स्थानीय सरकार

सरकारी दुकुटीबाट दोहोरो सुविधा लिनेहरुले महानगरमा गरे वितण्डा (नामावली सहित)

२०७३ श्रावण २० बिहिबार, काठमाडौं। सरकारले आफूलाई गैरकानूनी रूपमा दोहोरो सुविधा दिनु पर्नेमाग राख्दै महानगरपालिकाका नगर प्रहरीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू दुईदिनदेखि महानगरको प्रशासनमा आफ्नो काम छाडेर धर्ना दिँदै आएका छन्। महानगरप्रहरीको लागि महानगरपालिकाले ९० जना नगरप्रहरीको पदपूर्तिको लागि दरखास्त आह्वान गरेपछि दोहोरो सुविधा लिएका करारका प्रहरी कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। महानगरले यही २६ गते अन्तिम मिति हुनेगरी दरखास्त आह्वान गरेको छ।    ... बाँकी अंश»

महानगरले उठायो लक्ष्यभन्दा ४१३ प्रतिशत बढी विज्ञापन कर (विवरण सहित)

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो एक वर्षको आम्दानी तथा लक्ष्यको विवरण सार्वजनिक गरेको छ। महानगरपालिकाले एक वर्षे अवधिमा अर्थात् आर्थिक वर्ष २०७२-७३ मा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ३० प्रतिशत बढी राजश्व असुली गरेको महानगरपालिका राजश्व विभागले जानकारी दिएको छ।    विभागका राजश्व शाखा प्रमुख धु्रब काफ्लेले यो वर्ष लक्ष्यको ९० प्रतिशत मात्रै प्रगती हाँसिल गर्न सकेको भएपनि अघिल्लो वर्षको तुलनामा यो वर्ष १ सय ३० प्रतिशत बढी असुली भएक ... बाँकी अंश»

काठमाडौं महानगरपालिका ‘फेल’ भयो !

२०७३ असार २८ मंगलबार, काठमाडौं । नेपालको पहिलो र एकमात्र महानगरपालिका पनि कार्यसम्पादन मुल्याङ्कनमा अनुत्तीर्ण भएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको विज्ञ आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कन अन्तर्गत् महानगरपालिका ‘न्यूनतम शर्त’ शीर्षकमा नै ‘फेल’ भएको आयोगका एक सदस्यले जानकारी दिए ।    उनका अनुसार आयोगले अध्ययन गर्ने न्यूनतम शर्त(एमसी) को शीर्षक र कार्यसम्पादन मुल्याङ्कन (पीएम) को शीर्षकमा कूल १००÷१०० अंक दिने गर्दछ । जस अन्तर्गत् न्यून ... बाँकी अंश»

उच्च व्यवसायिक घरानामा महानगरको अल्टिमेटमपत्र, कर नतिरे विज्ञापनमा प्रतिबन्ध (सूचीसहित)

२०७३ असार २३ बिहिबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्र विज्ञापन गरेर पनि कर नतिर्ने विज्ञापनदाताहरूलाई तीनदिने अल्टिमेटम सहित पत्र काटेको छ । महानगरपालिकाको राजश्व विभागले पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गर्ने विभिन्न क्षेत्रका विज्ञापनदाताहरूलाई तीनदिन(बुधबारभित्र) भित्र विवरण सहित कर दाखिला गर्न आग्र पनि गरेको छ । तर पनि बिहिबार साँझसम्म पनि कसैले कर तिर्न नआएको पनि महानगरले जनाएको छ ।    विभागका राजश्व शाखा प्रमुख धु्रव काफ्ल ... बाँकी अंश»

विज्ञापन गर्नेले काठमाडौं महानगरपालिकालाई कति कर तिर्नुपर्छ ? (विवरण सहित)

२०७३ असार १३ सोमबार, काठमाडौं। काठमाडौं महानगरपालिकालाई कर विज्ञापन कर नतिरेको भन्दै महानगरले केही दिन अगाडि मात्रै १५ वटा कम्पनीलाई काठमाडौं महानगरपालिकाले पत्र काट्दै यथाशक्य चाँडो कर तिर्न चेतावनी सहितको पत्र पठाएको छ। पटकपटक ताकेता गर्दा पनि कर नतिरेपछि अब कडा रूपमा प्रस्तुत हुन लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ।    महानगर क्षेत्रभित्र बसेर विज्ञापन गर्ने तर कर भने नतिर्नेहरूलाई महानगरले अब कालो सूचीमा राख्ने तयारी समेत गरिरहेको महानगर सम्बद्ध ... बाँकी अंश»

