विश्व

अफगानिस्तानमा कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु

२०७४ पौष ७ शुक्रबार, कान्दाहार, अफगानिस्तान। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ। ... बाँकी अंश»

जेरुसेलमको विषयमा अमेरिकाको लज्जास्पद हार 

२०७४ पौष ७ शुक्रबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई लत्याइएको छ । संयुक्त राष्ट्रसंघ महासभामा जेरुसेलमलाई इजरायलको एकलौटी राजधानी ठहर गर्दै अमेरिकाले लिएको निर्णयलाई असम्मान र अवज्ञापूर्ण तरिकाले सदस्य राष्ट्रहरुले अस्वीकार गरेका हुन् । ... बाँकी अंश»

सहयोग रोक्ने ट्रम्पको चेतावनीकाबीच राष्ट्रसङ्घको महासभामा ट्रम्पको निर्णयको विपक्षमा मतदान हुँदै

२०७४ पौष ६ बिहिबार, राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका। राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनीकाबीच राष्ट्रसंघको महसभाका सदस्यहरुले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि मतदान गर्दैछन्। ... बाँकी अंश»

 अफगानिस्तानमा ९ महिनामा एक हजार छ सय आइएसका लडाकू मारिए

२०७४ पौष ६ बिहिबार, काबुल। अफगानिस्तानका सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा परी अफगानिस्तानमा गत नौ महिनामा एक हजार ६०० भन्दा धेरै जना स्लामिक स्टेट (आइएस) आवद्ध लडाकूहरू मारिएका छन्। अफगानिस्तानको स्थानीय समाचार संस्था पझवकले मारिनेमध्ये तीन सय जना उनीहरूका कमाण्डर भएको समाचार बिहीबार प्रेषित गरेको छ।  ... बाँकी अंश»

फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का

२०७४ पौष ६ बिहिबार, मनिला। फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको समाचार छ। बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन्। ... बाँकी अंश»

इयूबाट बहिर्गमन प्रक्रियाको अन्त्यतिर बेलायत

२०७४ पौष ६ बिहिबार, ब्रसेल्स, बेल्जियम। युरोपेली युनियन (इयू) बाट बहिर्गमनका लागि प्रक्रियाहरु अन्तिमतिर पुगेको बताइएको छ। यूरोपियन यूनियन र बेलायतबीच दुई हप्ताअघि भएको सम्झौता वार्ता सहमति नजिक पुगेको ईयूका प्रमुख डोनाल्ड टस्कले बताएकाछन्। ... बाँकी अंश»

बेलायतका उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा

२०७४ पौष ६ बिहिबार, लन्डन। बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिएकाछन्। उनले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिएको हो। ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले दिएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ। ... बाँकी अंश»

भारतीय कांग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

२०७४ पौष ५ बुधबार, नयाँदिल्ली। भारतीय कांग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ। निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको कांग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। ... बाँकी अंश»

राष्ट्रपति बन्ने चाहना व्यक्त गर्ने सैनिकलाई छ बर्ष जेल

२०७४ पौष ५ बुधबार, काएरो । इजिप्टको सैनिक अदालतले आगामी बर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई छ बर्षको जेल सजाँय तोकेको छ । ... बाँकी अंश»

रोहिङ्ग्या शरणार्थी जनवरीदेखि स्वदेश फर्किने

२०७४ पौष ४ मंगलबार, ढाका, बङ्गलादेश। बङ्गलादेश तथा म्यानमारका अधिकारीहरूको मङ्गलबार बसेको बैठकले म्यानमारबाट शरणार्थीका रूपमा ढाका लगायतका विभिन्न स्थान पुगेका रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फिर्ता गराउने प्रक्रिया आगामी जनवरीदेखि शुरु हुने कुरा दोहोर्‍याएका छन्। ... बाँकी अंश»

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

२०७४ पौष ४ मंगलबार, टोकियो। जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ। जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास् त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ। उक्त निर्णय जापानको मन्त्रिपरिषदले मङ्गलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ। ... बाँकी अंश»

रियादलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र साउदीले गर्‍यो आकाशमै नष्ट

२०७४ पौष ४ मंगलबार, रियाद, साउदी । यमनी सिया विद्रोहीसँग लड्दै आएको साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार आकाशमै नष्ट गरिदिएको जनाएको छ । यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो । ... बाँकी अंश»

रुस र चीनसँग सहकार्य होइन प्रतिस्पर्धा : अमेरिका

२०७४ पौष ४ मंगलबार, वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

गुडिरहेको रेलको डिब्बा खस्यो, कम्तिमा ६ जनाको मृत्यु, १०० घाइते 

२०७४ पौष ४ मंगलबार, वासिङ्टन । अमेरिकाको वासिङ्टनमा तिव्र गतिमा चलिरहेको रेलको डिब्बा राजमार्गमा खस्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

सुरक्षा परिषदमा जेरुसेलमका बारेमा छलफल हुने

२०७४ पौष ३ सोमबार, जकार्ता। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा जेरुसेलमलाई राजधानी मान्ने भनी अमेरिकाले गरेको निर्णयको बारेमा छलफल हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायका नागरिकले विरोध प्रदर्शन गरिरहेका बेला यस विषयमा राष्ट्रसंघमा कुराकानी हुने भएको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

वीजेपीले ल्यायो हिमाञ्चल र गुजरातमा बहुमत

२०७४ पौष ३ सोमबार, एजेन्सी । विधान सभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (वीजेपी) ले बहुमत ल्याएको छ । वीजेपीले हिमाञ्चल र गुजरात प्रदेश दुवैमा बहुमत ल्याएको हो । ... बाँकी अंश»

बहुमतको लाइनमा वीजेपी, रोक्ने प्रयासमा कांग्रेस

२०७४ पौष ३ सोमबार, एजेन्सी । भारतमा विधान सभा निर्वाचनको मतगणना भइरहेको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको हो । ... बाँकी अंश»

मोदीको गृहप्रदेश गुजरातमा काँग्रेसले दियो विजेपीलाई टक्कर

२०७४ पौष ३ सोमबार, नयाँ दिल्ली ।भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको बताइएको छ । ... बाँकी अंश»

बेलायती राजकुमार ह्यारीको बिहेमा नेपाली तरकारी ! 

२०७४ पौष ३ सोमबार, काठमाडौं । ब्रिटिश गोर्खा भन्न बित्तिकै संसारकै सुरक्षाकर्मी सतर्क हुन्छन् । आखिर नेपाली पल्टनले इज्जत र शान कमाएको थियो । त्यसको रौनक अझै छ । त्यसैले त बेलायत अझै दंग छ । भलै दिनुपर्ने सेवा सहुलियत नदिएर अहिले पनि विरोधका स्वर गुन्जिन्छन् । ... बाँकी अंश»

पाकिस्तानी चर्चमा आत्मघाती आक्रमण : आठ जनाको मृत्यु, ४४ जना घाइते

२०७४ पौष २ आइतबार, इश्लामावाद, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका त्यहाँको अस्पतालले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएको छ । ... बाँकी अंश»

नयाँ