विश्व

निवार्चन कार्यालयमा विस्फोट, सातको मृत्यु

२०७२ असोज २७ बुधबार, इस्लामाबाद । पाकिस्तानको केन्द्रीय जिल्ला डेराघाजीमा रहेको निर्वाचन कार्यालयमा विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक दर्जन बढी घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । जिल्ला प्रहरी अधिकारी मुबासिर मैकानकाअनुसार सो आक्रमण राष्ट्रिय सभाका सांसद तथा पाकिस्तान मुस्लिम लिग नवाजका सदस्य अमजाद फारोक खोसालाई लक्षित गरेर गराइएको बताइएको छ । तर, खोसाका अङ्गरक्षकले आक्रमणको समयमा फोराक त्यहाँ नरहेकोले उनी बचेको जना ... बाँकी अंश»

आणविक सम्झौता कार्यान्वयनको सहमति

२०७२ असोज २६ मंगलबार, तेहरान । इरान र विश्वका शक्ति राष्ट्रबीच हालै सम्पन्न भएको आणविक सम्झौताको कार्यान्वयनका लागि इरानको संसदले इरान सरकारलाई अनुमति दिएको छ । सो सम्झौता विभिन्न चरणका वार्ताहरुपछि हालैमात्र विश्वका शक्ति राष्ट्रहरु र इरानकाबीचमा सम्पन्न भएको थियो । इरानको संसदले मङ्गलबार सो सम्झौता कार्यान्वयनका लागि इरानी सरकारलाई अनुमति दिएको बताइएको छ ।    इरान र विश्वका छवटा शक्ति राष्ट्रबीच सम्पन्न सो सम्झौताको कार्यान्वयनका लागि संसदले अधिकार दिएक ... बाँकी अंश»

बिहारमा मतदान हुँदै

२०७२ असोज २५ सोमबार, नयाँ दिल्ली। भारतको पूर्वी राज्य बिहारमा सोमबार निर्वाचनको मतदान जारी रहेको छ। भारतीय विधान सभाको निर्वाचन अन्तर्गत बिहारमा यो पहिलो चरणको निर्वाचन हो। यस निर्वाचनको मतदान सोमबार बिहान सात बजेबाट सुरु भएको हो ।   बिहारमा हुने यस विधान सभाको निर्वाचन पाँच चरणमा हुदैछ र सोमबारको यो निर्वाचन पहिलो चरणको हुने छ। यस सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा ४९ स्थानमा मात्र निर्वाचन हुन लागेको हो । सोमबार ४९ स्थानका लागि सो निर्वाचन हुदैछ।   बिहान ... बाँकी अंश»

अमेरिकाद्वारा समवेदना स्वरुप क्षतिपूति पनि दिइने

२०७२ असोज २४ आइतबार, वासिङ्गटन  । गत हप्ता अफगानिस्तानको कुन्दुज प्रान्तमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजन र घाइतेहरुलाई अमेरिकाले समवेदना स्वरुप क्षतिपूति समेत दिइने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शनिबार जानकारी दिएको छ ।    गत अक्टोबर ३ का दिनमा अमेरिकासँग आवद्ध सो हवाई आक्रमण विश्व प्रसिद्ध स्वास्थ्य संस्था डाक्टरर्स विदाउट बोर्डर्सको भगिनी संगठन ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् ९एमएसएफ०&r ... बाँकी अंश»

टर्की विस्फोटनमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुग्यो

२०७२ असोज २४ आइतबार, आङ्कारा (टर्की) । टर्कीको राजधानी आङ्कारामा शनिबार विहान शान्ति यात्राका लागि भेला भएका व्यक्तिहरुमा लक्षित दुई वटा आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ९५ पुगेको समाचार छ । टर्कीमा कार्यरत राजनीतिक पार्टी, नागरिक समाजसँग आवद्ध संस्थाहरू र कुर्दिस समर्थक पिपुल्स डेमोक्रेसी पार्टीद्वारा आह्वान गरिएको सो शान्ति जुलुसमा सहभागिता जनाउन जम्मा भएका व्यक्तिहरु लक्षित सो आत्मघाती आक्रमण भएको थियो ।    टर्कीको इतिहासमा नै यो एक भी ... बाँकी अंश»

