प्रबिधि

सगुनले बन्द गर्‍यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग, मिनी आइपिओको प्रक्रिया शुरु हुदै

२०७३ भदौ १ बुधबार, काठमाडौं। अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम (sagoon.com) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाई लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ। आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो।   सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनिय ... बाँकी अंश»

'सुबिसु क्यान कमटेक २०१६' भाद्र २३ गते देखि भृकुटीमण्डपमा हुने

२०७३ श्रावण ३० आइतबार, काठमाडौँ । सूचना तथा संचार प्रविधिको क्षेत्रको प्रर्वधन र बिकास गर्ने उदेश्यले आगामी सेक्टेम्बर ८ देखि ११ (भाद्र २३-२६) गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ  । आयोजक क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।    क्यानले बर्षेनी नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धनका लागि सुचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रदर् ... बाँकी अंश»

महाविर पुनले सरकारसँग अव केही नमाग्ने

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौं। सामाजिक अभियन्ता महावीर पुनले अव आइन्दा राज्यसँग हात नफैलाउने बताएका छन्। “अव जनताको ढोका ढकढकाउन थालिसके, जनताको उत्साहजनक साथ पाएको छु, अव म राज्यसँग कुनै रकम माग्दीन,” त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा आयोजित कार्यक्रममा पुनले भने।    राष्ट्रिय आविस्कार केन्द्र निर्माण अभियानमा सहयोग गर्न गठित इनोभेटिभ युथ मुभमेन्टद्वारा आयोजित अन्तरक्रियामा पुनले विगतमा राज्यसँग आविष्कार केन्द्रका लागि पटक पटक अनुरोध गर्दा पन ... बाँकी अंश»

जोखिमपूर्ण घटनाबारे मौसमी सूचना प्रणाली, मनसुन कमजोर

२०७३ श्रावण २५ मंगलबार, काठमाडौँ । वर्षात्को समयमा बाढीपहिरो र डुबानका सम्भावित जोखिमपूर्ण घटनाबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउने उद्देश्यले प्रभावकारी मौसमी सूचना प्रणालीको व्यवस्था गरिएको छ ।    जल तथा मौसम विज्ञान विभागले वर्षात्का कारण हुने प्राकृतिक प्रकोपका घटना न्यूनीकरण गरी जनधनको क्षति हुन नदिन यस्तो सूचना यन्त्र प्रणाली जडान गरेको हो ।    मुलुकका ४२ स्थानमा बाढीपहिरोजन्य घटनाको जोखिमबारे स्वचालित पूर्व सूचनायन्त्र प्रणाली जडान गरिएको वि ... बाँकी अंश»

नेपाल टेलिकमको रिचार्ज नहुने समस्या हट्यो

२०७३ श्रावण २३ आइतबार, काठमाण्डौ । नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या समाधान भएको छ ।  कम्पनीको एन टि रिचार्ज अपग्रेड गर्ने क्रममा शनिबारबाट समस्या आएको थियो ।    एन टि रिचार्ज  मार्फत रिचार्ज (*412*Pin Code# / 1412 IVR) मा विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त कोडहरुबाट रिचार्ज हुन नसकेको कम्पनिको भनाइ रहेको छ ।     साथै कम्पनीले यस प्रकारको समस्या दोहोरिन नदिन  कटिबद्ध रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विज्ञप्तीमा जनाएकी छिन्।   ... बाँकी अंश»

एप्पलले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने

२०७३ श्रावण २२ शनिबार, नयाँदिल्ली । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने सोचमा पुगेका छन् । विश्वमै तेस्रो ठूलो फोन बजारमा मानिएको भारतमा गरिएको एक अनुसन्धानले कूकलाई भारतमा केही गर्ने अवसर दिएको छ ।    दोस्रो चौमासिकमा भारतमा निकासी भएका ३ करोड ७ लाख स्मार्टफोन मध्ये एप्पलको संख्या केबल ८ लाख थियो । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले न्यून भएको हो जब ... बाँकी अंश»

