स्थानीय सरकार

जनप्रतिनिधिलार्इ प्रवेश गराउँदा काठमाडौं महानगरको डेढ करोड खर्च, देखियो अनियमितताको गन्ध

२०७४ जेठ ३१ बुधबार, काठमाडौं । काठमाडौैं महानगरपालिकामा नयाँ जनप्रतिनिधीहरुको स्वागत खर्च नै महंगो पर्न आएको छ ।नयाँ जनप्रतिनिधि आएको बाहानामा उनीहरुले प्रयोग गर्ने सामग्री कार्यालयीय सजावट र भाेज भतेरमा नै माेटाे रकम खर्च भएको भेटिएको हो । महानगर भित्रका विभिन्न ३२ वडामा आएका नयाँ जनप्रतिनिधिहरुको लागि भौतिक साम्रगीको खरीद खर्च तथा अन्य विविध शीर्षकमा डेढ करोड भन्दा बढी खर्च गरिएको काठमाडौं महानगरपालिका स्रोतले जनाएको छ ।  ... बाँकी अंश»

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

२०७४ जेठ १७ बुधबार, पोखरा। नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ। रकारले घोषणा गरेअनुसार देशमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको अधिकांश स्थानको मतपरिणाम घोषणा भई नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्। ... बाँकी अंश»

वित्तीय समानीकरण र सशर्त अनुदान बजेट के-केमा खर्च गर्न पाउँछन् स्थानीय तहले ?

२०७४ जेठ १६ मंगलबार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४ ७५ को लागि बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोलागि संघीय बजेट प्रस्तुत गरेका छन् । उनले एक चरणमा सकिईसकेको र केही बाँकी पनि रहेको स्थानीय तहको लागि कूल २ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको महराले जानकारी दिएका छन् ।  ... बाँकी अंश»

नयाँ व्यवस्थामा पनि नागरिकता र राहदानी जिल्लाबाटै !

२०७४ जेठ ७ आइतबार, काठमाडौं । स्थानीय तह को निर्वाचन तीन वटा प्रदेशमा सम्पन्न भयो । धेरै स्थानीय तहका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ समेत खाईसकेका छन् । उनीहरुले सपथ ग्रहण सँगै आफ्नो कार्यभार समेतत सम्हालिसकेको अवस्थामा स्थानीय तहबाटै सबै सुविधा पाईन्छ भन्ने भ्रममा हुनु हुन्छ भने त्यो भ्रम त्यागिदिनुहोस् ।  ... बाँकी अंश»

स्थानीय तहमा भ्रष्टाचार गर्न गाह्रो, काम गर्न झनै गाह्रो !

२०७४ जेठ ७ आइतबार, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको छ । स्थानीय जनप्रतिनिधिहरुमध्ये कतिपयले त सपथ खाएर कार्यभार समेत सम्हालिसकेका छन् । अब एक हिसावले भन्दा ३, ४ र ६ नं प्रदेशका अधिकांश स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधिहरु आईसकेका छन् । तर नयाँ संरचनाको स्थानीय तहमा आफ्नो विवेक पुर्याएर प्रभावकारी काम गर्न स्थानीय तहहरुलाई स्थापित गराउनको लागि चुनौती र समस्याहरु झनै रहेका छन् ।  ... बाँकी अंश»

चिरिबाबुले नसोचेको भयो ललितपुर महानगर २ मा

२०७४ जेठ २ मंगलबार, ललितपुर । ललितपुर महानगरमा काँग्रेस एमालेको कडा टक्कर पर्ने भएको छ । काँग्रेसबाट चिरिबाबु महर्जन चुनावी मैदानमा छन् भने, एमालेबाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा छन् । ... बाँकी अंश»

काठमाडौंमा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे, नक्सापास भटाभट

२०७४ बैशाख १२ मंगलबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पछिल्लो समय नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा वृद्धि भएको छ । ... बाँकी अंश»

नक्सा विपरीतका निर्माण रोक्न महानगरको कडार्इ, नियमित निगरानी गरिने

२०७४ बैशाख ९ शनिबार, काठमाडौँ । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ ।  ... बाँकी अंश»

काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु, विवाद साम्य

२०७३ माघ १३ बिहिबार, काठमाडौँ । संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो ।    समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा नै बसपार्कलाई खुलामञ्चमा सारे पनि काम अघि बढ्न सकेको थिएन । विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम् ... बाँकी अंश»

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने आयोजनालाई सरकारको सहुलियत

