संसद

विशेष कारण भन्दै संसद् बैठक स्थगित, अब क्रिसमसकाे दिन बस्ने

२०७३ पौष ७ बिहिबार, काठमाडौं । व्यवस्थापिका संसद्को आज बस्ने भनिएको बैठक पनि विशेष कारण भन्दै सूचना टाँस गरी स्थगित गरिएको छ । संसद्मा सरकारले संविधान संशोधनको लागि विधेयक दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी दलको नेकपा एमालेले संसद् अबरोध गर्दै आईरहेको बेला बिहीबारको लागि बोलाईएको बैठक भने सूचना टाँस गरी स्थगित गरिएको हो । प्रतिपक्षी दल एमालेको अवरोधकै कारण पटकपटक संसद् बैठक स्थगित हुँदै आईरहेको छ । दलहरूबीच सहमति नहुँदा सरकारपक्षीय दल संशोधन प्रस्ताव फिर्ता नलिने ... बाँकी अंश»

संसद केही दिनमै खुल्छ :सभामुख घर्ती

२०७३ पौष ६ बुधबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास लिएकी छन् । व्यवस्थापिका–संसद् सचिवालयद्वारा आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भने, “संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।” मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समय ... बाँकी अंश»

तीन दलको ढिपीले सदन ‘बन्दी’

२०७३ पौष ४ सोमबार, काठमाडौं । दलहरुबीचको विवाद मिल्न नसकेपछि फेरि पनि सदनको अवरोध खुल्न सकेन । सोमबार दिउँसो बसेको संसद बैठक विपक्षी दलको अवरोधले अघि बढ्न नसकेको हो ।  विपक्षी एमालेसहित ८ दलले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भन्दै बैठक चल्न दिएनन् । संसद बैठक बस्नु अघि सहमतिको प्रयास गर्ने भन्दै सभामुख ओनसरी घर्तीले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता  र प्रमुख सचेतकहरुको बैठक बोलाए पनि कुनै प्रगत ... बाँकी अंश»

संसद् सेवा दिवस : नमुना संसद् बनाउन नमुना काम गरेर देखाऔँ–सभामुख घर्ती

२०७३ मङ्सिर ३० बिहिबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी र समयवद्ध कार्यान्वयनका लागि सबै पक्षको ध्यानाकर्षण गराएकी छन् । व्यवस्थापिका–संसद् सचिवालयले दशौँ संसद् सेवा दिवसको अवसरमा गरेको कार्यक्रममा सभामुख घर्तीले भनिन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सँगै होमिएका राजनीतिक शक्तिले आपसमा मिलेर मुलुकमा अहिले देखिएका समस्या छिटो समाधान गर्ने छन् ।’ व्यवस्थापिका–संसदलाई थप सक्रिय, प्रभावकारी र अझ सशक्त तुल्याउने ग ... बाँकी अंश»

बस्न सकेन संसद् बैठक, सूचना टाँस गरी पुष ४ गतेसम्मलाई स्थगित

२०७३ मङ्सिर ३० बिहिबार, काठमाडौ । व्यवस्थापिका संसद्को बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । बिहीबार ११ बजेको लागि डाकिएको बैठक बस्दैनबसी ४ गतेसम्मको लागि स्थगित गरिएको संसद्सचिवालयले जनाएको छ ।    संसद्मा संविधानसंशोधनको प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपाएमालेको अबरोध निरन्तर रहेपछि थप छलफल गरेर मात्रै बैठक बोलाउनको लागि बैठक स्थगित गरिएको हुनसक्ने सचिवालयका अधिकारीहरुले बताएका छन् ।  ... बाँकी अंश»

चित्रबहादुरले भने- विदेशीको इसारामा आएको विधेयक फिर्ता होस्

२०७३ मङ्सिर २२ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमालेसहितका दलहरुको अवरोधले वुधबारको संसद बैठक समेत रद्द भएको छ । संविधान संशोधन विधेयक फिर्ता नभएसम्म सडक र सदन विरोध नछोड्ने अडानमा रहेको एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाले लगातार चोथो पटक संसद अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनुअगावै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याइएको आरोप लगाए । केसीले भने, ‘यो ‘राष्ट्रघाती’ संशोधन विधेयक हो । यो फिर्ता नलि ... बाँकी अंश»

