स्थानीय सरकार

रत्नपार्कको बाटोमुनि यस्तो लूट, गुमिरहेको आधा करोड उठाउन सक्लान् जनप्रतिनिधिले ?

२०७४ श्रावण ४ बुधबार, काठमाडौं ।शौचालय सञ्चालन गरेबापत वार्षिक जम्मा १५ सय रूपैयाँ मात्रै लिर्इदै आएको महानगरपालिका भित्रको एउटा शौचालयलाई टेण्टर प्रक्रियामा लैजाँदा १३ लाख पाँच हजार नौ सय ९६ रूपैयाँ वार्षिक तिर्ने गरी टेण्डर पर्‍यो । त्यस्तै, डेढलाखको हाराहारीमा उठाइँदै आएको रत्नपार्कको शहरी सेवा केन्द्रको शौचालयको टेण्डर खोल्दा ४८ लाखको टेण्डर पर्‍यो ।  ... बाँकी अंश»

न्यूनतम आधार नै नभएका ठाउँमा जनप्रतिनिधिका ठूलै कुरा, स्मार्ट सिटी कसरी बनाउने छलफल गर्दै नगरप्रमुखहरु

२०७४ श्रावण ४ बुधबार, धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । ... बाँकी अंश»

काठमाडौंमा झण्डै १२ प्रतिशतले घट्यो मूल्यबृद्धि, पहाडको बजार सबैभन्दा महंगो 

२०७४ श्रावण ४ बुधबार, काठमाडौं । तपाईँलाई लाग्छ काठमाडौंमा महंगी एकदमै न्यून भएको छ भन्नेमा ? लाग्दैन भने पनि अब विश्वास गर्नै पर्छ । किनभने केन्द्रीय बैंकले यो वर्षको पहिलो ११ महिनाको विश्लेषणको आधारमा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।  ... बाँकी अंश»

काठमाडौं महानगर क्षेत्र भित्र ४ गुणासम्म घट्यो घरजग्गा कर  

२०७४ श्रावण ३ मंगलबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापक रुपमा घरजग्गा करको दर घटाएको छ । महानगरपालिकाले २०७३ साल अघिसम्मको व्यवस्थामा स्थानीय स्वायत्त शासन नियमावलीको सातौं संशोधनले गरेको केही असमान नीतिलाई संशोधन गर्दै घरजग्गा करको दरमा समानता समेत ल्याएको छ ।  ... बाँकी अंश»

महानगरको आर्थिक ऐनले यसरी रोक्दैछ काठमाडौंमा राजश्व चुहावट

२०७४ श्रावण २ सोमबार, काठमाडौं । नयाँ जनप्रतिनिधिहरु आएपछि काठमाडौं महानगरपालिकाको राजश्व प्रशासनमा देखिएका सानातिना समस्याहरु समेत सुल्झाउन सक्नेगरी आर्थिक ऐनमा केही व्यवस्थाहरुलाई परिवर्तन गरिएको छ । महानगरपालिकाको गत ३१ असारमा पारित आर्थिक ऐनमा केही यस्ता व्यवस्थाहरु गरिएको छ जसले महानगरपालिकाको राजश्व संकलनमा देखिएका केही समस्याहरुलाई समेत सम्बोधन गर्ने विश्वास गरिएको छ ।  ... बाँकी अंश»

काठमाडौं महानगरपालिकाले चुनावबाट छान्यो न्यायिक समिति सदस्य, ललितपुरमा सर्वसम्मत

२०७४ श्रावण २ सोमबार, काठमाडौं । श्रावण १ गते राष्ट्रिय सभा गृहमा सम्पन्न काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ववी परियार र सरोज ढकाल निर्वाचित भएका छन् । नगर सभा सदस्य १ सय ६२ जना मतदाता रहेको निर्वाचनबाट वडा नं। १६ वडा दलित सदस्य, ववी परियारले ९८ र वडा नं ३१ का वडा सदस्य सरोज ढकालले ९५ मत प्राप्त गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । उनीहरु दुबै जना गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।  ... बाँकी अंश»