टर्कीमा शान्ति र्‍याली निशानामा, ८६ जनाको मृत्यु

२०७२ असोज २३ शनिबार, एजेन्सी । टर्कीको राजधानी आंकारास्थित मुख्य रेलवे स्टेशनमा भएको दुई शक्तिशाली विष्फोटमा ८६ जनाको मृत्यु भएको छ । विष्फोटमा परी दुई सय बढी घाईते भएका छन् । स्थानीयले कुर्दिश चरमपन्थीमाथिको हमला बन्द गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकै सयमा विष्फोट भएको हो । भिडियो फुटेजमा देखिएका दृष्यमा विष्फोटको समयमा युवा कार्यकर्ता हाँस्दै एक अर्काको हात पकडेर गीत गाइरहेका देखिन्छन् । शान्तिपूर्ण रुपमा आफ्ना माग राखिरहेका स्थानीयले विष्फोटको दोषी सरकार र ... बाँकी अंश»

अमेरिकाले गर्ने कुनै पनि आक्रमण सहन्नौं : उन

२०७२ असोज २३ शनिबार, एजेन्सी । उत्तर कोरियामा सत्तारुढ वर्कस पार्टीको ७०औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड भएको छ । शनिवार राजधानी प्योङयाङमा आयोजित परेडमा व्यालेस्टिक मिसायल, आधुनिक सैन्य हतियारलगायतका सामग्री प्रदर्शन भएको छ । भारी वर्षाका कारण परेड ढिलो गरी सुरु भएको थियो ।   परेडमा पार्टीका सबै भन्दा सिनियर नेता किम जोन उन सहभागि भए । समारोहबाट उत्तर कोरियाले विश्वसामु आफ्नो एकत्रित सैन्य शक्तिको सन्देश दिन खोजेको विश्लेषण भएको छ । समारोहमा हजारौंको ... बाँकी अंश»

कुन्दुजमा तालिवान र अफगान सेनाबीच पुनः भिडन्त सुरु

२०७२ असोज २३ शनिबार, कुन्दुज (अफगानिस्तान) । अफगान सुरक्षाबल र तालिबानबीच अफगानिस्तानको कुन्दुजमा पुनः भिडन्त सुरु भएको खबर छ । यी दुवै पक्षबाट स्थलगत रुपमा आक्रमण भएका छन् । स्थानीय प्रहरीले कुन्दुज सहरको उत्तरतर्फ सेना र तालिवानबीच भिडन्त भएका जनाएका छन् । दुवै तर्फ कैयौँको सङ्ख्यामा नागरिक मारिएका अनुमान गरिएको छ तर अहिले नै क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।    शुक्रबार रातिदेखि सो सहरमा भिडन्त सुरु भएको समाचारमा जनाइएको छ । गत हप्तामात्र तालिवानको न ... बाँकी अंश»

यस वर्षको नोवेल शान्ति पुरस्कार ट्युनिसियाली संस्थालाई

२०७२ असोज २२ शुक्रबार, ओश्लो । यस वर्षको नोवल शान्ति पुरस्कार ट्यनिसियाको एक मध्यस्थकर्ता संस्था नेशनल डायलग क्वार्टेटलाई प्रदान गरिने भएको छ । ट्युनिसियाको सो संस्थाले सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनार्थ गरेको मध्यस्थकर्ताको भूमिकालाई मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिने भएको नोबेल कमिटीले जनाएको छ ।    उक्त समूहले सन् २०११ मा ट्युनिसियामा भएको प्रजातान्त्रिक आन्दोलनका समयमा त्यहाँका नागरिक र सत्तापक्षबीच शान्तिप ... बाँकी अंश»

आक्रमणमा दश तालिवानको मृत्यु

२०७२ असोज २२ शुक्रबार, हेरात (अफगानिस्तान) । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको पसटुन जर्गोन जिल्लामा रहेको एक प्रहरी चौकीमा आक्रमण गर्नजाने तालिवानहरु नै मारिएका छन् । तालिवान आतङ्ककारीको एक समूहले गरेको आक्रमणमा परी कम्तीमा १० आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।    घाइते हुनेमा तीन तालिवान कमाण्डरलयात आठ आतङ्ककारी मारिएका छन् । पसटुन जर्गोन जिल्लामा रहेको प्रहरीचौकीमा ८० भन्दा बढी तालिवान आतङ्ककारीले आक्रमण गरेका जनाइएको छ । आतङ्ककारी ... बाँकी अंश»

चीनसँगको सुमधुर सम्बन्ध निरन्तर : श्रीलङ्कन राष्ट्रपति

२०७२ असोज २२ शुक्रबार, कोलम्बो। श्रीलङ्कन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्काले चीनसँगको सम्बन्धमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।साथै उहाँले सबै खाले सहयोग र समन्वयमा पनि निरन्तरता दिने धारणा राख्नुभएको राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । चीनका विशेष प्रतिनिधि लिउ जेनिमसँगको भेटपछि उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।    उहाँले चीनसँगको सहकार्यका रुपमा रहेको सुख्खा बन्दरगाहको निर्माणको कार्यमा पनि चीन सरका ... बाँकी अंश»