संशोधनप्रति असहमति जनाउँदै दोस्रो दिन पनि एमालेद्वारा संसद् बैठक अवरूद्ध

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद्को बैठक शुक्रबार पनि अबरूद्ध भएको छ । सरकारले व्यवस्थापिका संसद्मा जारी दर्ता गराएको संविधान संशोधन प्रस्ताबको विरोध गर्दै शुक्रबार ३ बजेको लागि बोलाईएको बैठक अबरूद्ध गरेको हो ।    संसद्को बैठक सुरू हुनासाथ एमाले सांसद्हरु उठेर विरोध जनाएका थिए । उनीहरुले संविधान राष्ट्रघाती रहेको भन्दै यसलाई कुनैपनि हालतमा पारित हुन नदिने भन्दै विरोध पनि गरेका थिए ।    यससँगै व्यवस्थापिका स‌सद्काे बैठक अार्इतबारसम्म ... बाँकी अंश»

एमालेको विरोधपछि संसद बैठक स्थगित

२०७३ मङ्सिर १६ बिहिबार, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गर्दै प्रमुख विपक्षी एमालेले संसद बैठक अवरुद्ध गरेको छ । व्यवस्थापिका संसदको विहिबार बसेको बैठकको सुरुमै एमाले सांसद बामदेव गौतमले विशेष समय लिएर विरोध गरे । एमाले उपाध्यक्ष समेत रहेका गौमले विरोध गर्नेवित्तिकै एमाले, जनमोर्चा र नेमकिपाका सांसदहरु आ–आफ्नो आसनबाट उठे । गौतमले सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संशोधन विधेयक ल्याएको आरोप लगाए । एमाले सां ... बाँकी अंश»

चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट नीतिको व्यवस्था गर्न सुझाव

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। व्यवस्थापिका– संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति अन्तर्गतको ‘स्वास्थ्य उपसमिति’ ले चिकित्सा शिक्षाको सम्बन्धमा स्पस्ष्ट नीतिको व्यवस्था गर्न सुझाव दिएको छ ।    सांसद जीवन परियारको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले तयार गरेको प्रतिवेदन मूलसमिति समक्ष प्रस्तुत गर्दै चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट र दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने र भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ... बाँकी अंश»

चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट नीतिको व्यवस्था गर्न सुझाव

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। व्यवस्थापिका– संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति अन्तर्गतको ‘स्वास्थ्य उपसमिति’ ले चिकित्सा शिक्षाको सम्बन्धमा स्पस्ष्ट नीतिको व्यवस्था गर्न सुझाव दिएको छ ।    सांसद जीवन परियारको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले तयार गरेको प्रतिवेदन मूलसमिति समक्ष प्रस्तुत गर्दै चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट र दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने र भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ... बाँकी अंश»

संसद् बैठक अवरुद्ध गर्नेः एमाले

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। नेकपा एमालेले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावको विरोधमा बिहीबारदेखि हुने व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गर्ने निर्र्णय गरेको छ।   संसद् भवन बानेश्वरमा आज सम्पन्न संसदीय दलको बैठकमा संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने र संविधान कार्यन्वयनमा जटिलता आउने भएकाले पार्टीले सदन र सडकमा प्रतिरोध गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।   संसद्को बैठक सुरु हुनु १५ मिने ... बाँकी अंश»

संसदमा कसैले दिए, कसैले मागे

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। सांसदहरुले संविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको व्यवस्थापिका–संसद्  बैठकमा सभामुखसँग समय लिई सांसदहरुले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गरे ।    मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जितेन्द्रनारायण देवले सरकारलाई पहिले संशोधनको प्रस्ताव ल्याउन माग गरे ।  देवले न्यूनतम सहमतिमा ... बाँकी अंश»

