संसद

विरोधबीच संविधान संशोधन विधेयक टेबल, विरोधको सूचना बहुमतले अस्वीकृत

२०७३ पौष २४ आइतबार, काठमाडौं । सरकारले विरोधबीच संसदमा संविधान संशोधन विधेयक टेबल गरेको छ । सुरुमा निर्वाचन सम्बन्धी विधेयक पेश हुँदा विपक्षीले विरोध गरेनन् ।  संविधान संशोधन विधेयक टेबल गर्न खोज्दा विपक्षीदलहरुले विरोध गरे । विरोधबीच संविधान संशोधन विधेयक बैठकमा पेश भयाे । नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवाल र चित्रबहादुर केसीले दिएको विरोधको सूचना नाराबाजीबीच बहुमतले अस्वीकृत भएको छ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति जुट्न नसके ... बाँकी अंश»

संसद बैठक केही घण्टाका लागि स्थगित, कार्यव्यस्थामा एमाले पड्कियो

२०७३ पौष २४ आइतबार, काठमाडौं । व्यवस्थापिका संसद बैठक केही घण्टाका लागि स्थगित भएको छ । सांसद मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।   यसअघि बिहान एमालेसहित विपक्षी ९ दलले आइतबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेका थिए । सरकारले संविधान संशोधन विधेयक पेश गर्न खोजे कुनै पनि हालथमा सदनको अवरोध नखोल्ने निर्णय भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । विपक्षी गठबन्धनको बै ... बाँकी अंश»

संशोधन विधेयक टेबलको तयारी, सहमतिको सम्भावना क्षीण

२०७३ पौष २३ शनिबार, काठमाडौं । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वोच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र विश्लेषणले समस्यालाई ज्यूँका त्यूँ राखेको हुँदा विश्वास बढाउन र सहमति कायम गर्न परिणाममुखी वार्ताको अपेक्षा गरिएको छ । एमाले प ... बाँकी अंश»

संविधान संशोधन विधेयकः ‘सहमति नभए प्रक्रियामा गएर टुङ्याइने’

२०७३ पौष १७ आइतबार, काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकबारे प्रमुख दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भएपनि टुङ्ग्याइने तयारी अघि बढेको छ । सरकारले संसद्को सोमबार बस्ने बैठकमा संशोधनको विधेयक टेबल गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी एमालेलगायतका दलले त्यसको प्रतिवाद गर्ने जनाएका छन् । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्बोधन गर्न सरकारले गत मङ्सिर १४ गते नेपालको संविधानको दोस् ... बाँकी अंश»

खुलेन संसदको 'जाम', सुनेन विपक्षीले

२०७३ पौष १४ बिहिबार, काठमाडौं  । एमालेसहित विपक्षी ९ दलले फेरि पनि संसद बैठक अवरुद्ध गरेका छन् । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा यसअघिकै संविधान संशाेधन विधेयक, निर्वाचन सम्बन्धि विधेयक र लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावबारेको छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । मुख्य तीन दलको वुधबार बसेको बैठकमा प्रमुख विपक्षी एमालेले निर्वाचन र महाभियोगबारेको छलफल हुन दिने जनाउ दिएको थियो । यद्यपि, सरकारले संशोधन प्रस्ताव फिर्ता वा थात ... बाँकी अंश»

संसद स्थगनको श्रृंखला जारी

२०७३ पौष १३ बुधबार, काठामाडौं । व्यवस्थापिका संसदको बैठक फेरि पनि अवरुद्ध भएको छ । संविधान संशोधन विधेयकको विरुरोधमा रहेका विपक्षी दलले फेरि पनि बैठक चल्न नदिएका हुन् । विपक्षी मार्चाबाट परिवार दलका एकनाथ ढकालले बोलेर विरोध गरेपछि बैठक स्थगित भएको हो । ढकालले संविधान संशोधन विधेयक असंवैधानिक भएकाले फिर्ता गर्न माग गरे । ढकालले बोलेपछि एमाले सहित विपक्षी दलका सांसद आआफ्नो ठाउँबाट उठे । सभामुखले बस्न अनुरोध गरेपनि विपक्षी दलका सांसद नबसेपछि बैठक विहिबार दिउँसो १ ... बाँकी अंश»

सभामुखको पहल : शीर्ष नेता फेरि आमुन्ने-सामुन्ने हुँदै

२०७३ पौष १० आइतबार, काठमाडौं । राजनीतिक गत्यावरोध अन्त्य गर्न भन्दै सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन् । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुखले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत सहभागि हुन भनेकी छन् । बैठकमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर ... बाँकी अंश»

