विश्व

भारतमा बस दुर्घटनामा १४ को मृत्यु

२०७२ मङ्सिर १ मंगलबार, नयाँ दिल्ली । भारतमा सोमबार राति र मङ्गलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको समाचार छ । समाचारअनुसार भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनामा अरु ५० जना घाइते भएका छन् । मध्ये प्रदेशको सात्ना जिल्लामा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ । कम्तीमा पनि ५० जना यात्रु बोकेर गइरहेको एक बस उक्त जिल्लामा रहेको एक नदीको खोँचमा खस्दा त्यस बसमा रहेका सातजना यात्रुको ज्यान गएको छ ।    त्यसमा रहेका ३६ जना यात्रु नराम्र ... बाँकी अंश»

फ्रान्सेली युद्धक विमानद्वारा सिरियामा कारबाही जारी

२०७२ मङ्सिर १ मंगलबार, पेरिस । फ्रान्सेली युद्धक विमानले सिरियाको राक्वा सहरमा व्यापक मात्रामा थालेको हवाई हमला सोमबार राति पनि जारी रहेको समाचार छ । ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान नगरमा सोमबार रातिदेखि हवाई हमला गरिरहेका छन् ।    फ्रान्सको रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो । त्यस नगरमा रहेको लडाकूको कमाण्ड सेन्टरमा सो आक्रमण केन्द् ... बाँकी अंश»

ब्रसेल्समा पक्राउ परेका सात जनामध्ये दुई जना आक्रमणमा संलग्न भएको आरोप

२०७२ मङ्सिर १ मंगलबार, ब्रसेल्स । पेरिस आक्रमण प्रकरणमा गत हप्ता अन्त्यमा ब्रसेल्समा पक्राउ परेका सात जनामध्ये दुई जनालाई पेरिसमा भएको आतङ्ककारी हमलामा संलग्न भएको आरोप लागेको छ । पक्राउ परेकामध्ये दुई जना पेरिस आक्रमणमा सहभागी भएको आरोप ब्रसेल्सको सङ्घीय अभियोजन अधिकारीले सोमबार लगाएका हुन् ।    पेरिस आक्रमको योजना बनाइएको भनिएको इलाकालाई सुरक्षाकर्मीले घेराहाली खोजी सुरु गरेको छ । सुरक्षाकर्मीले खोजी सुरु गरेको केही समयमै अर्थात् दुई घण्टाभित्रै दुईवटा वि ... बाँकी अंश»

तस्करी रोक्न गाईलाई परिचय पत्र !

२०७२ मङ्सिर १ मंगलबार, झारखण्ड । यहाँको गाईको पहिचान गर्न स्थानीय सरकारले गाईलाई परिचय पत्र दिने भएको छ । परिचय पत्रमा १२ अंकका युनिक आइडेण्टीटी नम्बर हुनेछन् । यो कार्ड गाईको कानमा लगाईनेछ । भारतको केन्द्र सरकारको कृषि मन्त्रालयको निर्देशनका आधारमा गाईलाई परिचयपत्र दिन लागिएको सञ्चारमाध्यमले जनाएका छन् । झारखण्ड स्टेट इम्प्लीमेन्टिङ एजेन्सी फर केटल एण्ड बफेलो(जेएसआईएबी)ले गाईलाई परिचय पत्र दिलाउने व्यवस्था गरेको छ । जेएसआइएबीका प्रमुख कार्यकारी अधिकृत डा. गोवि ... बाँकी अंश»

इजिप्ट र इजरायलको सीमामा १५ जना अफ्रिकी शरणार्थी मृत भेटिए

२०७२ कार्तिक २९ आइतबार, कायरो । इजरायली सीमा नजिकै रहेको इजिप्टको सिनाई टापुमा १५ जना अफ्रिकी आप्रवासी शरणार्थीको शव आइतबार भेटिएको यहाँको सुरक्षा स्रोतले जनाएको छ ।    उनीहका शवलाई आइतबार बिहानै राफा सहरको दक्षिणमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएको इजिप्टको उत्तरी सिनाई प्रान्तमा अवस्थित स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले बताए ।    घटनामा आठ जना अफ्रिकी नागरिक गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनीहरुको स्वास्थ्य अवस्था स्थिर भएको उपचारमा संलग्न ... बाँकी अंश»

