समाज

मधेश आन्दोलन प्रभाव: झापामा रगतको अभाव, अस्पताललाई शल्यक्रियामा समस्या

२०७२ कार्तिक १३ शुक्रबार, सुरुङ्गा (झापा)। लामो समयदेखि तराईमा भइरहेको आन्दोलनका कारण झापामा रगतको अभाव भएको छ । रगतको अभावसँगै जिल्लामा सञ्चालित अस्पताललाई शल्यक्रियामा समेत समस्या हुने गरेको चिकित्सकले जनाएका छन् । तराई आन्दोलन र अहिले चार्डपर्वको समय भएका कारण पनि रक्तदान गर्ने मानिस नहुँदा जिल्लामा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । उहाँले अन्य समयमा जिल्लामा रहेका विभिन्न सामाजिक सङ्घ सङ्गठनले रक्तदान कार्यक्रमको ... बाँकी अंश»

अनुदानको पेट्रोल शनिबार साँझसम्म केरुङ आइपुग्ने

२०७२ कार्तिक १२ बिहिबार, काठमाडौँ। चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएको छ । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर) पेट्रोलको पहिलो ‘लट’ शानिबार केरुङ आइपुग्न लागेको हो । ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले पर्सी साँझसम्म केरुङ पु¥याउन लागेको जानकारी दिन ... बाँकी अंश»

मधेसी मोर्चासंग सीमाङ्कनको विषयमा थप छलफल गरिने

२०७२ कार्तिक १२ बिहिबार, काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्ता सीमाङ्कनको विषयमा थप छलफल गर्ने निष्कर्षसहित टुङ्गिएको छ । परराष्ट्र मन्त्रालयमा आज दिउँसो भएको वार्तामा मोर्चाले सीमाङ्कनका विषयमा स्पष्ट खाका ल्याउन सरकारी वार्ता टोलीसँग आग्रह गरेको थियो । सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनको विषयमा सरकारको स्पष्ट धारणा आएपछि मात्रै अन्य विषयमा प्रवेश गर्ने मो ... बाँकी अंश»

दशैं विदा सकिए पनि कर्मचारी हाजिर नँहुदा सेवाग्राही मार्कामा

२०७२ कार्तिक १२ बिहिबार, राम धामी, डडेल्धुरा। दशै विदा सकिएर सञ्चालनमा आएका जिल्लास्थित सरकारी कार्यालयमा कार्यालय प्रमुख र कर्मचारी उपस्थित नहुँदा अझै सुनसान कायमै छ । कर्मचारी अभावमा कतिपय कार्यालय बन्द अवस्थामा छन् भने सिमित कर्मचारीले सञ्चालन गरेका कार्यालयहरुमा समेत कामकाज नँहुदा सेवाग्राही मार्कामा छन् ।    दशैं सकिएपछि आइतबार देखि सञ्चालित अधिकांस कार्यालयका प्रमुख र कर्मचारी अझै आइ पुगेका छैनन् । कार्यालय खुले पनि दसैं विदामा घर गएका सरकारी कर्मचारी नआ ... बाँकी अंश»

राष्ट्रपति यादव बिहीबार शीतलनिवासबाट बाहिरिने

२०७२ कार्तिक ११ बुधबार, काठमाडौँ। राष्ट्रपति डा रामवरण यादव भोलि बिहीबार ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ। व्यवस्थापिका–संसद्बाट आज राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लाग्नुभएको हो ।   नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।   सरकारले भोलि राष् ... बाँकी अंश»

पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी

२०७२ कार्तिक ११ बुधबार, कालिका खड्का।काठमाडौँ। नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।   नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा आज निर्वाचित हुनुभएको छ । उहाँ गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपति हु ... बाँकी अंश»

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

२०७२ कार्तिक ११ बुधबार, काठमाडौँ। वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति निकालेर दुःख व्यक्त गरेको छ । वरिष्ठ अधिवक्ता शर्माको मङ्गलवार काठमाडौँमा निधन भएको थियो । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग निकटमा रहनु भएका शर्माको निधनले नेपालको कानूनी क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । “संवैधानिक कानूनका ज्ञाता स्वर्गीय शर्मा राज्य विप्लवसम्बन्धी मुद्दामा कोइराला ... बाँकी अंश»

सत्तारुढ दलका सांसद्को बैठक: भण्डारीलाई मतदान गर्ने

२०७२ कार्तिक ११ बुधबार, काठमाडौँ। सत्तारूढ दलका सांसद्को आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संयुक्त बैठकले राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीलाई एकढिक्का भएर मतदान गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले भण्डारीलाई मतदान गर्न आह्वान गर्नुभएको थियो । बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारीको विजयले राष्ट्रपति पदको गरिमा र मर्य ... बाँकी अंश»

