मनोरञ्जन

के कलाकार दीपकराज गिरीलाई कारबाही होला त ?

२०७३ माघ ३ सोमबार, काठमाडौं । छक्का पन्जा पाईरेसी गरेको आरोप लागेर एक जनाको ज्यान गएपछि चलचित्रका निर्माता तथा निर्देशकहरु विरुद्ध कडा आलोचना सुरु भएको छ । केही दिन अघि पाईरेसी भएको आरोप लागेपछि कृष्ण सुवेदी(रुपेश) नाम गरेका एकजना नोवेल कलेजमा अध्ययनरत विद्यार्थीले आत्महत्या गरेका थिए ।    यसरी सुवेदीको आत्महत्याको कारण चलचित्रका निर्माता एवं निर्देशकहरु रहेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति नै गठन गरेर दीपकराज गिरी लगा ... बाँकी अंश»

अभिषेकले खोले रहस्य, यसरी ऐश्वर्यालाई गरेका थिए प्रपोज

२०७३ माघ २ आइतबार, एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको १० बर्ष पुरा हुदैछ । २००७ देखि  अभिषेक र ऐश्वर्यासँगै रहेका हुन् । अभिषेकले शुक्रबार  १३ जनवारीमा ट्विटर गर्दै '१० बर्ष पहिले न्यूयोर्कको चिसो बालकोनिमा उनले हुन्छ भनेकी थिइन् ' भन्ने  लेखेका छन्।   अभिषेक-ऐश्वर्याले एक साथ  कयौ चलचित्रमा अभिनय गरेका छन् । दुबैले चलचित्र 'ढाई अक्क्षर प्रेम के' र 'कुछ ना कहो' मा एकै साथ देखिए । 'बंटी और बबली' को गित 'कजरा रे' मा का ... बाँकी अंश»

नेपालका चर्चित र्‍यापर यम बुद्धको लण्डनमा निधन

२०७३ माघ १ शनिबार, लण्डन। नेपाली सांगितीक क्षेत्रमा र्‍याप गीतका स्टार गायक अनिल अधिकारी उर्फ यम बुद्दको निधन भएको बिबिसी नेपाली सेवाले पुष्टी गरेको छ। उनको शव शनिवार बिहान लण्डन स्थित आफ्नै घरमा भेटिएको जनाईएको छ। उनको शव घरमा भेटिएकाले आत्महत्याको प्रारम्भिक शंका गरिएको छ। उनको शवलाई बुधवार पोष्टमार्टम गरिने बताईएको छ। पोष्टमार्टम पछि मात्र सत्यतथ्य कुरो पत्ता लाग्ने छ।    मोरंग शलकपुरका अधिकारीले आफ्नो पढाई काठमाडौंमा गरेका थिए। काठमाडौंमा उनी मैतीदे ... बाँकी अंश»

‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका युवा मृत भेटिए

२०७३ पौष २९ शुक्रबार, काठमाडौँ । ‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवा मृत फेला परेका छन् । नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौँ विजयचोकस्थित डेरामा मृत फेला परेका हुन् ।    महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै गरेको देखिएको जानकारी दिए।    दीपकराज गिरी निर्माता तथा दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्क ... बाँकी अंश»

‘ट्रिपल एक्स’ को प्रिमियर : रणवीरले भने - 'दीपिका माथि गर्व छ'

२०७३ पौष २९ शुक्रबार, एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको हलिउड चलचित्र ‘ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज’ को प्रीमियर शुक्रबार समपन्न भएको छ ।     प्रीमियरको अवसरमा अभिनेता रणवीर सिंह निकै खुशि देखिन्थे ।  रणवीरले दीपिका पादुकोण अन्तर्राष्ट्रीय मन्चमा भारतको प्रतिनिधित्व गरेकोमा गर्व रहेको बताए । उनले भने , ‘‘यो मेरो लागि गौरवपूर्ण क्षण हो। म निकै उत्साहित छु । यो हलिउडको ठुलो चलचित्र हो । यो ‘ट्रिपल एक्स’ को प्रीमियर हो जसमा दीपिका छिन् । उनि   ... बाँकी अंश»

भुवन केसीले भने -'महानायक को हो ? चिन्नुहोस्'

