अर्थ

खिम्ती– ढल्केबर प्रसारण लाइनः दश वर्ष बित्दा पनि समस्या उस्तै

२०७२ चैत १४ आइतबार, काठमाडौँ। सात वर्षभन्दा अगाडि नै सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने खिम्ती ढल्केबर प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हालसम्म समाधान हुन नसक्दा समस्या यथावत् छ।   उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध तत्काल हटाउन र निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको दुई महिना पूरा भइसकेको छ। तर समस्या समाधान गर्नेतर्फ हालसम्म ठोस प्रयास हुन सकेको छैन।   खिम्ती ढल्केबर प्रसारण लाइन ... बाँकी अंश»

भारतीय लक्षित 'चलिए पोखरा' अभियान सुरु

२०७२ चैत १३ शनिबार, पोखरा। पर्यटकीय नगरी पोखरा तथा सिङ्गो नेपाललाई भारतीय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको छ । पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सञ्चालन गरिएको छदिने यो अभियानलाई सफल बनाउन होटल व्यवसायी र सञ्चारकर्मीसहित २६ जनाको टोली आज बिहान भारतका विभिन्न सहरका लागि प्रस्थान गरेको हो ।    अभियानको टोली भारतको लखनउ, कानपुर, गोरखपुर र वाराणसीलगायतका सहरमा पुगी त्यहाँका ... बाँकी अंश»

ढोरपाटनमा सिकार गर्दै विदेशी

२०७२ चैत १३ शनिबार, बागलुङ। आगामी वैशाखदेखि यस वर्षको दोस्रो सिकार याम चल्ने हुँदा विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न ढोरपाटन सिकार आरक्ष पुगेका छन् । यो यामका लागि ११ नाउर र छ झारलको सिकार गरिनेछ । सिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्रयाक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्ड लाइफ सफारी मार्फत सिकारी आएको कार्यालयका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए ।    अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका ... बाँकी अंश»

जलविद्युतमा लगानी आकर्षित हुँदै

२०७२ चैत १३ शनिबार, काठमाडौँ। नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले रु दुई अर्बको सेयर निष्काशन गरेर जलविद्युत् क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ । निर्माणमा क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत् आयोजनाले पनि स्थानीयवासीलाई सहभागी गराउँदै अगाडि बढाउने तयारी गरेपछि आकर्षण एकाएक बढेको हो । जलविद्युत् कम्पनीले रु दुई अर्बको सेयर आह्वान गर्दा रु ४३ अर्ब बराबरको आवेदन परेको थियो । नागरिक लगानीक ... बाँकी अंश»

नाकाबन्दीको असर व्यावसायीमा

२०७२ चैत १३ शनिबार, स्याङ्जा। मधेशवादीको आन्दोल र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण व्यवसायी मर्कामा परेको एक कार्यक्रममा उद्योगी व्यवसायीहरुले बताएका छन् । वालिङ उद्योग वाणिज्य संघ र दमक उद्योग वाणिज्य संघको संयुक्त भेटघाट तथा स्वागत कार्यक्रममा उद्योगी व्यावसायीहरुले नाकाबन्दीका कारण व्यवसायी धरासायी भएको बताएका हुन् । नाकाबन्दीले व्यावसायीलाई परेको घाटा प्रति उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक आन्दोलनमा नीजि क्षेत्र नै तारो बन्ने ग ... बाँकी अंश»

पशुले गाउँमै फलायो स्वरोजगार : युवा स्वरोजगार कार्यक्रम अन्तर्गत २९ फर्म सिफारिस

२०७२ चैत १२ शुक्रबार, रामेछाप । नेपाल सरकारले युवाहरुलाई स्थानीय स्तरमै व्यवसाय संचालन गरी आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरेको युवा लक्षित प्रर्वद्धनका लागि रामेछाप जिल्लावाट २९ वटा फर्म छनोटमा परेका छन् । जिल्ला पशुसेवा कार्यालय रामेछापले स्थलगत रुपमा गरेको अध्ययन र अनुगमनका क्रममा सरकारले तयार गरेको मापदण्ड अनुसार जिल्ला पशु विकास कार्यालय अन्तर्गतको छनौट कार्यदलले कार्यक्रमका लागि आवेदन दिएका १ सय ७ वटा विभिन्न पशु फर्महरु मध्येबाट २९ वटा फर्म छनोट गरे ... बाँकी अंश»

वितरण प्रभावकारी नहुँदा ग्याँस अभाव कायमै, ‘उद्योगीले सोझै विक्रि गर्छन्’

