बिशेष

संविधान संशोधन मनोगत र विखण्डनकारी सोचमात्र

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौं । तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नु पर्ने आजको प्रमुख राष्ट्रिय कर्तव्य र कार्यभारलाई असफल पार्न यतिबेला संविधान संशोधनको विषय अघि सारेर नेपाल राष्ट्रलाई अन्यौलता र अस्थिरतातिर धकेल्ने काम हुंदैछ ।    संविधानसभाको प्रक्रियामा र विगत झन्डै एकदशकसम्म संविधानका विषयवस्तुको बारेमा पर्याप्त छलफल भएको छ । एउटा राष्ट्र सधैं एउटै विषयमा बिनाअर्थक ... बाँकी अंश»

मनुस्मृति : धर्मग्रन्थ कि राजनीतिक ग्रन्थ ?

२०७३ मङ्सिर ११ शनिबार, विषय प्रवेश   प्राचीन वैदिक संहिताको रूपमा रहेको ऋग्वेदले विश्वका सबै शासनादि घटनालाई ‘ऋत’ मानेको छ । ‘ऋत’ सार्वभौम नियम हो । यसैमार्फत् ब्रह्माण्डीय नियमान्तर्गत सम्पूर्ण विश्व घटना व्यवस्थित हुन्छ भनी मानेको छ । ऋत भनेको सार्वभौम ब्रह्माण्डीय नियम व्यवस्थाको अभिव्यक्ति हो । यसै ईश्वरीय सार्वभौम व्यवस्थाद्वारा सामाजिक ढाँचा निर्माण हुन्छ र सामाजिक राजनीतिक स्थिति निर्माण गर्दै औचित्य स्थापना गर्दछ ।   यसरी नै देशमा सार्वभौम, ब ... बाँकी अंश»

कुशल व्यवस्थापन तथा राष्ट्रप्रति इमान्दारीका प्रतिक कुलमान घिसिङ्ग

२०७३ मङ्सिर ३ शुक्रबार, डाडा खर्क ,दोलखा। नेपालमा आजभोली धेरै चर्चा र जनताको स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्ग ।  कुलमान नेपाली जनताबीच एक चमत्कारिक व्यक्तित्वको रुपमा देखिनु भएको छ, अपार जलश्रोतको धनि राष्ट्र नेपालमा लोडसेडिङको प्रहारले त्रस्त भएका जनतामा एक आशाको किरणको रुपमा कुलमान को उदय भएको छ ।    कुलमान घिसिङ्गको दक्षता, अनुभव र राष्ट्रप्रतिको इमान्दारीले के देखियो भने नेपालको बेहाल सहि व्यक्ति सहि स ... बाँकी अंश»

गगनजी याद रहोस मैदानबाट भाग्नेहरु बहादुर होइनन् कायर हुन

२०७३ मङ्सिर ३ शुक्रबार, प्रजातान्त्रिक आन्दोलनको सशक्त, जिम्मेवार, बौदिक र क्षमतावान नेतामा गनिने गगन थापासँग स्वास्थ्य उपचारका लागि एक नेतालाई सरकारले दिने भनिएको पचास लाखको बिषय जोडेर निकै टिप्पणी भएका छन्। थापाको राजनीतिक जीवनसँग जोडेर पनि चर्चा गरिएको छ। तर नेपाली राजनीतिमा उनको अवस्थाको बारेमा हरकोहि जानकार हुँदा हुँदै यो बिषयलाई अतिरञ्जना गर्ने प्रयास यो उनीमाथिको अन्याय मात्र हुनेछैन इतिहासप्रति पनि बेइमानी हो।    मन्त्रीपरिषदले सुजाता कोइरालाको उपचा ... बाँकी अंश»

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर..

२०७३ मङ्सिर २ बिहिबार, नेपालदेखी अमेरिकासम्मको राजनीति गर्न समेत पछि नपर्ने नेपाली पत्रकारिता र जनशंकाको चक्रमा पर्दै गईरहेका नेपालमा सञ्चालित गैरसरकारी सामाजिक संस्थाहरु एउटै तराजुमा जोखिन्छन, कहिलेकाँहि । बिक्रम सम्बत १९५५ स्रावण महिनाबाट औपचारिक रुपमा नेपालबाटै सुधासागर मासिक पत्रिका र राज्य स्तरबाट १९५८ मा गोरखापत्र दैनिक प्रकाशन सुरुवात गरिएसंगै नेपाली पत्रकारिताको संस्थागत बिकाशमा जग बसाईयो । समय अन्तरालमा बिभिन्न राजनैतिक परिघटनासंगै यो पेशामा पनि उता ... बाँकी अंश»

