संसद

सभामुख घर्तीको जेनेभा भ्रमण रद्द

२०७३ कार्तिक ४ बिहिबार, काठमाडौं । सभामुख ओनसरी घर्तीले स्वीट्जरल्याण्डको जेनेभा भ्रमण रद्द गरेकी छन् । व्यवस्थापिका–संसद्मा वुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख घर्तीले जनेभा भ्रमण रद्द गरेकी हुन् ।    सभामुखले सात दिन भित्र उक्त प्रस्तावमा कारबाही अघि बढाउनु पर्ने भएकै कारण भ्रमण रद्द गर्नु परेको हो । सभामुखले विहिबारको बैठक आन्तरिक तयारीका लागि भन्दै आइतबारका लागि सारेकी ... बाँकी अंश»

सांसदहरुले लोकमानको कुरा उठाएकै भोलिपल्ट महाभियोग समिति गठन

२०७३ कार्तिक ३ बुधबार, काठमाडौं । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ ।    व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएकामा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो ।    नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ ।    उक्त समितिमा नेपाली काँग्रेसका ज् ... बाँकी अंश»

चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत

२०७३ कार्तिक २ मंगलबार, काठमाडौं। व्यवस्थापिका– संसद्को आजको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।   सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सदनको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए।   यसैगरी बैठकमा परराष्ट्रमन्त्री डा महतले जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम ... बाँकी अंश»

वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा लगिने

२०७३ कार्तिक २ मंगलबार, काठमाडौँ । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेश गरिने भएको छ ।    व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबार बसेको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेश गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता जनाएको हो ।    समिति सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्य ... बाँकी अंश»

कांग्रेस सांसदले सदन हल्लाए, ‘हिन्दी’ सरकारी कामकाजको भाषा के आधारमा हुने ?

२०७३ असोज ३० आइतबार, काठमाडौं । सांसदहरुले अहिले सर्वत्र चर्चा भइरहेका विषयहरुमा गम्भीर बन्न सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद बैठकको विशेष समय मागेर कांग्रेस सांसद धनराज गुरुङले मधेशका ७७ हजार नागरिकले बोल्ने हिन्दी भाषालाई संविधानमा राख्ने कुरा भाषिक सहिष्णुता र राष्ट्रियतामाथिकै हस्तक्षेप भएको बताए ।   सांसद गुरुङले भने, ‘हिन्दी भाषालाई नेपालको संविधानमा कामकाज र सरकारी भाषा बनाउने कुराले अहिले सडक र सदनसम्म प्रवेश पाएको छ । यो विषयमा कि ... बाँकी अंश»

अधिवक्ता वैदिकको सुनुवाईबारे सूचना सार्वजनिक गर्ने निर्णय

२०७३ असोज ३० आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसको संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषदको सदस्यमा प्रस्तावित अधिवक्ता पदमप्रसाद वैदिकको संसदीय सुनुवाइका लागि आम सञ्चारमध्यममार्फत् सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।    आइतबार बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । नयाँ संविधान अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले वैदिकको नाम न्याय परिषद्को सदस्य पदमा प्रस्ताव गरे अनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसदीय सुनुवार्इका लाग ... बाँकी अंश»

छ आयोगसम्बन्धी प्रस्ताव स्वीकृत

२०७३ असोज १६ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्ले छ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । त्यसअघि बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।    शनिबारको बैठकमा राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ लाई छलफलका लागि समिति ... बाँकी अंश»

सहकारी विधेयक सदनमा

२०७३ असोज १४ शुक्रबार, काठमाडौँ। व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको शुक्रबारको बैठकमा सो प्रस्तावलाई सदन समक्ष प्रस्तुत गरेका हुन् ।    सो विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सहकारी र वाणिज्य बैँकबीचको काम ... बाँकी अंश»

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिमा

२०७३ असोज १३ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को विहिबारको दोस्रो बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।    शिक्षामन्त्री धनिराम पौडेलले उक्त प्रस्ताव सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए ।    आजैको बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीद्वारा प्रस्तुत ‘उद्योग, वाणिज्य तथा उपभोक्ता हि ... बाँकी अंश»

तीन वटा आयोग गठनको विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७३ असोज १२ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा संविधानले व्यवस्था गरेका विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।    सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बैठकमा ‘राष्ट्रिय दलित आयोग विधेयक, २०७३’, ‘राष्ट्रिय समावेशी आयोग विधेयक, २०७३’, ‘आदिवासी जानजाति आयोग विधेयक, २०७३’, माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।    छलफलमा उठेका प्र ... बाँकी अंश»

संसदमा समसामयिक विषयको चर्चा, सरकारको ध्यानाकर्षण

२०७३ असोज १२ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्मा सांसदहरुले वुधबारको संसद बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।    सांसद अईन्द्रसुन्दर नेम्वाङले बेर्सेनि विषालु च्याउ खाएर सर्वसाधारणको ज्यान गइरहेकोले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने तथा यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नुपर्ने बताए ।    सांसद अञ्जली श्रेष्ठले पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै गएको सम्बन्धमा पहल गर्न सरकारको ध्यानाकर ... बाँकी अंश»