२०७३ पौष २४ आइतबार, काठमाडौं । सरकारले काठमाडौ जिल्लामा फोहोर व्यवस्थापन गर्ने कम्पनीहरुलाई सहुलियत दिने निर्णय गरेको छ ।   आईतबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकामा फोहोर मैला व्यवस्थापनको क्षेत्रमा काम गर्नै कम्पनी तथा आयोजनाले लगानी बोर्ड ऐन तथा नियमावली बमोजिम परियोजना विकास वार्ता गर्नुपूर्व तिर्नुपर्ने लागतको ०.२ प्रतिशत शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको बोर्डका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।    यस विषयमा लगानीकर्ता ... बाँकी अंश»

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

२०७३ पौष २३ शनिबार, भक्तपुर। स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।    भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पर्‍याएकै कारण निर्माण सुरु हुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।    क ... बाँकी अंश»

काठमाडौंमा ‘एरो फ्रेट नेपाल’ कार्गोको सुरुवात

२०७३ पौष १७ आइतबार, काठमाडौं ।  कतारमा एघार वर्ष कार्गो व्यवसायमा काम गरेका नारद थापाले राजधानीको ठमेलमा कार्गो कम्पनी संचालनमा ल्याएका छन् । कतारको ‘विन यु सफ’ कार्गोमा कार्यरत थापाले आइतबार ठमेलको जेड स्ट्रीट मार्गमा ‘एरो फ्रेट नेपाल’ नामबाट औपचारिक रुपमा कार्गोको सुरुवात गरे ।   विश्वभर आफ्नो सेवा दिइरहेको ‘विन यु सफ’ कार्गोको अनुभव नेपालमा प्रयोग गर्न कार्गो व्यवसायमा हात हालेको उनले बताए । उनले नेपालमा समेत विगत तीन वर्ष देखि युनिक कार्गोमा काम ... बाँकी अंश»

काठमाडौंलाई कुरूप बनाउन खोज्ने यी व्यवसायीहरू महानगरपालिकाको फन्दामा

२०७३ कार्तिक ५ शुक्रबार, काठमाडौं । जवर्जस्ती गैरकानूनी रूपमा विज्ञापन गर्दै हिँड्नेमाथि काठमाडौं महानगरपालिकाले कडा कारबाही सुरू गरेको छ । पछिल्लो समय विज्ञापनको लागि प्रयोग गरिने ब्यानरहरूबाट काठमाडों महानगरपालिका कुरूप बन्दै गईरहेको अवस्थामा महानगरपालिकाले यस्ता कुरुप बनाउँदै हिँड्नेहरूलाई कडा कारबाहीको दायरामा ल्याएको महानगरपालिकाले जानकारी दिएको छ ।    काठमाडौं महानगरपालिकाको नगरप्रहरीको मध्ये क्षेत्र शाखाद्वारा पछिल्लो एक महिनामा मात्रै ४ दर्जन भ ... बाँकी अंश»

आ.व २०७२/७३मा ३९ करोड रूपैयाँ बढी कमायो महानगरपालिकाले

२०७३ भदौ ३० बिहिबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले अघिल्लो वर्षको भन्दा ३९ करोड रूपैयाँ बढस् कमाएको छ । महानगरपालिकाले सार्वजनिक गरेको वार्षिक आय विवरणमा अघिल्लो आर्थिक वर्षको भन्दा ३९ करोड २७ लाख ६८ हजार ९ सय ६५ रूपैयाँ आफ्नै स्रोतबाट आम्दानी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।    महानगरपालिकाको आफ्नै स्रोतबाट आर्थिक वर्ष २०७२/७३मा १ अर्ब ४७ करोड ७५ लाख रूपैयाँ आम्दानी भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८ करोड ४८ लाख रूपैयाँ रहेको थियो । त्यस्त ... बाँकी अंश»

६ वर्षदेखि महानगरको विभागभित्रै हरायो ७० लाखको पत्र

२०७३ भदौ २३ बिहिबार, काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो समय ७० लाखको पत्रले हंगामा मच्चिएको छ । महानगर मातहतमा रहेका २२ वटा जनस्वास्थ्य क्लिनिकहरू मार्फत् २०५५ सालदेखि २०६६ सालसम्म सेवाग्राहीबाट उठाएको रकमको विषयमा पछिल्लो समय महानगरभित्र हंगामा मच्चिने अवस्था सिर्जना भएको छ ।    झण्डै एकदशकसम्म काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा आएका २२ वटा जनस्वास्थ्य क्लिनिकबाट उठेको पैसा महानगरको जनस्वास्थ्य महाशाखा मार्फत् राजश्व विभागमा बुझाउनु पर्ने भ ... बाँकी अंश»