पेरिस आक्रमणका एक आत्मघातीको पहिचान, नाम खुलेका फ्रेन्च नागरिक

२०७२ कार्तिक २९ आइतबार, एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतंकवादी हमलामा संलग्न सात आत्मघाती मध्ये एक जनाको नाम सार्वजनिक भएको छ । पेरिस आक्रमणका अनुसन्धानकर्ताले ती आत्मघाती आक्रमणकारी फ्रेन्च नागरिक नै रहेको र उनी आक्रमणमा संलग्न रहेको बताएका हुन् । २९ वर्षीय फ्रेन्च नागरिक उमर इस्माइल मुस्तफईको घटनास्थलमा भेटिएको एक औंलाको आधारमा पहिचान भएको खोजकर्ताहरुले जनाएका छन् ।इस्माइलको अपराधिक पृष्ठभूमी थियो । उनको इस्लामिक कट्टर रुझानको सुरक् ... बाँकी अंश»

पेरिस आक्रमण आइएसले गराएको फ्रेन्च राष्ट्रपतिको आरोप

२०७२ कार्तिक २८ शनिबार, एजेन्सी । फ्रेन्च राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले पेरिस आक्रमण इस्लामिक स्टेट आइएसले योजनावद्ध रुपमा गराएको आरोप लगाएका छन् । उनले आठ बन्दुकधारीले र आत्मघाती आक्रमणकारीले बाहिरबाट आयोजित योजना अनुसार आक्रमण गरेको जिकिर गरेका छन् । अन्तर्राष्ट्रिय विभिन्न संचारमाध्यममा आइएसले घटनाको जिम्मेवारी लिएको खबर आईरहेका छन् । यद्यपि, फ्रेन्च सरकारले घटनाको यकिन जिम्मेवार पुष्टी गर्न सकेको छैन । फ्रेन्च अधिकारीहरुले एक आत्मघाती आक्रमणकारीको शव खा ... बाँकी अंश»

जापानमा ७ रिक्टर स्केलको भूकम्प

२०७२ कार्तिक २८ शनिबार, टोकियो। जापानको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार बिहानै ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ। सो भूकम्पका कारण सानो सुनामी पनि आएको थियो । तर यस भूकम्प र सुनामीका कारण खासै ठूलो भौतिक वा मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाई छ ।   युएसजिएसले सो भूकम्प ७ रिक्टर स्केलको भएको जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान ५:५१ मा सो भूकम्प गएको बताइएको छ ।   यस भूकम्पका कारण सुनामीको खतरा नरहेको जापानी मौसम विज्ञान विभागले जनाएको छ । उसले सुरुमा स ... बाँकी अंश»

सत्ताईस वर्षपछि भारत फर्किए छोटा राजन

२०७२ कार्तिक २० शुक्रबार, मुम्बई । भारतीय कुख्यात अन्डरवल्र्ड डन छोटा राजन २७ वर्षपछि भारत फर्किएका छन् । भारतीय प्रहरी र अनुसन्धानका अधिकारीहरुले उनलाई शुक्रबार बिहान नयाँदिल्ली ल्याएका हुन् । राजनलाई इण्डोनेशियाको राजधानी बालीबाट प्लेन चार्टड गरी भारत ल्याइएको हो ।  भारतीय सञ्चारमाध्यमका अनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि राजनले भारतको जमिनलाई चुम्बन गरेका थिए । उनले आफुलाई देशभक्तको रुपमा प्रस्तुत गरेको सञ्चारमाध्यमले जनाँएका छन् ... बाँकी अंश»

मालदिभ्समा सङ्कटकालको घोषणा

२०७२ कार्तिक १८ बुधबार, माले (मालदिभ्स)। मालदिभ्सका राष्ट्रपति यमिन अब्दुल गयुमले ३० दिनका लागि बुधबार राष्ट्रिय सङ्कटकालको घोषणा गर्नुभएको छ। राष्ट्रपति गयुम चढेको डुङ्गामा केही दिनपहिले भएको विस्फोट, राष्ट्रपति निवास नजिकै भेटिएको घरेलु बम र विभिन्न ठाउँमा भेटिएका हतियारले आफ्नो र मालदिभ्सको जनताको सुरक्षामा खतरा देखिएको कारण सङ्कटकाल घोषणा गर्नु परेको मालदिभ्सका महान्यायाधिवक्ता मोहमद अनिलले बताएका छन् ।   सेना तथा प्रहरीले सुरक्षा अनुसन्धानका क्रममा छुट् ... बाँकी अंश»