विशेष कारण भन्दै संसद् बैठक स्थगित, अब क्रिसमसकाे दिन बस्ने

२०७३ पौष ७ बिहिबार, काठमाडौं । व्यवस्थापिका संसद्को आज बस्ने भनिएको बैठक पनि विशेष कारण भन्दै सूचना टाँस गरी स्थगित गरिएको छ । संसद्मा सरकारले संविधान संशोधनको लागि विधेयक दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी दलको नेकपा एमालेले संसद् अबरोध गर्दै आईरहेको बेला बिहीबारको लागि बोलाईएको बैठक भने सूचना टाँस गरी स्थगित गरिएको हो । प्रतिपक्षी दल एमालेको अवरोधकै कारण पटकपटक संसद् बैठक स्थगित हुँदै आईरहेको छ । दलहरूबीच सहमति नहुँदा सरकारपक्षीय दल संशोधन प्रस्ताव फिर्ता नलिने ... बाँकी अंश»

संसद केही दिनमै खुल्छ :सभामुख घर्ती

२०७३ पौष ६ बुधबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास लिएकी छन् । व्यवस्थापिका–संसद् सचिवालयद्वारा आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भने, “संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।” मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समय ... बाँकी अंश»

तीन दलको ढिपीले सदन ‘बन्दी’

२०७३ पौष ४ सोमबार, काठमाडौं । दलहरुबीचको विवाद मिल्न नसकेपछि फेरि पनि सदनको अवरोध खुल्न सकेन । सोमबार दिउँसो बसेको संसद बैठक विपक्षी दलको अवरोधले अघि बढ्न नसकेको हो ।  विपक्षी एमालेसहित ८ दलले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भन्दै बैठक चल्न दिएनन् । संसद बैठक बस्नु अघि सहमतिको प्रयास गर्ने भन्दै सभामुख ओनसरी घर्तीले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता  र प्रमुख सचेतकहरुको बैठक बोलाए पनि कुनै प्रगत ... बाँकी अंश»

संसद् सेवा दिवस : नमुना संसद् बनाउन नमुना काम गरेर देखाऔँ–सभामुख घर्ती

२०७३ मङ्सिर ३० बिहिबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी र समयवद्ध कार्यान्वयनका लागि सबै पक्षको ध्यानाकर्षण गराएकी छन् । व्यवस्थापिका–संसद् सचिवालयले दशौँ संसद् सेवा दिवसको अवसरमा गरेको कार्यक्रममा सभामुख घर्तीले भनिन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सँगै होमिएका राजनीतिक शक्तिले आपसमा मिलेर मुलुकमा अहिले देखिएका समस्या छिटो समाधान गर्ने छन् ।’ व्यवस्थापिका–संसदलाई थप सक्रिय, प्रभावकारी र अझ सशक्त तुल्याउने ग ... बाँकी अंश»

बस्न सकेन संसद् बैठक, सूचना टाँस गरी पुष ४ गतेसम्मलाई स्थगित

२०७३ मङ्सिर ३० बिहिबार, काठमाडौ । व्यवस्थापिका संसद्को बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । बिहीबार ११ बजेको लागि डाकिएको बैठक बस्दैनबसी ४ गतेसम्मको लागि स्थगित गरिएको संसद्सचिवालयले जनाएको छ ।    संसद्मा संविधानसंशोधनको प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपाएमालेको अबरोध निरन्तर रहेपछि थप छलफल गरेर मात्रै बैठक बोलाउनको लागि बैठक स्थगित गरिएको हुनसक्ने सचिवालयका अधिकारीहरुले बताएका छन् ।  ... बाँकी अंश»

चित्रबहादुरले भने- विदेशीको इसारामा आएको विधेयक फिर्ता होस्

२०७३ मङ्सिर २२ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमालेसहितका दलहरुको अवरोधले वुधबारको संसद बैठक समेत रद्द भएको छ । संविधान संशोधन विधेयक फिर्ता नभएसम्म सडक र सदन विरोध नछोड्ने अडानमा रहेको एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाले लगातार चोथो पटक संसद अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनुअगावै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याइएको आरोप लगाए । केसीले भने, ‘यो ‘राष्ट्रघाती’ संशोधन विधेयक हो । यो फिर्ता नलि ... बाँकी अंश»