२०७३ पौष २८ बिहिबार, काठमाडौं । नेपाली चलचित्रका  सुपरस्टार भुवन केसी विगत लामो समय देखि चलचित्र उद्योगमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै दर्शकलाई उत्कृष्ट फिल्म दिन सफल भएकाले महानायक को हो भन्ने चिन्ने बेला आएको बताएका छन् ।  चलचित्र पत्रकार सघं दाङले विहिवार साक्षात्कारमा बोल्दै भुवनले महानायक,सुपरस्टार भन्दैमा फुरुगं हुन नहुने बरु आफुले दर्शकलाई कसरी राम्रा चलचित्र दिन सकिन्छ भन्ने बारे उनले उल्लेख गरे । साथै कसैलाई महानायक त कसैलाई सुपरस्टार ... बाँकी अंश»

नेपालगंजमा फिल्म फेस्टिवलको तयारी तीव्र

२०७३ पौष २८ बिहिबार, बाँके । आगामी माघ ८ गते देखि नेपालगंजमा हुने नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने उक्त फेस्टिवलको सह आयोजकको रुपमा बास रहेको छ । फेस्टिवल भेरी प्राविधिक शिक्षालय हलमा हुनेछ । आयोजनालाई भव्यता दिन अन्य संघ संस्थाहरु सँग सहकार्य भइरहेको बताइएको छ ।    फेस्टिवलमा कालोपोथी, छायाँ, पुण्टेको पाँग्रो, म खुसी छु, मेला, हेलिकप्टर रेस्क्युअर अन द हिमालय, घुसको लोग्ने, रियालको ... बाँकी अंश»

ओम पुरीको निधन रहस्यमय, हत्या भएको शंका

२०७३ पौष २७ बुधबार, मुम्बई । चर्चित बलिउड अभिनेता ओम पुरीको निधन रहस्यमय बन्दै गएको छ । गत जनवरी ६ तारिखमा आफ्नो घरमै निधन भएका पुरीको मोवाइल फोनले भने उनको मृत्युलाई स्वभाविक भन्दा अस्वभाविक बनाएको हो ।    उनको फोन दोस्री पत्नी नन्दिताको साथमा रहेको रहेसंगै उल्झन बढेको हो । भारतीय संचारमाध्यमहरुका अनुसार प्रहरीले मृत्युको अनुसन्धान गर्ने क्रममा उनको मोवाइल उनकी दोस्री पत्नीसंग रहेको पत्ता लगाएको हो ।    मृत्युपछिमात्र फोन हराएको हो । पोष्टमार्टम रिपोर् ... बाँकी अंश»

ऋतिक रोशन : नशा-नशामा बलिउड

२०७३ पौष २६ मंगलबार, एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले मंगलबार जन्मदिन मनाएका छन् । उनलाई विश्वभरबाट शुभकामना दिने को ओइरो लागेको छ । ४३ बर्षिय ऋतिक रोशनको जन्म १० जनवरी १९७४ मुम्बईमा भएको थियो । ऋतिक चर्चित निर्माता- निर्देशक राकेश रोशनका छोरा हुन् । ऋतिकले फिल्म इन्डस्ट्रीमा आफ्नो निर्माता बुवा राकेश रोशनसँग असिस्टेन्ट डायरेक्टरको रुपमा काम गर्न सुरु गरेका हुन् ।    ऋतिकले सन् २००० मा 'कहो न प्यार है' बाट लीड हीरोको करियर सुरु गरे । त्यसपछि  'कोई मिल गया', ... बाँकी अंश»

आमिरको 'दंगल' सबै भन्दा अगाडि

२०७३ पौष २५ सोमबार, एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र 'दंगल' भारतमा सबै भन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । भारतमा अहिले सम्म सबैभन्दा ज्यादा कमाउनेमा चलचित्र 'पेके' थियो । भारतको सो सुचिमा  'दंगल' पछि दोस्रो नम्बरमा  'पीके' छ भने तेस्रो  नंबरमा  'बजरंगी भाईजान', चौथो नम्बरमा 'सुलतान', र पाँचौमा  'धूम ३' रहेको छ ।भारतमा 'दंगल'ले  अहिले सम्ममा  कुल कमाइ ३४१.९६ करोड रहेको छ । 'पीके' ले ३४०.८ करोड रुपैया गरेको थियो भने 'सुलतान' ले करीब ३ ... बाँकी अंश»

