समाज

सरकारको तालाचावी माले, मसाले र मण्डलेलाई

२०७२ कार्तिक १६ सोमबार, जितेन्द्र भण्डारी, पाँचथर। नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले नेपाली काग्रेसको नेतृत्वमा संविधान ल्याउन सफल भएको भन्दै पाटीको प्रशंशा गर्दे अव काग्रेस शसक्त प्रतिपक्षमा वस्ने वताउनुभएको छ। नेपालीहरुको दोस्रो महानपर्व शुभ दीपावली तथा छठको अवसर पारेर नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती पाँचथरले पंचमीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै माले, मसाले र मण्डलेको गठवन्धन सरकारलाई तालाचावी दिएर आफूहरु शसक् ... बाँकी अंश»

भूकम्पप्रतिरोधि घर निर्माणमा जनचासो

२०७२ कार्तिक १६ सोमबार, काठमाडौँ । भूकम्पप्रतिरोधी घर कसरी बनाउन सकिन्छ भन्दै काठमाडौँ महानगरपालिकामा चासो राखेर आउने नागरिकको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ ।  गत वैशाख १२ मा गएको गोरखा भूकम्पपछि दैनिक १८ जना सेवाग्राही भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नक्सा पास गर्न आउने गरेका छन् । विपद्को समयमा भौतिक र मानवीय क्षति पुगेकाले अब विपद्का समयमा क्षति कम होस् भन्ने उद्देश्यले पछिल्लो समय सोही अनुरुपको नक्सा पास गर्नेको सङ्ख्या बढेको महानगरपालिकाका इन्जिनियर ... बाँकी अंश»

अलग राष्ट्रको लडाईमा छैनौं–यादव

२०७२ कार्तिक १६ सोमबार, गौशाला । तराई मधेसका विभिन्न ठाउँमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अलग राष्ट्रका लागि आन्दोलन गर्ने कुरा चलिरहेको बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु अलग राष्ट्रको लडाईंमा नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै नेता यादवले मोर्चा बिखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत मधेस प्रदेशका लागि लडिरहेको प्रस् ... बाँकी अंश»

राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिका नआएपछि पाठकलाई समस्या

२०७२ कार्तिक १६ सोमबार, सप्तरी। मधेसी मोर्चाको लगातार बन्दका कारण काठमाडाँैबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरु सप्तरी जिल्लामा आउन बन्द भएको छ। पत्रिका आउन बन्द भएपछि सर्वसाधारण सूचनाको अधिकारबाट वञ्चित भएका छन् ।   आन्दोलनरत मधेसी मोर्चाको दुइ महिना भन्दा बढी समयको बन्दले काठमाडौँ र विराटनगरबाट प्रकाशित हुने गोरखापत्र दैनिक, कान्तिपुर, नागरिक, अन्नपूर्णपोष्ट, कारोबार दैनिक, राजधानी दैनिक, द राइजिङ नेपाल, काठमाडौँ पोष्ट, नयाँ पत्रिका, जनआस्था साप्ता ... बाँकी अंश»

नाकाबन्दी नेपाल कब्जा गर्ने भारतको खेल: बिजुक्छे

२०७२ कार्तिक १५ आइतबार, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नाकाबन्दी गरेर नेपाल कब्जा गर्न खोजेको बताउनुभएको छ ।    रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको नाकाबन्दी नेपालको संविधानमा हेरफेर गरेर नेपालको मुख्य पदमा भारतीयलाई पुर्‍याएर कब्जा गर्न खोजेको बताउनुभयो ।    तराईलाई आफ्नो स्प्रिङबोर्डका रुपमा प्रयोग गरेर भारतले नेपालको सिंहदरबार कब्जा गर्न खोजेको उहाँको भनाइ थि ... बाँकी अंश»

भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा

२०७२ कार्तिक १५ आइतबार, रुपन्देही। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आज साँझ ६ बजेदेखि आगामी कात्तिक २० गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।    प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँच जनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।    जिल्ला प्रशा ... बाँकी अंश»

