निर्वाचन

डिनाको क्षेत्रमा महिलाहरु उत्साहित, समर्थन गर्दै प्रवेश गरे १०१ जना

२०७४ मङ्सिर ४ सोमबार, हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा ... बाँकी अंश»

भ्रमको राजनीति गर्नेलाई किन भोट दिने ? चन्द्र के.सी.

२०७४ मङ्सिर ४ सोमबार, गल्मी। गुल्मी निर्वाचन क्षेत्र नं. २ नेपाली काँग्रेसका नेता तथा पूर्व जिविस सभापति र नेपाली काँग्रेसका पूर्व पार्टी सभापति समेत रहेका प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. चुनाव पचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। ... बाँकी अंश»

मधेसका मागलाई पार्टीभित्र स्थापित गराउने काँग्रेसका अजय

२०७४ मङ्सिर ४ सोमबार, वीरगञ्ज । तराईमा आन्दोलन चर्किदा मधेसी दलहरु विभिन्न माग उठाएर सडकमा उत्रिए । जसमा जायज र नाजायज मागहरु पनि प्रशस्तै थिए । ... बाँकी अंश»

कम्युनिष्टको सरकारले विकासको क्षेत्रमा कायपलट गर्ने नेम्बाङको दाबी

२०७४ मङ्सिर ४ सोमबार, पाँचथर । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुबास नेम्बाङले कम्युनिष्ट गठवन्धनले सिंहदरबारमा चलेको शासन सत्तालाई पूर्ण रुपले गाउँघरमा पुर्याउने वताएका छन् । पाँचथरको इम्बुङमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दे यस्तो बताएका हुन् । ... बाँकी अंश»

आरजुको प्रश्न : 'कम्युनिष्टहरुले सुदूर पश्चिमका लागि के गरे ?'

२०७४ मङ्सिर ४ सोमबार, धनगढी । नेपाली कांग्रेस नेतृ आरजु देउवाले कम्युनिष्ट गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका नेताहरुलाई सुदूर पश्चिमको विकास र उन्नतिको लागि के गरे भन्ने प्रश्न गरेकि छन् । ... बाँकी अंश»

टांगीयाबस्तीको समस्या समाधान गर्ने मन्त्री मंसुरको उद्घोष

२०७४ मङ्सिर ४ सोमबार, कलैया । श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले टांगियाबस्तीमा देखिएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्ने बताएका छन् । जीतपुर सिमरा उमहानगरपालिका १६ को टांगीयाबस्तीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै मंसुरले भने हामी माथि बिश्वास गर्नुस त्यसको समस्या समाधान हामी गर्छौ । ... बाँकी अंश»

तीन करोड नेपालीलाई अधिकारसम्पन्न बनाउने कांग्रेसको लक्ष्य : चन्द्र भण्डारी

२०७४ मङ्सिर ४ सोमबार, खैरेनी (गुल्मी) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार चन्द्र भण्डारीले संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि भएको बताएका छन् । ... बाँकी अंश»

बामपन्थीले लोकतन्त्रको सम्मान गर्न सक्दैन : नेता पौडेल

२०७४ मङ्सिर ४ सोमबार, बागलुङ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बामपन्थीले लोकतन्त्रको सम्मान गर्न कहिलै नसक्ने बताएका छन । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को बृहत चुनावी सभालाई जिल्लाको गलकोटमा सम्बोधन गर्दै नेता पौडेललले कम्युनिष्टहरुले अहिलेको लोकतन्त्रलाई सम्मान गर्न नसकेका कारण देश धरासायीमा परेको बताए । पौडेलले आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लानका लागि सम्पु्र्ण जनताले नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने विश्वास रहेको बताए । ... बाँकी अंश»

म सांसद चुनिएको तीन महिनाभित्रै तातोपानी नाका खोलिदिन्छु : अग्नि सापकोटा

२०७४ मङ्सिर ४ सोमबार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्धवार अग्निप्रसाद सापकोटाले आफू विजयी भएको तीन ... बाँकी अंश»

प्रधानमन्त्रीले सुरक्षा निकायलाई भने– निर्धक्क मत खसाल्ने वातावरण बनोस्

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायलाई निर्धक्कसँग मत खसाल्ने वातावरण बनाउन फेरि निर्देशन दिएका छन् । ... बाँकी अंश»

