्घीय समाजवादी फोर ... बाँकी अंश»

बालुवाटार वार्ता : सत्ताधारीले भने निर्वाचनको मिति तोकौं, गठबन्धन नेता तर्सिए

२०७३ पौष १२ मंगलबार, काठमाडौं । मधेस केन्द्रित दलहरुले सत्ताधारीको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको काँग्रेस, माओवादी र संघीय गठबन्धनका नेताहरुको बैठक दलीय अडानकै कारण निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।    बैठकमा सहभागि काँग्रेस महामन्त्री शशांक कोइरालाले हाम्राकुरासँग भने, ‘बैठक ठिकै भो भनौं । तर त्यहाँ अफ्ठ्यारो सिर्जना भयो ।’ हामीले मधेस केन्द्रत दललाई निर्वाचनको मिति त तोकौं भन्दा उहाँहरुले मान्नु भएन, ... बाँकी अंश»

संशोधन र निर्वाचनबीच कुनै सम्बन्ध छैन : अध्यक्ष ओली

२०७३ पौष १२ मंगलबार, काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।    रिपोर्टर्स क्लब नेपालको एक प्रतिनिधिमण्डलले संविधान कार्यान्वयन र निर्वाचन गराउन भन्दै मंगलबार एमाले केन्द्रीय कार्यालय पुगेर ज्ञापनपत्र दिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान बमोजिम तीनवटै तहको निर्वाचन गराएरै छाड्ने उद्घोषण पनि गरे।    उनले भन ... बाँकी अंश»

स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति भइसक्यो : देउवा

२०७३ मङ्सिर ३० बिहिबार, चितवन। काँग्रेस सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् । काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को उद्घाटन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको बताए । देउवाले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस ... बाँकी अंश»

शीर्ष तीन नेताको बालुवाटार जमघट : निर्वाचनको मिति तोक्न सहमत

२०७३ मङ्सिर २८ मंगलबार, काठमाडौं । प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु दलीय सम्वाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्ने विषयमा सहमत भएका छन्  । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारी निवास बालुवाटारमा बोलाएको शीर्ष नेताको बैठकमा संविधान संशोधन, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्ताव, तीनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवा ... बाँकी अंश»

अब तयारी निर्वाचनको : प्रधानमन्त्री दाहाल

२०७३ मङ्सिर २३ बिहिबार, धनगढी  । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कैलालीको गेटामा विहिबार आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै यदी नयाँ बन्ने संरचनाअनुसार च ... बाँकी अंश»

संविधान संशोधन र निर्वाचनबारे संसद्को ध्यानाकर्षण

२०७३ मङ्सिर ३ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सांसदहरुले स्थानीय निकायको निर्वाचन मिति तोक्न, संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिनमा जोड दिएका छन् ।    बैठकको विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले सरकार जुन गतिमा हिँड्नुपर्ने हो, त्यो गतिमा हिड्न नसकेको बताउँदै संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गरे।    नेपाली काँग्रेसका दीपक खड ... बाँकी अंश»

कांग्रेस नगर सभापतिहरुकाे भेला : आगामी निर्वाचनको रणनीति तय, १५ बुँदे घोषणा पत्र जारी

२०७३ कार्तिक २५ बिहिबार, काभ्रे, बनेपा । नेपाली कांग्रेसका नगर सभापतिहरुको भेलाले राज्य पुनःसंरचना र आगामी स्थानीय निकायको निर्वाचनबारकोे रणनीति तय गरेको छ । रणनीति बनाउन देशभरबाट बनेपामा भेला भएका करिब १ सय ७५ बढी नगर सभापतिहरुले १५ बुँदे घोषणा पत्र जारी गर्दै आगामी रणनीति सार्वजनिक तय हुन् । घोषणापत्रमा पार्टीको विधान बमोजिम संघीय संरचना अनुसारका विभागहरु निर्माण गर्न माग गर्ने, आगामी चैतमै स्थानीय तहको निर्वाचन गराउन शीघ्र पहल गर्ने उल्लेख छ । यस्तै, स्थानीय तहको न ... बाँकी अंश»

स्थानीय तहको संख्या ७ सय ४४ हुने

२०७३ कार्तिक ५ शुक्रबार, काठमाडौं ।  स्थानीय तहको संख्या, सीमा र नाम टुंगो लगाउने जिम्मा पाएको स्थानीय तह पुनस्संरचना आयोगले स्थानीय तहको संख्या टुंगो लगाएको छ । आयोगले गाउँपालिका र नगरपालिका गठनका लागि पहिले तयार पारेको मापदण्ड संशोधन गरेसँगै स्थानीय तहको संख्या टुंगो लागेको हो ।    अब आयोगको जारी गरेको नयाँ कार्यविधि अनुसार ७ सय ४४ वटा स्थानीय तह रहने आयोगका एकजना सदस्य श्यामकृष्ण भूर्तेलले जानकारी दिए । यद्धपि आयोगले न्युनतम र अधिक्तम गरी दुई विकल्पसहित स्थानी ... बाँकी अंश»

निर्वाचनसम्बन्धी विधेयक समितिमा, वनको दोस्रो संशोधन विधेयक पारित

२०७३ असोज ३० आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।    बैठकमा कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।    स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् । &nbs ... बाँकी अंश»

नयाँ