अर्थ

अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

२०७२ कार्तिक ११ बुधबार, काठमाडौँ। एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार भइसकेपश्चात शङ्का लागी प्रहरीले जाँच गर्ने क्रममा जुत्तामा लुकाई ल्याएको अवस्थामा तीन टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो । यसैगरी आरए ४०९ को उडानद्वारा हङ्कङबाट काठमाडाँै आएका बेलायती राहदानी भएका नेपाली नागरिक विक्की गुरु ... बाँकी अंश»

लौ आयो पेट्रोलः लिटरको २२५ रुपैयाँ

२०७२ कार्तिक ११ बुधबार, सप्तरी। भारतबाट पेट्रोलियम पदार्थ नेपाल आउन छाडेपछि सप्तरीसहित तराईका जिल्लामा मिसावटयुक्त पेट्रोलको बिक्री, वितरण र कालोबजारीको वृद्धि भइरहेको पाइएको छ ।    भारतको अघोषित नाकाबन्दी र विगत ७५ दिनदेखि सप्तरीसहित तराईका जिल्लामा जारी बन्दले यहाँका व्यापारीबाट मिसावटयुक्त पेट्रोल पदार्थ बिक्री तथा वितरण गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् ।    व्यापारी सीमावर्ती बजार भारतको कुनोली र भीमनगरबाट सस्तो मूल्यमा खरिद गरी सप्तरीको अधिका ... बाँकी अंश»

नाकाबन्दीका कारण दैनिक सवा लाख लिटर दुध उठ्न छोड्यो

२०७२ कार्तिक ११ बुधबार, चितवन। भारतीय अघोषित नाकाबन्दीका कारण दूध डेरीले दूध उठाउन नसकेपछि यहाँका कृषक मर्कामा परेका छन् । दैनिक जिल्लाभरमा दुई लाख २५ हजार लिटर दूध उत्पादन हुने भए पनि डेरीले पालो मिलाएर दैनिक एक लाख लिटर मात्रै उठाउँदै आएका छन् । जसका कारण एक लाख २५ हजार लिटर हाराहारी दूध नोक्सान हुँदै आएको छ ।    जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष हरिहर सुवेदीका अनुसार संविधान जारी भएसँगै झन्डै ३७ दिनयता कृषकको दूध पूरै उठ्न सकेको छैन । यो सबै हिसाबबा ... बाँकी अंश»

इन्धन आयात विषयमा छलफल गर्न नेपाली टोली चीन प्रस्थान

२०७२ कार्तिक ९ सोमबार, काठमाडौँ। चीनबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा द्विपक्षीय कुराकानी गर्न उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ ।    भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुकभर इन्धनको चरम सङ्कट भएपछि वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ टोली चीन गएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले चीनका उच्च अधिकारीसँग इन्धन आयातका विषयमा कुराकानी गर्नेछ ।    चीनमा रहँदा प्रतिनिधि ... बाँकी अंश»

नाकाबन्दीको प्रभावः व्यवसायी आफैले पुरे २२ लाख चल्ला

२०७२ कार्तिक ९ सोमबार, चितवन। भारतको अघोषित नाकाबन्दीका कारण कुखुरापालक किसानले उत्पादित चल्ला पुर्न थालेका छन् । यहाँ अण्डा उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ भने मासु बिक्रीमा ४० प्रतिशतले घटेको छ ।    नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले चल्ला, अण्डा, मासु र दाना उद्योग धरासायी अवस्थामा पुगेको बताउनुभयो । यस क्षेत्रमा भएको ६० अर्बभन्दा बढी लगानी जोखिम अवस्थामा पुग्ने चिन्ता बढेको उहाँको भनाइ छ ।    किसानले ब्वायलर चल्ला राख्न छाड ... बाँकी अंश»

चीनबाट अनुदानमा प्राप्त इन्धन ल्याउने अन्तिम तयारी

२०७२ कार्तिक ८ आइतबार, काठमाडौँ। वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट अनुदान प्राप्त इन्धन ल्याउने आवश्यक तयारी भइरहेको बताउनुभएको छ । नेपाल आयल निगमका पदाधिकारीसँगको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले एक–दुई दिनभित्रै इन्धन प्राप्त गर्नका निम्ति सबै तयारी भइरहेको जानकारी दिनुभयो ।    “अनुदानमा प्राप्त इन्धनलाई कसरी ढुवानी गरी राजधानी ल्याउने भन्नेबारे विस्तृत कागजात बनाएर यो बैठक बसिरहेका छौँ । यसमा राष्ट्रिय खपतको निश्च ... बाँकी अंश»

चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिको उपायबारे छलफल

२०७२ कार्तिक ६ शुक्रबार, काठमाडौँ। सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो।   “नेपाल–भारत सीमा नाकाम ... बाँकी अंश»

एक लाख ४० हजार लिटर डिजेल काठमाडौँ पठाइयो

२०७२ कार्तिक ४ बुधबार, धनगढी। सुदूरपश्चिमको कैलाली भन्सार नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमार्फत आज काठमाडौँ पठाउन सुरु गरिएको छ ।   कार्यालयका प्रमुख शरद पौडेलले सात ट्याङ्कर डिजेल र एक ट्याङ्कर हवाई इन्धन आज काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।   काठमाडौं पठाइएका सात ट्याङ्करमा एक लाख ४० हजार लिटर डिजेल र अर्को एक ट्याङ्करमा २० हजार लिटर हवाइ इन्धन रहेको बताइएको छ ।   सुदूरपश्चिममा डिजेल तथा पेट्रोलको अभाव कायम ... बाँकी अंश»

रक्सौलको बाटो बदलेर इन्धन ल्याउने पहल; निर्णय गर्न अझै आलटाल

२०७२ कार्तिक ३ मंगलबार, काठमाडौँ। मुलुकमा जारी रहेको इन्धन सङ्कटका कारण नेपालीहरुको महत्वपूर्ण चाड दसै खल्लो हुने भएको छ । भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका कारण नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । सरकारले वैकल्पिक व्यवस्था गर्ने जनाए पनि हालसम्म कुनै पनि सार्थक निष्कर्ष निस्कन सकेको छैन ।    इन्धन अभावका कारण नागरिकको सहज आवागमनमा समेत समस्या पैदा भएको छ । सवारीसाधनको अभावमा चाडबाड मान्न आफ्ना थातथलो जान चाहनेले कष्टकर यात्रा गर्न बाध्य छन् ।  ... बाँकी अंश»

‘नेपाल अझै सुन्दर र सुरक्षित’

२०७२ कार्तिक १ आइतबार, सूर्यचन्द्र बस्नेत/सिबी अधिकारी, काठमाडौँ। भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्ट्रेलियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगर ... बाँकी अंश»

कालीगण्डकी नदीमा जलयात्रा

२०७२ असोज २९ शुक्रबार, रामपुर (पाल्पा)। बागलुङ जिल्लाको मालढुङ्गादेखि पाल्पा र स्याङ्जाको सिमाना राम्दीसम्म कालीगण्डकी नदीमा जलयात्रा गर्नका लागि उत्तम भए पनि जलविद्युत् परियोजनाका कारण अवरुद्ध जलयात्रा पुनः सञ्चालनमा आएको छ। जलयात्राका लागि त्रिशूली, भोटेकोसी नदीमा जानेका लागि लक्षित गरेर राम्दीदेखि धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित देवघाटधामसम्म जलयात्राको सुरुवात भएको हो।   पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद ... बाँकी अंश»

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

२०७२ असोज २८ बिहिबार, काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ ।   घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ ।   त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।   महासचिवमा बद्री केसीले ५५५ मतका साथ विजयी हुनुभएको छ । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहाुर थापाले २६४ मत ल्य ... बाँकी अंश»

पहिलो पटक भारी मात्रामा पेट्रोलियम पदार्थ आयो

२०७२ असोज २६ मंगलबार, धनगढी । भारतले गरेको नाकाबन्दी पछि मंगलबार पहिलो पटक कैलाली भन्सार हुँदै सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल भित्रिएको छ । मंगलबार २० हजार लिटर क्षमताका १६ र १२ हजार लिटर क्षमताका चार ट्याङ्कर डिजेल भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले जानकारी दिए । यसैगरी, २० हजार लिटर क्षमताका दुई ट्याङ्कर पेट्रोल भित्रिएका छन् । नाकाबन्दीपछि भारतीय आयल निगमले पहिलो पटक माग अनुसारको पेट्रोलियम पदा ... बाँकी अंश»

