मनोरञ्जन

शाहरुखको ‘रईस’ र ऋतिकको 'काबिल' कमाइमा को अगाडि ?

२०७३ माघ १३ बिहिबार, एजेन्सी । बलिउडका किंग खान  शाहरुखको चलचित्र ‘रईस’ र क्रिस हिरो ऋतिक रोशन अभिनित चलचित्र 'काबिल' बुधवार रिलीज भएको  छ । दुवै चलचित्रलाई दर्शकहरुले रुचाएका छन् । रईस र  'काबिल'ले  पहिलो दिन भारतीय बक्स अफिसमा शानदार उद्घाटन गरे ।   शाहरुख खानको चलचित्र 'रईस' ले शानदार उद्घाटन गर्दै घरेलू बाजारमा  २०.४२ करोड भारतीय रुपैया कमाएको छ भने ऋतिक रोशनको 'काबिल' ले १०.४३ करोड भारतीय रुपैया कमाएको भारतीय ट्रेड विज्ञ तरन आदर्शले जनाएका छन् ... बाँकी अंश»

'काबिल' : नाम जस्तै चलचित्र, हेरेर रोइन् रेखा

२०७३ माघ १३ बिहिबार, एजेन्सी । ऋतिक रोशन अभिनित चलचित्र 'काबिल' बुधवार रिलीज भएको छ । चलचित्रलाई धेरै दर्शकले मन पराएका छन् । भारतीय संचारमाध्यमका अनुसार , 'काबिल' को स्पेशल स्क्रीनिंगमा पुगेकी अभिनेत्री रेखा चलचित्र हेरेर निकै इमोशनल भएकी थिइन् ।   सोमवार राति 'काबिल' को स्क्रीनिंगमा भाग लिएपछि चलचित्र निर्माता तथा ऋतिकका बुवा राकेश रोशन घर पुगे । उनले अचानक घरमा रेखालाई देखे । सो क्रममा रेखा निकै इमोशनल देखिन्थिन् , उनको आखाबाट  आंसु बगिरहेका थिए । उनि राक ... बाँकी अंश»

अमेरिकी नायिका मेरी टाइलर मोरको निधन

२०७३ माघ १३ बिहिबार, न्यूयोर्क । इमी अवार्ड विजेता अमेरिकी नायिका मेरी टाइलर मोरको ८० वर्षको उमेरमा निधन भएको छ । उनका प्रकाशकले निधनको पुष्टि गरेका हुन् । बुक्सबामले वक्तव्य जारी गर्दै मोरको निधन भएको स्पष्ट पारेका हुन् ।   न्यूयोर्कमा जन्मिएकी मोर ८ वर्षको उमेरमै लस एन्जलस आउनु परेको थियो । सानै उमेरमा प्रदर्शनी व्यापारमा संलग्न मोरले १७ वर्षको उमेरमा नर्तकीको भूमिका निभाएकी थिइन् ।    सन् १९८० मा ‘अर्डिनरी’ चलचित्रबाट अस्कर अवार्डमा उत्कृष्ट अभिनेत् ... बाँकी अंश»

आमिरले आफैलाई जित्न ७० करोड चाहियो

२०७३ माघ १२ बुधबार, एजेन्सी ।बलिउड अभिनेता आमिर खानको 'दंगल' २३ डिसेम्बरमा रिलिज भएको हो । चलचित्र रिलिजसँगै कलेक्शनको सिलसिला जारी रहेको छ । नीतेश तिवारीद्वारा निर्देशित चलचित्र 'दंगल'ले अहिले सम्म विदेशमा २००.६५  करोड भारतीय रुपैया (भारु) कमाई गरेको छ ।    दंगलले २२ जनवरीसम्म भारतमा ३८१.०७ करोड भारु कमाइ गरेको थियो । दंगलले विश्वभरबाट ५८१.७२ करोड भारु कमाई गरेको छ ।  चलचित्रले 'रईस' र 'काबिल' रिलीज  सम्ममा कुल ७२१.१४ करोड भारु कमाइ गर्दै चलचित्र सबैभन ... बाँकी अंश»

‘रईस’ हेर्न मुटु दरिलो पारेर हल भित्र छिरौ ! (समीक्षा)

२०७३ माघ १२ बुधबार, चलचित्रः रईस रेटिङः १/२ स्टार निर्देशकः राहुल ढोलकिया मुख्य कलाकार: शाहरुख खान, नवाजुद्दीन सिद्दिकी, माहिरा खान, जीशान अयूब   मुम्बई  । बलिउडका किंग खान  शाहरुखका पछिल्ला दुई चलचित्र ‘दिलवाले’ र ‘फ्यान’ बक्स अफिसमा धरासयी भएको थियो त्यसैले उनको चलचित्र ‘रईस’ बाट निर्माताहरुले धेरै आशा लिएका छन् । रईसले निर्माताहरुका आशालाई पनि पुरा गर्ने देखिन्छ तर चलचित्रमा कमजोरि भने चाहि रहेको छ ।   कथा   रईसको कथा गुजरातको एक रक्स ... बाँकी अंश»

