स्थानीय सरकार

डोल्पा जिससमा सम्पूर्ण पदाधिकारी निर्विरोध, एमालेको बहुमत

२०७४ श्रावण १७ मंगलबार, दुनै । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । ... बाँकी अंश»

गाँउपालिका अध्यक्षको प्रतिबद्धता : एक वर्ष भित्रमा सडक, विद्युत र खानेपानी

२०७४ श्रावण १६ सोमबार, पाल्पा । रैनादेवि छहरा गाँउपालिकाका अध्यक्ष राम बहादुर कार्कीले एक वर्ष भित्रमा तीन वटा विकास निर्माणका काम सम्पन्न गर्ने बताएका छन् । । रैनादेवि छहरा गाँउपालिका वडा नम्वर २ सोमादीमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रत्येक वडामा मोटरबाटो , विद्युत् र स्वच्छ खानेपानीको सुविधा पुर्‍याउने बताए । ... बाँकी अंश»

सर्वेन्द्र खनाल र विद्यासून्दर शाक्य एकै ठाउँमा

२०७४ श्रावण १६ सोमबार, काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चले काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला छलफल गरेको छ । ... बाँकी अंश»

बाजुराका १६ गाविस पहिरोको उच्च जोखिमा

२०७४ श्रावण १६ सोमबार, बाजुरा। जिल्लाका १६ गाविसका बासिन्दा अहिले पहिरो आउने चिन्तासंगै वर्षा विताउन बाध्य भएका छन् । लामो समयको खडेरीपछि पानी पर्न थालेपछि पहिरोको जोखिम बढदै गएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये साविकका १६ गाविस पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ । ... बाँकी अंश»

काठमाडौँ महानगरमा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा वृद्धि 

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा ६०० ले वृद्धि भएको छ । ... बाँकी अंश»

काठमाडौं महानगर प्रमुखले गरे रातारात आर्थिक ऐनमा व्यापक परिवर्तन

२०७४ श्रावण १२ बिहिबार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मनमौजी शैलीमा आर्थिक ऐनमा व्यापक परिवर्तन गरेका छन् । उनले महानगरको नगरसभालाई वाइपास गर्दै आर्थिक ऐनमा व्यापक परिवर्तन गरेका हुन् । महानगरपालिकाले गत असार ३१ गते आर्थिक वर्ष २०७४ ७५ का लागि पारित गरेको आर्थिक ऐन आफू अनुकूल नभएको भेटिएपछि महानगरपालिकाले रातारात पुरानो आर्थिक ऐनलाई हटाएर नयाँ ऐन ल्याएको भेटिएको हो ।  ... बाँकी अंश»

अन्योलमा स्थानीय ऐन : कुरै उठाउँदैनन् सांसद्, विधेयकमा हस्ताक्षर गर्नै मान्दिनन् सभामुख

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । गत आईतबार ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले राजश्व सचिव शिशिर ढुंगानासँगको टेलिफोन वार्तागरेपछि ललितपुर महानगरपालिकाले आफ्नो पूर्व निर्णयबाट पछि हट्दै पुरानै अवस्थामा २ प्रतिशत कर उठाउन सुरु गर्‍यो । ... बाँकी अंश»

काठमाडौं महानगरपालिकामा आजदेखि घरजग्गा कर उठाउन रोक 

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्रभित्र घरजग्गा कर उठाउन रोक लगाएको छ । बजेट बनाउने समयमा घरबहालको सम्बन्धमा गम्भीर प्राविधिक त्रुटी देखिएपछि महानगरपालिकाले बुधबार नै एउटा परिपत्र जारी गरी तत्कालको लागि कर उठाउन रोक लगाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।  ... बाँकी अंश»

स्थानीय जनप्रतिनिधिले पनि सम्पत्तिको विवरण बुझाउनुपर्ने

२०७४ श्रावण ११ बुधबार, काठमाडौँ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्रमुख पर्शुराम पोखरेलले जानकारी दिए । ... बाँकी अंश»

काठमाडौं महानगरपालिकाका व्यवसायीहरु ललितपुरतिर 'सिफ्ट' !

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । वानेश्वरमा ५ वर्षदेखि कम्प्युटर रिपेयर सेन्टर सञ्चालन गरिरहेका धादिङका सुदीप खनाललाई गत आईतबार विहानै घरबेटीले कर बढेको खबर सुनाए । यही पारा चलिरहने हो भने अहिले तिर्दै आएको शुल्कमा १० प्रतिशत बढी भाडा तिर्नुपर्छ भनेपछि उनी यो व्यवस्थाको अन्त्य नभए काठमाडौं छाडेर नजिकैको अर्काे ठाउँमा सेन्टर सार्ने तयारीमा रहेको बताए ।  ... बाँकी अंश»

एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

२०७४ श्रावण ११ बुधबार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । ... बाँकी अंश»

