विश्व

लस भेगासमा भएको गोलीकाण्डमा कम्तिमा ५० जना मारिए, ४०० घाइते

२०७४ असोज १६ सोमबार, लस एन्जेलस । अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा ५० जनाको ज्यान गएको छ । ... बाँकी अंश»

अमेरिकाको लस भेगसमा गोली चल्यो, दुईको मृत्यु

२०७४ असोज १६ सोमबार, एजेन्सी । अमेरिकाको लस भेगसमा गोली चलेको छ । गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । जसमा १२ जनाको अवस्था चिन्ताजनक छ । ... बाँकी अंश»

स्पेनबाट छुट्टिन क्याटालान्समा जनमत संग्रह, झडपमा ८८८ घाइते (फोटोफिचरसहित)

२०७४ असोज १६ सोमबार, स्पेन । स्पेनबाट छुट्टिन क्याटालान्समा जनमत संग्रह भएको छ । उक्त जनमत संग्रह भइरहँदा कैयौँ स्थानमा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडप भएको छ । ... बाँकी अंश»

सिरियामा सेप्टेम्बरमा तीन हजार मारिए, पाँच बर्षमा ३ लाख ३० हजार

२०७४ असोज १६ सोमबार, बेरुत । सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । ... बाँकी अंश»

चीनमा ६८औं राष्ट्रिय दिवस मनाइँदै

२०७४ असोज १५ आइतबार, बेइजिङ्ग। चीनले आइतबार आफ्नो स्थापनाको ६८ औँ राष्ट्रिय दिवस मनाउदैछ। सो राष्ट्रिय दिवस मनाउने एक साताव्यापी कार्यक्रम आजबाट शुरु भएको छ। चीनले अफ्नो स्थापनाको ६८ औँ दिवस मनाउन चीनको तियानमेन स्क्वायरमा विशेष कार्यक्रम गरेको थियो। बादशाही शासनकालबाट मुक्त भै जनवादी गणतन्त्र चीन स्थापना भएको आज ६७ बर्ष पुगी ६८ औं बर्ष प्रवेश भएको हो। ... बाँकी अंश»

विमानको आकस्मिक अवतरण, ५२० यात्रु सुरक्षित

२०७४ असोज १५ आइतबार, ओट्टावा । फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ । ... बाँकी अंश»

आइएसद्धारा ७३ सिरियाली सैनिक र सरकार समर्थक लडाकूको हत्या

२०७४ असोज १४ शनिबार, दमास्कस। सिरियामा गएको २४ घन्टायता यहाँको एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ। आइएसले उनीहरुको हत्या गरेका हुन्। सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए ... बाँकी अंश»

टर्कीमा ११७ सैनिकलाई पक्राउ वारेन्ट जारी

२०७४ असोज १४ शनिबार, इस्तानबुल। टर्कीको एक अदालतले ११७ जना सैनिक अधिकारीलाई पक्राउ वारेन्ट जारी गरेको छ। गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो वारेन्ट जारी गरिएको बताइएको छ। टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ। ... बाँकी अंश»

'डुङ्गा दुर्घटनामा ६३ रोहिङ्गा मुसलमान मारिए' 

२०७४ असोज १४ शनिबार, जेनेभा। एक डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र सङ्घ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ। रोहिङ्गा मुसलमान समूहका ती व्यक्ति म्यानमारबाट बङ्गलादेश जाने क्रममा उक्त घटना भएको छ। म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ। ... बाँकी अंश»

मुम्बईको रेल स्टेशनमा भएको भागदौडमा मृत्युहुने २२ पुगे

२०७४ असोज १४ शनिबार, मुम्बई। भारतको आर्थिक राजनीतिका रुपमा परिचित मुम्बई सहरमा शुक्रबार बिहान भएको भागदौडमा परी मृत्यु हुने व्यक्तिको संख्या २२ पुगेको छ। शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी २२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। त्यस दुर्घटनामा पररे घाइते भएका दर्जनौँ व्यक्तिको उपचार जारी रहेको छ। ... बाँकी अंश»

महंगा विमान चढेपछि अमेरिकी स्वास्थ्यमन्त्रीको बेइज्जत, पदबाट राजीनामा

२०७४ असोज १४ शनिबार, एजेन्सी । अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन्। सरकारी कामको सिलसिलामा महंगा निजी विमानको यात्रा गरेकोमा व्यापक आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । ... बाँकी अंश»

भारतको मुम्बईमा भागदौड, २२ जनाको मृत्यु, मोदी दुःखी

२०७४ असोज १३ शुक्रबार, मुम्बई । भारतको मुम्बईस्थित रेलवे स्टेशन जोड्ने आकाशेपुलमा भागदौड मच्चिदा २२ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार १८ पुरुष र चार महिलाको मृत्यु भएको हो । ... बाँकी अंश»

रोहिंज्याको समस्याबारे राष्ट्रसंघले खेलेको भूमिकामाथि नै प्रश्न

२०७४ असोज १३ शुक्रबार, काठमाडौं । बीबीसीले गरेको एउटा अनुसन्धानले म्यानमारका रोहिंज्या मुस्लिमहरुको समस्या सम्बोधन गर्ने दिशामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकामाथि प्रश्न उठाएको छ। ... बाँकी अंश»

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा लुकेर बसेको खुलासा 

२०७४ असोज १३ शुक्रबार, बैंकक । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहेको खुलेको छ । ... बाँकी अंश»

जापानी प्रधानमन्त्रीद्वारा संसद बिघटन, अक्टोबर २२ मा आमनिर्वाचन 

२०७४ असोज १२ बिहिबार, टोकियो। जापानी प्रधानमन्त्रीले राजनीतिक प्रणाली बमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गरेका छन्। उनले प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्को मिति पनि तोकेका छन्। प्राप्त जानकारी अनुसार जापानको अर्को निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरिएको छ। ... बाँकी अंश»

अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण, थुप्रै मारिए 

२०७४ असोज १२ बिहिबार, काबुल । अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा परी थुप्रै सर्वसाधारण मारिएका छन् । ... बाँकी अंश»

थाई पूर्व प्रम सिनावात्रालाई पाँच वर्ष जेल सजाय

२०७४ असोज ११ बुधबार, बैंकक। थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको  छ। बुधबार उनीमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ। अदालतले उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो। अदालतले सो फैसला सुनाउदा उनी अनुपस्थित थिइन्। ... बाँकी अंश»

रुसी राष्ट्रपति पुटिनद्वारा रासायनिक हतियार सबै नष्ट गरेको जानकारी

२०७४ असोज ११ बुधबार, मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिए। उनले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट गरिने जानकारी दिएका हुन्। रुसी समाचार समितिले उनलाई उद्धरण गर्दै भनेको छ– हामीले रुसमा रहेको अन्तिम यस्तो हतियार पनि नष्ट गर्ने योजना बनाएका छौँ र त्यो हतियार बुधबार अबेरसम्ममा नष्ट गरिनेछ। ... बाँकी अंश»

आन्दोलन स्थगित, दार्जिलिङ्ग बन्द फिर्ताको घोषणा

२०७४ असोज ११ बुधबार, नयाँ दिल्ली। विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन्। भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन्। ... बाँकी अंश»

२०१८ को अन्त्यसम्ममा भारतका ४ करोड घरमा बिजुली पुर्‍याउने मोदीको घोषणा

२०७४ असोज १० मंगलबार, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन्। उनले यससम्बन्धी कार्यक्रमको मङ्गलबार घोषणा गरेका हुन्। आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने उनको आश्वासन आएको हो। ... बाँकी अंश»

नयाँ