संशोधनप्रति असहमति जनाउँदै दोस्रो दिन पनि एमालेद्वारा संसद् बैठक अवरूद्ध

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद्को बैठक शुक्रबार पनि अबरूद्ध भएको छ । सरकारले व्यवस्थापिका संसद्मा जारी दर्ता गराएको संविधान संशोधन प्रस्ताबको विरोध गर्दै शुक्रबार ३ बजेको लागि बोलाईएको बैठक अबरूद्ध गरेको हो ।    संसद्को बैठक सुरू हुनासाथ एमाले सांसद्हरु उठेर विरोध जनाएका थिए । उनीहरुले संविधान राष्ट्रघाती रहेको भन्दै यसलाई कुनैपनि हालतमा पारित हुन नदिने भन्दै विरोध पनि गरेका थिए ।    यससँगै व्यवस्थापिका स‌सद्काे बैठक अार्इतबारसम्म ... बाँकी अंश»

एमालेको विरोधपछि संसद बैठक स्थगित

२०७३ मङ्सिर १६ बिहिबार, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गर्दै प्रमुख विपक्षी एमालेले संसद बैठक अवरुद्ध गरेको छ । व्यवस्थापिका संसदको विहिबार बसेको बैठकको सुरुमै एमाले सांसद बामदेव गौतमले विशेष समय लिएर विरोध गरे । एमाले उपाध्यक्ष समेत रहेका गौमले विरोध गर्नेवित्तिकै एमाले, जनमोर्चा र नेमकिपाका सांसदहरु आ–आफ्नो आसनबाट उठे । गौतमले सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संशोधन विधेयक ल्याएको आरोप लगाए । एमाले सां ... बाँकी अंश»

चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट नीतिको व्यवस्था गर्न सुझाव

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। व्यवस्थापिका– संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति अन्तर्गतको ‘स्वास्थ्य उपसमिति’ ले चिकित्सा शिक्षाको सम्बन्धमा स्पस्ष्ट नीतिको व्यवस्था गर्न सुझाव दिएको छ ।    सांसद जीवन परियारको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले तयार गरेको प्रतिवेदन मूलसमिति समक्ष प्रस्तुत गर्दै चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट र दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने र भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ... बाँकी अंश»

चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट नीतिको व्यवस्था गर्न सुझाव

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। व्यवस्थापिका– संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति अन्तर्गतको ‘स्वास्थ्य उपसमिति’ ले चिकित्सा शिक्षाको सम्बन्धमा स्पस्ष्ट नीतिको व्यवस्था गर्न सुझाव दिएको छ ।    सांसद जीवन परियारको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले तयार गरेको प्रतिवेदन मूलसमिति समक्ष प्रस्तुत गर्दै चिकित्सा शिक्षाका सम्बन्धमा स्पष्ट र दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने र भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ... बाँकी अंश»

संसद् बैठक अवरुद्ध गर्नेः एमाले

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। नेकपा एमालेले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावको विरोधमा बिहीबारदेखि हुने व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गर्ने निर्र्णय गरेको छ।   संसद् भवन बानेश्वरमा आज सम्पन्न संसदीय दलको बैठकमा संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने र संविधान कार्यन्वयनमा जटिलता आउने भएकाले पार्टीले सदन र सडकमा प्रतिरोध गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।   संसद्को बैठक सुरु हुनु १५ मिने ... बाँकी अंश»

संसदमा कसैले दिए, कसैले मागे

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। सांसदहरुले संविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको व्यवस्थापिका–संसद्  बैठकमा सभामुखसँग समय लिई सांसदहरुले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गरे ।    मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जितेन्द्रनारायण देवले सरकारलाई पहिले संशोधनको प्रस्ताव ल्याउन माग गरे ।  देवले न्यूनतम सहमतिमा ... बाँकी अंश»

गुरूयोजना बनाएर काम गरौ :रवीन्द्र अधिकरी

२०७३ मङ्सिर १० शुक्रबार, इलाम। संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकरीले इलामका सरकारी कार्यालय प्रमुखलाई आफ्ना काम कारबाही चुस्त र दुरूस्त बनाइ प्रत्येक दुई महिनामा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।    अधिकरीले दुई महिनामा एक पटक सयुंक्त बैठक बसी आफूले गरेका क्रियाकलापको समीक्षा गर्न समेत सुझाव दिएका हुन् ।    गुरूयोजना बिना गरिएका काम लथालिङ्ग भएको र धेरै स्रोत खेर गइरहेको बताउँदै उनले अब काम गर्दा गुरूयोजना बनाएर मात्र गर्न आग्रह गरे।  ... बाँकी अंश»

नयाँ