मनोरञ्जन

बावु सलीमले भने- 'सलमानको असफलता मेरो लेखन नबनोस्'

२०७३ माघ २० बिहिबार, एजेन्सी ।  सलीम खानले आफु सलमानको लागि किन कथा नलेख्ने भन्ने बारेमा  खुलासा गरेका छन् । उनले यदि सलमान खानको लागि लेखिएको चलचित्र असफल भए  उनि दोषी हुनाले नलेख्ने बताए ।    सलीमले भने , 'यो सत्य होइन कि म सलमानको लागि चलचित्र लेख्दिन । मैले उसको लागि  'पत्थर के फूल' लेखेको थिए जुन निकै चर्चित थियो ।  अहिले अब म लेख्छु निर्माता मलाई प्रश्न गर्छन् यदि कथा राम्रो छ भने चलचित्रमा सलमानलाई किन नराख्ने ? तर म यस दुष्चक्रबाट बाहिर रहन चाहान्छु ।' ... बाँकी अंश»

पूर्वेली गायक बिमलको 'गर्न सकिन मायाको कुरा' सार्वजनिक ( भिडियो )

२०७३ माघ २० बिहिबार, काठमाडौ । नेपाली संगीत आकाशमा उदाउँदै गरेका पुर्वेली गायक विमल गौतमको “गर्न सकिन मायाका कुरा” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विमलको सार्वजनिक भएको म्युजिक भिडियोमा उनले मनका कुरा ब्यक्त नसकेको र आफ्नो मायाँको प्रस्ताव आँखाको भाकाले बुझिदिन आग्रह गरेका छन् । बिमल स्टेजका पनि  राम्रा गायक हुन् ।   उक्त गीत २ वर्ष अघि नै रेकर्ड भएको भए पनि हालै मात्र म्युजिक भिडियो रिलिज गरिएको छ । गीतमा डि आर को शब्दलाई संगीतकार डेनी निरौलाले संगीत ... बाँकी अंश»

संजय दत्तको चलचित्र 'भूमि'बाट बलिउड फर्कदै शेखर सुमन

२०७३ माघ १९ बुधबार, एजेन्सी । एक जमनाका चर्चित बलिउड अभिनेता शेखर सुमन चाडै बलिउड फर्किदै छन् ।  शेखर सुमन संजय दत्तको चलचित्र 'भूमि' बाट बलिउड फर्किने भएका हुन् ।  शेखर सो चलचित्रमा टूरिस्ट गाइडको रोलमा देखिनेछन् । जसले  ताज महल घुमाउने काम गर्दछ । चलचित्रको सुटिङ आगरामा भइरहेको छ ।   शेखर बलिउडमा निकै लामो समय देखि सक्रिय छन् । शेखर बलिउडमा सन् १९८४ को चलचित्र 'उत्सव', १९८५ को 'रहगुजर', १९८६ को 'नाचे मयूरी', १९८६ को 'अनुभव', १९८७ मा  'यातना', १९८७ कै ' ... बाँकी अंश»

विवाह पछि यस्तो देखिइन् प्रिती जिन्टा

२०७३ माघ १९ बुधबार, एजेन्सी । बलिउड अभिनेत्री प्रिती  जिन्टाले मंगलवार आफ्नो ४२ औँ जन्मदिन मनाएकी छन् ।  सोमवार राति उनि अभिनेता  फरदीन खानसँग मुंबईको रेष्टुरेण्टमा  देखिइन् । सो क्रममा  प्रिटी फेशन डिजाइनर सुरीली गोयलले डिजान गरेको निलो रंगको कपडामा थिइन् । प्रिती  निकै मोटाएकी छन् । विवाह पछि उनको वजन बढेको छ ।    अघिल्लो बर्ष  प्रिटी जिन्टाले आफु भन्दा १० बर्ष कन्छो अमेरिकन नागरिक  जीन गुडइनफसँग विवाह गरेकि थिइन् । २९ फेब्रुवरीमा दुवैले लस एन्जलसम ... बाँकी अंश»

सय करोडको क्लबमा शाहरुखको 'रईस'

२०७३ माघ १७ सोमबार, एजेन्सी । बलिउडका किंग खान  शाहरुखको चलचित्र ‘रईस’ सय करोडको क्लबमा  प्रवेश गरेको छ । चलचित्रको निर्देशन  राहुल ढोलकियाले गरेका हुन् ।   चलचित्रले साताको अन्त्यसम्ममा ९३.२४ करोड भारतीय रुपैया कमाएको थियो । यद्यपि सोमबारको कलेक्सन भने सार्वजनिक गरिएको छैन ।     'रईस' ले आइतबार १७.८ करोड कमायो भने  शनिवार चलचित्रले १५.६१ करोड रुपैया कमाएको थियो । चलचित्रमा  शाहरुखसँगै माहिरा खान र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा रहेका छन् ।   ... बाँकी अंश»