दुराले पाए एनसेलको बाइक

२०७३ श्रावण २१ शुक्रबार, काठमाडौं ।  मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटर साईकल उपहार दिएको छ । लमजुङ्ग कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्ये एक हो ।   एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल ल ... बाँकी अंश»

नास्टमा कर्मचारीलाई तलब खुवाउने बजेट बाहेक केहि छैन : महाबीर पुन

२०७३ श्रावण २० बिहिबार, भक्तपुर । समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताएका छन् ।रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताए।   नेपालको बिज्ञान क्षेत्रका लागि नास्टमा कर ... बाँकी अंश»

जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी

२०७३ श्रावण २० बिहिबार, जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो ।    बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।    विद्युतीय हाजिरी जडानसँगै कार्यालयमा कर्मचारी समयमा आउने र काम कारबाही छिटोछरितो हुने आशा लिइएको छ ।    जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यो प्रणाली जडान गर्न सके कामकाज ... बाँकी अंश»

एकैपटक एक हजारबढी रोबोटको नृत्य कीर्तिमान (फोटोफिचर)

२०७३ श्रावण १७ सोमबार, बेइजिङ । एक त रोबोट त्यसमा पनि नृत्य । तर त्यही रोबोट नृत्यले अहिले कीर्तिमान रचेको छ । चीनको शानदोङमा शनिबार भएको विशेष कार्यक्रममा एक हजार सातवटा रोबोटले एकैसाथ नृत्य गरेर विश्व कीर्तिमान बनाएका हुन् ।      गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा एक हजार सातवटा रोबोटले एक मिनेटभन्दा बढी समय नृत्य गरेका थिए ।     क्विन्दाओ इन्टरनेशनल बियर फेस्टिवलका क्रममा ४३.८ सेन्टिमिटर लम्बाईका रोबोट नृत्यमा सह ... बाँकी अंश»

महाविर पुनद्वारा २८ रोपनी जग्गा दान

२०७३ श्रावण १६ आइतबार, काठमाडौ । म्यागासेसे पुरस्कार बिजेता महाबिर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गर्न सहयोग पुर्याउन भन्दै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा दान गरेको बताएका छन्। सरकारले आविष्कार केन्द्र बनाउन सहयोग गर्ने भनेर पटक पटक झुक्याएको बताउदै जनतासँग आह्वान गर्दे निर्माणको लागि अघि बढेको बताएका छन् । पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा रहेको सो जग्गा दान दिन लागेको उनले फेसबुकमा जग्गाधनी पूर्जा समेत सेयर गरेर बताएका हुन् ... बाँकी अंश»

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

२०७३ श्रावण १६ आइतबार, काठमाडौँ। सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन काठमाडौँमा आजबाट सुरू भएको छ ।    युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविधि सम्बन्धमा सरोकार राख्ने नेपाल सहित विभिन्न देशका गरी करिब १०० जना सहभागी छन् ।    सम्मेलन अवधिभरि नेपाल र विश्वको सूचना प्रविधि र इलर्नि ... बाँकी अंश»

अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबोट

२०७३ श्रावण १४ शुक्रबार, काठमाडौ । हिमालय उच्च माध्यमिक विद्यालय पर्वत खुर्कोट बगैँचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।    अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् ।    विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएक ... बाँकी अंश»

टेलिकम र विभाग बीच सम्झौता

२०७३ श्रावण १३ बिहिबार, नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभाग बीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसएमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे ।   सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मो ... बाँकी अंश»