बाहुबली २ देखि रोबर्ट २ सम्म : २०१७ को चर्चामा रहेका २२ बलिउड चलचित्र

२०७३ पौष २४ आइतबार, एजेन्सी । नयाँ बर्ष सुरु भएसँगै बलिउडमा सन् २०१७ मा नयाँ चलचित्र  के आउदैछ भन्ने सबैको चासो हुन्छ । सन्  २०१६ मा बलिउडमा  दंगाल, सुल्तान, एयर लिफ्ट, रुस्तम, शिवाय , बेफीक्रि, फ्यान, एमएस धोनि जस्ता चलचित्रहरु चर्चाका साथै कमाइको हिसाबमा पनि अगाडि रहे ।  सन् २०१७ मा  बाहुबली को सिक्वल बाहुबली २ रोबर्ट २.० रिलिज अगावै चर्चामा रहेका छन् ।   हेरौ २०१७ मा रिलिज हुने २२ चलचित्र । १. राईस    २. काबिल   ३.जोनि एलएलबि २   ४. बद्रिनाथकी दुल्ह ... बाँकी अंश»

बावुको कारण भएन करीनासँग मेरो विवाह : मुख्यमन्त्री अखिलेश

२०७३ पौष २२ शुक्रबार, एजेन्सी । बलिउड अभिनेत्री करीना कपुरले विवाह गरेको ४ बर्ष बिति सकेको छ । उनले सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी हुन् । सैफ-करीनाको हालै सन्तान भएको छ ।    करिनालाई सैफ बाहेक लाखौ करोडौ मानिसले चाहन्छन् । उनलाई  चाहनेमा एक मुख्यमन्त्री थपिएका छन् । उनी हुन् उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव । यादवले हालै एक  अन्तरवार्तामा आफुले करीनालाई विवाह गर्न चाहेको बताएका छन् । साथै उनले आफू करिनाको ठूलो फ्यान भएको उल्लेख गरेका छन् ।    उ ... बाँकी अंश»

भारतीय चर्चित कलाकार ओम पुरीको निधन

२०७३ पौष २२ शुक्रबार, काठमाडौं। भारतीय चलचित्र उद्योग बलिउडका चर्चित कलाकार ओम पुरीको निधन भएको छ। शुक्रबार बिहान उनको आफ्नै निवासमा ह्रदयघातका कारण मृत्यु भएको हो।    भारतीय चलचित्र लगायत हलिउड र बेलायतका चलचित्रमा पनि अभिनय गरेका पुरीको निधनले चलचित्र जगत शोकमा डुबेको छ। उनको आत्माको चिर शान्तीकालागि कलाकार देखि सर्वसाधारणसम्मेले समाजिक संजालहरुमा श्रद्धान्जली दिरहेका छन्।    सन् १९५०मा जन्मेका पुरीको ६६ बर्षमा मृत्यु भएको हो। उनी भारतको उच्च सम्मान ... बाँकी अंश»

बलिउडका सुपर स्टारले छाँयामा पारेका राम्रा चलचित्र

२०७३ पौष २० बुधबार, काठमाडौं ।  बलिउडमा प्रत्येक बर्ष  ठुला बजेट देखि साना बजेटका थुप्रै चलचित्र बन्ने गर्दछन् । तर  एकै दिन ठुलो र सानो बजेटको चलचित्र रिलिज भए साना बजेटका चलचित्रहरु छायामा पर्ने गरेको देखिन्छ ।    सलमान खान, आमिर खान, शाहरुख खान जस्ता ठुला स्टारडम चलचित्र भए त  साना चलचित्रले लगानि पनि उठाउन मुस्किल पर्छ। सन् २०१५ मा एकै समय रिलिज भएका दुई चलचित्र हुन्  'मसान' र 'बजरंगी भाईजान' । 'कान्स फिल्म फेस्टिवल' मा 'मसान' को निकै तारिफ भयो । तर ... बाँकी अंश»

५० वर्षे गायिका जेनेट ज्याक्सनले बच्चा पाइन्

२०७३ पौष २० बुधबार, काठमाडौं । ५० वर्षे पाकी गायिका जेनेट ज्याक्सनले पहिलो सन्तान जन्माएकी छिन् । पाको उमेरमा उनले छोरो पाएको जनाइएको छ । उनका कतारी पति विसाम अल मनले बच्चा इसा अल मनलाई स्वागत छ भनेका छन् ।    जेनेट र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको पनि जनाइएको छ । उनी गत अप्रिलमा गर्भवती भएकी थिइन् ।    पाको उमेरमा गर्भवती भएसंगै उनको स्वास्थ्यलाई लिएर दबाब बढेको थियो । उनले आफू गर्भवती भएपछि विश्वटुर रोकिएको थियो । ट्वीटरमा उनले आफ्ना फ्यानलाई टुर अचान ... बाँकी अंश»

