संसद

भाषणवाजीका लागि शून्य समय

२०७३ भदौ १४ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसदमा शून्य समयमा विभिन्न पार्टीका सांसद्ले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । यद्यपि, सांसदहरुले शून्य समयमा राखेका विषय सुन्ने सरकारका मन्त्री र शीर्ष दलका नेताहरु बैठकमा उपस्थित हुँदैनन् ।    उनीहरुको बोली भाषणवाजी जस्तो मात्र हुने गरेको छ । केही दिन अघि संसद बैठकमै सांसदहरुले नै महत्वपूर्ण विषय सुन्नु पर्ने र राख्नु पर्ने सरकारका मन्त्री तथा शीर्ष दलका नेताहरु बाहिर गएर बोल्ने तर संसदमा उपस्थित नहु ... बाँकी अंश»

विकास समितिको वार्षिक प्रतिवेदन पेस

२०७३ भदौ १३ सोमबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।    समितिका सभापति रवीन्द्र अधिकारीले सदनसमक्ष विकास समितिको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अधिकारी समितिले भूकम्पपछिको पुनःनिर्माण, विकास निर्माण र अन्य समितिका कामका सम्बन्धमा सरोकारवाला निकायसँग भएका छलफल र दिएको निर्देशनका बारेमा जानकारी गराउँदै अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको बताए ।    समितिले दिएका निर्देशनको कार्यान्वय ... बाँकी अंश»

संसद बैठक : सवारी दुर्घटना देखि खुमबहादुरले गोली चलाएको सम्म कुरा उठ्यो

२०७३ भदौ १३ सोमबार, काठमाडौं। व्यवस्थापिका–संसदको विशेष समयमा भाग लिने अधिकांश सांसदले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र मुलुकको समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।    सांसद रेशमबहादुर बानियाले सडक दुर्घटनाबाट पछिल्लो समय ठूलो जनधनको क्षति भएको हुँदा सडकलाई व्यवस्थित गर्न र सवारी चालक अनुमतिपत्र वितरण व्यवस्थालाई समयसापेक्ष तुल्याउन सुझाव दिए ।    सांसद रवीन्द्र अधिकारीले सरकार गठन भएको एक महिना बितिसक्दासमेत स्थानीय तह ... बाँकी अंश»

गृहमन्त्री निधिले भारत भ्रमणबारे सदनलाई के भने ?

२०७३ भदौ १२ आइतबार, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेको भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएका छन् ।    व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले भने – “आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको छ ।”    सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप ... बाँकी अंश»

बेपत्ता र सत्य निरुपण आयोगको ऐन संशोधन गर्न निर्देशन

२०७३ भदौ ८ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिकोे बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।    समितिको आज बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाही प्रभावकारी ढङ्गले अघि बढाउन सर्वोच्च अदालतको निर्णय एवं प्रचलित अन्तर्राष्ट ... बाँकी अंश»

संसद बेकामेः ‘बिजनेस’ नपाउँदा बैठक सात दिन स्थगित

२०७३ भदौ ६ सोमबार, काठमाडौँ ।  सरकारले ‘बिजनेस’ दिन नसक्दा व्यवस्थापिका संसद् कामविहीन भएको छ ।  बिजनेस नभएपछि सभामुख ओनसरी घर्तीले संसद् बैठक एक सातासम्मका लागि स्थगित गरेकी छिन् ।    संविधान कार्यान्वयनका महत्वपूर्ण विधेयक सदनमा धमाधम छलफल हुनुपर्ने समयमा संसद् कामविहीन भएको हो ।  साउन १९ गते संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको थियो ।     झन्डै तीन सातासम्म पनि सरकारले पूर्णता नपाउँदा सदनको बिजनेसमा सरकारको चासो पुगेको छैन ।     संविधा ... बाँकी अंश»

यातायात कानुनमा कडाई गर्न सांसदहरुको माग

२०७३ भदौ १ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा बोल्ने अधिकाश सांसदहरुले काभ्रेमा सोमबार भएको बस दुर्घटना र स्थानीय तहको पुनःसंरचनाबारे केन्द्रित रहेर आ–आफ्नाे भनाइ प्रस्तुत गरे ।     यातायात क्षेत्रमा देखिएको एकाधिकार र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको बताउँदै उनीहरुले यातायात क्षेत्रलाई नियमन गर्न बनेको कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।    बैठकमा पहिलो वक्ताको रुपमा नेपाली काँग्रेसका तीर्थबहादुर ला ... बाँकी अंश»

सभामुख घर्तीको सक्रियता बढ्यो, समिति सभापतिहरुलाई ल्याइन् एउटै टेबलमा

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदअन्तर्गतका विभिन्न समिति सभापतिसँग समितिको प्रभावकारीता र क्षेत्राधिकारबारे छलफल गरेकी छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घर्तीले समिति सभापतिहरुसंग छलफल गरेकी हुन् ।    छलफलमा समितिको क्षेत्राधिकार र संसदमा विषय प्रवेश गराउँदा हुने गरेको बाँझिने समस्या समाधानका विषयमा दोहोरो कुरा भएको संसदको विकास समिति सभापति रविन्द्र अधिकारीले हाम्राकुरालाई जानकारी दिए ।  ... बाँकी अंश»