सभाषद रोकाया प्रति एमाले कार्यकर्ता आक्रोशित

२०७२ कार्तिक १५ आइतबार, प्रेम रौले, बाजुरा । नेकपा एमाले समानुपातिक सभाषद बसुन्धरा रोकाया प्रति उनको गृह गाविस दहकोट गाविसका स्थानीय नेता तथा कार्यक्रता आक्रोसित भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा अन्तर्गत पर्ने स्वास्थ्य ईकाइलाई जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसमा दहकोट गाविसको वडा न. ९ अम्लिसमा निर्माण हुन लागेको थियो । सोही सामुदायिक स्वास्थ्य ईकाइ लाई सभाषद रोकायाले आफ्नो व्यक्तिगत पहलमा आफ्नै गाउँ नजिक आफ्नो पायक पर्ने ठ ... बाँकी अंश»

मधेस आन्दोलन समाधान गर्न माओवादीको माग

२०७२ कार्तिक १५ आइतबार, काठमाडौँ । नेकपा–माओवादीले भारतले गरेको अघोषित नाकाबन्दी र वर्तमान राजनीतिक समस्याको समाधान गर्नुपर्नेलगायत ११ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।  पार्टी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले मधेस आन्दोलन, संविधान निर्माणमा देखिएका असन्तुष्टिलगायत मागको तत्काल सम्बोधन गर्न आग्रह गरेको छ ।  ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू ... बाँकी अंश»

रुकुममा यातायात ब्यावसायी विच झडप,यातायात ठप्प

२०७२ कार्तिक १५ आइतबार, रुकुम। रुकुममा यातायात ब्यावसायीहरु विच दोहोरो झडप भएको छ । सिस्ने हिमाल बस तथा मिनिबस समिति रुकुम र रुकुम यातायात प्राली विच गाडी संचालनको विषयमा झडप भएको हो । झडपमा दुइ दर्जन जति दुवै पक्षका घाइते भएका छन । झडपमा गम्भिर घाइते सिस्ने हिमाल समितिका कर्माचारी तिलक रेउलेको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको प्रहरी निरिक्षक दिपक मगराठीले जानकारी दिनु भयो । निरिक्षक मगराठीका अनुसार झडपमा  करिव आधा दर्जन जति साना ठुला सवारी साधनमा समेत क्षति ... बाँकी अंश»

मधेस समस्या समाधानका लागि प्रममा उम्मेदवारीः बडु

२०७२ कार्तिक १५ आइतबार, भीमदत्तनगर । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काँग्रेसले सोचबुझका साथ सरकारको नेतृत्व गर्न उम्मेदवारी दिएको बताएका छन् ।  कार्यकर्ता भेटघाटका क्रममा आइतबार बिहान कञ्चनपुरको भीमदत्तनगर आइपुगेका नेता बडुले भने,‘काँग्रेस शीर्ष नेतृत्व र केन्द्रीय समितिको सहमतिमा सभापति कोइरालाले उम्मेदवारी दिनुभएको हो ।’  उनले मधेसको समस्या समाधानका लागि पनि पार्टीले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्दै पार्टी कार्यकर ... बाँकी अंश»

उपत्यकामा ट्राफिक जनशक्तिमा कमी

२०७२ कार्तिक १५ आइतबार, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्तिमा कमी भएको छ । उपत्यकामा तेल र ग्यासको लाइन र राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत उच्च व्यक्तिको सवारीका क्रममा समेत ट्राफिक व्यवस्था मिलाउन पर्ने भएकाले धेरै जनशक्ति खर्चनुपर्दा समस्या परेको ट्राफिक प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । उनले भने, ‘एक विशिष्ट व्यक्तिको सवारीका लागि आवश्यकताअनुसार दुई सयदेखि पाँचसय जनशक्ति खटाउनुपर्ने हुन्छ ।’  उपत्यकामा आठ लाख पचास हजारभन्दा बढी सवारी ... बाँकी अंश»