हिन्दी फिल्म चलाएर सरकार माथि नै लुटतन्त्र मच्चाउने चलचित्र 'मन्दिरहरू' (विवरण सहित)

२०७३ जेठ ३१ सोमबार, काठमाडौं । काठमाडौंमा सञ्चालित नेपाली भन्दा विदेशी चलचित्र बढी चलाउने चलचित्र मन्दिरहरूसँग तपाईँ राम्रैसँग परिचित हुनुहुन्छ होला । तर, मन्दिर भनेर पवित्र शब्द जोड्ने हलहरू राज्यको नजरमा कति पवित्र होलान ? राज्यलाई पनि यिनीहरूले पवित्र बनेर राजश्व तिरिरहेका होलान् त ?  राजश्व र विभिन्न शीर्षकमा राज्यले उठाउने करको बक्यौता नरहेको व्यक्ति तथा संस्था कुनै छ भने त्यो नै राज्यको लागि पवित्र सावित हुनसक्ला । तर, चलचित्र मन्दिरहरू भने राज्यको नजरमा मन ... बाँकी अंश»

भित्रिएको ४ दशक पुग्यो, तर फिरेन बहुराष्ट्रिय कम्पनीको मन

२०७३ जेठ २२ शनिबार, काठमाडौं। नेपालमा अहिलेसम्मको स्थितीलाई विश्लेषण गर्दा बजेटको झण्डै एक तिहाई हिस्सा बैदेशिक सहायताले धानेको यथार्थ केही दिन अगाडि सार्वजनिक भएको बजेटले नै स्पष्ट गराएको छ। सरकारले आगामी आर्थिक वर्षको लागि भनेर विनियोजन गरेको १० खर्ब ४८ अर्बको बजेटमा झण्डै ३ खर्ब भन्दा बढी बैदेशिक सहायताबाट प्राप्त गर्ने योजना तय गरेको छ। जुन असम्भवप्रायः रहेको भनेर आलोचना पनि हुने गरेको छ। जे होस् बैदेशिक सहयताले धानेको मुलुकमा बैदेशिक लगानीमा भने विदेशीहरूल ... बाँकी अंश»

व्यवसायीसँग महानगरपालिका निरीह !

२०७३ जेठ २० बिहिबार, काठमाडौं। काठमाडौंको रत्नपार्कमा अबैध तरिकाले बसेका व्यवसायीहरूलाई महानगरप्रहरीले अझै हटाउन सकेको छैन। काठमाडौं महानगरप्रहरीको टोलीले पटकपटक ताकेता गरिरहेको बताए पनि हटाउन भने सकेको छैन्।    महानगरप्रहरीले हटाउन खोजे महानगर र ठेकदारलाई राजस्व तिरेर बसेको बताउने गरेको सो क्षेत्र हेर्ने डीएसपी विष्णुप्रसाद जोशीले बताए । पैसा तिरेकाहरूले पनि मे (जेठ १८ सम्म) को मात्रै पैसा तिरेकोले जतिछिटो सो ठाउँबाट व्यापारीहरू हटाउने पहल भइरहेको बताए ... बाँकी अंश»

काठमाडौंमा सौर्य उर्जाका लागि मात्रै ६० करोड छुट्याउने तयारी

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । सरकारले सौर्य उर्जाको विकासको लागि काठमाडौं महानगरपालिका मार्फत् काठमाडौं उपत्यकामा मात्रै ६० करोड छुट्टाउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षको लागि भनेर सौर्य उर्जामा सरकारको तर्फबाट ६० प्रतिशत, काठमाडौं महानगरपालिकाको तर्फबाट २५ प्रतिशत र स्थानीय स्तरबाछ १५ प्रतिशतको सहभागितामा महानगर क्षेत्रभित्र सौर्य उर्जा उत्पादन गर्नको लागि स्थानीयको सहभागिताको आशय माग गर्दै गत पुषमा सूचना पनि जारी गरेको थियो । तर, उल्लेख्य मात्रा ... बाँकी अंश»