दिलदार दिलजान मन्सूर

२०७३ मङ्सिर १ बुधबार, काठमाडौं ।सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई मन्त्रीपरिषदको बैठकबाट निर्णय गराएर ५० लाख रुपैया उपचार खर्च दिने भएपछि सामाजिक सञ्‍जालदेखि संसद्‌मा समेत चर्को प्रतिक्रिया उत्पन्न भएको छ । सुजातालाई उपचार खर्च दिने सरकारी निर्णयमा आम मानिसहरुको  चासोको विषय समेत बनिरहेको छ। उनीहरु आपसमा भेट्दा वा सामाजिक सञ्जालमा साथी भाइ र आफन्तसँगको कुराकानीमा पनि यही विषयलाई प्राथमिकतामा राख्‍ने गरेका छन्।    तर एक जना समाजसेवी युवा चिकित्सक ... बाँकी अंश»

नयाँ ट्रम्प मोडल

२०७३ मङ्सिर १ बुधबार, बर्लिन। बर्लिनको पर्खाल ढलेको २७ औं बार्षिकोत्सवमा संयुक्त राज्य अमेरिकाले त्यो भन्दा पनि ठूलो पर्खाल मक्सिकोसितको सीमामा निर्माण गर्ने योजना बनाउने राष्ट्रपति नियुक्त गरेको छ । अब, राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो विभाजनकारी एजेण्डालाई नै अघि बढाउने वा अमेरिकाको सर्वोत्तम हितलाई बढावा दिने भन्ने कुराको निर्णय गर्नुपर्ने छ ।   ट्रम्पको विजय र गत जुन महिनामा संयुक्त अधिराज्यको युरोपियन युनियन छोड्ने जनमतबीच धेरै समानत ... बाँकी अंश»

वार्षिक दुई लाख घाटामा रहेको उद्योग वाणिज्य महासंघ कसरी बन्यो ‘धनीहरुको संस्था’ ?

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । आजको नेपाल उद्योग वाणिज्य महासंघको इतिहास खोज्दै जाने हो भने नेपालमा पहिलोपल्ट प्रजातन्त्र प्राप्त भएको समयसम्म पुग्न सकिन्छ ।  वि सं. २००७ सालदेखि सुरु भएको वाणिक मण्डल भन्ने संस्था देखि २००८÷०९ सालतिर अखिल नेपाल व्यापार संघको नामहुँदै २००९ सालदेखि नै नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संस्थाको गठन भयो । त्यसैको विकास हुँदै वि सं. २०२२ सालमा अहिलेको महासंघको उदय भएको हो ।    नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य संघको हैस ... बाँकी अंश»

व्यवहारिक राजनीतिको उत्कृष्ट रचना : शुक्रनीति

२०७३ कार्तिक २८ आइतबार, काठमाडौ । शुक्राचार्य प्राचीन भारतीय दर्शनका अत्यन्त महत्वपूर्ण मनिषी हुन् । प्राचीन भारतमा दैत्य सम्प्रदाय स्थापना गर्ने व्यक्तिको रूपमा शुक्राचार्य देखिएका छन् । त्यसैले अलग सम्प्रदाय नै सुरु गर्ने मनिषी शुक्राचार्यको राजनीतिशास्त्रमा महत्वपूर्ण स्थान रहेको कुरा स्वतः सिद्ध छ  ।  शुक्राचार्यले रचना गर्नुभएको कृति शुक्रनीति सार हो । यो ग्रन्थ मूलतः दण्ड नीतिप्रधान ग्रन्थ हो । शुक्रनीतिमा प्रत्येक विषयमा विस्तृत वर्णन गरेको र प्रत्ये ... बाँकी अंश»

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

२०७३ कार्तिक २७ शनिबार, नयाँदिल्ली। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ । निसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् ।    परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो । तर त्यो तर्क यथार्थमा सदैब प्रतिबिम्बित हुन सकेन । अमेरिकाले भियतनाम ... बाँकी अंश»

