संसद

मलेसिया जाने नेपालीमाथिको ठगी रोक्न संसदीय समितिको निर्देशन

२०७३ मङ्सिर ९ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । वहिबार बसेको समिति बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च अधिकारीसँगको छलफलपछि कामदार नेपालीसँग  ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’,  ‘वान स्टप सेन्टर’ लगायतका नाममा मलेसियास्थित विमानस्थल र मलेसियन कम्पनीको नेपाल ... बाँकी अंश»

सांसदको सुविधा सम्बन्धी विधेयक स्वीकृत

२०७३ मङ्सिर ५ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ ।    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथि परेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।    विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ... बाँकी अंश»

पुनःनिर्माणको काम प्रभावकारी भएनः सांसद

२०७३ मङ्सिर ५ आइतबार, काठमाडौँ। व्यवस्थापिका– संसद्को आइतबारको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उनिहरुले सरकारको ध्यानाकर्षण गराए । पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै सांसदले पुनःनिर्माणको काम कारबाही प्रभावकारी ... बाँकी अंश»

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

२०७३ मङ्सिर २ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच विधेयक प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका–संसद्का विभिन्न मितिको बैठकबाट पारित भएका नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन), विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन (दोस्रो संशोधन) २०७३ गत सोमबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । विधेयक प्रमाणीकरण भएपछि सरकारलाई अब बजेट कार्यान्वयनका लागि मार्ग प्रसस्त भएको ... बाँकी अंश»

संसदीय समितिलाई नटेरेकोबारे तयार प्रतिवेदन संसद् बैठकमा पेश हुने

२०७३ मङ्सिर १ बुधबार, काठमाडौं । व्यवस्थापिका–संसद्को विकास समितिले सरोकारवाला सरकारी निकायलाई दिएको निर्देशन कार्यान्वयन नभएको प्रतिवेदन संसद् बैठकमा पेश हुने भएको छ । समितिले पत्रकार सम्मेलन गरेर ठेक्का लिएर पटक–पटक विकास निर्माणका काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले कालोसूचीमा नराख्दा काम प्रभावित हुने गरेको जानकारी गराइयो । विकास निर्माण सरोकारवाला निकायका कारण भएको ढिलाइसम्बन्धी प्रतिवेदन १५ दिनभित्र संसद् बैठकमा पेस गर्ने तयारी भएको समितिका सभ ... बाँकी अंश»

संसदमा अब सांसद–मन्त्रीबीच सवाल जवाफ, कस्तो होला भिडन्त ?

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । व्यवस्थापिका–संसद्मा अब जनताका प्रत्यक्ष सरोकारका विषयमा संसद्–मन्त्रीबीच प्रत्यक्ष सवाल जवाफ हुने भएको छ । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा मंगलबार मुख्य दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको संयुक्त बैठकले सदन एवम् सरकारलाई जनताप्रति बढी उत्तरदायी बनाउन प्रश्न–उत्तरको व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार जनताको प्रत्यक्ष सरोकारका विषयमा सांसदले लिखित रुपमा सदनमा प्रश्न राख्ने र त्यसपछि उक्त प्रश ... बाँकी अंश»

सांसदहरुको तलब भत्ता सम्बन्धि विधेयक स्वीकृत, मन्त्रीको प्रस्तावविरुद्ध खनिए सांसद

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । व्यवस्थापिका–संसद बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीस्कृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सदनमा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सुझाव दिँदै सांसद कृष्णभक्त पोखरेलले सांसद अर्कै लोकका प्राणी र जनता अर्कै भूमिका मानिस हुन् भने जसरी सांसदहरुको मात्र सुविधा बढाउने ढङ्गले आएको प्रस्तावलाई ... बाँकी अंश»

सुजातालाई ५० लाख दिइएकामा सांसदले गरे संसदमा हंगामा

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताए । उनले भने, “जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व् ... बाँकी अंश»