फ्रान्सकी आयरिश मित्तेनायरे भइन‍् 'मिस यूनिवर्स'

२०७३ माघ १७ सोमबार, एजेन्सी । फ्रान्सकी आयरिश मित्तेनायरे मिस यूनिवर्स बनेकी छन् । मिस यूनिवर्स बनेकी आयरिश मित्तेनायरे पारसी मूलकी हुन् । उनि पेशाले डेन्टल सर्जन हुन् । २४  वर्षीय यी डाक्टरले मिस यूनिवर्स भएपछि दाँत र मुखको स्वच्छताको प्रचार-प्रसार गर्ने लक्ष लिएकी छन् ।    प्रतियोगितामा मिस हेती रेक्वेल पेलिसियर दोस्रो स्थानमा रहिन् भने मिस कोलंबिया २३ वर्षीय एन्ड्रिया टोवर तेस्रो स्थानमा रहिनन् । ... बाँकी अंश»

सुटिङ बन्द गरेर फर्किए भंसाली, 'पद्मावती र अलाउद्दीनको कुनै सम्बन्ध छैन'

२०७३ माघ १६ आइतबार, एजेन्सी । चलचित्र 'पद्मावती' मा ऐतिहासिक तथ्यलाई तोडमोड गरेको बिषय  निराधार भएको  निर्देशक संजय लीला भंसालीले बताएका छन् । भंसालीले जुन दृश्यलाई लिएर राजपूत करणी सेनाले आपत्ति  जनाएको छ सो दृश्य चलचित्रमा नरहेको जनाएका छन् । करणी सेनाले भंसालीलाई सत्यतथ्यलाई तोडमोड गरेको आरोप लगाएका छन् ।  चलचित्रमा पद्मावती र अलाउद्दीन खिलजीबीच प्रेम सम्बन्ध देखाइदैछ , भंसाली भन्छन्- बास्तवमा पद्मावतीले आफुलाई अलाउद्दीन खिलजीबाट बचाउन  हजारौ  अन् ... बाँकी अंश»

चलचित्र 'पद्मावती'को सेटमा निर्देशक भंसालीले खाए कुटाइ, सामाजिक सञ्जालमा हंगामा

२०७३ माघ १५ शनिबार, एजेन्सी । राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा  निर्देशक संजय लीला भंसाली माथि कुटपिट भएपछि बलिउडका हस्तिहरुले कडा प्रतिक्रिया दिएका छन् ।  कयौ चलचित्र  निर्देशहरु  र कलाकारले उनलाई समर्थन गर्दै ट्वीट गरेका छन् ।    निर्देशक संजय लीला भंसाली जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङमा रहेका छन् । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् ।  ... बाँकी अंश»

अमिताभले शाहरुखको ‘रईस’ र ऋतिकको 'काबिल' हेरेपछि के भने ?

२०७३ माघ १५ शनिबार, एजेन्सी । बलिउडका शहंशाह अमिताभ बच्चनले शाहरुख खानको ‘रईस’ र ऋतिक रोशनको 'काबिल' हेरेपछि आफ्नो प्रतिक्रिया दिएका छन् । अमिताभले शाहरुखको  चलचित्र रईस हेरे पछि ट्विटरमा आफ्नो अनुभव साझा गर्दै उनलाई चलचित्र ‘रईस’ मा  शाहरुखको रिसाह रुप मन परेको  लेखेका छन् ।    अमिताभले लेखे , “बधाई शाहरुख.. ‘रईस’..  यसमा तपाइको रिस मन पर्‍यो ।” अमिताभ र शाहरुख ‘कभी खुशी कभी गम’, ‘मोहब्बतें’ र ‘कभी अलविदा न कहना’ जस्ता चलचित्रमा सँगै का ... बाँकी अंश»

माइकल ज्याक्सनको मृत्यु कालगति नभइ‘हत्या’!