२०७२ चैत १२ शुक्रबार, काठमाडौं । वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले खाना पकाउने ग्यास सहज रुपमा पाउन सकेका छैनन् । भारतीय आयल कर्पोरेसनले हाल दैनिक १८ मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको छ । तर, वितरण प्रणालीमा रहेको समस्या एवम् ग्यास उद्योगीले डिलरलाई नदिइकन सोझै बिक्री गर्दा उपभोक्ता मारमा पर्दै आएका छन् ।    दैनिक ४० मेट्रिक टन ग्यासको माग छ । तर नेपाल आयल निगमले बुलेटको अभावमा मागअनुसार ग्यास ल्याउन सकेको छैन । निगमले उद्योगीलाई बुलेट खरिद प्रक्रिया ... बाँकी अंश»

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत मुआब्जा वितरण

२०७२ चैत १२ शुक्रबार, पोखरा। पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ। पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४ सय ९६ जना जग्गाधनीलाई दुई अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिएकाछन्।   अहिलेसम्म ४३९।५२ रोपनी जग्गाको मुआब्जा जग्गाधनीले बुझिसकेका छन्। पहिलो चर ... बाँकी अंश»

मेलम्चीमा खेतीयोग्य जमिन धमाधम घडेरीमा परिणत

२०७२ चैत १२ शुक्रबार, मेलम्ची। सिन्धुपाल्चोक जिल्लाका ग्रामीण क्षेत्रमा समेत आवास क्षेत्र बनाउने नाममा प्लटिङ गर्ने क्रम बढेको छ। मेलम्चीलगायतका ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन धमाधम प्लटिङ गरेर बिक्री वितरण गर्ने क्रम बढेको छ। सयौँ मुरी धानलगायतका खाद्यान्न उब्जाउ हुने जमिनलाई सिमेन्टको बार लगाई प्लटिङ गर्न खोजिँदा सहरीकरणका साटो बस्ती नै कुरुप हुन थालेको छ भने उत्पादनसमेत कम हुन थालेको छ।   खेतीयोग्य जमिन घडेरीको लगि टुक्राउने, उत्पादन नगर्नेजस्ता क्र ... बाँकी अंश»

सबै काम नियमानुसार नै छ – नलसिङ्गाड विकास समिति

२०७२ चैत ११ बिहिबार, काठमाडौँ । नलसिङ्गाड जलविद्युत् आयोजना विकास समितिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया नियम र कानुनको परिधिमा नै रहेर अगाडि बढेको स्पष्ट पारेको छ ।    परामर्शदाता छनोट प्रक्रिया पारदर्शी नभएको, अनावश्यक चलखेल भएको भन्दै संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतकर्ता केन्द्रलगायतमा उजुरी परेको र छानबिनसमेत भइरहेको भन्ने आशयका समाचार सार्वजनिक भएपछि समितिले एक विज्ञप्त ... बाँकी अंश»

अव ठुला आयोजनाका काम नरोकिने

२०७२ चैत ११ बिहिबार, काठमाडौ। लामो समय देखि वनका कारण रोकिएका ठुला आयोजनाहरु मन्त्रीपरिषदको निणर्यले खोल्ने निर्देशन दिएपछि सुचारु हुने देखिएका छन्। सरकारले उच्च प्राथिमिक्ताका साथ राखे पनि वन क्षेत्र भित्रबाट जाने आयोजनाहरु वन तथा भूसंरक्षण मन्त्रालयले स्वीकृत नदिदा ठेक्का भैसकेर वातवरणीय प्रभावको समेत अध्ययन भैसकेका अधिकाशं आयोजनाहरुले काम गर्न सकेका थिएएन्।   यस अघि पनि उच्च प्राथमिक्तामा रहेका ठुला आयोजनाहरुमा देखिएका समस्याहरु समाधान गरी काम बढाउन ब ... बाँकी अंश»

चिनियाँ निजी क्षेत्रलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

२०७२ चैत ९ मंगलबार, बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताउनुभएको छ ।    चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आज बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताउनुभयो । उहाँले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै उसले ठूलो फ ... बाँकी अंश»

चीनसँगको पारवहन सम्झौता तेस्रो विश्वका लागि नयाँ सन्देश

२०७२ चैत ९ मंगलबार, काठमाडौँ । नेपाल र छिमेकी चीनबीच पहिलोपटक भएको यातायात तथा पारवहनलगायतका सम्झौता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषय बनेको छ । ती सम्झौताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थपेको छ ।    भू–परिवेष्ठित नेपालको आर्थिक विकासमा सो सम्झौताले दूरगामी महत्वको प्रभाव पार्ने कूटनीतिक मामिलाका जानकार तथा विज्ञको धारणा छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी लि खछ्याङको उपस्थितिमा सोमबार बेइजिङ ... बाँकी अंश»

नेपाल –चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने सम्झौता

२०७२ चैत ८ सोमबार, काठमाडौँ । नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन९सिआरबीका अध्यक्ष साङ फुलिङबीच द्विपक्षीय सहयोग एवम् सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।    उक्त सहमतिपछि दुवै मुलुकले एक आपसमा बैंकिङ सूचना आदानप्रदान गर्ने, आसपी सहयोग आदानप्रदान गर्ने एवम् आवश्यक परामर्शका लागि ... बाँकी अंश»