विकास आयोजना समयमै बनाऊ

२०७३ श्रावण ३२ मंगलबार, काठमाडौँ  व्यवस्थापिका–संसद्, विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।    समितिको आजको बैठकमा समितिले सरकार परिवर्तनको असर विकास आयोजनामा पर्न नदिन र विकास आयोजनामा विनियोजित बजेट पूरै खर्च हुने अवस्था सिर्जना गर्न पनि विशेष गरी ती दुई मन्त्रालयसित आग्रह गरेको छ ।    बैठकमा सांसदले विकास आयोजनाका लागि जग्गा प्राप ... बाँकी अंश»

न्याय परिषद् विधेयक समितिमा, तीन संशोधन विधेयक पेश

२०७३ श्रावण ३० आइतबार, काठमाडौं । व्यवस्थापिका– संसद्ले न्यायपरिषद् विधेयक, २०७३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।    यसअघि प्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक दफावार छलफलका सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।    बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ... बाँकी अंश»

भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन माग

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराएका छन् ।      विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट ... बाँकी अंश»

मुद्दा सम्बोधन नभएसम्म मोर्चा सरकारमा नजाने

२०७३ श्रावण २४ सोमबार, काठमाडौँ। तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताएका छन्  ।    नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उनले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताए ।    उनले सीमाङ्कनस ... बाँकी अंश»

दाहाल सरकारपछिको पहिलो संसद् बैठक सुरु

२०७३ श्रावण २४ सोमबार, काठमाडौँ। नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सुरु भएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन्।   मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन्। दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। रासस  ... बाँकी अंश»

संसदीय सुनुवाई समिति सदस्यहरु जङ्गीए– हामीलाई बदनाम गर्ने ?

२०७३ श्रावण २० बिहिबार, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले विभिन्न मुलुकको राजदूतका लागि सिफारिस गरेका २२ जनाको संसदीय सुनुवाई जारी रहेकैबीच दलीय भागबण्डामा परेकाहरु फिर्ता हुने चर्चा चल्यो । त्यो भन्दा बढी चर्चा संसदीय समिति सदस्यहरुको भयो ।    कांग्रेस प्रमुख सचेतक एवं समिति सदस्य चिनकाजी श्रेष्ठले गुनासो गर्दै भने, ‘क्याविनेटले गरेको निर्णयबारे हामी कसैले केही भन्न र गर्न मिल्दैन ।   किन हामीलाई बदनाम गरिन्छ ? थाहा छैन । उहाँहरुबारे कुनै विवाद छैन । कस ... बाँकी अंश»

कर्मचारीतर्फका राजदूतको सुनुवाइ सकियो, राजनीतिक भागबण्डातर्फ अन्योल

२०७३ श्रावण २० बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतमध्ये विहिबार युरोपियन युनियन र बेल्जियमका लागि प्रस्तावित राजदूत लोकबहादुर थापाको सुनुवाइ गरेको छ ।  यो संगै सरकारले कर्मचारीबाट प्रस्ताव गरेकाहरुको सुनुवाई सकिएको छ ।    प्रस्तावित राजदूत थापा हाल राहदानी विभागका महानिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले प्रस्तावि ... बाँकी अंश»

प्रस्तावित थप दुई राजदूतको सुनुवाइ

२०७३ श्रावण १९ बुधबार, काठमाडौँ  । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतमध्ये आज थप दुई जनाको संसदीय सुनुवाइ गरेको छ ।    समितिले परराष्ट्र सेवामा रहनुभएका प्रस्तावित राजदूतमध्ये रमेशप्रसाद खनाल र झविन्द्रप्रसाद अर्यालको आज संसदीय सुनुवाइ गरेको हो । सरकारले खनाललाई जर्मनी र अर्याललाई इजिप्टका लागि राजदूतमा प्रस्ताव गरेको छ ।    उहाँहरु दुबै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । समितिले हिजो प ... बाँकी अंश»

प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाई, अर्को बैठक भोलि

२०७३ श्रावण १८ मंगलबार, काठमाडौँ । व्यवस्थापिका¬–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको आज संसदीय सुनुवाइ गरेको छ ।    समितिले परराष्ट्र सेवामा रहनुभएका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डा दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको संसदीय सुनुवाइ गरेको हो । उहाँहरु पाँचै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । लम्साललाई पाकिस्तान, पोखरेललाई ब्राजिल, सुवेदीलाई संय ... बाँकी अंश»

वुधबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने

२०७३ श्रावण १७ सोमबार, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया विधिवत रुपमा सुरु भएको छ । सोमबार बसेको संसद बैठकले बहुमतीय प्रक्रियामा प्रधानमन्त्री चयन गर्न निर्वाचन कार्यक्रम प्रकाशन गर्न भनेपछि संसद सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरी प्रधानमन्त्री चयन प्रक्रिया औपचारिक रुपमा सुरु गरेको हो ।    सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गरेको पत्र पढेर सुनाउँदै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर ... बाँकी अंश»

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

२०७३ श्रावण १७ सोमबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकी छन् ।    सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले सोमबार व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।    नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रध ... बाँकी अंश»

सरकारको घमण्डले लम्बियो २२ राजदूतको नियुक्ति

२०७३ श्रावण १७ सोमबार, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाई प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अघि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।    समितिको सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा समितिको बसेको बैठकले समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन नहुँदै मन्त्रिपरिषद्ले प्रस्तावित राजदूतहरुको एग्रिमो अघि बढाउने निर्णय हतारो भएको भन्दै समितिको क ... बाँकी अंश»

नयाँ