संसद बैठक : तीन दलको सहमतिबारे जङ्गीयो राप्रपा नेपाल

२०७३ असोज ११ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत साना दलले विगतको जिविसको इलाकालाई आधार मानेर स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने भन्दै तीन दलको सहमतिमा आपत्ति जनाएका छन् ।    राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सभामुखसँग समय मागेर तीन दलबीच विगतको इलाका (९२७)लाई आधार बनाउनेबारे सहमति भएको भन्ने समाचार आएको बताउँदै त्यस्तो सहमति भएको हो भने संविधानको उल्लङ्घन र प्रजातान्त्रिक मूल्य ... बाँकी अंश»

गगन थापाले छोडेको कृषि–जलस्रोत समिति सभापतिको निर्वाचन शुक्रबार

२०७३ असोज १० सोमबार, काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिको सभापति चयनका लागि आउँदो शुक्रबार निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्तीले सोमबार आफ्नो कार्यकक्ष सिंहदरबारमा डाकेको प्रमुख तीन दलका नेता एवं प्रमुख सचेतकको बैठकले सभापति चयनका लागि शुक्रबार निर्वाचन गर्ने निर्णय गरेको हो ।    त्यसको थप कार्यविधि र सार्वजनिक लेखा समितिको सभापति चयनका लागि विहिबार बस्ने बैठकले थप निर्णय गर्ने सभामुख घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए । यसअघि कृषि ... बाँकी अंश»

स्थिर परराष्ट्रनीतिका लागि थिङ्ट्याङ्क गठनमा जोड

२०७३ भदौ ३१ शुक्रबार, काठमाडौँ, ३१ भदौ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा नेपालको परराष्ट्र नीति, उत्तर–दक्षिणमा रहेका सीमा स्तम्भको व्यवस्थापन, बौद्धिक समूहको गठन, स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।    समितिको आजको बैठकमा सदस्यहरुले अध्यागमन कार्यालयका काम कारबाहीलाई पनि थप चुस्त र व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए।    लोकसेवा आयोग र नेपाली सेनाबीच देखिएको समस्याको निराकरण, दक्षिण सुडानमा शान्ति स्थापना कार्यमा खटिए ... बाँकी अंश»

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेश, गोविन्द केसीको माग पूरा होला ?

२०७३ भदौ २९ बुधबार, काठमाडौं ।  शिक्षामन्त्री धनिराम पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेश गरेका छन् । मन्त्री पौडेलले वुधबार सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् ।    चिकित्सा शिक्षा ऐनको माग राख्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीको माग कार्यान्वयनबारे प्रधानमन्त्रीले निर्देशन दिएको भोली पल्टै मन्त्री पौडेलले चिशित्सा शिक्षा विेधेय सदनमा पेश गरे ।    विधेयक पास भए चिकित्सा शिक्षा एने बनाउने बाट ... बाँकी अंश»

प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डा सदनलाई सुनाए

२०७३ भदौ २९ बुधबार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताएका छन् ।    व्यवस्थापिका–संसद्को वुधबारको बैठकमा विहिबारबाट हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच रहँदैआएको सहयोगात्मक सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमणबाट थप सहायोग पुग्ने विश्वास व्यक्त गरे ।    प्रधानमन् ... बाँकी अंश»

सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन विधेयक प्रस्ताव स्वीकृत

२०७३ भदौ २७ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।    विधेयकको सैद्धान्तिक पक्षमा उठेका छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले एक वर्षअघि सरकारले सो विधेयक ल्याउने निर्णय गरेको जानकारी गराउँ ... बाँकी अंश»

गणपूरक सङ्ख्या नपुगेपछि संसद बैठक स्थगित

२०७३ भदौ २४ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक अन्तिम समयमा आएर गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ ।    बैठकमा गणपूरक सङ्ख्याका बारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाउनुभएको थियो । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद् सचिवालयका कर्मचारीलाई सदस्यको सङ्ख्या गणना गर्न निर्देशन दिनुभयो ।    सङ्ख्या गणना गर्नका लागि तीन मिनेटको घन्टी बजाएर समय प्रदान गरिएको थियो । सो समयमा पनि बैठकमा १२६ जना मात्र सदस्य रहेको तथ्याङ्क सचिवालयले सङ् ... बाँकी अंश»

आश्वासन बाँड्नभन्दा दिइएका आश्वासन पूरा गर्न आग्रह

२०७३ भदौ २० सोमबार, काठमाडौँ । भूकम्पपीडित जनतालाई मीठो आश्वासन बाँड्नभन्दा दिइएका आश्वासन पूरा गर्न सांसदहरुले सरकारसित माग गरेका छन् ।  उनीहरुले भूकम्पपीडित जनताका समस्यालाई ओझेलमा पारेर सरकार बनाउने र गिराउने खेल नखेल्न पनि राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए ।    व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा उनीहरुले पुनःनिर्माणका सामग्री अभाव हुन थालेकामा चिन्ता व्यक्त गर्दै प्रभावित जिल्लामा निर्माण सामग्री बैंक स्थापना गर्न आग्रहसमेत गरे । भ ... बाँकी अंश»

चार विधेयक पारित

२०७३ भदौ १६ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।    यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्याना ... बाँकी अंश»

नयाँ