विश्व

निर्वाचनले निम्त्याएको अस्थिरता

२०७४ भदौ ३ शनिबार, काठमाडौं । निर्वाचन स्थिरताका लागि गरिन्छ । कुनै राजनीतिक अस्थिरता छ भने पनि निर्वाचनको जनमतले त्यसको व्यवस्थापन गरिन्छ र यस समय अल्पमतले स्वीकार्नुपर्ने प्रजातान्त्रिक नियम नै छ । त्यसको पालनाले कुनै देशको राजनीतिक र द्वन्द्व समाधान पनि हुन्छ ।  ... बाँकी अंश»

पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

२०७४ भदौ ३ शनिबार, कङगो । लोकतान्त्रिक गणतन्त्र कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ ।  ... बाँकी अंश»

बार्सिलोना आक्रमणमा पीडित हुनेमा विभिन्न ३४ देशका नागरिक : स्पेन

२०७४ भदौ २ शुक्रबार, बार्सिलोना (स्पेन)। स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले शुक्रबार जनाएको छ । ... बाँकी अंश»

बिहारमा बाढीको वितण्डाः २३० जनाको मृत्यु, १६ जिल्ला डुबान

२०७४ भदौ २ शुक्रबार, पटना । भारतको बिहार राज्यका १६ जिल्ला डुबानमा परेका छन् । ... बाँकी अंश»

स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु, जवाफमा ४ आतंककारी मारिए [फोटोफिचरसहित]

२०७४ भदौ २ शुक्रबार, स्पेन । स्पेनमा इस्लामिक स्टेट आइएसले गरेको आक्रमणमा १३ जना मारिएका छन् । ... बाँकी अंश»

उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ : अमेरिकी सैनिक जनरल

२०७४ भदौ १ बिहिबार, बेइजिङ (चीन) । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले भने, “अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा ब्यवहारिक सैन्य विकल्प’ रहेको छ ।” अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको चीन भ्रमणमा रहेका डनफोर्डले सञ्चारकर्मीसँग बताए । ... बाँकी अंश»

भारतमा आठ दिनमा ३४ कृषकले गरे आत्महत्या

२०७४ भदौ १ बिहिबार, नयाँदिल्ली। भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ । यही अगस्ट ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । ... बाँकी अंश»

अपरिचित मान्छेले फोनमा बम पड्काउँदैछु भनेपछि दिल्लीमा हंगामा 

२०७४ भदौ १ बिहिबार, नयाँ दिल्ली । उत्तर प्रदेशको पश्चिमी भागबाट दिल्ली हाईकोर्टमा बम पड्किँदैछ भनेर टेलिफोन गरेपछि दिल्ली उच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । ... बाँकी अंश»

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

२०७४ श्रावण ३२ बुधबार, नयाँ दिल्ली । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । ... बाँकी अंश»

उत्तर कोरियाली आणविक समस्या समाधानबारे वाङ र लाभरोभबीच कुराकानी

२०७४ श्रावण ३२ बुधबार, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच मङ्गलबार कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ ।  ... बाँकी अंश»

भारतको विपक्षमा लाग्नेलाई छाड्दैनौ : प्रधानमन्त्री मोदी

२०७४ श्रावण ३१ मंगलबार, नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाएको छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् । ... बाँकी अंश»

भारत स्वतन्त्रता दिवस मनाउदै, भारतको सुरक्षा प्रमुख प्राथमिकता

२०७४ श्रावण ३१ मंगलबार, नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ ।  ... बाँकी अंश»

सिएरा लियोनमा पहिरोमा परी कम्तीमा ३१२ जनाको मृत्यु, दर्जनौं घर पुरिए

२०७४ श्रावण ३१ मंगलबार, फ्रिटाउन । सिएरा लिओनमा व्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्युभएको छ । ... बाँकी अंश»

डोक्लाम विवादमा चीनद्वारा भारतसँगको शान्तिवार्ता बहिस्कार  

२०७४ श्रावण ३० सोमबार, काठमाडौं । डोक्लाम विवादलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि बोलाईएको बैठक चिनले बहिस्कार गरेको सूचना प्राप्त भएको छ । नाथुला पासमा भारतीय सेना तथा चिनियाँ सेनाबीच बोलाईएको शुक्रबारको लागि बोलाईएको बैठक बस्न सकेन । चीनले यस बैठकमा सहभागी नहुने बताएको थियो ।  ... बाँकी अंश»

विहार जोगाउन नेपाल डुबाएपनि रोकिएन कोशीको बाढी, विहारमा झनै दर्दनाक पीडा 

२०७४ श्रावण ३० सोमबार, काठमाडौं। विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा पनि विध्वंश मच्चाउन भने छाडेको छैन । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ ।  ... बाँकी अंश»

बुर्किना फोसोमा आतंकबादी हमला, १७ जनाको मृत्यु

२०७४ श्रावण ३० सोमबार, उगादौगुउ । अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकबादी हमलामा परी १७ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

उत्तर कोरियाले सङ्कट उब्जाएको भन्दै उसैले समाधान खोज्नुपर्ने बेलायतको भनाई

२०७४ श्रावण २९ आइतबार, लण्डन (बेलायत)। बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ। बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भनेकाछन्, “उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ।” ... बाँकी अंश»

उत्तर कोरियासँगको विकल्प ‘सैनिक समाधान’ : ट्रम्प

२०७४ श्रावण २८ शनिबार, वासिङ्टन (अमेरिका)। उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएकाछन्। ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीट सन्देशमा जनाएका छन्। ... बाँकी अंश»

हिन्द महासागरमा भारतसँग मित्रता चाहन्छ चीन

२०७४ श्रावण २७ शुक्रबार, एजेन्सी । चीनले हिन्द महासागरमा भारतीय नौसेनासँग मित्रता चाहेको बताएको छ । चिनियाँ नौसैनाले शुक्रवार भारतीय मीडियालाई आफ्नो युद्धपोत देखाउदै तैनाथ हतियारबारे जानकारी दिएको हो । ... बाँकी अंश»

डोक्लाम बारे चीनलार्इ भुटानको काउन्टर जवाफ

२०७४ श्रावण २७ शुक्रबार, काठमाडौं । भुटानले दोक्लाम प्रकरणबारे चीनलाई काउन्टर गर्नेगरी विज्ञप्ती जारी गरेको छ । भुटानी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तीमा चिनियाँ पक्षले दाबी गरेजस्तो आफूहरुले दोक्लामको विवादित भूमि चीनकै हो भनेर नस्वीकारेको स्पष्ट पारेको हो। उसले त्यो भूमि आफ्नो भएको समेत दाबी गरेको छ ।  ... बाँकी अंश»

नयाँ