[अन्तर्वार्ता] कर्मचारीतन्त्रकाे दबदबा रोक्न भएको हो अहिलेकाे महासंघको उदय

२०७३ कार्तिक २६ शुक्रबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेपाली उद्यमी÷व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो छाता संगठन हो । तात्कालीन समयमा ‘३२ कोठी साहु महाजन’को प्रचलनदेखि ‘वाणिक मण्डल’ र ‘नेपाल चेम्बर अफ कमर्स’को नामबाट समेत सुरूभएको चेम्बरको इतिहासलाई अझ व्यवस्थित गराउन र त्यतिबेला निजामती कर्मचारीहरुको व्यवसायप्रति हुनेगरेको अनुदार व्यवहारलाई कम गर्नकोलागि वि. सं. २०२२ सालमा उद्योग वाणिज्य संघको अवधारणाको सुरूवात भएको थियो । त्यतिबेला राजा म ... बाँकी अंश»

वाटरगेट काण्ड, आमसञ्चारमाध्यम र ट्रम्पको भविष्य

२०७३ कार्तिक २४ बुधबार, काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिको लागि भएको आम निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गर्दै विश्व शक्तिराष्ट्रको शक्तिशाली कार्यकारी प्रमुखको रूपमा आफ्नो नाम दर्ता गराएका छन् । नेपाली समय अनुसार नोभेम्बर ९ तारिकको मध्याह्नमा सार्वजनिक भएको मतपरिणाम पछि ट्रम्पलाई विजयी घोषणा गरिएको हो । ट्रम्पले कुल ५ सय ३८ इलेक्ट्रोल भोट मध्ये २ सय ७६ र हिलारीले २ सय १८ इलेक्ट्रोरल भोट पाईन् । अमेरिकामा राष्ट्रपति बन्नकोलागि कुल इलेक्ट्र ... बाँकी अंश»

मापदण्ड तोक्दा आयोगले रुकुमलाई उपेक्षा गर्‍यो: सभापति ओली

२०७३ कार्तिक २१ आइतबार, रुकुम । नेपाली काँग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले स्थानीय तह पुनः संरचना गर्दा आयोगले रुकुमलाई उपेक्षा गरेको बताएका छन् । आईतबार जिल्लाका विभिन्न ठाउँबाट आफ्नो ठाउँमा गाउँपालीका हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाउन आएकाहरुसँग कुरा गर्दै सभापति ओलीले आयोगले रुकुममा गाउँ तथा नगरपालीकाको लागि दिएको संख्या  मापदण्ड भन्दा पनि विपरीत रहेको बताएका हुन् ।    रुकुम जिल्ला कर्णालीसँग जोडिएको जिल्ला भएको र यहाँ ६ वटा अग्ला हिमाल रहेका ... बाँकी अंश»

मुखर्जीको नेपाल भ्रमण : कहाँ चुक्यो महासंघ ?

२०७३ कार्तिक १९ शुक्रबार, काठमाडौं । उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि नेपालमा उद्योग व्यवसायीका दुईवटा छाता संगठनहरू अस्तित्वमा रहेका छन् । नेपालको सबैभन्दा बढी व्यापारिक कारोबार हुने छिमेकी मुलुक भारतमा पनि अहिले अस्तित्वमा सोही प्रकृतिका दुईवटा छाता संगठनहरु रहेका छन् । सन् १८९५ सालमा स्थापना गरिएको भारतीय उद्योग परिसंघ र सन् १९२७ सालमा स्थापना भएको भारतीय उद्योग वाणिज्य महासंघ भारतमा अहिले पनि अस्तित्वमा रहेका दुई आर्थिक संस्थाहरु हुन् । जसमा महासंघ अन ... बाँकी अंश»

उद्योग वाणिज्य महासंघ किन यस्तो निष्कृय बन्दैछ ?

२०७३ कार्तिक १८ बिहिबार, काठमाडौं । भारतीय राष्ट्रपति प्रणब मुखर्जी आफ्नो तीन दिने नेपाल भ्रमणको दोस्रो दिन बिहीबार काठमाडौंमा रहेका छन् । १८ वर्षपछि भारतीय राष्ट्रप्रमुखको हैसियतमा नेपाल आएका मुखर्जीले ३ दिनमा १८ वटा सानाठूला कार्यक्रममा सहभागिता जनाउँदैछन् । उनको यो व्यस्त कार्यतालिका राजनीतिक दलका नेताहरुसँगको भेटघाट, विभिन्न संस्थाले गरेको चियापान तथा अभिनन्दनमा व्यतित हुने परराष्ट्रद्वारा जारी विज्ञप्तमा उल्लेख गरिएको छ । तर दुखको कुरा भन्नुपर्छ कि राजनीतिक ... बाँकी अंश»