निशुल्क पार्किङ सम्बन्धी व्यवस्था खारेज नगरी काठमाडौंमा पार्किंङको शुल्क तोकियो 

२०७४ श्रावण १ आइतबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रको लागि नयाँ पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाले शनिबार पारित गरेको आर्थिक ऐनमा पार्किङको शुल्क तोकिएको हो । तर, महानगरपालिकाले यस अघि बोर्ड बैठकबाट निर्णयबाट सुरु गरेको निशुल्क पार्किङको व्यवस्था सो ऐन मार्फत् खारेज नै नगरी नयाँ नियम ल्याईएको छ ।  ... बाँकी अंश»

ललितपुरमा १.५ इन्चको पीच अनिवार्य, एक वर्षसम्म बाटो भत्किए ठेकेदारकै पैसाले बनाईने

२०७४ श्रावण १ आइतबार, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्र बन्ने सडकमा १.५ इन्चको पीच अनिवार्य हुनुपर्ने प्रावधान राखेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार आयोजना गरिएको पहिलो नगरसभालाई सम्बोधन गर्दै ठेकेदारसँग सम्झौता गर्दा नै यस्तो सम्झौता गर्ने नीति महानगरपालिकाले अवलम्बन गर्ने बताएका हुन् ।  ... बाँकी अंश»

काठमाडौं महानगरको साढे ६ अर्ब कमाउने लक्ष्य, वजेट १० अर्व ७८ करोड 

२०७४ असार ३१ शनिबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार राती अबेर आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट पारित गराएको छ । शुक्रबारदेखि सुरु प्रथम नगरसभाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेट पारित गराएको हो । केही वडाध्यक्षहरुको असन्तुष्टिका कारण शनिबार पनि तोकिएको समय भन्दा केही ढिला गरी सुरु भएको नगरसभाको बन्दसत्रमा ध्वनिमतले बजेट पारित गरिएको महानगरपालिकाले जनाएको छ ।  ... बाँकी अंश»

काठमाडौं महानगरपालिकाको नगरसभा शनिबार पनि

२०७४ असार ३१ शनिबार, काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको बैठक शनिबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको छ। सभाको पहिलो दिन आज १९ बुँदे नीति तथा कार्यक्रम भने पारित भएको छ। शनिबार आर्थिक र विनियोजन विधेयकमाथि छलफल हुन सकेमा कामपाको बजेट पारित हने कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए। ... बाँकी अंश»

काठमाडौंको नगरसभा साढे २ घण्टासम्म सुरु हुन सकेन

२०७४ असार ३० शुक्रबार, काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगरसभा बैठकमा नै दुई पार्टीका जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा नगरसभाको बैठक लम्बिएको छ । शुक्रबार दिउँसो २ बजेको लागि बोलाईएको बैठकमा १४ वडाका वडाध्यक्षहरु बैठक कक्षभित्र प्रवेश नैै नगरेपछि नगरसभा सुरु हुन नसकेको हो ।  ... बाँकी अंश»

काठमाडौं महानगरको बजेट निर्माण प्रक्रियामा उपप्रमुखलाई बाहिर राखियो, चुलियो असन्तुष्टि

२०७४ असार ३० शुक्रबार, काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट निर्माण प्रक्रियामा उपप्रमुख हरिप्रभा खड्कीलाई बाहिर राखेर बजेट बनाईएको भन्दै महानगरपालिकाको नगर सभामा असन्तुष्टि सुरु भएको छ । महानगरपालिकाको दिउँसो २ बजेको लागि बोलाईएको बैठकमा यही असन्तुष्टिका कारण ३ बजेसम्मपनि काँग्रेसी वडाध्यक्ष तथा उपप्रमुखसमेत सभा भित्र नगएको महानगरपालिकाको १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।  ... बाँकी अंश»