२०७३ माघ १५ शनिबार, एजेन्सी । मृत्युको ८ बर्ष पछि पप गायक माइकल ज्याक्सनको छोरीले ठुलो  खुलासा गरेकी छन् । छोरी पेरिस ज्याक्सनले बुवाको  षड्यन्त्र पुर्वक हत्या गरिएको   दावि गरेकी छन् । बेलायतको  वेबसाइट ‘इन्टीपेन्डेन्ट डट का डट यूके’ का अनुसार १८ बर्षीय  पेरिसले  उनको  बुवाको हत्या पुरै तयारीको साथ गरिएको बताएकी हुन् ।   उनका अनुसार केहि मानिस  ज्यान लिन चाहेको ज्याक्सनले संकेत दिएका थिए  ।  पेरिस भन्छिन्-  'बुवा माइकल ज्याक्सनले मलाई यस कुरा ... बाँकी अंश»

ह्यारी पोर्टर अभिनेता सर जोन हर्टको निधन

२०७३ माघ १५ शनिबार, डर्बिसायर । हलिउड लिजेन्ड सर जोन हर्टको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरपीडित ‘दि एफिफेन्ट म्यान’ हर्टलाई सन् २०१५ को अक्टोवरमा क्यान्सर नदेखिएको रिपोर्ट दिइए पनि त्यसपछि प्यान्क्रिएटिक क्यान्सर देखिएको थियो ।  दुई पटकका अस्करका मनोनित हर्ट ह्यारी पोर्टर अभिनेतासमेत हुन् ।   चलचित्रको पर्दामा छ दशकबढी देखिएका हर्टले चार पटक विवाह गरेका थिए । डर्बीसायरमा जन्मिएका हर्ट अवार्डका धनी हुन् । उनले गोल्डेन ग्लोब र चार वटा बाफ्टा अवार ... बाँकी अंश»

शाहरुखको ‘रईस’ र ऋतिकको 'काबिल' कमाइमा को अगाडि ?

२०७३ माघ १३ बिहिबार, एजेन्सी । बलिउडका किंग खान  शाहरुखको चलचित्र ‘रईस’ र क्रिस हिरो ऋतिक रोशन अभिनित चलचित्र 'काबिल' बुधवार रिलीज भएको  छ । दुवै चलचित्रलाई दर्शकहरुले रुचाएका छन् । रईस र  'काबिल'ले  पहिलो दिन भारतीय बक्स अफिसमा शानदार उद्घाटन गरे ।   शाहरुख खानको चलचित्र 'रईस' ले शानदार उद्घाटन गर्दै घरेलू बाजारमा  २०.४२ करोड भारतीय रुपैया कमाएको छ भने ऋतिक रोशनको 'काबिल' ले १०.४३ करोड भारतीय रुपैया कमाएको भारतीय ट्रेड विज्ञ तरन आदर्शले जनाएका छन् ... बाँकी अंश»

'काबिल' : नाम जस्तै चलचित्र, हेरेर रोइन् रेखा

२०७३ माघ १३ बिहिबार, एजेन्सी । ऋतिक रोशन अभिनित चलचित्र 'काबिल' बुधवार रिलीज भएको छ । चलचित्रलाई धेरै दर्शकले मन पराएका छन् । भारतीय संचारमाध्यमका अनुसार , 'काबिल' को स्पेशल स्क्रीनिंगमा पुगेकी अभिनेत्री रेखा चलचित्र हेरेर निकै इमोशनल भएकी थिइन् ।   सोमवार राति 'काबिल' को स्क्रीनिंगमा भाग लिएपछि चलचित्र निर्माता तथा ऋतिकका बुवा राकेश रोशन घर पुगे । उनले अचानक घरमा रेखालाई देखे । सो क्रममा रेखा निकै इमोशनल देखिन्थिन् , उनको आखाबाट  आंसु बगिरहेका थिए । उनि राक ... बाँकी अंश»

अमेरिकी नायिका मेरी टाइलर मोरको निधन

२०७३ माघ १३ बिहिबार, न्यूयोर्क । इमी अवार्ड विजेता अमेरिकी नायिका मेरी टाइलर मोरको ८० वर्षको उमेरमा निधन भएको छ । उनका प्रकाशकले निधनको पुष्टि गरेका हुन् । बुक्सबामले वक्तव्य जारी गर्दै मोरको निधन भएको स्पष्ट पारेका हुन् ।   न्यूयोर्कमा जन्मिएकी मोर ८ वर्षको उमेरमै लस एन्जलस आउनु परेको थियो । सानै उमेरमा प्रदर्शनी व्यापारमा संलग्न मोरले १७ वर्षको उमेरमा नर्तकीको भूमिका निभाएकी थिइन् ।    सन् १९८० मा ‘अर्डिनरी’ चलचित्रबाट अस्कर अवार्डमा उत्कृष्ट अभिनेत् ... बाँकी अंश»