यस्तो छ ललितपुर उपमहानगरपालिकाको बृद्धि सहितको करको दर

२०७३ भदौ १६ बिहिबार, काठमाडौं । ललितपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्षको लागि नयाँ करको दर निर्धारण गरेको छ । विभागको राजश्व विभागद्वारा जारी कर, सेवा शुल्क तथा दस्तुर शुल्कमा व्यवसाय करमा पहिलेृको भन्दा २० प्रतिशतले बृद्धि भएको छ भने मालपोतमा ५० प्रतिशतसम्म कर बृद्धि भएको उपमहानगरपालिकाले जनाएको छ । तर, घरजग्गा करमा भने घरको प्रकृति हेरी १०० देखि ३०० प्रतिशतसम्म घर बृद्धि गरिएको उपमहानगरपालिकाका राजश्व प्रमुख डिल्ली शाक्यले जानकारी दिए ।    उपमहानगरपालिक ... बाँकी अंश»

‘टप टु बटम’ ढाँचाले बढायो स्थानीय निकायमा परनिर्भरता

२०७३ भदौ ४ शनिबार, घटना नं १ : काठमाडौं। ललितपुर उपमहानगरपालिकाको राजश्व प्रशासन महाशाखामा ललितपुरकै च्यासलमा घर भएका एक स्थानीय आफ्नो मृत बाबुको नामबाट जग्गा नामसारी गर्न आए। सबै चाहिने प्रक्रिया उनले पुर्‍याए। तर, एउटा कामबाट उनी रोकिन पुगे, त्यो थियो उनले आफ्नो घरको कर वि सं १९९० सालदेखि तिरेका रहेनछन्। उपमहानगरपालिकाका कर्मचारीहरू भन्छन् ‘यदी उनीहरूलाई कर तिर्नुपर्छ भनेर जग्गा नामसारी गर्नुभन्दा अन्य काम गर्दा पनि सिकाउने गरिएको थियो भने यस्तो स्थिती पक् ... बाँकी अंश»

महानगरपालिकाले ‘काठमाडौं मल’ को अस्थायी संरचना विरूद्ध कारबाही अगाडि बढाउने

२०७३ श्रावण ३० आइतबार, काठमाडौं। एकआपसमा लेनदेनको विषयमा काठमाडौं महानगरपालिका र सञ्चयकोषबीच सहमति भएको छ। साउन १९ गते दुई निकायका कार्यकारी प्रमुखको नेतृत्वमा बैठक बसी काठमाडौं महानगरपालिकाको २२ वडामा पर्ने सुन्धारा स्थित हाल काठमाडौं मल रहेको भवनको नक्सा स्वीकृत सम्बन्ध लगाय तिरोतारोको विषयमा छलफल गरी विभिन्न सहमति भएको महानगरपालिकाले जनाएको छ।   यी दुई निकायबीच भएको सहमतिमा कर्मचारी सञ्चयकोषको स्वामित्वमा रहेको भवनको अस्थायी पास नक्सा तथा प्रचलित मापदण् ... बाँकी अंश»

लामो टकराव पछि काठमाडौं महानगरपालिका र प्राधिकरणबीच भयो सहमती

२०७३ श्रावण २९ शनिबार, काठमाडौं। नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच घरजग्गा कर तथा सडकबत्तिको शुल्क तिर्ने बुझाउने विषयमा सहमति भएको छ। लामो समय शुल्क तिर्ने बुझाउने विषयमा टकराव सिर्जना हुँदा दुबै पक्षबीच एकले अर्कालाई सकेभरको समस्या सिर्जना गर्ने स्थिती सम्म सिर्जना भएपछि साउन १९ गते दुबै निकायका कार्यकारी प्रमुखको नेतृत्वमा छलफल भएको थियो। उक्त छलफल पछि विभिन्न बुँदामा सहमति भएको कामठमाडौं महानगरपालिका स्रोतले जानकारी दिएको छ।    हामीलाई ... बाँकी अंश»

३० करोड लागतमा दुईवटा आफ्नै भवन बनाउँदै काठमाडौं महानगर

२०७३ श्रावण २१ शुक्रबार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी दुईवटा भवन निर्माण गर्ने भएको छ।   हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पुर्‍याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको कामपाको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।   सात रोपनी जग्गामा बन्न लागेको उक्त भवनको छिटै शिलान्यास हुने प् ... बाँकी अंश»

नयाँ