गगनले भने : संसद्मा काँग्रेसलाई बलियो बनाउन बाबुरामलाई भोट दिनुस् 

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले संसद्मा काँग्रेसलाई बलियो बनाउनको लागि बाबुराम भट्टराईलाई भोटदिन गोरखाबासीसँग आग्रह गरेका छन् । ... बाँकी अंश»

काँग्रेसको जनलहर देखेर प्रतिपक्षीले आक्रमण सुरु गर्‍यो : गुरुङ

२०७४ मङ्सिर ४ सोमबार, तेह्रथुम। नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले नेपाली काँग्रेसको जनलहर देखेर प्रतिपक्षीले आक्रमण सुरु गरेको आरोप लगाएकी छन् । तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा बोल्दै काँग्रेसको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षीले आक्रमणको प्रयास गरेको बताइन् । ... बाँकी अंश»

झुठको खेती गरेको भन्दै ३०० भन्दा वढी कार्यकर्ता काँग्रेस प्रवेश

२०७४ मङ्सिर ४ सोमबार, वीरगंज । पर्साको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ अलौ वडा नं. १७ मा राजपा, एमाले र फोरम परित्या गरी ३०० भन्दा वढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

विभिन्न पार्टी परित्याग गरी ४०० जना काँग्रेस प्रवेश

२०७४ मङ्सिर ४ सोमबार, धनुषा । मधेशको सच्चा सहयात्री नेपाली काँग्रेस भएको खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बताएका छन् । धनुषा निर्वाचन क्षेत्र नं ४ काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने एमालेले राष्ट्रवादका नाममा विभिन्न भेग र समुदायका जनतालाई फुटाउने र विभाजन गर्ने प्रवृतीलाई यो चुनावबाट परास्त गर्नुपर्ने बताए। ... बाँकी अंश»

एमालेद्वारा नुवाकोटमा भटाभट आचारसंहिता विपरित काम 

२०७४ मङ्सिर ४ सोमबार, नुवाकोट । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा आचारसंहिता उल्लङ्घनका गतिविधिहरु बढ्दै गएका छन् । ... बाँकी अंश»

कम्युनिष्ट गठबन्धन ठगहरुको झुण्ड : उपेन्द्र यादव

२०७४ मङ्सिर ४ सोमबार, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको कम्युनिष्ट गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन् । झूठ बोलेर ठाग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताए । ... बाँकी अंश»

कम्युनिष्टले नेपालमा शासन गर्ने सपना नदेखे हुन्छ : थापा

२०७४ मङ्सिर ४ सोमबार, स्याङजा । नेपाली काँग्रेस स्याङ्जा कम्युनिष्ट गठबन्धन विरुद्ध निकै आक्रमक देखिएको छ । काम एकातिर गर्ने व्यवहार एकातिरको देखाउने प्रबृति कम्युनिष्ट गठबन्धनमा हुन थालेपछि काँग्रेस आक्रमक हुन थालेको हो । नेपाली काँग्रेसका युवा नेता तथा स्याङ्जा क्षेत्र नं. १ का प्रतिनिधिसभाका उमेदवार राजु थापाले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् । ... बाँकी अंश»

जनता भ्रम र झुठा भाषण होइन विकास चाहन्छन् : पहराई

२०७४ मङ्सिर ४ सोमबार, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ का नेपाली काँग्रेस उम्मेदवार छन्द बहादुर पहराईले जनताले भ्रम र झुठा भाषण नभइ विकास चहेको बताएका छन् । मदाने गाँउपाकिाको पुर्कोटदह र भनभनेमा पुगेका उम्मेदवार पहराईले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

कम्युनिष्ट शासन कस्तो हुन्छ १० वर्षमा जनताले देखे : न्यौपाने

२०७४ मङ्सिर ४ सोमबार, टीकापुर(कैलाली)। नेपाली काँग्रेस कैलाली क्षेत्र नं १ प्रतिनिधी सभाका उम्मेदवार ईश्वरी न्यौपानेले वामपंथीहरुले जनतालाई फेरी अर्को निरंकुशताको जंजिरमा वाध्न खोजी रहेको ले सवैलाई सचेत रहन आग्रह गरेकि छन् । ... बाँकी अंश»

ओखलढुङ्गामै गएर माधवकुमार नेपालले गरे सिद्धिचरणको अपमान

२०७४ मङ्सिर ४ सोमबार, ओखलढुङ्गा । एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले युगकवि सिद्धिचरण श्रेष्ठको अपमान गरेका छन । ... बाँकी अंश»

नयाँ