संसद

आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको भन्नेलाई मन्त्रीको यस्तो जवाफ

२०७३ असार २२ बुधबार, काठमाडौं । आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको ? भन्ने सांसद्को प्रश्नमा सम्बन्धित मन्त्रीले बजेट पुस्तक राम्रोसँग पढेर मात्र छलफलमा आउन आग्रह गरेका छन् ।    व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा केही मन्त्रीले सांसदले यथार्थलाई बढाइचढाइ गरेर प्रश्न राखेको टिप्पणी गरेका हुन् ।    वाणिज्य मन्त्री : सो क्रममा वाणि ... बाँकी अंश»

शून्य समयमा नबोली विरोधको सङ्केत

२०७३ असार २१ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा जोड दिए।   केहीले प्रश्नैप्रश्नका साथ आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका भने केहीले शून्य समय र विशेष समयमा बोलेका कुरा सम्बोधन नभएकाले एक मिनेटका लागि निर्धारित शून्य समयमा केही नबोली उभिएर साङ्केतिक विरोध गरे।   बाढीपहिरो, भूकम्पपीडितका समस्या तथा पुलपुल ... बाँकी अंश»

विशेष आर्थिक क्षेत्रको स्थापनासम्बन्धी विधेयक समितिबाट पारित

२०७३ असार २१ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।   सो विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित भएको हो । सो विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ। निर्यात प्रवद्र्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने सो विधेयकले लक्ष्य लिएको छ। सो ... बाँकी अंश»

विनियोजन शीर्षकमाथिको छलफल जारी

२०७३ असार २० सोमबार, काठमाडौँ । विनियोजन विधेयक, २०७३ अन्तर्गत आज सदनमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजनासहित विभिन्न मन्त्रालयमाथिको छलफल जारी रहेको छ । बैठकमा आपूर्ति, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा समाज कल्याण, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयका लागि विभिन्न शीर्षकमा छुट्याइएको बजेटका विषयमा बहस चलिरहेको छ ... बाँकी अंश»

मन्त्रीले आफ्नो क्षेत्रमा बजेट सीमित गरेको सांसद्को गुनासो

२०७३ असार १९ आइतबार, काठमाडौँ। विभिन्न पार्टीका सांसद्ले मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको गुनासो गरेका छन् । आज ‘विनियोजन विधेयक, २०७३’ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनिहरुले सरकारले ल्याएको बजेट लोकप्रिय भए पनि सन्तुलित नभएको गुनासो गरे ।    उनिहरुले पूर्वाधार विकास कोषमा प्रत्यक्ष र समानुपातिक सांसद्लाई फरक फरक व्यवहार गरिएको, राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा बढी आकारको बजेट आएको तथा विगतका कतिपय क्रमागत योजनालाई ... बाँकी अंश»

दुई विधेयक प्रस्तुत

२०७३ असार १७ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘न्याय परिषद् विधेयक, २०७३’ र ‘वन(दोस्रो संशोधन) विधेयक’, २०७१ प्रस्तुत भएको छ ।    कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले प्रस्तुत गरेको ‘न्याय परिषद् विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । यसअघि सांसदहरु राधेश्याम अधिकारी, जनकराज जोशी, रामनारायण बिडारी, प्रेम सुवालले उक्त विधेयकले जनताको अपेक्षालाई सम्बोधन नगरेको र न्याय दिने निका ... बाँकी अंश»

निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रभावकारी कार्यान्वयन गराउन माग

२०७३ असार १६ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्मा स्थगन पछिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नाम मात्र पुनःनिर्माण भएको कामको पुनःनिर्माण भएन, जो मन्त्री भयो उसैको क्षेत्रमा योजना अघि बढाइन्छ, राहदानी बनाउन ग्रामीण क्षेत्रमा तीन दिनसम्म धाउनुपर्ने अवस्था रहेको बताए ।    उनले शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भूसंरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाइ र अर्थ मन्त्रालयमा विनियोजित बजेटबारेको छलफलमा भाग लिँदै श्रम तथा रोजग ... बाँकी अंश»

