विश्व

म्यानमार २८ जना हिन्दू नागरिकको शव भेटियो

२०७४ असोज १० मंगलबार, याङ्गुन। म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउ क्षेत्रमा २८ जना हिन्दू गाउँलेको शव भेटिएको छ। म्यानमारको सरकारी समाचार समितिले दिएको समाचार अनुसार गत अगस्त २५ मा आराकान रोहिङ्गा सल्भासन आर्मी (एआरएसए) अतिवादीका करिब ३ सय आतंककारीले गरेको आक्रमणमा ती २८ व्यक्ति मारिएको अनुमान गरिएको छ। ... बाँकी अंश»

सैनिक ‘कू’ पछि थाई प्रमको पहिलो अमेरिका भ्रमण

२०७४ असोज १० मंगलबार, वासिङ्टन। थाई प्रधानमन्त्री प्रच्युत चान ओचाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। थाई सैनिक सरकारका प्रमुख ओचा आगामी अक्टोबर ३ मा अमेरिका पुग्ने कार्यक्रम रहेको बताइएको छ। सो भ्रमणबारे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आज जानकारी गराएको छ। ... बाँकी अंश»

‘उत्तर कोरियमाथिको नाकाबन्दीको असर छ महिनाभित्रमा देखिन्छ’

२०७४ असोज १० मंगलबार, सोल। दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन्। उनले अहिले अर्थात पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीहरुभन्दा कडा भएकोले यसको असर देखा पर्न लागिसकेको जानकारी दिएका हुन्। ... बाँकी अंश»

ह्वाइटहाउसको निर्णय, थप तीन देशलाई अमेरिका भ्रमणमा रोक

२०७४ असोज ९ सोमबार, वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ। यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन्। यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो। ... बाँकी अंश»

अवैध पटाका कारखानामा विस्फोट, आठको मृत्यु

२०७४ असोज ९ सोमबार, नयाँ दिल्ली । पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ। यस आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। गैरकानूनी रुपमा सञ्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो। ... बाँकी अंश»

जर्मन चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित, हालसम्मकै कम मत

२०७४ असोज ९ सोमबार, काठमाडौं । एङ्गेला मर्केल चौथो कार्यकालका लागि जर्मनीको चान्सलरमा निर्वाचित भएकी छिन् । ... बाँकी अंश»

सन् २०२२ सम्ममा हरेक गरिवको एउटा घर हुने मोदीको उद्घोष

२०७४ असोज ७ शनिबार, नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताएका छन् । ... बाँकी अंश»

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

२०७४ असोज ६ शुक्रबार, सोल, ६ असोज। उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए। उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए। यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाइएको छ। ... बाँकी अंश»

समुद्री आँधीमा परी १५ जनाको मृत्यु, २० बेपत्ता

२०७४ असोज ६ शुक्रबार, डोमिनिका । समुद्री आँधीमा परि डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

मेक्सिकोमा ७.१ रेक्टर स्केलको भूकम्प, कम्तिमा १३९ जनाको मृत्यु, (फोटोफिचरसहित)

२०७४ असोज ४ बुधबार, मेक्सिको । मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म कम्तिमा १३९ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

[अपडेट] भूकम्पका कारण कम्तिमा ४ मेक्सिकनको ज्यान गयो

२०७४ असोज ४ बुधबार, काठमाडौं । दक्षिणी मेक्सिकन शहरमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ४ जनाको ज्यान गएको सिएनएनले जनाएको छ । ... बाँकी अंश»

मेक्सिकोमा ७.४ म्याग्नेच्यूटको भूकम्प, हजारौं मानिस हताहत भएको आशंका

२०७४ असोज ४ बुधबार, काठमाडौं । दक्षिणी मेक्सिकन शहरमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । शहरमा नै गएको यति शक्तिशाली भूकम्पकाकारण हजारौं मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  ... बाँकी अंश»

‘बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा’

२०७४ असोज २ सोमबार, लण्डन। दुई दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ। बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको बताए। ... बाँकी अंश»

लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ

२०७४ असोज १ आइतबार, लन्डन । लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ । लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना युवकलाई शनिबार अबेर राति लन्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो । ... बाँकी अंश»

म्यानमारमा के भएको हो ? सुकीले के गर्दै छिन् ?

२०७४ भदौ ३१ शनिबार, काठमाडौं। विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ। यस चर्चाको केन्द्रविन्दुमा पनि सुकी चाहिँ छुट्की छै ... बाँकी अंश»

उत्तर कोरियाली क्षेप्यास्त्र प्ररीक्षणले स्थिति थप तनावग्रस्तः रसिया

२०७४ भदौ ३१ शनिबार, मस्को। रसियाले उत्तर कोरियाद्वारा शुक्रबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको छ। रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्ने बताए। उनलाई उद्धृत गरी यहाँको समाचार संस्था तास न्यूज एजेन्सीले भनेको छ, “रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ।” ... बाँकी अंश»

लण्डनको भूमिगत रेलमा विष्फोट : २२ जना घाइते

२०७४ भदौ ३१ शनिबार, लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । ... बाँकी अंश»

पाकिस्तानमा अमेरिकी हवाई आक्रमण, तीन जनाको मृत्यु

२०७४ भदौ ३१ शनिबार, इश्लामाबाद (पाकिस्तान) । उत्तरपश्चिमी पाकिस्तानको एउटा आदिवासी बस्तीमा शुक्रबार अमेरिकी हवाई आक्रमण भएको छ । ... बाँकी अंश»

उत्तर कोरियाले फेरि जापानी टापुमाथि क्षेप्यास्त्र प्रहार गर्‍यो

२०७४ भदौ ३० शुक्रबार, सियोल । उत्तर कोरियाले जापानी टापुमाथि फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको होकाइदो टापुको आकाशमाथि उडेको थियो । ... बाँकी अंश»

राष्ट्रसंघको कडा नाकाबन्दीपछि उत्तर कोरिया झनै रिसायो, आणविक परीक्षणलाई तिब्रता दिने

२०७४ भदौ २८ बुधबार, प्योङयाङ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको समाचार छ । ... बाँकी अंश»

नयाँ