स्थानीय तहको अधिकार कटौती एमालेलाई मान्य नहुने : अध्यक्ष ओली

२०७४ असार ३० शुक्रबार, भक्तपुर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताए। आज सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताएको छ ... बाँकी अंश»

भक्तपुर नगरपालिकाको परिषद् आजदेखि सुरु

२०७४ असार २९ बिहिबार, भक्तपुर। भक्तपुर नगरपालिकाकाको प्रथम नगरपरिषद् ३६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आजदेखि सुरु भएको छ। नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रम प्रस्तुत गर्दै स्वीकृत पाइसकिएको २५ शय्याको ख्वप अस्पताल सञ्चालनमा ल्याइने, आगामी आवदेखि प्रत्येक वडामा नर्स सेवा सुरु गरिने, नपाले सञ्चालन गरिरहेका शिक्षालयमा थप विषयसहित अझ प्र ... बाँकी अंश»

पोखरा महानगरको  बजेट चार अर्ब

२०७४ असार २९ बिहिबार, पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४-७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।  ... बाँकी अंश»

कामनपाले भ्यू टावरको बोलपत्र रद्द गर्दै, एक वर्ष बित्दासमेत काम अघि नबढाएको आरोप 

२०७४ असार २८ बुधबार, काठमाडौँ । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । ... बाँकी अंश»

ऐन नबन्दा संवैधानिक अधिकार प्रयोग गर्न समस्या भयो - प्रमुख शाक्य 

२०७४ असार २५ आइतबार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधार नै नभएको बताएका छन् । आइतबार नेवा जागरण मञ्चको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख शाक्यले यसले जनताले चाहना गरेका अपेक्षा पूरा गर्न चुनौती बनेको बताएका हुन् ।  ... बाँकी अंश»

३० गते काठमाडौं महानगरको बजेट, २५ अर्बको हाराहारीमा बन्ने 

२०७४ असार २५ आइतबार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा ४ गुणा बढी बनाउने तयारी भईरहेको छ । महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको लागि चलिरहेको छलफलमा सबै कार्यक्रमहरु जोड्दा २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भईरहेको महानगरपालिका स्रोतले जनाएको छ ।  ... बाँकी अंश»

ललितपुर महानगरपालिकाको प्रवक्ता अब जनप्रतिनिधि नै 

२०७४ असार २१ बुधबार, काठमाडौं । ललितपुर महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी कर्मचारीहरुबाट जनप्रतिनिधिमा सारेको छ । बुधबार बसेको महानगरपालिकाको बोर्ड बैठकले यस अघि स्थानीय कर्मचारीहरुमा निहीत रहेको प्रवक्ताको जिम्मेवारी वडा नं ९ का वडाध्यक्ष राजु महर्जनलाई दिने निर्णय गरेको छ ।  ... बाँकी अंश»

सिडिओको एउटा निर्णयले ललितपुर महानगरलार्इ वार्षिक ५० लाख राजश्व बढ्यो

२०७४ असार २१ बुधबार, काठमाडौं । राज्यका अंगहरुबीच समन्वय हुने हो भने के हुँदैन ? तर नेपालमा राज्यका कुनैपनि निकायको अर्काे निकायसँग समन्वय नहुँदा दिन प्रतिदिन विकास भन्दा पनि विनास सुरु भएको छ । यसको सजिलो उदाहरण हामी काठमाडौंका सडकहरुलाई लिन सक्दछौं । समन्वयको अभावमा एउटाले सडक भत्काएर बनाएको भोलिपल्टै अर्काेले काम सुरु गरिहाल्छ । जसले गर्दा राज्यकोशको अनावश्यक सम्पत्ति खर्च मात्रै भएको छैन जनताले समेत सास्ती पाईरहेका छन् ।  ... बाँकी अंश»

नयाँ