काठमाडौँका पन्ध्र स्थानमा वायु प्रदूषणमापन यन्त्र राखिने

२०७३ श्रावण १२ बुधबार, काठमाडौँ । काठमाडौँ उपत्यका तथा धुलिखेलका विभिन्न १५ स्थानमा वायु प्रदूषणमापन यन्त्र राखिने भएको छ । अहिलेसम्म वायु प्रदूषणको आधिकारिक तथ्याङ्क प्राप्त गर्ने कुनै निकाय नभएकाले वातावरण विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी उक्त यन्त्र राख्न लागेको हो ।    विभागका सिनियर डिभिजन केमिस्ट शङ्करप्रसाद पौडेलका अनुसार काठमाडौँ उपत्यकामा मच्छेगाउँ, पुल्चोक क्याम्पस, रत्नपार्क, भक्तपुर, खुमलटार, चन्द्रागिरी, कपन, टेकु, धुलिखेललगायतका ... बाँकी अंश»

एक हजार पचासी सौर्यबत्ती जडान गरिने

२०७३ श्रावण १२ बुधबार, काठमाडौँ । काठमाडौँ उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ ।    आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताए ।   प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्त ... बाँकी अंश»

फेसबुक नचलाउन प्रधानमन्त्री कार्यालयको निर्देशन (पत्र सहित)

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालयमा बढी फेसबुक चलाउँदा कर्मचारीहरूले दिने सेवामा गुनासो बढ्न थालेको भन्दै यस्तो कार्य रोक्न निर्देशन सहित उद्योग मन्त्रालयमा पत्र पठाएको छ।    कार्यालयले उद्योग विभागको नाममा गत असार ३१ गते लेखेको पत्रमा एक ट्वीटर प्रयोगकर्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी पठाएको पत्रमा कार्यालयमा फेसबुक चलाएर बस्नेबाट कस्तो अपेक्षा गर्ने ? भन्ने प्रश्न गरे ... बाँकी अंश»

दुर्गममा मोवाइल सेवा पुर्याउन एनसेल र घाम पावर बिच सम्झौता

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं ।  मोबाइल सेवा प्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त नविन सहकार्यको सुरुवात गरको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यामबाट त्यहाँका स्थानीयबासीलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित गरेको छ ।  यो सहकार्यका लागि, एनसेलले घाम पावर प्रा. लि.सँग एक सम्झौता गरेको छ ।    यो सम्झौता अनुसार, घाम पावरद्वारा ओखलढुङ्गा र खोट ... बाँकी अंश»

विज्ञान र प्रविधिमा आधारित 'बिजुली मेसिन' आउँदै

२०७३ श्रावण ११ मंगलबार, काठमाडौं । एकै प्रकारको स्वाद मात्र पाइरहेका नेपाली दर्शकले अब भने फरक बिषयवस्तुको स्वाद लिन पाउने भएका छन् ।  प्रेम, एक्सन, कमेडी र सस्पेन्स कथामा चलचित्र निर्माणको क्रम चलिरहेका बेला केही युवा निर्माताहरुले नेपालमै पहिलोपटक विज्ञान र प्रविधिको कथामा चलचित्र ‘बिजुली मेसिन’ निर्माण गरेका छन्  । नविल अवालले निर्देशन गरेको चलचित्रले आविष्कारका निम्ति प्रयासरत विद्यार्थीको कथालाई समेटेको छ ।   ‘चलचित्रले नयाँ आविष्कारको निम्ति प्रया ... बाँकी अंश»

बाबुराम भट्टराईले लालध्वजलाई छाडे !

२०७३ श्रावण १० सोमबार, काठमाडौं। नेपालका भुतपुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले आफ्नो ट्विटर ह्याण्डल परिवर्तन गरेका छन्। भट्टराईले नयाँ ह्याण्डल @brb1954 राखेका छन्। पहिलो उनको ह्याण्डल @brb_laaldhwoj रहेको थियो।    नेपालको माओवादी द्वन्दका प्रमुख योजनाकार एवं संचालक भट्टराईले भुमिगत राजनीतिमा आफ्नो छद्म नाम 'लालधवज' राखेका थिए। नायँ शक्ति पार्टी स्थापना पछि उनले आफ्नो कम्युनिष्ट नाम छाडेका छन्।    भुमिगत गुरिल्ला यु्द्ध गरेर ... बाँकी अंश»

नयाँ