न्याय प्रशासनसम्बन्धी विधेयक छलफलमा ल्याउन संसदको स्वीकृति

२०७३ असार १६ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्ले कानुन, न्याय तथा संसदीय मन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गरेको न्याय प्रशासन विधेयक–२०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।    उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने आवश्यकतामा जोड दिए । विधेयकमा एकल इजलासबाट मुद्दाको पुनरावलोकनको व्यवस्था राख्न नहुने भएकाले केही परिमार् ... बाँकी अंश»

अर्थ र गृहसहित सात मन्त्रालयमाथिको छलफल जारी

२०७३ असार १६ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक–२०७३ अन्तर्गत आज सात वटा मन्त्रालयसँग सम्बन्धित विषयमाथिको छलफल भइरहेको छ ।  बैठकमा शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भू–संरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाइ र अर्थमन्त्रालयका लागि विनियोजित बजेटका बारेमा छलफल चलिरहेको छ ।    विनियोजन विधेयकअन्तर्गतका विभिन्न शीर्षकमाथिको छलफल यही असार २१ गतेसम्म हुने गरी संसद् सचिवालयले कार्यसूची तय गरेको छ । विनियोजन शीर्षकमाथिक ... बाँकी अंश»

काँग्रेसले साथ दिए पनि मोर्चाले अझै साथ दिएन संसद बैठकलाई

२०७३ असार १६ बिहिबार, काठमाडौँ । व्यवस्थापिका संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भूकम्प पीडितका हकका बारेमा गर्दै आएको अवरोधले समाधानको बाटो ल्याइ संसद बैठक चालु हुँदा मधेसका मुद्दा नसमेटिंदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको मोर्चाले आफुना माग समाधान नभएको भन्दै बैठक बहिस्कार गरेको हो । सभामुख ओनसरी ... बाँकी अंश»

प्रमको संसद सम्बोधन : ‘व्यवसायीको डलरले काबुलमा जहाँज पठाएका होइनौं’

२०७३ असार १५ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदमा सम्बोधन गरिरहनु भएको छ । ओलीले अफगानिस्तानको काबुलमा भएको घटनाक्रमबारे सदनमा जानकारी गराएका छन् । ओलीले काबुल घटनाका मृतकप्रति श्रद्धान्जली दिँदै घाइतेबो शिघ्र स्वास्थ्य लाभको कामना गरे ।    सम्बोधनका क्रममा ओलीले काबुल घटनाका मृतक तथा घाइतेलाई लिन पठाइएको जहाँज आफ्नै खर्चमा पठाएको सुनाए । उनले भने, ‘यस बीचमा एउटा हल्ला चल्यो । सरकारले व्यवसायी र काम दिने कम्पनीको सहयोगमा सरकारले ... बाँकी अंश»

प्रधानमन्त्रीले माग संवोधन गरे आजै संसद चालु हुन्छ –डा.महत

२०७३ असार १५ बुधबार, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग संवोधन गरे आजैदेखि संसद चालु हुने बताएका छन् । हाम्राकुरासंगको कुराकानीमा डा. महतले जहिलेसम्म सरकार पेलेर जाने मनस्थितिमा हुन्छ तहिलेसम्म संसदको अवरोध कायमै रहने पनि जनाएका छन् । उनले आफूहरु सहमति नजिक पुगेको भन्दै आजै संसद खुल्नेमा आशावादी रहेको बताए । नेपाली काँग्रेसले केही दिनदेखि भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राख् ... बाँकी अंश»

रासायनिक मलको समस्या समाधान गर्ने उपाय खोजी गर्न समिति

२०७३ असार १३ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न एक अध्ययन समिति गठन गरेको छ ।    समितिको आजको बैठकले सांसद काशीनाथ अधिकारीको संयोजकत्वमा रासायनिक तथा जैविक मलको आयात, वितरण तथा अन्य प्रक्रियाका बारेमा स्थलगत अध्ययन समेत गर्ने गरी समिति गठन गरिएको सभापति गगनकुमार थापाले जानकारी दिए । सभापति थापाका अनुसार रासायनिक मल आयातमा निजी क्षेत्रको सहभागिता त ... बाँकी अंश»