वृद्धाहरुसँग नेताले मनाए जन्मदिन

२०७२ कार्तिक १५ आइतबार, काठमाडौ । नेपाली कांग्रेसका केन्द्री सदस्य एवं सभाषद धनराज गुरुङले गत शनिबार आफ्नो पचासौं जन्मदिन ललितपुरको एक वृद्धाश्रमका वृद्धामाझ मनाएका छन् ।  जन्मदिनमा गरिने फजुल खर्च र खानपिनको संस्कार बदल्नुपर्छ भन्ने मान्यताका गुरुङले खुमलटारमा रहेको मञ्जुश्री बृद्धा आश्रमका १२ जना वयोवृद्ध महिलाहरुमाँझ गुरुङले आफ्नो जन्मदिनको केक काटेका थिए । अशक्त बृद्धाहरुलाई जाडोमा उपयोगी हुने भन्दै न्यायो पछ्यौरा वितरण गरे । उनीहरुसंगै बसेर केही बेर भला ... बाँकी अंश»

जमिन भारतमा, लालपुर्जा नेपालमा

२०७२ कार्तिक १५ आइतबार, कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका– १ फटियाका करनबहादुर सुनार एक बिगाहा जमिनका मालिक हुन् । तर, उनीसँग एक बिगाहा जमिनको लालपुर्जा मात्रै छ, जोत्नका लागि जमिन छैन ।  सुनारले १३ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् । किनकि, उनको जमिन नेपाल–भारत सीमाको पिलर नं २०० नजिकै छ । सो जमिन भारतीय पक्षले आफ्नो देशभित्र पर्छ भन्दै उपभोग गर्न रोकेपछि उनी भूमिहीन बनेका हुन् ।  विसं २०२८ देखि बसोबास गर्दै आएको सुनारको जमिनको २० ... बाँकी अंश»

जाजरकोटको पिपिआर महामारी नियन्त्रणमा आएन

२०७२ कार्तिक १५ आइतबार, जाजरकोट । जाजरकोटका भेडाबाख्रामा पातलो सिँगान, निरन्तर पखाला र ज्वरो आउने पिपिआर रोगबाट तीन हजार बढी भेडाबाख्रा मरे पनि महामारी नियन्त्रणमा आउन सकेको छैन । गाउँभरि महामारी फैलिए पनि सरोकारवाला निकायले कुनै वास्ता नगर्दा स्थानीय कृषक मर्कामा परेका छन् । जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रका दर्जन बढी गाविसमा पिपिआर रोगको महामारी फैलिएको छ ।  पैक, टालेगाउँ, अर्छानी, पजारु, मजकोट, दह, कोर्ताङ, गर्खाकोट, नायकवाडा, रोकायगाउँ, रामीडाँडालगायतका गावि ... बाँकी अंश»

छिटटै कष्टबाट छुटकारा मिल्छः सामान्य प्रशासन मन्त्री शर्मा

२०७२ कार्तिक १४ शनिबार, काठमाडौं। सामान्य प्रशासन मन्त्री रेखा शर्माले जनताले भोगेको पछिल्लो कष्ट छिटो भन्दा छिटो अन्त्य गर्न सरकारले पहल गरी रहेको बताउनु भएको छ। मन्त्री रेखा शर्माले सरकारले कुटनीतिक पहलसंगै दीर्घकालिन समाधानका उपाय र बिकल्पका बारेमा समेत गम्भिर छलफल गरिहेको जानकारी दिनुभएको हो ।    नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको स्मारिका लोकपर्ण एंव रक्तदाताहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्दै आन्दोलनकारी दलसंग वार्ताका लागि गठित सरकारी बार्त ... बाँकी अंश»

