स्थानीय सरकार

२ वटा बढुवा उल्टिएपछि महानगरको प्रशासन कक्षमा बाझाबाझ, यस्तो छ कहानी 

२०७४ असार २१ बुधबार, काठमाडौं। मंगलबार दिउँसो महानगरपालिकाका तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहका कर्मचारीहरुसम्ममा एउटा कुरा सर्वत्र फैलियो । राजश्व विभागका प्रमुख ज्ञानेन्द्र कार्कीको कक्षमा आएका महानगरप्रहरीका दुई जना डिएसपीहरु राजुनाथ पाण्डे र दिनेश कुमार अर्यालको टोलीसँग लामै समयको कुराकानीपछि उनीहरुबीचको कुराकानी एकाएक झगडामा परिणत भयो भन्ने कुरा थाहा नहुने कर्मचारीहरु सायद कमै थिए होला मंगलबार। ... बाँकी अंश»

काठमाडौं महानगरभित्र बेथिति : धरौटी मागियो, तिरेपछि टेण्डरै रद्द गर्न चलखेल !

२०७४ असार १९ सोमबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर उठाउन टेण्डर दिने निजी क्षेत्रका विज्ञापन एजेन्सीहरुसँग धरौटी समेत लिईसकेको खुलासा भएको छ । महानगरपालिकाको गत जेठ ४ गतेको निर्णय अनुसार तीन वटा क्षेत्रमा तीन वटा कम्पनीलाई ठेक्का दिने निर्णय गरिएको भएपनि यो अहिले ठेक्का प्रक्रिया नै रद्द गर्न महानगरका सीमित कर्मचारीहरु सक्रिय रहेका छन् । जसका कारण धरौटी बापतको २५ २५ प्रतिशत रकम संकलन गरिसकेको र स्वीकृत समेत भईसकेको ठेक्का प्रक्रिया समेत रद्द हुने सम्भावना बढ्न थालेको छ ।  ... बाँकी अंश»

पुतलीबजार नगर प्रमुखलाई अख्तियारमा उजुरी

२०७४ असार १८ आइतबार, स्याङ्जा। स्याङ्जाको सदरमुकाम रहेको पुतलीबजार नगरपालिका प्रमुख र नगरपालिका कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी परेको छ । जनताबाट चुनिएका नगर प्रमुखलाई तिन विषयमा उजुरी परेको हो। ... बाँकी अंश»

विद्यासुन्दर विरुद्धको समाचार सेयर गर्ने कर्मचारीलाई महानगरको कारबाही !

२०७४ असार १५ बिहिबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड बैठकको विषयमा नकारात्मक रुपमा लेखिएको समाचार सामाजिक सञ्जालमा सेयर गर्ने कर्मचारीहरुलाई कारबाही गरेको छ । महानगरपालिकाको गत असार ६ गते बसेको बोर्ड बैठकमा गरिएको निर्णयको आलोचना हुनेगरी लेखिएको समाचार सेयर गर्ने महानगरका ७ कर्मचारीलाई स्पष्टीकरण सोधेर कारबाही गरिएको महानगरपालिका निकट स्रोतले जनाएको छ ।  ... बाँकी अंश»

नगरपालिकाका मेयरहरुले भने 'संविधानलार्इ लत्याएर निर्देशन दिन बन्द गर्नूस्'

२०७४ असार ११ आइतबार, काठमाडौं । नगरपालिकाका मेयरहरुले स्थानीय तहको नाममा केन्द्रबाट पठाईने गरेको निर्देशन संविधानको भावना र मर्मको अनुकुल नरहेको हुँदा यस्ता निर्देशनहरू तत्काल बन्द गर्न केन्द्र सरकारसँग माग गरेका छन् । आईतबार नेपाल नगरपालिका संघको आयोजनामा काठमाडौं लगायतका आसपासका जिल्लाहरुका नगरपालिकाका मेयरहरुबीच भएको अन्तक्र्रियामा जनप्रतिनिधिहरुले यस्तो माग गरेका हुन् । अन्तक्र्रिया पछि संघले नेपाल सरकार लगायतका सम्बन्धित सरोकारवाला निकायलाई ७ बुँदे ध्यानाकर्षण पनि गराएको छ ।  ... बाँकी अंश»