गुरूयोजना बनाएर काम गरौ :रवीन्द्र अधिकरी

२०७३ मङ्सिर १० शुक्रबार, इलाम। संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकरीले इलामका सरकारी कार्यालय प्रमुखलाई आफ्ना काम कारबाही चुस्त र दुरूस्त बनाइ प्रत्येक दुई महिनामा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।    अधिकरीले दुई महिनामा एक पटक सयुंक्त बैठक बसी आफूले गरेका क्रियाकलापको समीक्षा गर्न समेत सुझाव दिएका हुन् ।    गुरूयोजना बिना गरिएका काम लथालिङ्ग भएको र धेरै स्रोत खेर गइरहेको बताउँदै उनले अब काम गर्दा गुरूयोजना बनाएर मात्र गर्न आग्रह गरे।  ... बाँकी अंश»

मलेसिया जाने नेपालीमाथिको ठगी रोक्न संसदीय समितिको निर्देशन

२०७३ मङ्सिर ९ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । वहिबार बसेको समिति बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च अधिकारीसँगको छलफलपछि कामदार नेपालीसँग  ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’,  ‘वान स्टप सेन्टर’ लगायतका नाममा मलेसियास्थित विमानस्थल र मलेसियन कम्पनीको नेपाल ... बाँकी अंश»

सांसदको सुविधा सम्बन्धी विधेयक स्वीकृत

२०७३ मङ्सिर ५ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ ।    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथि परेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।    विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ... बाँकी अंश»

पुनःनिर्माणको काम प्रभावकारी भएनः सांसद

२०७३ मङ्सिर ५ आइतबार, काठमाडौँ। व्यवस्थापिका– संसद्को आइतबारको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उनिहरुले सरकारको ध्यानाकर्षण गराए । पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै सांसदले पुनःनिर्माणको काम कारबाही प्रभावकारी ... बाँकी अंश»

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

२०७३ मङ्सिर २ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच विधेयक प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका–संसद्का विभिन्न मितिको बैठकबाट पारित भएका नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन), विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन (दोस्रो संशोधन) २०७३ गत सोमबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । विधेयक प्रमाणीकरण भएपछि सरकारलाई अब बजेट कार्यान्वयनका लागि मार्ग प्रसस्त भएको ... बाँकी अंश»

संसदीय समितिलाई नटेरेकोबारे तयार प्रतिवेदन संसद् बैठकमा पेश हुने

२०७३ मङ्सिर १ बुधबार, काठमाडौं । व्यवस्थापिका–संसद्को विकास समितिले सरोकारवाला सरकारी निकायलाई दिएको निर्देशन कार्यान्वयन नभएको प्रतिवेदन संसद् बैठकमा पेश हुने भएको छ । समितिले पत्रकार सम्मेलन गरेर ठेक्का लिएर पटक–पटक विकास निर्माणका काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले कालोसूचीमा नराख्दा काम प्रभावित हुने गरेको जानकारी गराइयो । विकास निर्माण सरोकारवाला निकायका कारण भएको ढिलाइसम्बन्धी प्रतिवेदन १५ दिनभित्र संसद् बैठकमा पेस गर्ने तयारी भएको समितिका सभ ... बाँकी अंश»

संसदमा अब सांसद–मन्त्रीबीच सवाल जवाफ, कस्तो होला भिडन्त ?

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । व्यवस्थापिका–संसद्मा अब जनताका प्रत्यक्ष सरोकारका विषयमा संसद्–मन्त्रीबीच प्रत्यक्ष सवाल जवाफ हुने भएको छ । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा मंगलबार मुख्य दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको संयुक्त बैठकले सदन एवम् सरकारलाई जनताप्रति बढी उत्तरदायी बनाउन प्रश्न–उत्तरको व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार जनताको प्रत्यक्ष सरोकारका विषयमा सांसदले लिखित रुपमा सदनमा प्रश्न राख्ने र त्यसपछि उक्त प्रश ... बाँकी अंश»

सांसदहरुको तलब भत्ता सम्बन्धि विधेयक स्वीकृत, मन्त्रीको प्रस्तावविरुद्ध खनिए सांसद

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । व्यवस्थापिका–संसद बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीस्कृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सदनमा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सुझाव दिँदै सांसद कृष्णभक्त पोखरेलले सांसद अर्कै लोकका प्राणी र जनता अर्कै भूमिका मानिस हुन् भने जसरी सांसदहरुको मात्र सुविधा बढाउने ढङ्गले आएको प्रस्तावलाई ... बाँकी अंश»

नयाँ