तिरिरी मुरली बजाउने गायक तथा संगीतकार पन्नाकाजीको निधन

२०७३ माघ १२ बुधबार, काठमाडौं । ‘तिरिरी मुरली बज्यो वनैमा.......’ गीतका गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ ।    उनले  ‘किन–किन तिम्रो तस्बिर‘, नौलाखे तारा, लालीगुराँस फुल्यो है लगायत थुप्रै गीत गाएका थिए । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।   पन्नाकाजीका चार छोरामध्ये प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार हुँद ... बाँकी अंश»

नेपाल चलचित्र संघमा राप्रपाका केन्द्रीय सदस्य उदय निर्विरोध

२०७३ माघ १२ बुधबार, मकवानपुर ।  नेपाल चलचित्र संघको ४४औँ साधारणसभाले प्रदीपकुमार उदयलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।  मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले उदयलाई चयन गरेको हो ।    फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको चलचित्र संघको अध्यक्षमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उदयकोमात्रै उम्मेदवारी परेको थियो ।    संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार् ... बाँकी अंश»

चपली हाइटका हिरो घिमिरेमाथि सांघातिक आक्रमणको प्रयास गर्ने दुईजना पक्राउ

२०७३ माघ १२ बुधबार, काठमाडौं । चपली हाइटका नायक राज घिमिरेमाथि सांघातिक आक्रमणको प्रयास गर्नेमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते र ६ गते लगातार मध्य रातमा उनकै घर गोदावरीमा हतियारधारी समूहले सांघातिक आक्रमणको प्रयास गरेका थिए ।    कामको शिलशिलामा घिमिरे बाहिर रहेका बेला घरका परिवारका सदस्यमाथि आक्रमण गरी उनीहरुले लुटपाट गरेका थिए । हतियारधारी समूहले उनकी आमामाथि आक्रमण गरी गहनासमेत लुटेका थिए । ललितपुर प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका घिमि ... बाँकी अंश»

'प्रमोशनमा निस्किएका शाहरुखलाई फापेन रेल यात्रा'

२०७३ माघ ११ मंगलबार, एजेन्सी ।  बलिउडका किंग खान, शाहरुख आफ्नो चलचित्र 'रईस' को प्रमोशन गर्न रेलमा  मुम्बईबाट दिल्ली निस्किएका छन् । खानले फरक फरक स्टेशनमा आफ्नो फ्यानसँग चलचित्रको प्रचार गर्ने कार्यक्रम रहेको  भारतीय संचार माध्यमले जनाएका छन् ।     सोहि क्रममा  शाहरुखको रेल गुजरातको वडोदरा स्टेशनमा  रोकिएसँगै हजारौ भीडबीच  एक व्यक्तिको मृत्यु भएको छ । वडोदरा स्टेशनमा भागदौड मचिदा फरीद खानको मृत्यु भएको हो । उनि आफ्ना आफन्तलाई स्टेशनमा छोड्न आएका थिए ... बाँकी अंश»

एमटीभी रोडिजको आकर्षण बढ्दै, अब नेपाली संस्करण नै हुँदै

२०७३ माघ ११ मंगलबार, काठमाडौं । आफ्नो स्थापनादेखि नै एमटीभी रोडिज्ले हरेक वर्ष हजारौं व्यक्तिहरुलाई यस प्रतियोगात्मक रियालिटि सिरिजमार्फत आकर्षित गर्दै सबैभन्दा ठूला रियालिटि शोमध्ये एकको रुपमा आफूलाई प्रमाणित गरिसकेको छ । रोडिज् पप्–कल्चरको हिस्साबन्दै रोमाञ्च खोज्ने युवाहरुको मनोवृत्ति झल्काउने विशेष कार्यक्रम बनिसकेको छ ।   प्रतियोगीहरुको मानसिक क्षमताको परिक्षणका साथै अनुभव र क्षमता तथा विश्वास र आशामध्ये कुन बढि आवश्यक हुन्छ भन्ने कुराको पहिल्याउ ... बाँकी अंश»

पूर्व पत्नी सुजैनले भनिन्-' ऋतिक, मलाई तपाई माथि गर्व छ'