ललितपुर महानगर बोर्डको निर्णय : पुल्चोकदेखि कुपण्डोलसम्म अब फ्लाई ओभर

२०७४ असार ९ शुक्रबार, काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरको पुल्चोकदेखि कुपण्डोलसम्म फ्लाई आभर ब्रिज निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ । गत जेठ २२ गते नै बसेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनको चरणमा समेत प्रवेश गरिसकेको महानगरपालिकाले जनाएको छ ।  ... बाँकी अंश»

धनगढी उपमहानगरपालिकाका काँग्रेसका मेयर र उपमेयरका उम्मेदवारको यस्तो प्रतिवद्धता 

२०७४ असार ८ बिहिबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नेपाली काँग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुले दूरदृष्टि भएको प्रतिवद्धता जनाएका छन् । ... बाँकी अंश»

कर उठाउने जिम्मा निजी क्षेत्रलाई नदिन काठमाडौं महानगरभित्र चलखेल

२०७४ असार ७ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिका कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने पूर्व योजनाबाट पछि हट्ने संकेत दिएको छ । यस अघि महानगरभित्र उठ्ने विज्ञापन कर मध्ये आकाशे पुल, ट्राफिक प्रहरी पोष्ट, बस स्टप, सोलार स्पीड लाईट र पीपीपीमोडल अनुसार सम्झौता भएका विज्ञापन बाहेक अन्य विज्ञापनहहरुबापतको रकम निजी क्षेत्रले उठाउन पाउने गरी ठेक्का आह्वान गरिएको थियो ।  ... बाँकी अंश»

सरकारको आदेशपछि पीए समेत राख्न सकेनन् ललितपुरका मेयरले

२०७४ असार २ शुक्रबार, काठमाडौं । स्थानीय तह शासन सञ्चालन लगायतका ऐनहरु बन्न नसक्दा सरकारले जारी गरेको एउटा आदेशको भरमा स्थानीय तह सञ्चालन भईरहेको अवस्थामा यही आदेशबाट जनप्रतिनिधिहरु भने आजित भएका छन् । स्थानीय तहलाई सबै अधिकार दिईएको भनिएपनि संक्रमणकालीन अवस्थामा नयाँ ऐन कानून बन्न नसक्दा स्थानीय तहलाई अधिकार विहीन बनाईएको आरोप उनीहरुको छ । कुनैपनि कर्मचारी पनि नियुक्त गर्न नसक्ने र आफ्ना योजनाहरु कार्यान्वयन समेत गर्न प्रतिबन्ध लाग्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु आजित बनेका हुन् ।  ... बाँकी अंश»

जनप्रतिनिधिलार्इ प्रवेश गराउँदा काठमाडौं महानगरको डेढ करोड खर्च, देखियो अनियमितताको गन्ध

२०७४ जेठ ३१ बुधबार, काठमाडौं । काठमाडौैं महानगरपालिकामा नयाँ जनप्रतिनिधीहरुको स्वागत खर्च नै महंगो पर्न आएको छ ।नयाँ जनप्रतिनिधि आएको बाहानामा उनीहरुले प्रयोग गर्ने सामग्री कार्यालयीय सजावट र भाेज भतेरमा नै माेटाे रकम खर्च भएको भेटिएको हो । महानगर भित्रका विभिन्न ३२ वडामा आएका नयाँ जनप्रतिनिधिहरुको लागि भौतिक साम्रगीको खरीद खर्च तथा अन्य विविध शीर्षकमा डेढ करोड भन्दा बढी खर्च गरिएको काठमाडौं महानगरपालिका स्रोतले जनाएको छ ।  ... बाँकी अंश»

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

२०७४ जेठ १७ बुधबार, पोखरा। नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ। रकारले घोषणा गरेअनुसार देशमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको अधिकांश स्थानको मतपरिणाम घोषणा भई नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्। ... बाँकी अंश»

वित्तीय समानीकरण र सशर्त अनुदान बजेट के-केमा खर्च गर्न पाउँछन् स्थानीय तहले ?

