स्थानीय सरकार

काठमाडौं महानगरमा नयाँ कार्यकारी अधिकृतको पद बहाली, भने 'भ्रष्टाचार सुशासनको काँडा हो' 

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले बुधबार पद बहाली गरेका छन् । पदबहाली गर्दै कार्यकारी अधिकृत शर्माले मेयर र उपमेयरले अघि सारेको काम नै आफ्नो प्राथमिकता भित्र पर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा महानगरको सार्वजनिक छवि सुधार गर्ने  प्रतिवद्धता पनि व्यक्त गरे ।  ... बाँकी अंश»

बेदकोट नगरपालिकाको बजेट ४५ करोड रुपैयाँ

२०७४ श्रावण ३१ मंगलबार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

देउवाको गाउँपालिकाको बजेट २१ करोड, प्रत्येक वर्ष महोत्सव हुने

२०७४ श्रावण ३० सोमबार, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकाको पहिलो गाउँसभाले झण्डै २१ करोडको बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

स्थानीय तहबाटै नागरिकता वितरण

२०७४ श्रावण ३० सोमबार, पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा नागरिकता बितरण कार्य सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविरमा २ सय ९ जनाले नागरिकता बनाएका छन् । सेवा ग्राहीलाई स्थानीय तहबाटै सेवा दिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय र रैनादेवी छहरा गाँउपालिकाको समन्वयमा नागरिकता शिविर संचालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत टंक प्रसाद पाण्डेले जानकारी दिए । ... बाँकी अंश»

जिल्ला समन्वय समिति पाँचथरमा एमाले–माओबादी गठबन्धन विजयी

२०७४ श्रावण ३० सोमबार, पाँचथर । जिल्ला समन्वय समिती पाँचथरको आइतबार सम्पन्न निर्वाचनमा नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धनका उम्मेरद्वाहरु बिजयी भएका छन् । जिल्ला समन्वय समिति पाँचथरको प्रमुखमा नेकपा एमालेका बिष्णु साप्पकोटा नौं मत ल्याई बिजयी भएका हुन । ... बाँकी अंश»

उदयपुरमा जिल्ला समन्वय समितिमा एमाले निर्विरोध चयन

२०७४ श्रावण ३० सोमबार, गाईघाट । उदयपुर जिल्लामा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् । ... बाँकी अंश»

जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

२०७४ श्रावण ३० सोमबार, बैतडी । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । ... बाँकी अंश»

जिसस मोरङको प्रमुखमा एमालेका पोखरेल विजयी

२०७४ श्रावण २९ आइतबार, विराटनगर। जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का नरेश पोखरेल विजयी भएकाछन्। शनिबार सम्पन्न निर्वाचनमा चार दलको गठबन्धनबाट पोखरेलसहित नौजना पदाधिकारी विजयी भएका हुन्। उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का प्रकाश साह यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ... बाँकी अंश»

जिल्ला समन्वय समिति बाजुरामा कांग्रेसको प्यानल विजयी

२०७४ श्रावण २७ शुक्रबार, बाजुरा । जिल्ला समन्वय समिति(जिसस) बाजुरामा नेपाली कांग्रेसको सिंगो प्यानल विजयी भएको छ । बाजुराका ९ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तह जितेको कांग्रेसले जिल्ला समन्वय समितिमा पनि एकलौटी विजय प्राप्त गरेको छ । ... बाँकी अंश»

दशरथचन्द नगरपालिकाको बजेट रु ५३ करोड

२०७४ श्रावण २७ शुक्रबार, बैतडी । जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ । ... बाँकी अंश»

समन्वय समिति स्याङ्जाको प्रमुखमा महिला

२०७४ श्रावण २६ बिहिबार, स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य सिता कुमारी सुन्दास बिजयी भएकी छन् । उनीको जित सँगै स्याङ्जा र देशले पहिलो महिला समन्वय समितिको प्रमुख पाएको हो । ... बाँकी अंश»

मुसिकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

२०७४ श्रावण २६ बिहिबार, गुल्मी। मुसिकोट नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्ंथागत विकास, सेवा प्रवाह र सुशासन गरी ५ प्रकारका कार्यक्रमहरु आर्थिक बर्ष २०७४÷०७५ का लागि सार्वजनिक गरीएको हो । ... बाँकी अंश»

महाराजगंज नगरपालिकाको बजेट ४१ करोड

२०७४ श्रावण २६ बिहिबार, कपिलवस्तु । कपिलवस्तु स्थित महाराजगंज नगरपालिकाको चालु आर्थिक बर्षको बजेट ४१ करोड १४ लाख ३८ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिको प्रथम नगर सभामा मेयर अब्दुल कलाम खाले प्रस्तुत गरेको सो बजेटमा चालु तर्फ ७ लाख ७४ हजार र २५ करोड ६ लाख ६४ हजार पुजीगत बजेट बिनियोजन गरिएको छ । जसमध्ये १० करोड ७८ लाख ७४ हजार सशर्त अनुदान रहेको छ । तत्काली अवश्यक्ता र ठुला आयोजनालाई प्राथमिकता दिईएको मेयर कलामले बताए । ... बाँकी अंश»

जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी

२०७४ श्रावण २५ बुधबार, पाल्पा । पाल्पा जिल्ला समन्वय समिति पाल्पाको प्रमूखमा नेकपा एमालेका दयाराज बस्याल प्यानलै सहित विजय भएका छन् । मंगलवार भएको निर्वाचनमा १३ मत प्राप्त गरि बस्याल विजयी भएका हुन । ... बाँकी अंश»

गाँउपालिकाले आयोजना गरेको शिविरमा १७८ थान नागरिकता वितरण 

२०७४ श्रावण २५ बुधबार, पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा सञ्चालन भएको शिविरमा १७८ जनाको नागरिकता वितरण गरिएको छ । ... बाँकी अंश»

जनप्रतिनिधिले चटक देखाउने होइन, विकासमा ध्यान दिनुपर्दछ : ओली

२०७४ श्रावण २४ मंगलबार, इलाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

घरदैलोको चटारोमा मेयर रेणु, भन्छिन्ः जनताले जिताए, उहाँहरुको योजना बुझेर काम गर्छु

२०७४ श्रावण २४ मंगलबार, चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचिच मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् । सगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् । नेपाल कै महानगरको पहिलो महिला मेयर बन्नु भएको रेणु दाहल दुई दिन यता वडा १९ र २० मा जनताले आफुहरुलाई बधाई लिन आउन आग्रह गरे अनुसार नै सक्रिय भएको बताईन् । ... बाँकी अंश»

मकवानपुरमा एमाले विजयी

२०७४ श्रावण २३ सोमबार, हेटौडा। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखमा नेकपा (एमाले)का रघुनाथ खुलाल १४ मत प्राप्त गरी विजयी भएका छन् । ... बाँकी अंश»

काँग्रेसको एकल बहुमत रहेको नुवाकोट जिससमा एमाले माओवादी गठबन्धन 

२०७४ श्रावण २३ सोमबार, त्रिशूली(नुवाकोट)। जिल्ला समन्वय समितिको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस र एमाले–माओवादी गठवन्धनले जिससका लागि उम्मेदवार दर्ता गराएको हो । ... बाँकी अंश»

जिल्ला समन्वय समिति मकवानपुरमा नेकपा एमालेको प्यानलै

२०७४ श्रावण २३ सोमबार, मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरमा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । सोमबार भएको निर्वाचनमा प्रमुखमा नेकपा एमालेका रघुनाथ खुलाल १४ मतसहित विजयी भए भने प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद दाहालले ६ मत प्राप्त गरे ।  ... बाँकी अंश»

नयाँ