निगमले साढे सात लाख लिटर इन्धन बाँड्यो

२०७२ असोज २६ मंगलबार, काठमाडौं । दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले आज सात लाख पचास हजार लिटर इन्धन उपलब्ध गराएको छ । निगमले आज वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा सोमबारदेखि नै लाइन बसेका निजी सवारी साधनलाई काठमाडौँ उपत्यका १२५ पेट्रोल पम्बाट उपलब्ध गराएको हो । निगमले छ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल वितरण गरेको छ ।  निजी सवारी साधनको लामो लाइन लागेका सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसिकएको निगमका प्रवक्ता दीपक ... बाँकी अंश»

दलबीच कुरा नमिल्दा भूकम्पपछिको पुनःनिर्माण अन्योलमा

२०७२ असोज २६ मंगलबार, भीष्मराज ओझा।काठमाडौँ । प्रमुख राजनीतिक दलहरुबीच कुरा नमिल्दा भूकम्प गएको पाँच महिना बितिसक्दा पनि भूकम्पपछिको पुनःनिर्माणको काम अगाडि बढ्न सकेको छैन । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ले कानुनी मान्यता नपाउँदा पुनःनिर्माणको कार्य अन्योलमा परेको हो ।    तत्कालीन सरकारले प्रस्तुत गरेको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित हुन नसक्दा पुनःनिर्माणको काम प्रभावित हुँदै आएको छ ... बाँकी अंश»

लोमान्थाङमा पचास प्रतिशत पर्यटक घटे

२०७२ असोज २६ मंगलबार, मुस्ताङ । मुस्ताङको लोमान्थाङमा पर्यटकको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको छ । सन् २०१५ को अक्टोबर १२ तारिखसम्म १५ सय ४१ पर्यटकले लोमान्थाङमा भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।    गतवर्ष सोही अवधीमा ३३ सय ११ पर्यटकले लोमान्थाङ भ्रमण गरेको तथ्याङ्क छ । गत वैशाखमा गएको भूकम्प र देशमा भइरहेको बन्द हड्तालका कारण पर्यटकको सङ्ख्यामा कमी आएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।    भुकम्पप ... बाँकी अंश»

गैरआवासीय नेपाली संघको सम्मेलन तयारी पुरा

२०७२ असोज २५ सोमबार, काठमाठौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशन तथा विश्व सम्मेलन असोज २७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ। ‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुन लागेको यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रीत हुने छ।   संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । असोज २७ र २८ गते संघको अधिवेशन हुनेछ भने २९ र ३० गते विश्व सम्मेलन आयोजना हुनेछ। &nbs ... बाँकी अंश»

भोली निजी सवारी साधनलाई इन्धन दिइँदै

२०७२ असोज २५ सोमबार, काठमाडौँ । नेपाल आयल निगमले उपत्यकामा भोलि मङ्गलबार एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्ने तयारी गरेको छ ।  उपत्यकामा रहेका करिब १२५ पम्पले मङ्गलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो ।  दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब् ... बाँकी अंश»

ऊर्जामा दुई वर्षभित्रै प्रगति हुने : वाग्ले

२०७२ असोज २३ शनिबार, रुपन्देही । राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले नेपालमा जलविद्युत् योजनाहरुको काम सरकारी र निजी क्षेत्रबाट धमाधम भइरहेकाले दुई वर्ष्भित्रमा नेपालले ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने बताएका छन् । वाग्लेले सरकारी र निजी क्षेत्र दुवैबाट ऊर्जा उत्पादनका लागि लगानी भइरहेकाले अब ऊर्जाकै कारण नेपालको भविष्य बन्ने भन्दै ऊर्जा विकासको काम निजी क्षेत्रले निकै राम्रोसँग गरेको बताए । पञ्चायतकालयता ८०० मेगावाट विद्युत् थप भएकोमा अबको दु ... बाँकी अंश»

मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा अगाडि बढाउनुपर्छ : नेता खनाल

२०७२ असोज २३ शनिबार, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानको कार्यान्वयनसँगै मुलुकलाई नवनिर्माण र आर्थिक क्रान्तिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् चाड वडादसैँ–२०७२ को अवसरमा नेपाल युथ सोसाइटीद्वारा यहाँ आज आयोजित ‘सामाजिक सद्भाव र एकता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया, सम्मान तथा बृहत् सांस्कृतिक समारोहमा वरिष्ठ नेता खनालले करिब ६५ वर्षअघिको नेपालीको चाहना नयाँ संविधानले प ... बाँकी अंश»

नयाँ