राजश्व सचिवसँगको कुराकानीपछि ललितपुरले बढाएन घरबहाल कर, यस्तो भयो समझदारी

२०७४ श्रावण ९ सोमबार, काठमाडौं । राजश्व सचिव शिशिर ढुंगानासँगको टेलिफोन वार्तापछि ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४ ७५मा घरबहाल कर शीर्षकमा उठाउने भनिएको १२ प्रतिशत कर तत्कालको लागि नउठाउने भएको छ । यस अघि २ प्रतिशत उठाउँदै आएको महानगरले गत असार ३१ गतेको पहिलो नगरकार्यसमितिको बैठकबाट आन्तरिक राजश्व विभागले पनि उठाउँदै आएको १० प्रतिशत समेत समेत समेटेर १२ प्रतिशत कर उठाउने निर्णय गरेको थियो । तर तत्कालको लागि २ प्रतिशत मात्रै कर उठाईने भएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।   ... बाँकी अंश»

काठमाडौंको जिल्ला समन्यव समिति २९ साउनसम्म चयन गर्नैपर्ने

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । काठमाडौंको जिल्ला समन्वय समिति साउन २९ गतेभित्र चयन गरिसक्नुपर्ने भएको छ । मुख्य निर्वाचन अधिकारीको कार्यालय स्थापना भएको २१ दिनभित्र समन्वय समिति गठन गर्नैपर्नै बाध्यता आएको हो । आईतबार कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले अबको ५ दिनभित्र निर्वाचन तालिका सार्वजनिक हुने बताए। ... बाँकी अंश»

ललितपुर महानगरपालिकाभित्र करको दरमा परिवर्तन, के-केमा भए परिवर्तन ? 

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४ ७५ को लागि करदाताको दायरा बढाउने क्रममा केही शीर्षक भित्रपर्ने करको दरमा परिवर्तन गरेको छ । चालू आर्थिक वर्षकोलागि महानगरपालिकाले व्यवसाय कर, सफाई महसुल, विज्ञापन कर, सिफारिस दस्तुर र घर बहाल कर शीर्षकको दरमा केही परिवर्तन गरेको हो ।  ... बाँकी अंश»

महानगरपालिकाको कर वृद्धिप्रति चेम्बरको आपत्ति

२०७४ श्रावण ४ बुधबार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनाइएको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४-७५ का निम्ति स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न गरिएको अत्यधिक कर वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

पराजुलीले पनि प्रभाव छोड्न थाले : विराटनगर महानगर क्षेत्रका १४ सडक चिल्ला पारिँदै

२०७४ श्रावण ४ बुधबार, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकै पटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको छ । नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत सडक व्यवस्थित एवं पुनःनिर्माण हुन लागेको हो । ... बाँकी अंश»

ललितपुर महानगरले तत्काल १२ प्रतिशत घरबहाल कर नउठाउने 

२०७४ श्रावण ४ बुधबार, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्रका करदाताहरुसँग तत्काल १२ प्रतिशत बहालकर नउठाउने भएको छ । स्थानीय तहको संविधान प्रदत्त अधिकार भएपनि महानगरबासीलाई महानगर र राजश्व विभागले समेत कर उठाउँदा दोहोरो कर लाग्नसक्ने भएकोले अर्थमन्त्रालयसँग समन्वय गरेर मात्रै कर उठाउने भएको हो ।  ... बाँकी अंश»

भवन निर्माणमा काठमाडौंको पहिचान झल्काउनुहोस् : प्रधानमन्त्री

२०७४ श्रावण ४ बुधबार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको मौलिक पहिचान झल्किने गरी संरचनाहरु निर्माण हुनेगरी नीति ल्याउन निर्देशन दिएका छन् । ... बाँकी अंश»

विराटनगर महानगरपालिकाले नगरक्षेत्रका १४ वटा सडकको स्तर उन्नती गर्ने

२०७४ श्रावण ४ बुधबार, विराटनगर ।विराटनगर महानगरपालिकाले विराटनगरक्षेत्रको विकासका लागी एकैपटक १४ वटा सडकको स्तरउन्नतीका लागी काम शुरु गरेको छ । नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत उक्त सडक व्यवस्थिन एंव पुन निर्माण हुन लागेको हो । ... बाँकी अंश»

केन्द्र-स्थानीय सरकारबीचको द्वन्द्व  : १२ प्रतिशतको बहाल कर अब २२ प्रतिशत तिर्नुपर्ने

२०७४ श्रावण ४ बुधबार, काठमाडौं । केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा विभिन्न शीर्षकमा जनताबाट उठाईने दोहोरो करको प्रत्यक्ष मारमा भने उपभोक्ताहरु पर्न थालेका छन् । अहिले दुबै निकायबाट आ आफ्नो तरिकारले बहालकर उठाउँदा १२ प्रतिशत कर तिर्दै आएका करदाताहरु अब २२ प्रतिशत कर तिर्न बाध्य भएका छन् ।  ... बाँकी अंश»

नयाँ