पुनःनिर्माणको कामप्रति असन्तुष्ट प्रतिपक्षद्वारा आज पनि सदनमा अवरोध

२०७३ असार १३ सोमबार, काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भूकम्पपीडित जनतालाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक अबरुद्ध गरेको छ।   सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाउनुभयो । त्यसलगत्तै सभामुखले काँग्रेसका सांसद डा रामशरण महतलाई बोल्न समय प्रदान गरे।   नेता महतले सरकारले आफ्नो पार्टीले भूकम्पपीडितलाई आवास निर्माणका लाग ... बाँकी अंश»

कांग्रेसले सदन रोक्यो, सरकारलाई टाउको दुख्यो

२०७३ असार १२ आइतबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न अवरोध गरी अलोकतान्त्रिक र असंसदीय शैली अपनाइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नी खरेलले आरोप लगाउनुभएको छ ।    उहाँले सञ्चारकर्मीसँग प्रश्न गर्नुभयो, “सदनमा सरकारले आफ्ना भनाइ राख्न नपाउनुु योे कहाँको, कस्तो संसदीय प्रजातन्त्र हो रु” व्यवस्थापिका–संसद् बैठकबाट आज बाहिरिने क्रममा मन्त्री खरेलले प्रतिपक्षले यसोयसो भन्नुपर्छ नत्र ... बाँकी अंश»

सिटौलाका सम्बन्धमा शीर्ष तहमा छलफल गरिने

२०७३ असार १२ आइतबार, काठमाडौँ। न्याय परिषद्को सदस्य पदमा प्रस्तावित रामप्रसाद सिटौलाको सुनुवाइको वैधानिकता सम्बन्धमा उत्पन्न विवाद प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी समाधान गरिने भएको छ।   व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सिटौलाका सम्बन्धमा भएको छलफलपछि समिति सदस्यले आफ्ना दलका शीर्ष नेतासँग छलफल गरी टुङ्ग्याइने सहमति भएको हो। बैठकमा भएको सहमतिपछि अब शीर्ष नेताहरुले छलफल गरी समाधान गर्नुपर्ने समिति सभापति कुलबहादुर गुरुङले ज ... बाँकी अंश»

संसदीय सुनुवाइ सुरु गर्ने समितिको निर्णय

२०७३ असार १० शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।  समितिको आजको बैठकले प्रस्तावित न्यायाधीश एवम् विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।    समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिए । सभापति गुरुङले प्रस्तावित न्यायाधीश एवम् राज ... बाँकी अंश»

संसदीय सुनुवाई प्रक्रिया अघि बढ्यो

२०७३ असार ९ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।    समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त एवम् राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समितिका सभापति कुलबहादुर गुरुङले रासससँग कुरा गर्दै प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचना मार्फत उजुरी दिन आह्वान गर ... बाँकी अंश»

संसद सचिवालयका सचिव शर्माको जागिर सकियो

२०७३ असार ८ बुधबार, काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद् सचिवालयका सचिव मुकुन्द शर्माले उमेर हदका कारण आजबाट अनिवार्य अवकाश पाउनुभएको छ ।   विसं २०३४ पुस ६ गते प्रवेश गर्नुभएका शर्माले ३९ वर्ष छ महिना तीन दिन संसद्मा सेवा गर्नु भयो । व्यवस्थापिका–संसद् सेवामा हाल अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम रहेको छ । उहाँले लामो समयसम्म सचिवालयको प्रवक्ताको जिम्मेवारी पाउनु भएकोे थियो ।    व्यवस्थापिका–संसद् सचिवालयले सचिव शर्माको आज यहाँ आयोजना गरेको बिदा ... बाँकी अंश»

संसद् बैठक सकियो

२०७३ असार ८ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को वुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७३ को विभिन्न सात मन्त्रालयका शीर्षकमाथिको छलफल जारी रह्यो ।    आज सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयका शीर्षमाथि छलफलको कार्यसूची रहेकामा सो शीर्षकमाथि आगामी बैठकमा पनि छलफल जारी रहने भएको हो ।    सभामुख ओनसरी घर्तीले संसद्को अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्ने ... बाँकी अंश»

नयाँ