आमिरले आफैलाई जित्न ७० करोड चाहियो

२०७३ माघ १२ बुधबार, एजेन्सी ।बलिउड अभिनेता आमिर खानको 'दंगल' २३ डिसेम्बरमा रिलिज भएको हो । चलचित्र रिलिजसँगै कलेक्शनको सिलसिला जारी रहेको छ । नीतेश तिवारीद्वारा निर्देशित चलचित्र 'दंगल'ले अहिले सम्म विदेशमा २००.६५  करोड भारतीय रुपैया (भारु) कमाई गरेको छ ।    दंगलले २२ जनवरीसम्म भारतमा ३८१.०७ करोड भारु कमाइ गरेको थियो । दंगलले विश्वभरबाट ५८१.७२ करोड भारु कमाई गरेको छ ।  चलचित्रले 'रईस' र 'काबिल' रिलीज  सम्ममा कुल ७२१.१४ करोड भारु कमाइ गर्दै चलचित्र सबैभन ... बाँकी अंश»

‘रईस’ हेर्न मुटु दरिलो पारेर हल भित्र छिरौ ! (समीक्षा)

२०७३ माघ १२ बुधबार, चलचित्रः रईस रेटिङः १/२ स्टार निर्देशकः राहुल ढोलकिया मुख्य कलाकार: शाहरुख खान, नवाजुद्दीन सिद्दिकी, माहिरा खान, जीशान अयूब   मुम्बई  । बलिउडका किंग खान  शाहरुखका पछिल्ला दुई चलचित्र ‘दिलवाले’ र ‘फ्यान’ बक्स अफिसमा धरासयी भएको थियो त्यसैले उनको चलचित्र ‘रईस’ बाट निर्माताहरुले धेरै आशा लिएका छन् । रईसले निर्माताहरुका आशालाई पनि पुरा गर्ने देखिन्छ तर चलचित्रमा कमजोरि भने चाहि रहेको छ ।   कथा   रईसको कथा गुजरातको एक रक्स ... बाँकी अंश»

तिरिरी मुरली बजाउने गायक तथा संगीतकार पन्नाकाजीको निधन

२०७३ माघ १२ बुधबार, काठमाडौं । ‘तिरिरी मुरली बज्यो वनैमा.......’ गीतका गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ ।    उनले  ‘किन–किन तिम्रो तस्बिर‘, नौलाखे तारा, लालीगुराँस फुल्यो है लगायत थुप्रै गीत गाएका थिए । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।   पन्नाकाजीका चार छोरामध्ये प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार हुँद ... बाँकी अंश»

नेपाल चलचित्र संघमा राप्रपाका केन्द्रीय सदस्य उदय निर्विरोध

२०७३ माघ १२ बुधबार, मकवानपुर ।  नेपाल चलचित्र संघको ४४औँ साधारणसभाले प्रदीपकुमार उदयलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।  मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले उदयलाई चयन गरेको हो ।    फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको चलचित्र संघको अध्यक्षमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उदयकोमात्रै उम्मेदवारी परेको थियो ।    संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार् ... बाँकी अंश»

चपली हाइटका हिरो घिमिरेमाथि सांघातिक आक्रमणको प्रयास गर्ने दुईजना पक्राउ

२०७३ माघ १२ बुधबार, काठमाडौं । चपली हाइटका नायक राज घिमिरेमाथि सांघातिक आक्रमणको प्रयास गर्नेमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते र ६ गते लगातार मध्य रातमा उनकै घर गोदावरीमा हतियारधारी समूहले सांघातिक आक्रमणको प्रयास गरेका थिए ।    कामको शिलशिलामा घिमिरे बाहिर रहेका बेला घरका परिवारका सदस्यमाथि आक्रमण गरी उनीहरुले लुटपाट गरेका थिए । हतियारधारी समूहले उनकी आमामाथि आक्रमण गरी गहनासमेत लुटेका थिए । ललितपुर प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका घिमि ... बाँकी अंश»

'प्रमोशनमा निस्किएका शाहरुखलाई फापेन रेल यात्रा'

२०७३ माघ ११ मंगलबार, एजेन्सी ।  बलिउडका किंग खान, शाहरुख आफ्नो चलचित्र 'रईस' को प्रमोशन गर्न रेलमा  मुम्बईबाट दिल्ली निस्किएका छन् । खानले फरक फरक स्टेशनमा आफ्नो फ्यानसँग चलचित्रको प्रचार गर्ने कार्यक्रम रहेको  भारतीय संचार माध्यमले जनाएका छन् ।     सोहि क्रममा  शाहरुखको रेल गुजरातको वडोदरा स्टेशनमा  रोकिएसँगै हजारौ भीडबीच  एक व्यक्तिको मृत्यु भएको छ । वडोदरा स्टेशनमा भागदौड मचिदा फरीद खानको मृत्यु भएको हो । उनि आफ्ना आफन्तलाई स्टेशनमा छोड्न आएका थिए ... बाँकी अंश»

नयाँ