रहेनन् ‘योर माई लभ बा’, नाटक देखाउँदा–देखाउँदै मञ्चमै ढले

२०७३ पौष १९ मंगलबार, काठमाडौं । वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ । नेपाल टेलिभिजनमा लामो समय चलेको टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चा कमाएका रंगकर्मी फुयाँलको जमलस्थित राष्ट्रिय नाचघरमा अभियनय गर्दा गर्दै हृदयघात भई निधन भएको हो । फुयाँल नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दै थिए । संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको नाटक बद्री अधिकारीले निर्देशन गरिरहेका थिए । नाटकमा फुयाँल राजा जनक भूमिकामा थिए । अ ... बाँकी अंश»

आफ्नो रेकर्ड आफै तोड्दै आमिर

२०७३ पौष १८ सोमबार, एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र 'दंगल' ले आफ्नै चलचित्र 'पेके' को रेकर्ड तोडेको छ । चलचित्रले भारतमा रिलिजको  दिन २९.७८ करोड कमाएको छ भने सोमबार १० औ दिन सम्ममा  २७०.४७ करोड कमाएको छ । 'दंगल' ले विश्व भरबाट कुल ५११.५४ करोड कमाएको छ । चलचित्रले  ५११.५४ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा छैठौँ स्थानमा रहेको छ ।      सन् २०१४ मा रिलिज भएको 'पीके'ले रिलिजको पहिलो दिन २६ करोड कमाएको थियो । त्यस्तै चलचित्र ... बाँकी अंश»

डिभोर्स गरेकी रेखा थापाको आमा बन्ने रहर

२०७३ पौष १८ सोमबार, काठमाडौं । नेपालकै चर्चित नायिका रेखा थापाले आमा बन्ने रहर देखाएकी छन् । दाङको घोराहीमा पत्रकारहरु माझ कुरा गर्दै नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर जागेको बताएकी हुन् । निर्माता निर्देशक छविलाल ओझासँग केही बर्ष अघि डिभोर्स गरेर एक्लै बस्दै आएकी नायिका थापाले अब विवाह गर्ने समय आएको भन्दै मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिएर आमा बन्ने बताइन् । तर उनले को सँग विवाह गर्ने भन्ने चाँही खुलाइनन् ।     नायिका थापा,चर्चा र विव ... बाँकी अंश»

यस कारण ऐश्वर्यासँग अभिनय गर्न चाहदैनन् अभिषेक

२०७३ पौष १७ आइतबार, एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन चाडै चलचित्र 'लेफ्टी' मा देखिदै छन् । चलचित्रमा अभिषेकले अभिनयका साथै को-प्रोड्यूस पनि गर्दैछन् । अभिनयका साथै निर्माण पनि आफैले गर्ने भएपछि चलचित्रमा ऐश्वर्यालाई मुख्य अभिनेत्रिको भुमिका दिइनुपर्ने हो । तर भारतिय संचारमाध्यमका अनुसार अभिषेकले ऐश्वर्यालाई चलचित्रमा लिन अस्विकार गरेका छन् ।   अभिषेक सो चलचित्रका लागि नयाँ अनुहारको खोजिमा रहेका छन् । अभिषेक चलचित्रमा भर्खरकी युवति चाहन्छन्, उनले ऐश्व ... बाँकी अंश»

सोनाक्षीले किन रोजिन् धेरै नायिकासँग नाम जोडिएका विवादित बन्टीलाई

२०७३ पौष १५ शुक्रबार, एजेन्सी । भारतीय संचारमाध्यमका अनुसार बलिउड अभिनेत्री सोनाक्षी  सिन्हा २०१७ मा इन्गेजमेन्ट गर्दै छिन् । सोनाक्षी २०१२ देखि  बन्टी सजदेहसँग डेटमा रहेको बताइएको छ ।    बन्टी विवाहित पुरुष हुन् । उनले सन् २००९ मा अंबिका चौहानसँग गोवामा विवाह गरेका थिए । सो विवाहमा सलमान खान पुगेका थिए ।  बंटी, अंबिकासँगको ४ बर्ष लामो बसाइपछि सम्बन्ध बिच्छेद गरेका थिए  ।    सोनाक्षी सिन्हा र कथित प्रमि बंटी सजदेह विवाहको चर्चा चौतर्फि हुन थाले पनि विवा ... बाँकी अंश»

नयाँ