संसद

मूर्दावादको नारा नरोकिएपछि स‌ंसद् २४ गतेसम्मका लागि स्थगित 

२०७४ बैशाख २२ शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद्मा प्रधान न्यायाधीस सुशीला कार्की माथि लगाईएको महाभियोग प्रस्तावको विपक्षमा विपक्षी दलहरुले संसद् चल्न नदिएपछि संसद् बैठक बैशाख २४ गतेसम्मको लागि स्थगित गरिएको छ ।  ... बाँकी अंश»

महाभियोग प्रस्ताव १ बजेको बैठकमा टेबुल हुँदै

२०७४ बैशाख २२ शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रधान न्यायाधीस सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश गरेको छ । आफूहरुलाई छलेर संसद्मा महाभियोग प्रस्ताव अघि बढाएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।  ... बाँकी अंश»

महाभियोगबारे छलफल गर्ने भनिएको संसद बैठक स्थगित

२०७४ बैशाख २१ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को विहिबारको बैठक स्थगन भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो । ... बाँकी अंश»

संविधान संशोधन वारपार गर्ने भनिएको संसद बैठक नै सर्‍यो

२०७४ बैशाख १७ आइतबार, काठमाडौं । संविधान संशोधन प्रस्तावमा छलफल र मतदान हुने भनिएको व्यवस्थापिका संसद बैठक आउँदो विहिबारसम्मका लागि स्थगित भएको छ । ... बाँकी अंश»

राप्रपाः संविधान संशोधनको पक्षमा मतदान गर्ने

२०७४ बैशाख १७ आइतबार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

संविधान संशोधन र स्थानीय तह निर्वाचनका बारे सर्वदलीय बैठक बस्दै

२०७४ बैशाख १५ शुक्रबार, काठमाडौँ।  प्रम पुष्पकमल दहालले समयसामायीक बिषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका छन्।  ... बाँकी अंश»

संविधान संशोधन विधेयक प्रस्ताव संसदबाट स्वीकृत, अर्को बैठक १७ गते

२०७४ बैशाख १३ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । ... बाँकी अंश»

एमालेसँग कुरा मिल्यो, संसदको अवरोध खुल्यो

२०७४ बैशाख १३ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमालेसँग सरकारले स्थानीय तहको संख्या बढाउन गरेको प्रस्ताव फिर्ता लिने सहमति भएपछि संसदको अवरोध खुलेको छ । वुधबार तेस्रो पटक बसेको बैठकमा सत्ताधारी तीन दल र प्रमुख विपक्षी एमालेबीच संसद खोल्ने सहमति जुटेको हो । ... बाँकी अंश»

एमालेलाई सरकारको जवाफ चित्त बुझेन, संसद अवरुद्ध

२०७४ बैशाख १३ बुधबार, काठमाडौँ । सरकारका तर्फबाट आफूले उठान गरेका विषयमा चित्तबुझ्दो जवाफ नपाएपछि एमालेले व्यवस्थापिका–संसद्को बैठक पुनः अवरुद्ध गरेको छ । ... बाँकी अंश»

संसद बैठकमा एमालेको अवरोध

२०७४ बैशाख १२ मंगलबार, काठमाडौँ । प्रमुख विपक्षी दल एमालेले मंगलबार संसद अवरुद्ध गरेको छ । अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक १५ मिनेटका लागि स्थगित गर्नु पर्‍यो । ... बाँकी अंश»

संसदमा ओलीले भने–सरकार चितवनमा आतंक मच्चाउने ध्रुबे हात्ती, संशोधन घातक

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा घातक भएको बताएका छन् । ... बाँकी अंश»

संविधान संशोधन विधेयक पेश, एमाले मौन, नेमकिपा उफ्रियो

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । सरकारले ल्याएको दोस्रो संविधान संशोधन विधेयक संसद बैठकमा पेश भएको छ । कानुनमन्त्री अजयशंकर नायकले दोस्रो संशोधन विधेयक संसद बैठकमा टेबुल गरेका हुन् । ... बाँकी अंश»

बेकामे संसद

२०७४ बैशाख १० आइतबार, काठमाडौं । आइतबारका लागि डाकिएको संसद बैठक स्थगित भएको छ । बैठक सोमबार बस्ने गरी सूचना टाँस गरेरै स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । केही दिन यता सरकारले संसदलाई विजनेश दिन सकेको छैन । ... बाँकी अंश»

११ बुँदे संविधान संशोधन विधेयक दर्ता, सीमाङ्कन सरकारकै हातमा

२०७३ चैत २९ मंगलबार, काठमाडौँं । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेको छ । कानुन मन्त्रालयका शाखा अधिकृत राजेन्द्रप्रसाद अधिकारीले प्रस्ताव दर्ता गराएका हुन् । विधेयकमा ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । प्रमुख विपक्षी एमालेले विषय वस्तु हेरेर समर्थन वा विरोध गर्ने जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले हाम्राकुरासँग भने, ‘ढिलो गरी दर्ता गरेको प्रस्ताव आज दर्ता गरेको मानिदैन । हेर्न पनि पाइएको छैन । विषयवस्तु हेरेर समर्थन गर ... बाँकी अंश»