फोहोरले कुरुप बन्दै फिदिम

२०७२ कार्तिक १४ शनिबार, जितेन्द्र भण्डारी, पाँचथर । नमुना सहर बन्दै गरेको पाँचथरको सदरमुकाम फिदिममा नालीको उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुप वन्दै गएको छ । यसको ब्यवस्थापन नगर्दा नालीको फोहोर वस्तीमा पस्ने गरेको छ । यसले वस्तीमा पुरै दुर्गन्ध पनि फैलाउने गरेको छ । नालिमा मरेका पशु चौपाय देखि लिएर सड्ने र नसड्ने फोहोर फ्याँकिनाले सर्वसाधारण नाक थुनेर हिँड्नु पर्ने वाध्यता अझै हटेको छैन । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको सहर फिदिममा नमुना सहर निर्माण हुँदै गर ... बाँकी अंश»

चौबीस वर्षपछि फरार अभियुक्त पक्राउ

२०७२ कार्तिक १४ शनिबार, जितेन्द्र भण्डारी, पाँचथर । जिल्ला अदालत पाँचथरले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाइएका फरार एक अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् ।    जिल्लाको साविक चोकमागु–४ का थुम्बे तुम्बापोलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द झाले जानकारी दिनुभयो ।    विस २०४८ मा कुटपिट तथा अङ्गभङ्ग मुद्दामा साविक चोकमागु–५ का अमरदीप तुम्रोकले नन्द ... बाँकी अंश»

सर्वोच्चले सोध्यो 'सरकार नाका खुलाउन के गर्दैछौ ?'

२०७२ कार्तिक १३ शुक्रबार, काठमाडौँ। सर्वोच्च अदालतले नेपाल–भारत सीमाका मुख्य नाकामा जारी ‘अघोषित नाकाबन्दी’ खोल्न अवलम्बन गरिएका उपायको विवरण पेस गर्न आज सरकारलाई आदेश दिएको छ ।    प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले नाकामा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा भएको अवरोध हटाउन गरिएका उपायबारे लिखित जवाफसहित १० दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।    नाकाबन्दी खुलाउन ठोस पहल नहुँदा जनजीवन कष्टकर बनेको भनी संवैधानिक कानुन व्यवसायी मञ्चक ... बाँकी अंश»

इन्धन सङ्कटले फेरियो जीवन शैली

२०७२ कार्तिक १३ शुक्रबार, दीपक घिमिरे, लुम्बिनी । सीमा नाकामा बसेर व्यापार गर्नेहरुको अहिले दिन दुई गुना रात चौगुनाको हिसाबले कमाई भइरहेको छ । छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दीले एकाथरी जनतालाई पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको अभावले पिरोलिरहेको छ भने सीमा क्षेत्रमा बस्ने नागरिकलाई भने यो सङ्कट कमाउने अभूतपूर्व मौका साबित भएको छ ।  पशुपतिको यात्रा सिद्राको व्यापार भने झैँ अचेल सुनौलीको यात्रा पेट्रोलियम पदार्थको व्यापार भएको छ नेपाल–भारत ... बाँकी अंश»

इन्धन नहुँदा पनि फोहोर व्यवस्थापन

२०७२ कार्तिक १३ शुक्रबार, काठमाडौँ । काठमाडौँ महागरपालिकाले सहज रुपमा इन्धन आपूर्ति नहुँदा पनि फोहोरमैलाको व्यवस्थापन गरिरहेको जनाएको छ ।  महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवर हरेक वर्ष चाडवाडको समयमा फोहोर व्यवस्थापन गर्न केही कठिन हुने गरेको भए पनि यस वर्ष इन्धनको आपूर्तिमा सहजता नहुँदा पनि समस्याको बाबजुत पनि सरकारले इन्धनको व्यवस्था गरेकोले फोहोर व्यवस्थापन गर्न सहज भएको बताउँछन् । ‘भारतले गरेको अघोषित नाकाबन्दीको कारण इन्धनको अभाव ह ... बाँकी अंश»

नयाँ