म्यान्मारको आमनिर्वाचनमा पोखरेलले पर्यवेक्षण गर्ने

२०७२ कार्तिक १६ सोमबार, काठमाडौँ । लामो सैनिक शासनपछि प्रजातन्त्रको दिशातर्फ उन्मुख म्यानमारमा सन् २००८ मा जारी भएको संविधानअनुसार यही कात्तिक २२ गते दोस्रो आमनिर्वाचन हुँदैछ । प्रजातान्त्रिक शृङ्खलामा ऐतिहासिक मानिएको यो निर्वाचनमार्फत म्यान्मा पूर्ण प्रजातन्त्रको दिशातर्फ अघि बढ्ने एउटा महत्वपूर्ण अवसर रहेको भनी संसारभरबाट चासोका साथ हेरिएको छ । यसअघि सन् २०१० मा भएको आमनिर्वाचनमा प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले नेतृत्व गरेको राजनीतिक दलले भाग लिएको थिए ... बाँकी अंश»

चीन र थाइल्याण्ड जोड्ने रेलमार्ग बन्ने

२०७२ कार्तिक ८ आइतबार, बैंकक। चीन र थाइल्याण्ड जोड्ने नयाँ रेलमार्ग निर्माण हुने भएको छ । से मार्गको निर्माण कार्य यसै वर्षको अन्त्यबाट सुरु हुने थाई अधिकारीहरुले बताएका छन्। थाई उपप्रधानमन्त्री तानसाक पतिम्पारागनले हालै सो जानकारी दिनुभएको हो । यसअघि नै उक्त रेलमार्ग निर्माणसम्बन्धी सम्झौता ती दुई देशबीच सम्पन्न भइसकेको छ ।   उक्त रेलमार्ग अहिलेसम्मकै थाइल्याण्डको सबैभन्दा स्तरीय रेलमार्ग हुने उहाँले बताउनु भयो । सो रेलमार्गले एसियाका यी दुई ठूला देशलाई जोड् ... बाँकी अंश»

निवार्चन कार्यालयमा विस्फोट, सातको मृत्यु

२०७२ असोज २७ बुधबार, इस्लामाबाद । पाकिस्तानको केन्द्रीय जिल्ला डेराघाजीमा रहेको निर्वाचन कार्यालयमा विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक दर्जन बढी घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । जिल्ला प्रहरी अधिकारी मुबासिर मैकानकाअनुसार सो आक्रमण राष्ट्रिय सभाका सांसद तथा पाकिस्तान मुस्लिम लिग नवाजका सदस्य अमजाद फारोक खोसालाई लक्षित गरेर गराइएको बताइएको छ । तर, खोसाका अङ्गरक्षकले आक्रमणको समयमा फोराक त्यहाँ नरहेकोले उनी बचेको जना ... बाँकी अंश»

आणविक सम्झौता कार्यान्वयनको सहमति

२०७२ असोज २६ मंगलबार, तेहरान । इरान र विश्वका शक्ति राष्ट्रबीच हालै सम्पन्न भएको आणविक सम्झौताको कार्यान्वयनका लागि इरानको संसदले इरान सरकारलाई अनुमति दिएको छ । सो सम्झौता विभिन्न चरणका वार्ताहरुपछि हालैमात्र विश्वका शक्ति राष्ट्रहरु र इरानकाबीचमा सम्पन्न भएको थियो । इरानको संसदले मङ्गलबार सो सम्झौता कार्यान्वयनका लागि इरानी सरकारलाई अनुमति दिएको बताइएको छ ।    इरान र विश्वका छवटा शक्ति राष्ट्रबीच सम्पन्न सो सम्झौताको कार्यान्वयनका लागि संसदले अधिकार दिएक ... बाँकी अंश»

बिहारमा मतदान हुँदै

२०७२ असोज २५ सोमबार, नयाँ दिल्ली। भारतको पूर्वी राज्य बिहारमा सोमबार निर्वाचनको मतदान जारी रहेको छ। भारतीय विधान सभाको निर्वाचन अन्तर्गत बिहारमा यो पहिलो चरणको निर्वाचन हो। यस निर्वाचनको मतदान सोमबार बिहान सात बजेबाट सुरु भएको हो ।   बिहारमा हुने यस विधान सभाको निर्वाचन पाँच चरणमा हुदैछ र सोमबारको यो निर्वाचन पहिलो चरणको हुने छ। यस सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा ४९ स्थानमा मात्र निर्वाचन हुन लागेको हो । सोमबार ४९ स्थानका लागि सो निर्वाचन हुदैछ।   बिहान ... बाँकी अंश»