२०७३ माघ १० सोमबार, एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन र  सुजैन खानको सम्बन्ध बिच्छेद भएको ३ बर्ष बितिसकेको छ । तर उनिहरु बिचको सम्बन्ध सधै सामान्य देखिने गरेको छ । सुजैन खानले पुन: आफ्नो पूर्व पति ऋतिक रोशनको प्रशंसा गर्दै मलाई तपाई माथि गर्व छ  लेखेकी छन् ।    ऋतिकको चलचित्र ‘काबिल' २५ जनवरीमा रिलिज हुदैछ ।  ‘काबिल’ को रिलीज भन्दा तीन दिन पहिले विशेष अतिथिहरुका लागि स्पेशल स्क्रीनिंग राखिएको थियो । यसै क्रममा सुजैन खान पनि आफ्ना दुई छोरा रेहान र रिदानसँग ... बाँकी अंश»

'रेलबाट मुम्बई आएका शाहरुख दिल्ली फर्कदै'

२०७३ माघ ९ आइतबार, मुम्बई । बलिउडका किंग खानको चलचित्र 'रईस' २५ जनवरीमा रिलिज हुदैछ । शाहरुख खान  आफ्नो चलचित्रको प्रमोशन कडा मेहनतका साथ गरिरहेका छन् । उनले अब चलचित्रको प्रमोशन  नयाँ रुपमा तरिकाले  गर्ने भएका छन् ।  शाहरुख आफ्नो चलचित्र 'रईस' को प्रमोट गर्न रेलमा  मुम्बईबाट दिल्ली जानेछन् । खानले फरक फरक स्टेशनमा आफ्नो फ्यानसँग चलचित्रको प्रचार गर्ने भारतीय संचार माध्यमले जनाएका छन् ।    शाहरुख आफ्नो टोलि सहित सोमवार ५ बजे बम्बे सेन्ट्रलबाट अगस्त ... बाँकी अंश»

सन्नी लियोनको अगाडि पर्दा यसरी लजाए सलमान र शाहरुख

२०७३ माघ ९ आइतबार, मुम्बइ । विश्व चर्चित पार्न स्टार सन्नी लियोनको अगाडि पर्दा बलिउडका चर्चित नायकद्वय सलमान खान र शाहरुख खान समेत लजाएका छन् । शनिबार तथा आईतबार विग बोसको प्रवद्र्धनको लागि एकै ठाउँमा भेला भएका यी तीन अभिनेता तथा अभिनेतृहरुले एकदमै राम्रो नृत्य पनि गरेको पञ्जाव केसरीले जनाएको छ ।    उनीहरुले विगबोसमा एकैपटक तीनै जनाको संयुक्त फोटो पनि खिचाएका थिए । तर तस्वीरमा देखिएजस्तो सन्नी लियोनको अगाडि पर्दा यी दुबै अभिनेताको अनुहारमा भने लज्जा भाव देखि ... बाँकी अंश»

नायक राज घिमिरेमाथि सांघातिक आक्रमण, मागे सुरक्षा

२०७३ माघ ८ शनिबार, काठमाडौ । चपली हाइटका नायक राज घिमिरेमाथि गत मंगलबार मध्य रातमा सांघातिक आक्रमणको प्रयास भएको छ ।  घरमा बसीरहेको बेलामा उनकै घर गोदावरीमा हतियारधारी समुहले सांघातिक आक्रमणको प्रयास गरेको घिमिरेले जनाएका छन् । यद्यपि घिमिरे घरमा नभएपछि उनको परिवारमाथि आक्रमणा भएको घिमिरेले जानकारी दिए ।    कामको शिलशिलामा घिमिरे बाहिर रहेको र घरमा घिमिरे नभएपछि परिवारका सदस्यमाथि आक्रमण गरि लुटपाट गरेको घिमिरेले जानकारी दिए । हतियारधारी समूहले उनकी आमा ... बाँकी अंश»

एकिकृत नमुना वस्तीकालागि सहयोग जुटाउन 'धुर्मुस-सुन्तली' अष्ट्रेलियामा

२०७३ माघ ७ शुक्रबार, काठमाडौं। एकिकृत नमूना वस्ती निर्माणको लागि व्यापक चर्चा कमाएका कलाकारद्वय सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' अष्ट्रेलिया पुगेका छन्। अष्ट्रेलियका विभिन्न शहरमा आयोजना हुन लागेको 'धुर्मुस् सुन्तली साँझ' का लागि उनीहरु हालै अष्ट्रेलिया पुगेका हुन्।    हाल महोत्तरी बर्दिबासका मुसहरहरुका लागि तेस्रो एकिकृत नमूना वस्ती निर्माणमा जुटेका कट्टेल र घिमिरेले सोहि कार्यका लागि सहयोग जुटाउने छन्। साथै अष्ट्रेलियाबासी ने ... बाँकी अंश»

नेपालकी तेरिया मगरले जितिन् भारतीय टिभीको नृत्य प्रतियोगीता 'झलक दिखलाजा'