महाभियोग माथिको छलफल जारी, अर्को बैठक सोमबार

२०७३ कार्तिक २६ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलमा १७ जना सांसदले भाग लिएका छन् । बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गरे ।    उनीहरुले निलम्बित प्रमुख कार्कीले संविधान र कानुनको उपहास गरेको, पदीय आचरण विपरितको काम गरेको तथा सार्वभौमसत्ता सम्पन्न संसद्लाई बेवास्ता गरको आरोप लगाए ।    शुक्रबारको बैठक ... बाँकी अंश»

यो महिना भित्रै संविधान संशोधन हुन नसक्ने कारण यसो भनिन् सभामुखले

२०७३ कार्तिक २३ मंगलबार, विराटनगर । सभामुख ओनसरी घर्तिमगरले संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकै ठाउँमा आउनुको विकल्प नभएको बताएकी छन् । विराटनगर विमानास्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै सभामुख घर्तिमगरले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकाले त्यसका लागि सबै राजनीतिक दलहरुबीच गहन छलफल र वार्ता हुन जरुरी रहेको बताइन् । सभामुख घर्तिमगरले संविधान कार्यान्वयन नभएसम्म राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत हुन नसक्ने भन्दै दलहरु एक ठ ... बाँकी अंश»

ऐनले वन्यजन्तुको संरक्षणसँगै सदुपयोगलाई समेट्नुपर्छ

२०७३ कार्तिक १० बुधबार, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको संरक्षणसँगै दिगो विकास र सदुपयोगलाई वन्यजन्तु संरक्षण ऐनले समेट्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिले बुधबार गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको निधेयक, २०७१ को संशोधन प्रस्तावमाथिको छलफलमा सांसदले संविधानका आधारमा मात्रै ऐन संशोधन गर्नुपर्ने धारणा राखे । समितिका सभापति जनकराज चौधरीले चार पटकसम्म संशोधन गर ... बाँकी अंश»

लम्बियो महाभियोगबारेको छलफल : संसद २५ कार्तिकसम्म स्थगित

२०७३ कार्तिक ९ मंगलबार, काठमाडौं । व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध प्रस्तुत महाभियोगको छलफल लम्बिएको छ ।   मंगलबार दिउँसो बसेको संसद बैठकमा महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले टेबल गरेपछि सैद्धान्तिक छलफल आरम्भ भयो । संसद बैठक कार्तिक २५ गतेसम्मको लागि स्थगित भएसंगै छलफल लम्बिएको हो ।  बैठक कार्तिक २५ गते दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयका सह– ... बाँकी अंश»

लोकमान अपारदर्शी र एकलकाटे : महाभियोग प्रस्तावक शाही

२०७३ कार्तिक ९ मंगलबार, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल आरम्भ भएको छ ।    महाअभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले बैठकमा प्रस्ताव पेश गर्दै लोकमानसिंह कार्कीले अनुचित कार्य र भ्रष्टाचारलाई प्रश्रय दिएको उल्लेख गरे ।    उनले कार्की अपारदर्शी र एकलकाटे ढंगले काम गरेको र आफै मुलुकको कार्यकारी हो भन्ने हेक्का राखेर राष्ट्र सेवक र नीति निर्माताहरुलाई लखेटेको बताए ।&nb ... बाँकी अंश»

संसदीय टोलीद्धारा महिला उद्यमीको अवस्था अध्ययन

२०७३ कार्तिक ९ मंगलबार, बाबियाचौर । संसदीय टोलीले महिला उद्यमीको अवस्था अध्ययन गरेको छ । व्यवस्थापिका–संसद्, महिला उद्यमशीलता विकास उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँच सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेको उद्योगको अध्ययन गरेको हो ।    टोलीमा सांसद कान्ता भट्टराई, अनारकली मिया, मीना चौधरी र राज्यलक्ष्मी श्रेष्ठ, मन्त्रालयका सहसचिव सुदर्शन सापकोटा, संसद् सचिवालयका सुदर्शन खड्का, लघुउद्यम विकास कार्यक्रमका प्रमुख सल ... बाँकी अंश»