अमेरिकाद्वारा समवेदना स्वरुप क्षतिपूति पनि दिइने

२०७२ असोज २४ आइतबार, वासिङ्गटन  । गत हप्ता अफगानिस्तानको कुन्दुज प्रान्तमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजन र घाइतेहरुलाई अमेरिकाले समवेदना स्वरुप क्षतिपूति समेत दिइने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शनिबार जानकारी दिएको छ ।    गत अक्टोबर ३ का दिनमा अमेरिकासँग आवद्ध सो हवाई आक्रमण विश्व प्रसिद्ध स्वास्थ्य संस्था डाक्टरर्स विदाउट बोर्डर्सको भगिनी संगठन ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् ९एमएसएफ०&r ... बाँकी अंश»

टर्की विस्फोटनमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुग्यो

२०७२ असोज २४ आइतबार, आङ्कारा (टर्की) । टर्कीको राजधानी आङ्कारामा शनिबार विहान शान्ति यात्राका लागि भेला भएका व्यक्तिहरुमा लक्षित दुई वटा आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ९५ पुगेको समाचार छ । टर्कीमा कार्यरत राजनीतिक पार्टी, नागरिक समाजसँग आवद्ध संस्थाहरू र कुर्दिस समर्थक पिपुल्स डेमोक्रेसी पार्टीद्वारा आह्वान गरिएको सो शान्ति जुलुसमा सहभागिता जनाउन जम्मा भएका व्यक्तिहरु लक्षित सो आत्मघाती आक्रमण भएको थियो ।    टर्कीको इतिहासमा नै यो एक भी ... बाँकी अंश»

टर्कीमा शान्ति र्‍याली निशानामा, ८६ जनाको मृत्यु

२०७२ असोज २३ शनिबार, एजेन्सी । टर्कीको राजधानी आंकारास्थित मुख्य रेलवे स्टेशनमा भएको दुई शक्तिशाली विष्फोटमा ८६ जनाको मृत्यु भएको छ । विष्फोटमा परी दुई सय बढी घाईते भएका छन् । स्थानीयले कुर्दिश चरमपन्थीमाथिको हमला बन्द गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकै सयमा विष्फोट भएको हो । भिडियो फुटेजमा देखिएका दृष्यमा विष्फोटको समयमा युवा कार्यकर्ता हाँस्दै एक अर्काको हात पकडेर गीत गाइरहेका देखिन्छन् । शान्तिपूर्ण रुपमा आफ्ना माग राखिरहेका स्थानीयले विष्फोटको दोषी सरकार र ... बाँकी अंश»

अमेरिकाले गर्ने कुनै पनि आक्रमण सहन्नौं : उन

२०७२ असोज २३ शनिबार, एजेन्सी । उत्तर कोरियामा सत्तारुढ वर्कस पार्टीको ७०औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड भएको छ । शनिवार राजधानी प्योङयाङमा आयोजित परेडमा व्यालेस्टिक मिसायल, आधुनिक सैन्य हतियारलगायतका सामग्री प्रदर्शन भएको छ । भारी वर्षाका कारण परेड ढिलो गरी सुरु भएको थियो ।   परेडमा पार्टीका सबै भन्दा सिनियर नेता किम जोन उन सहभागि भए । समारोहबाट उत्तर कोरियाले विश्वसामु आफ्नो एकत्रित सैन्य शक्तिको सन्देश दिन खोजेको विश्लेषण भएको छ । समारोहमा हजारौंको ... बाँकी अंश»

कुन्दुजमा तालिवान र अफगान सेनाबीच पुनः भिडन्त सुरु

२०७२ असोज २३ शनिबार, कुन्दुज (अफगानिस्तान) । अफगान सुरक्षाबल र तालिबानबीच अफगानिस्तानको कुन्दुजमा पुनः भिडन्त सुरु भएको खबर छ । यी दुवै पक्षबाट स्थलगत रुपमा आक्रमण भएका छन् । स्थानीय प्रहरीले कुन्दुज सहरको उत्तरतर्फ सेना र तालिवानबीच भिडन्त भएका जनाएका छन् । दुवै तर्फ कैयौँको सङ्ख्यामा नागरिक मारिएका अनुमान गरिएको छ तर अहिले नै क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।    शुक्रबार रातिदेखि सो सहरमा भिडन्त सुरु भएको समाचारमा जनाइएको छ । गत हप्तामात्र तालिवानको न ... बाँकी अंश»

नयाँ