२०७३ माघ ७ शुक्रबार, एजेन्सी। नेपालकी तेरिया मगरले भारतीय टेलिभिजनको रियालीटी शो झलक दिखलाजा सिजन ९को उपाधी जितेकी छिन्। उनले भारतका सलमान युशुफ खान र शान्तानु महेश्वरीलाई पछी पार्दै ट्रफी हात पारेको भारतीय अनलाईन मिडियाले जनाएका छन्।    तेरियाले यस अघि भारतीय टेलीभिजन शो डान्स ईण्डिया डान्स लिटिल मास्टर्स २०१४को उपाधी जितेकी थिईन्। तेरियाको बिजयलाई आश्चार्यका रुपमा हेरिएको छ। झलक दिखलाजामा दर्शकको फेवरेट शान्तानु रहेका थिए।    त्यसैगरि शलमान दोस्रा ... बाँकी अंश»

'संवेदनशील अंग' को बीमा गर्न चाहन्छिन् सन्नी लियोन

२०७३ माघ ७ शुक्रबार, एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनले एउटा खुलासा गरेकि छन् । उनले आफ्नो संवेदनशील अंगको बिमा गर्न चाहेको बताएकी छन् । एक टिभिलाई दिएको अन्तर्वार्तामा सन्नी लियोनलाई आफ्नो  शरीरको कुन अंगको बीमा गर्न चाहाना छ भने प्रश्न गरिएको थियो । उत्तर दिदै सन्नीले यस्तो हुन सके उनि आफ्नो अनुहारको बिमा गर्न चाहने बताइन् । उनले आफ्नो अनुहारको बढि माया लाग्ने भएकाले बिमा गर्न चाहेको पनि खुलाइन् ।    बलिउड प्रवेश गर्नु भन्दा पहिले सन्नी पोर्न एक्ट्रेस थि ... बाँकी अंश»

आरजु खरेलसँग बिहे गर्ने मुडमा चर्चित कमेडियन सन्दिप क्षत्री

२०७३ माघ ६ बिहिबार, काठमाडौँ । गायक निरज सिलवालको टुकटुक हिड्ने बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द तथा संगीत गायक स्वयं सिलवालकै रहेको भिडियोमा अभिनय चर्चित कलाकार तथा कमेडियन  सन्दिप क्षेत्रीले गरेका छन् ।    जसमा सन्दिपलाई उनको चर्चित शो ह्वाट्स द फ्लपको टिम र सुन्दरी मोडल आरजु  खरेलले साथ दिएकी छिन् । भिडियोमा सन्दिपले आरजुलाई साइत जुराएर भित्र्याउने कुरा गरेकी छिन् ।     भिडियोलाई  निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । अमृत सुनुवा ... बाँकी अंश»

सलमानले पाए सफाइ

२०७३ माघ ५ बुधबार, एजेन्सी । कालो हरिण शिकारको आरोप लागेका बलिउड अभिनेता सलमान खानले सफाइ पाएका छन् । १८ बर्ष देखि अदालतमा विचाराधीन मुद्दामा खानले सफाइ पाएका हुन् ।  उनलाई मंगलबार जोधापुर अदालतले सफाइ दिएको हो । सरकारी वकीलका अनुसार उनलाई चेतावनी दिएर छाडिएको छ ।    बलिउडका  सुल्तान सलमान खान मंगलवार  बहिनि अलवीरा खानसंग जोधपुर पुगेका थिए  । अदालतमा भने उनि अदालत सुरु भएपछि मात्र उपस्थित भए । सफाइ पाएसँगै सलमानले आफ्ना शुभचिन्तकलाई ट्विटरमार्फत धन्यवाद ... बाँकी अंश»

कालो हरिण प्रकरण : चार्टर विमानमा जोधपुर पुगे सलमान

२०७३ माघ ५ बुधबार, एजेन्सी ।  बलिउडका  सुल्तान सलमान खान मंगलवार  बहिनि अलवीरा खानसंग जोधपुर पुगेका छन् । मंगलवार  उनको भाग्यको फैसला हुनेछ । यदि अदालतले उनलाई गम्भीर अपराधि मानेमा सात बर्षको जेल सुनाइनेछ । साथै उनि अदालतबाटै जेल जानेछन् ।   साथै सजाय तीन बर्ष भन्दा कम भए उनिलाई जमानत लिन र तल्लो अदालतको निर्णय बिरुद्ध उच्च न्यायालमा अपील गर्ने अवसर दिइनेछ । साथै अदालतले उनलाई गुनेगार मान्दै चेतावनी दिएर छाड्न सक‍्नेछ ।   सलमानलाई अवैध हथियार रखेको र ह ... बाँकी अंश»

नयाँ