मुखर्जीको भ्रमणमा नेपाली 'तरकारीवाली' हावी, भारतीयको 'तरकारीवाली' कुटनीति

२०७३ कार्तिक १७ बुधबार, काठमाडौं। नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको पूर्व सन्ध्यामा एकाएक तरकारीको भारी बोकेकी गोर्खाकी एक यूवती कुशुम श्रेष्ठको तस्विर नेपालका सामाजिक सञ्जालका प्रयोगकर्तामाझबाट उठेर भारतीय राष्ट्रिय मिडियाको खबर बन्यो। गोरखाको भुम्लिचोक गाविस वाङ्लिङकी कक्षा ११मा पढ्ने कुशुम न कुनै सेलिब्रेटी थिइन न नेपाल भारत सम्वन्धमा उनले कुनै बिशेष योगदान पुर्‍याएकी थिइन। तर उनी एकाएक करौडौ इन्टरनेट प्रयोगकर्तामाझ चर्चित बनिरहेकी छिन। कि ... बाँकी अंश»

राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणः नेपाल–भारत सम्बन्धमा नवयुगको थालनी

२०७३ कार्तिक १६ मंगलबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका तेह्रौं राष्ट्रपति प्रणवकुमार मुखर्जीको बुधबारदेखि हुने नेपालको तीनदिने राजकीय भ्रमणबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री थप सुदृढ एवम् सुमधुर भई पारस्परिक सम्बन्धमा नवयुगको थालनी हुने विश्वास गरिएको छ ।    अठार वर्षको अन्तरालमा राष्ट्राध्यक्षको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एव ... बाँकी अंश»

'काँग्रेस किन चाउरी पर्‍यो आफ्नै पीरले'

२०७३ कार्तिक ९ मंगलबार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने विषयले नेपाली काँग्रेस केन्द्रीय समितिदेखि संसदीय दलसम्म विभाजित देखिएको छ। काँग्रेसका पार्टी नेताहरुदेखि कार्यकर्ताहरुसम्म पनि लोकमान प्रकरणमा विभाजित देखिएका छन्।    काँग्रेसका अधिकांश शिर्ष तहका नेताहरु महाभियोगको विपक्षमा वा बीचबीचमा रहेर मात्र आफ्ना भनाइ राखिरहेका छन्। तर महाभियोगको पक्षमा भने काँग्रेसका कुनै पनि शिर्ष तहका नेता ... बाँकी अंश»

अख्तियारको नाममा मनपरि, रोक्ने कसरी ?

२०७३ कार्तिक ९ मंगलबार, लगभग दुईहप्ता यता पुरै राज्यका शक्ती र प्रमुख दलहरुको दैनिकी हेर्दा लोकमान सिंह कार्कीलाई रास्ट्रप्रमुख को भन्दा बढी प्रचार गरिदै छ । बिभिन्न बहानामा जसरी लोकमान बिरुद्द दलहरु एकजुट हुदै छन के अब रास्ट्रनिर्माणमा नि एक होलान त ? कुरो बुझ्नुमा छ र समयले उत्तर लिएर आउनेछ । यहिनेर अख्तियार के हो त्यहाँ कसरी काम हुन्छ र अरु कर्मचारी र त्यहाँको कर्मचारी बिच के भिन्नता छ ? केहि मेरो तितो अनुभब बाँड्ने जमर्को गर्छु । जसको कारण म नि छानबिनमा पर्न सक्छु । कर्म ... बाँकी अंश»

नेबिसंघलाई पाँच बुदे सुझाब

२०७३ कार्तिक ७ आइतबार, भनिन्छ, " मादलको खरी झर्योप  भने र बिणाको तार टुट्यो भने संगीतको सार हुदैन ", नेपाली उखानको यो पंक्तिलाई ने. बि. संघको भर्खरै मात्र सम्पन्न महाधिबेशनसंग जोड्ने हो भने बिगत नौ बर्ष सम्म सार नभएको र लय गुमाएको नेबिसंघले बिधार्थी राजनीतिभित्र एउटा नया धुन थपेको छ र धेरै अनुत्तरित प्रश्नहरुको गतिलो जवाफ दिएको छ।    श्रावण २३ गते उद्घाटन भएको महाधिबेशनको वरीपरिको समय मुल्यांकन गर्ने हो भने चुनाबी प्रक्रिया प्रारम्भ नहुन्जेलसम्मको बेलासम्म पनि ... बाँकी अंश»

नयाँ