सनदमै बबण्डर : भारतीय जनता पार्टीका विधायकले स्वन्त्र विधायकलाई कुटे

२०७२ असोज २१ बिहिबार, एजेन्सी । भारतको जम्मु कश्मिर विधानसभामा सदन चलिरहेकै बेला बबण्डर भएको छ । सत्तारुढ भारतीय जनता पार्टीका विधायकले स्वतन्त्र विधायक एवं इन्जिनियर राशिदलाई सदन भित्रै कुटपिट गरेका छन् । राशिदलाई हिन्दूहरुले लक्ष्मीको रुपमा पूज्दै आएको गाईको मासु सहितको भोज आयोजना गरेको आरोप लागेको छ । भोजकै समयमा  भाजपाका केही विधायकले प्रदर्शन गर्दै खानाको स्टल नै तोड्ने प्रयास समेत गरे । कश्मिरमा गाईको मासु खान र बेचविखनमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने ... बाँकी अंश»

सिरियामा रसियाली आक्रमण समस्याग्रस्त : नेटो

२०७२ असोज २१ बिहिबार,   ब्रसेल्स । सिरियामा जारी रहेको रसियाली आक्रमण दिन प्रतिदिन समस्याग्रस्त बन्दै गएको टिप्पणी नेटो सेनाले गरेको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टबर्गले भन्नुभयो– पछिल्लो समयमा सिरियामाथि रसियाले जारी राखेको हवाई आक्रमण प्रतिदिन समस्याग्रस्त बन्दै गएको छ यसले आइएसका विरुद्ध गरिने भनिएको कारबाहीका पक्षमा कत्तिपनि कामगर्न सकिरहेको छैन । रसियाली सेनाले सिरियामा जारी राखेका क्रियाकलापहरु नाटकीय रुपमा फैलिँदै गएको पनि बताउनुभयो । उहाँले आफ ... बाँकी अंश»

कारबाहीमा ५८ तालिवान र पाँच सैनिकको मृत्यु

२०७२ असोज २० बुधबार, काबुल। अफगानिस्तानमा तालिवान आतङ्ककारी विरुद्ध भएको सैनिक कारबाहीमा ५८ जना तालिवान मारिएका अफगान प्रतिरक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस कारबाहीमा अन्य ३८ जना घाइते भएका पनि सो मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायताभित्र देशका ३४ वटा प्रान्त मध्ये १० वटामा भएको सैनिक कारबाहीमा ती आतङ्ककारीहरु मारिनुका साथै घाइते भएका बताइएको छ ।   सोही समयमा छुट्टछुट्टै इलाकामा आतङ्ककारीले गरेको बारुदी सुरुङ्ग र गोली आक्रमणमा परी पाँच सैनिकल ... बाँकी अंश»

नाइजेरियामा आत्मघाती आक्रमण, १६ को मृत्यु

२०७२ असोज २० बुधबार, अबुजा। नाइजेरियाको दमाटुरु सहरमा बुधबार भएको आत्मघाती आक्रमणमा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको समाचार छ ।   योबे राज्यको प्रान्तीय राजराधी दमाटुरुहमा सो आक्रमण भएको सरकारद्वारा सञ्चालित समाचार संस्थाले जानकारी दिएको छ ।   यस आक्रमणमा के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेका साथै अन्य विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । रासस÷सिन्ह्वा  ... बाँकी अंश»

अस्पतालमा आक्रमण अन्जानबस भएको

२०७२ असोज २० बुधबार, वासिङ्गटन । अफगानिस्तानको लागि अमेरिकीबलका कमाण्डर जोन क्याम्पबेलले अफगानी सहर कुन्दुजमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा अजानबस भएको स्विकार गर्नु भएको छ ।   गत शनिबार ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् (एमएसएफ)’ द्वारा अफगानिस्तानको कुन्दुज प्रान्तमा सञ्चालन हुँदैे आएको एक अस्पतालमा अजानबस अमेरिकासँग आवद्ध सो हवाई आक्रमण भएको क्याम्पबेलले बताउनु भएको हो ।   सो घटनामा परी २२ जनाको ज्यान गएको थियो । यस आक्रमणमा अस्प ... बाँकी अंश»

Total:1716

नयाँ