सिरहामा दलित महिलामाथि कुटपिट र बलात्कार

२०७२ कार्तिक ११ बुधबार, लहान। सिरहाको पूmलकहाकट्टी गाविस–२ फूलकहा गाउँकी एक दलित महिलालाई छिमेकी गाउँका युवकले सोमबार कुटपिटसहित बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । छिमेकी अयोध्यानगर गाविस–३ कसहा चोकमा लाग्ने साप्ताहिक हाटमा दैनिक किनमेल गरेर फर्किंदै गर्दा बजारबाट करिब ३०० मिटर दक्षिणको दुरीमा रहेको फूलबारीमा बलात्कृत भएको मंगलबार साँझ सार्वजनिक भएको हो । मोटरसाइकलमा आएका तीन युवकमध्ये दुई जनाले समातेर एक जनाले बलात्कार गरेका हुन् । छिमेकी अयोध्या ... बाँकी अंश»

पशुपति क्षेत्र विकास कोषमा राजनीति; डा टन्डनलाइ अवकास दिएकोमा सर्वोच्चमा रिट

२०७२ कार्तिक १० मंगलबार, काठमाडौँ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव पदबाट गैरकानुनीरुपमा डा गोविन्द टन्डनलाई अवकाश दिइएको भन्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।    टेकबहादुर कार्कीको नामबाट दायर भएको रिट निवेदनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयबाट कानुन र प्रतिपादित सिद्धान्तविपरीत सदस्य सचिव डा टन्डनलाई अवकाश दिइएको उल्लेख छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा ... बाँकी अंश»

एमाओवादीद्वारा आफ्ना मन्त्रीका लागि २३ बुँदे आचारसंहिता जारी आफुखुसी काम गरे वर्खास्त गरिने

२०७२ कार्तिक १० मंगलबार, रमेश लम्साल,काठमाडौँ। एकीकृत नेकपा (माओवादी) ले सरकारमा सहभागी मन्त्रीले संस्थागत निर्णयविपरीत आफूखुसी काम गर्ने नपाउने प्रावधानसहितको २३ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकार सञ्चालन सहयोग तथा समन्वय समितिका संयोजक एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीले स्वकीय र निजी सचिवमा आफ्ना आफन्त र नातेदारलाई नियुक्त गर्न नपाउने प्रावधान आचारसंहितामा समावेश गर ... बाँकी अंश»

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन

२०७२ कार्तिक १० मंगलबार, काठमाडौं। वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन भएको छ। लामो समयदेखि अल्जाइमर्स रोगबाट ग्रस्त शर्माको मंगलवार अपरान्ह ३ बजेर ३५ मिनेट निधन भएको हो। काठमाडौं धोबीधारास्थित निवासमा उहाँको निधन भएको हो।    नेपालको न्याय क्षेत्रमा श्रद्धेय व्यक्तिका रुपमा स्थापित शर्मा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तका संकलक समेत हुनुहुन्थ्यो। न्याय क्षेत्रका व्यक्तिहरुले उहाँको निधनले न्याय क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताएका छन्।   न ... बाँकी अंश»

एमाओवादीले पासाङलाई उपराष्ट्रपतिमा उठाउने राष्ट्रपतिमा विद्यालाई सघाउने

२०७२ कार्तिक ९ सोमबार, काठमाडौँ। एकीकृत नेकपा(माओवादी)ले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले राष्ट्रप्रमुख सहमतिको आधारमा चयन हुनुपर्ने निष्कर्ष निकालेको छ । व्यवस्थापिका–संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अन्त्य भएको र बहुमतीय प्रक्रियामा प्रवेश गरेको भए पनि त्यसैभित्र सहमति खोज्न सकिनेमा जोड दिएको प्रवक्ता दीनानाथ शर्माले जा ... बाँकी अंश»

चिसोसँगै कमलपित्त र टाइफाइडको प्रकोप बढ्यो

२०७२ कार्तिक ९ सोमबार, उदयपुर। चिसो बढ्न थालेपछि उदयपुरको विभिन्न स्थानमा टाइफाइड तथा कमलपित्तको प्रकोप बढेको छ ।  चिसो बढेसँगै जिल्लाको मध्यपहाडी र पूर्वी क्षेत्रमा टाइफाइड र कमलपित्तको प्रकोप सुरु भएको हो । रामपुर ठोक्सिला तथा बबला र बसाहा क्षेत्रमा ठूला उमेरका मानिसमा टाइफाइडले सताउन थालेको छ भने साना बालबालिकामा कमलपित्त देखापर्न थालेको स्थानीय बताउँछन् ।  सुरुमा अनियमित ज्वरो आउने, रुघाखोकी लाग्ने र बिरामी बिस्तारै सिकिस्त हुने गरेको रामपुर–९ शिखरमण ... बाँकी अंश»