एक वर्षभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउन संसदीय समितिको निर्देशन

२०७३ कार्तिक ८ सोमबार, काठमाडौं। व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमासमेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।    सोमबारको समिति बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिए ।    “सन् २००७ मा मेलम्चीको पानी ... बाँकी अंश»

वायु सेवा निगमको साख गिराउने पदाधिकारीलाई कारबाही गर्न निर्देशन

२०७३ कार्तिक ७ आइतबार, काठमाडौं । व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको साख गिराउने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीलाई छानबिन गरी कानुनी कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।    समितिको आइतबार बसेको बैठकले निगमलाई ठूलो घाटा लागेको सन्दर्भमा निजी वायु सेवा कम्पनीसँग मिलेमतो गरी निगमको साख गिराउने कार्यमा संलग्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्या ... बाँकी अंश»

महाभियोगको प्रक्रिया अघि बढिसक्यो, चलखेलले केही विगार्दैन : सभामुख घर्ती

२०७३ कार्तिक ७ आइतबार, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्ताव अघि बढिसकेकाले त्यसमा कसैले खलखेल गर्न नसक्ने बताएकी छन् ।    आइतबारको संसद बैठकबाट बाहिरिने क्रममा संचारकर्मीलाई प्रतिक्रिया दिँदै सभामुख घर्तीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढिसकेकेकाले चलखेलले केही नविगार्ने बताइन् । उनले भनेकी छन्, ‘प्रस्तावकले नै प्रस्ताव फिर्ता लिनुभयो भने अर्कै कुरा हो । नभए तलमाथि हुन सक्दैन ।’   सभामु ... बाँकी अंश»

जीवाणु तथा विषाक्त हतियारको विकास र तिनलाई नष्ट गर्ने महासन्धि अनुमोदन

२०७३ कार्तिक ७ आइतबार, काठमाडौं । व्यवस्थापिका– संसद्ले जीवाणु (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धिलाई आइतबार बहुमतले अनुमोदन गरेको छ ।    यसअघि परराष्ट्रमन्त्री प्रकाशशरण महतले सो महासन्धिलाई पारित गरियोस् भनी सदन समक्ष प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्तावमाथिको छलफलमा रामनारायण बिंडारी, गणेशमान गुरुङ, रामहरि सुवेदी र अनुराधा थापा मगरले भाग लिए ।     छलफलमा भाग लिने सांसदहरुले ... बाँकी अंश»

संसद बैठक बस्दै, अख्तियार प्रमुखको महाअभियोग दर्ता हुँदै, काँग्रेस निर्णायक

२०७३ कार्तिक ७ आइतबार, काठमाडौं । व्यवस्थापिका संसदको आइतबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत हुने भएको छ।     गत बुधबार साँझ संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा संसद बैठकमा सैद्धान्तिक छलफल हुनेछ।    बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावमा कहिले छलफल गर्ने भन्ने सम्बन्धमा समय तोक्ने संसद सचिवालयले जनाएको छ ।      ... बाँकी अंश»

सभामुख घर्तीको जेनेभा भ्रमण रद्द

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं । सभामुख ओनसरी घर्तीले स्वीट्जरल्याण्डको जेनेभा भ्रमण रद्द गरेकी छन् । व्यवस्थापिका–संसद्मा वुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख घर्तीले जनेभा भ्रमण रद्द गरेकी हुन् ।    सभामुखले सात दिन भित्र उक्त प्रस्तावमा कारबाही अघि बढाउनु पर्ने भएकै कारण भ्रमण रद्द गर्नु परेको हो । सभामुखले विहिबारको बैठक आन्तरिक तयारीका लागि भन्दै आइतबारका लागि सारेकी ... बाँकी अंश»

नयाँ