कर नतिर्ने व्यवसायिक महलहरूको विवरण सार्वजनिक, को को छन नतिर्नेमा? (विवरण सहित)

२०७३ जेठ १३ बिहिबार, काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो समय व्यवसायिक अपार्टमेन्ट बनाउनेहरूको होड नै चलिरहेको छ। यसरी बनेका अपार्टमेन्टहरूले आफूले नियमित तिर्ने तिरो सम्बन्धित निकायलाई तिरिरहेका छन् त ? यो सबैलाई जानकारी हुने कुरा पनि होइन र हुनु आवश्यक पनि नहोला।    तर, चासो हुनुपर्ने सम्बन्धित निकाय महानगरपालिकाले भने यस विषयमा चासो राखेपछि यस्ता व्यवसायिक महलहरूलाई पनि भटाभट पत्र काट्न थालेको छ।  विशेषगरी बहाल कर र सवारी करमा कुनैपनि व्यवसायिक महलहरू ... बाँकी अंश»

कर नतिर्ने अटेरी बैंक र वित्तिय संस्थाहरूको विवरण सार्वजनिक; को को छन नतिर्नेमा?

२०७३ जेठ ११ मंगलबार, काठमाडौं। पटकपटक ताकेता गर्दा पनि विभिन्न शीर्षकका कर नतिर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई काठमाडौं महानगरपालिकाले भटाभट अल्टिमेटम सहितको पत्र काट्न थालेको छ। यस भन्दा अगाडिका वर्षहरूमा समेत पटकपटक ताकेता गर्दा पनि नाम चलेका बैंक तथा वित्तीय संस्थाले समेत महानगरको पत्र बेवास्ता गर्न थालेपछि आक्रामक बन्नु परेको काठमाडौं महानगरपालिकाले जनाएको छ।    महानगरपालिकाका राजश्व विभागका उपनिर्देशक धुर्ब काफ्लेका अनुसार अधिकांश बैंक तथा वित्त ... बाँकी अंश»

समाचार प्रभाव : हराएका जस्तापाता रातारात महानगरलाई फिर्ता (फोटो)

२०७३ जेठ ११ मंगलबार, काठमाडौं । बर्खा लाग्न लागेको छ । काठमाडौंकै पनि कतिपय भूकम्पपीडितहरू त्रिपालको छहारी भित्र बर्खा विताउनु पर्ने अवस्थामै छन् । जस्ता दिने भनेपनि वितरण प्रक्रिया प्रभावकारी हुन नसक्दा उनीहरू त्रिपालको ओत लगाएर बस्न बाध्य छन् । यद्यपि, काठमाडौं महानगरपालिकाको नाममा रहेको जस्ता केही दिन अघि रातारात हराएकामा जहाँ बाट हराएको थियो त्यँही पुगेको छ । जस्ता जसरी मिलाइएको थियो त्यसो भने हुन सकेको छैन । अलपत्र छ ।    केही दिन पहिले गुमनाम रुपमा हराएको ... बाँकी अंश»

आफ्नै सम्पत्ति रातारात हराउँदा पनि किन मौन बस्छ महानगरपालिका ?

२०७३ जेठ ५ बुधबार, काठमाडौं । निष्क्रिय कार्यशैली प्रति लामो समयदेखि चर्चा हुँदै आएको मुलुककै सबैभन्दा ठूलो स्वायत्त स्थानीय निकायको रूपमा रहेको काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सार्वजनिक सम्पत्तिको समेत संरक्षण गर्न नसकेको भेटिएको छ ।    विभिन्न नीतिगत समस्याहरू रहेको आरोप लाग्दै आएको उक्त निकायले आफूले खर्चगरेर निर्माण गरेको भौतिक सामग्रीहरू रातारात गाव हुँदा पनि महानगरपालिकाले पत्तो नपाउनु आफैमा शंकास्पद कुरा पनि हो ।    यसको ज् ... बाँकी अंश»

Total:273

नयाँ