२०७४ जेठ १६ मंगलबार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४ ७५ को लागि बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोलागि संघीय बजेट प्रस्तुत गरेका छन् । उनले एक चरणमा सकिईसकेको र केही बाँकी पनि रहेको स्थानीय तहको लागि कूल २ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको महराले जानकारी दिएका छन् ।  ... बाँकी अंश»

नयाँ व्यवस्थामा पनि नागरिकता र राहदानी जिल्लाबाटै !

२०७४ जेठ ७ आइतबार, काठमाडौं । स्थानीय तह को निर्वाचन तीन वटा प्रदेशमा सम्पन्न भयो । धेरै स्थानीय तहका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ समेत खाईसकेका छन् । उनीहरुले सपथ ग्रहण सँगै आफ्नो कार्यभार समेतत सम्हालिसकेको अवस्थामा स्थानीय तहबाटै सबै सुविधा पाईन्छ भन्ने भ्रममा हुनु हुन्छ भने त्यो भ्रम त्यागिदिनुहोस् ।  ... बाँकी अंश»

स्थानीय तहमा भ्रष्टाचार गर्न गाह्रो, काम गर्न झनै गाह्रो !

२०७४ जेठ ७ आइतबार, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको छ । स्थानीय जनप्रतिनिधिहरुमध्ये कतिपयले त सपथ खाएर कार्यभार समेत सम्हालिसकेका छन् । अब एक हिसावले भन्दा ३, ४ र ६ नं प्रदेशका अधिकांश स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधिहरु आईसकेका छन् । तर नयाँ संरचनाको स्थानीय तहमा आफ्नो विवेक पुर्याएर प्रभावकारी काम गर्न स्थानीय तहहरुलाई स्थापित गराउनको लागि चुनौती र समस्याहरु झनै रहेका छन् ।  ... बाँकी अंश»

चिरिबाबुले नसोचेको भयो ललितपुर महानगर २ मा

२०७४ जेठ २ मंगलबार, ललितपुर । ललितपुर महानगरमा काँग्रेस एमालेको कडा टक्कर पर्ने भएको छ । काँग्रेसबाट चिरिबाबु महर्जन चुनावी मैदानमा छन् भने, एमालेबाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा छन् । ... बाँकी अंश»

काठमाडौंमा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे, नक्सापास भटाभट

२०७४ बैशाख १२ मंगलबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पछिल्लो समय नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा वृद्धि भएको छ । ... बाँकी अंश»

नक्सा विपरीतका निर्माण रोक्न महानगरको कडार्इ, नियमित निगरानी गरिने

२०७४ बैशाख ९ शनिबार, काठमाडौँ । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ ।  ... बाँकी अंश»

काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु, विवाद साम्य

२०७३ माघ १३ बिहिबार, काठमाडौँ । संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो ।    समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा नै बसपार्कलाई खुलामञ्चमा सारे पनि काम अघि बढ्न सकेको थिएन । विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम् ... बाँकी अंश»

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने आयोजनालाई सरकारको सहुलियत

२०७३ पौष २४ आइतबार, काठमाडौं । सरकारले काठमाडौ जिल्लामा फोहोर व्यवस्थापन गर्ने कम्पनीहरुलाई सहुलियत दिने निर्णय गरेको छ ।   आईतबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकामा फोहोर मैला व्यवस्थापनको क्षेत्रमा काम गर्नै कम्पनी तथा आयोजनाले लगानी बोर्ड ऐन तथा नियमावली बमोजिम परियोजना विकास वार्ता गर्नुपूर्व तिर्नुपर्ने लागतको ०.२ प्रतिशत शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको बोर्डका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।    यस विषयमा लगानीकर्ता ... बाँकी अंश»

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

२०७३ पौष २३ शनिबार, भक्तपुर। स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।    भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पर्‍याएकै कारण निर्माण सुरु हुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।    क ... बाँकी अंश»

नयाँ