मोर्चाको वहिस्कार, अबको संसद बैठक ७ वैशाखमा

२०७३ चैत २९ मंगलबार, काठमाडौं । संसद बैठक वैशाख ७ गते बस्ने गरी स्थगित भएको छ । मंगलबार बसेको बैठकमा सरकारले यसअघि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएको छ । यद्यपि, संशोधनको नयाँ प्रस्ताव पेश गर्ने बेला त्यसको विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद वहिष्कार गरेको छ । संशोधन प्रस्ताव पेश गर्नुअघि छलफलमा भाग लिएका मोर्चाका सांसदहरु पछि बैठकबाट बाहिरिए । बैठकमा बोल्दै तमलोपाका नेता कबल अहमद शाहले प्रदेशको सीमांकनको एजेन्डा छाडेर ल्य ... बाँकी अंश»

सरकारले पहिलेको संशोधन विधेयक फिर्ता लियो, नयाँ पेश गर्न खोज्दा मोर्चाकै विरोध

२०७३ चैत २९ मंगलबार, काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा गएको मंसिरमा दर्ता गरेको संविधान संशोधन दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको संसद बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयक फिर्ता लिएका हुन् । सरकारले दर्ता गरेको उक्त विधेयकको एमाले लगायत ९ दलले निरन्तर विरोध गर्दै आएका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको माग पूरा गराउन भन्दै संसद सचिवालयलमा गत मंसिर १४ गते दर्ता गरिएको थियो । विधेयकमा मोर्चा घ ... बाँकी अंश»

संसदमा निधिको राजीनामा माग, क्याविनेटमा जान्न भन्ने गृहमन्त्री ‘नालायक’

२०७३ चैत २८ सोमबार, काठमाडौँ । उपप्रधानमन्त्रीको वरियता विवाद चुलिएकै बेला एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा मागेका छन् । सांसद भण्डारीले गृहमन्त्री निधिलाई ‘नालायक’ समेत भन्न भ्याए । सोमबार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्दै भण्डारीले निधीलाई पदमा बसिरहन नसुहाउने बताए । सांसद भण्डारीले भने, ‘कार्यकारी प्रधानमन्त्री भएको क्याविनेटमा जान्न भन्ने गृहमन्त्रीलाई पदमा बस्ने अधिकार छैन । मन्त्रीले मन्त्रिपरिषद् बैठकमा ... बाँकी अंश»

प्रधानमन्त्री लेखा समितिमा हाजिर, एनसेलबाट कर उठाइन्छ, कसैसँग सम्झौता गरिदैन

२०७३ चैत २७ आइतबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले कर लिने विषयमा कसैसँग पनि सम्झौता नगरिएको र नगर्ने जवाफ दिएका छन् । आइतबार संसदको सार्वजनिक लेखा समिति बैठकमा आफै उपस्थित भएर प्रधानमन्त्री दाहालले दाहालले एनसेलबाट लाभकर उठाउन कुनै गाह्रो नभएको जवाफ दिएका हुन् । प्रधानमन्त्री दाहालको भनाई यदृत गर्दै समिति सभापति डोरप्रसाद उपाध्यायले भने, ‘कर असुल उपर गर्ने सन्दर्भमा कसैसँग सम्झौता गरिँदैन । सेयर स्वामित्व बापतको कर उठाउनै पर्छ । यसमा ढिला ... बाँकी अंश»

खाडीमा घरेलु कामदार पठाउने नाउमा यसरी हुँदै थियो मानव वेचविखन !

२०७३ चैत २६ शनिबार, काठमाडौं । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउन भनेपछि साउदी अरब, कतार, कुवेत, युएई र आमेनमा जाने नेपाली कामदारको संख्या केही घटेको छ । सम्बन्धित देशका राजदूतावासकै आग्रहमा घरेलु कामदार पठाउन रोकिएको बताइएको छ । बाहिर जान रोकेपछि घरेलु कामदार सरोकार समाजले सरकारको यो प्रतिबन्धले अवैध बाटोबाट घरेलु कामदार पठाउनेलाई थप बल पुग्ने भन्दै विरोध गरेको छ । श्रम समितिको चैत २० गते बसेको ... बाँकी अंश»

सहकारी विधेयकमा सांसदहरु किन गर्दै छन् मरिहत्ते ?, विदेश घुम्न सरकारसँग ‘फाइट’

२०७३ चैत २३ बुधबार, काठमाडौं । सहकारी ऐन संशोधन गर्न सरकारले चार वर्षअघि तयार पारेको विधेयकमा फेरि विवाद सिर्जना भएको छ । विधेयक संसदमा पेश भएपछि सांसदहरूले आफ्नो स्वार्थअनुकूल परिमार्जन गर्न निकै ठूलो कसरत गरेको चर्चा सेलाउन नपाउँदै सहकारीलाई कम्पनी र व्यापारको रुपमा लान खोजिएको रहस्य खुलेको छ । सहकारी मन्त्री हृदयराम थानीले पहिल्यै टुंगो लागेको विधेयकमा फेरि दफावार छलफल सुरु गराइएको भन्दै सहकारीलाई कम्पनी र व्यापारको रुपमा लान खोजिएको आरोप लगाए । उनले भने, ‘ ... बाँकी अंश»

नयाँ