ओलीको ऋण सम्झौताले सरोकारवाला खुसी, भन्छन्– ‘पोखरा क्षेत्रीय विमानस्थल निर्माण अघि बढ्ने भो’

२०७२ चैत ८ सोमबार,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी भएका छन् । लामो समयदेखि चर्चा र परिचर्चामा रहे पनि कुनै पनि काम अगाडि बढ्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला चीन सरकारसँग भएको सम्झौताले आयोजना अगाडि बढ्नेमा आशा पलाएको भन्दै सरोकारवाला खुसी भएका हुन् ।     चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि २१ अर्ब ऋण दिन ... बाँकी अंश»

भारतीय सिमेन्ट माथिको निर्भरता घट्दो

२०७२ चैत ८ सोमबार, धनगढी । भारतबाट आयात हुने सिमेन्ट माथिको निर्भरता यस क्षेत्रमा घट्न थालेको छ । स्वदेशमा उत्पादित सिमेन्टको माग बढेपछि भारतबाट आउने सिमेन्ट माथिको निर्भरता घटेको हो । भारतबाट भित्रिने सिमेन्टको मूल्यको तुलनामा नेपालमा उत्पादित सिमेन्ट सस्तो र गुणस्तर भएकाले बजारमा नेपाली सिमेन्टको माग बढेको देखिएको स्थानीय हरिदत्त भट्ट बताउछन् ।    यस क्षेत्रमा निर्माण हुने सबैखाले संरचनामा डेढ दशकअघिसम्म भारतबाट आयात गरिने सिमेन्ट नै बढी प्रयोग हुने गर ... बाँकी अंश»

टाटा मोटर्सको स्ट्रोम एलइटी नेपाली बजारमा

२०७२ चैत ८ सोमबार, काठमाडौं। टाटा मोटर्सले सफारी स्ट्रोम अन्तर्गतको शक्तिशाली नयाँ आविष्कार स्ट्रोम एल.इ.टि.=(Strome LET)लाई कम्पनीको ग्राहक केन्द्रित रणनीति होराइजोननेक्स्ट अन्तर्गत विभिन्न आकर्षक विशेषताहरु ड्राइभनेक्स्ट, कनेक्टनेक्स्ट सहित औपचारिक रुपमा नेपाल भित्र्याएको छ।   Strome LETमा भएको १५६ पि.एस. पावर र २.२ लि. भ्यारिकोर ४०० इन्जिनले ४०० एन. एम. को टर्क प्रदान गर्दछ। साथै यसमा भएको LSD (Limited Slip Differential)ले गाडीलाई जस्तोसुकै भूभागमापनि सहजतरिकाले चलाउन मद्दत गर्दछ।    ... बाँकी अंश»

राष्ट्र बैंकद्वारा २५ करोडको बचतपत्र जारी

२०७२ चैत ७ आइतबार, काठमाडौँ । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा तपाईंको कोही आफन्त गैरआवासीय नेपालीका रुपमा विश्वका कुनै मुलुकमा रहनुभएको छ ? छ भने खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले कुल नौ प्रतिशत ब्याज दिने गरी ‘वैदेशिक रोजगार बचतपत्र २०७७ क’ निष्कासन गरेको छ । बैंकले रु २५ करोड मूल्य बराबरको बचतपत्र निष्कासन गर्दै वैदेशिक रोजगारीमा रहेका र गैरआवासीय नेपालीका लागि केन्द्रित गरेको हो ।    बैंकका अनुसार ब्याज भुक्तानी अद्र्धवार्षिक रुपमा प्रदान गरि ... बाँकी अंश»

‘निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था’ फेर्ने खेल

२०७२ चैत ७ आइतबार, काठमाडौँ। प्रहरीले ठगीको आरोपमा कारबाही सुरु गरेपछि म्यानपावर कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायी यही बहानामा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था संशोधनको भित्री खेलमा लागेका छन् । गत फागुन १२ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १८ म्यानपावर कार्यालयमा छापा हान्दै केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा फागुन २३ गतेदेखि म्यानपावर कार्यालयनै बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।    बाह ... बाँकी अंश»

व्यवसायका लागि नेपाल खुला छ, नेपाल भ्रमण गर्नुहोस्ः राजकुमार हेनरी

२०७२ चैत ६ शनिबार, काठमाडौँ। नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरीले नेपाललाई सहयोग गर्न चाहने विश्वका समस्त मानव समुदायलाई नेपाल व्यवसायका निम्ति खुला छ भन्दै नेपालको पुनः भ्रमण गर्न आग्रह गर्नुभएको छ ।   नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको द्विशतवार्षिकीको अवसरमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आज साँझ आफ्नो सम्मानमा यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा राजकुमारले त्यस्तो अनुरोध गर्नुभएको हो ।   भ ... बाँकी अंश»

नयाँ