बन्दले एक दर्जन उद्योग सङ्कटमा

२०७२ कार्तिक ९ सोमबार, मोरङ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको लगातार दुई महिनाभन्दा बढी समयदेखिको बन्दका कारण पूर्वाञ्चलका एक दर्जन उद्योग सङ्कटमा परेका छन् । कच्चा पदार्थ आयात र उत्पादन भएको वस्तु बजारमा बिक्री गर्न नपाएपछि एक दर्जन मदिरा उद्योग सङ्कटमा परेका हुन् ।  पूर्वाञ्चल मदिरा उद्योग सङ्घका अनुसार, चण्डिका डिस्ट्रिलरी रङ्गेली, गोल्डेन ग्लोब विराटनगर, पूर्वाञ्चल डिस्ट्रिलरी दुहवी, हिमालयन डिस्ट्रिलरी, जिङ मदिरा उद्योग दुहवी, त्रियुगा डिस्ट्रिलरी सप् ... बाँकी अंश»

सरकार र अनिल झा नेतृत्वको मोर्चाबीच वार्ता

२०७२ कार्तिक ८ आइतबार, काठमाडौँ। सरकार र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा नेतृत्वको सङ्घीय मधेसी मोर्चाबीच आज वार्ता भएको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले पछिल्लो पटक मधेसमा भइरहेको आन्दोलनबारे समाधान खोज्न वार्ता कमिटी गठन गरी वार्ता गर्ने सहमति भएको छ ।    वार्तामा सरकारकोतर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र विनाविभागीयमन्त्री रामजनम चौधरी र मोर्चाकोतर्फबाट मोर्चा ... बाँकी अंश»

काँग्रेसको चियापान कार्यक्रम सोमबार

२०७२ कार्तिक ८ आइतबार, काठमाडौँ। विजयादशमीका अवसरमा नेपाली काँग्रेसले सोमबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।    मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली काँग ... बाँकी अंश»

सिरहामा आजदेखि फेरि निषेधाज्ञा

२०७२ कार्तिक ७ शनिबार, लहान। जिल्ला प्रशासन कार्यालय सिरहाले आज राति ९ बजेदेखि लागू हुनेगरी जिल्लाको पूर्व–पश्चिम सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा फेरि निषेधाज्ञा लगाएको छ ।    जिल्ला प्रशासन कार्यालयले आज साँझ सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई मध्यनजर गर्दै कात्तिक २ गतेदेखि हटाएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि पुनः लगाइएको जनाएको छ ।    सूचनामा राति ९ बजेदेखि बिहान ७ बजे सम्म लगाइएको निषेधाज्ञाको अवधिमा निषेधित क्षेत्रमा सभा, जुलुस, धर् ... बाँकी अंश»

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न समिति

२०७२ कार्तिक ७ शनिबार, विष्णु नेपाल, काठमाडौँ। सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन भएको छ । मस्यौदा समितिमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, एकीकृत नेकपा (माओवादी)का तर्फबाट स्थायी समिति सदस्य वर्षमान पुन, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य रहनुभएको छ ।    प्रधानम ... बाँकी अंश»

मधेशी आन्दोलनकारीले फोडे पत्रकार शेखको मोटरसाइकल

२०७२ कार्तिक ७ शनिबार, लहान। आन्दोलनमा प्रेस, मानवअधिकार, एम्बुलेन्स र वारुणयन्त्रलाई कुनै अवरोध नगर्ने मधेसी मोर्चाको पूर्व प्रतिबद्धताविरुद्ध समाचार सङ्कलनका क्रममा रहेका पत्रकारको समेत मोटरसाइकल आज तोडफोड भएको छ ।    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले बिहान सिरहाको लहानस्थित सहिद रमेश महतो चोकनजिक स्थानीय ‘सौगात’ एफएम र ‘मधेसस्पेसल डट कम’मा कार्यरत पत्रकार फिरोज शेखको मोटरसाइकल तोडफोड गरेका हुन् ।    पत्रकारको सङ्केत देखि ... बाँकी अंश»

नयाँ