प्रबिधि

विश्व चर्चित पाइरेसी साइट 'किकएस टोरन्ट्स' बन्द, संस्थापक प्रहरीको खोरमा

२०७३ श्रावण ९ आइतबार, एजेन्सी । विश्वकै सबैभन्दा ठुलो पाइरेसी साइट 'किकएस टोरेन्ट्स' लाई अमेरिकी सरकारले बन्द गरेको छ ।   अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार  किकएस टोरेन्ट्सलाई अमेरिकी सरकारले बन्द गराएको हो । साथै उक्त बेवसाइटका संस्थापक आरटम वालिनलाई  क्रिमिनल चार्ज लगाउदै प्रहरीले पक्राउ गरेको छ । आरटम  युक्रेनका नागरिक हुन् ।     टोरेन्टका संस्थापक माथि  एक अर्ब डलर बरावरको अवैध रूपले कपी गरि चलचित्र , म्यूजिक क्यासेट र अन्य सामग्री बाढेको आरोप ... बाँकी अंश»

राष्ट्रिय आमसञ्चार नीति स्वीकृत; विदेशी टीभी च्यानलमा विज्ञापन नहुने

२०७३ श्रावण ७ शुक्रबार, काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गरेको छ । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।    सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा सो नीति स्वीकृत गरिएको जानकारी दिनुभयो ।    समितिका अध्यक्ष काशीराज दाहालले हस्तान्तरण गर्नुभएको प्रतिवेदनमा सञ्चारमाध ... बाँकी अंश»

माइक्रोसफ्टको लक्ष्य पूरा नहुने संकेत

२०७३ श्रावण ४ मंगलबार, एजेन्सी। विन्डोज अपरेटिङ सिस्टम निर्माता कम्पनी माइक्रोसफ्टले आफ्नो पछिल्लो उत्पादन विन्डोज १० को व्यापारिक लक्ष्य अनुसारको नतिजा हासिल हुने सम्भावना निकै कमजोर रहेको बताएको छ। कम्पनीले सन् २०१८ सम्मको आफ्नो उक्त उत्पादन एक अर्ब डिभाइसहरुमा प्रयोग हुने लक्ष्य राखेको थियो। माइक्रोसफ्ट कम्पनीले पछिल्लो समय कमजोर रेहेको स्मार्टफोनको विस्तारको कारण आफ्नो उत्पादनको व्यापारिक लक्ष्य पूरा हुने सम्भावना कमजोर रहेको बताएको हो।   विन्डोज सफ्ट ... बाँकी अंश»

दोलखाको दुई गाविसमा वाइफाइ फ्री

२०७३ असार ३१ शुक्रबार, दोलखा। दोलखाका दुई गाविसमा निशुल्क इन्टरनेट सञ्चालन हुने भएको छ। यस क्रममा क्षेत्र न्मवर २ को सुनखानी र १को काव्रे गाविसमा इन्टरनेट चलाउन मिल्ने गरि वाइफाई फ्री गर्ने तयारी भएको छ। फ्रि वाइफाइका लागि नेपाल टेलिकम र सम्बन्धित गाविस बीच सम्झौता सम्पन्न भएको छ। यसका लागि साउनको पहिलो सातावाट काम सुरु गरिने भएको छ।   फ्रि वाइफाइ बनाउन जिल्ला विकास समिति दोलखामा स्थानीय विकास अधिकारी विष्णु शर्मा, नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्याल, सुनख ... बाँकी अंश»

'म हुँ चन्द्रमामा उ गर्ने पहिलो व्यक्ति'

२०७३ असार ३१ शुक्रबार, एजेन्सी ।  शनिवार जुलाई १६ चन्द्रममा मानवले पाइला राखेको ४७ औँ वर्षगांठ । चन्द्रममा पहिलो पटक कदम राख्ने व्यक्ति हुन् नील आर्मस्ट्रङ। त्यस्तै उनिसँगै  चन्द्रमा पुगेका थिए  बन्ज एल्ड्रिन। एल्ड्रिन ८६ वर्ष पुगेका छन् । उनले चन्द्रममा गरेको रमाइलो प्रसंगको उल्लेख आफ्नो आटोबायोग्राफिकल किताब 'नो ड्रीम इज टू हाई' मा  गरेका छन् ।   एल्ड्रिनले लेखेका छन्, 'निलो चन्द्रमा कदम राख्ने व्यक्तिका साथै त्यहा यूरिन (पिसाब) गर्ने पहिलो व्याक्ति म नै ... बाँकी अंश»

मोबाईल इन्टरनेट प्रयोगकर्ता बढ्दै, शुल्क घट्दै

२०७३ असार २९ बुधबार, काठमाडौं । दुरसञ्चार क्षेत्रमा भइरहेको ब्यापक विकाससंगै मोबाईलमा ईन्टरनेट चलाउनेको संख्या दिनानुदिन बढ्दै तथा शुल्कमा उल्लेख्य रुपमा बर्षेनी घट्दै आएको छ । मोबाइल सेवा मार्फत प्रदान गरिने ईन्टरनेट डाटाको पहुँचमा समेत निरन्तर वृद्धि भईरहेको छ । नेपालमा ईन्टरनेट प्रगोगकर्ताहरुको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिमा टेलिकम सेवा प्रदायकहरुले प्रदानगर्ने डेटा सेवा अर्थात मोबाईल ईन्टरनेटको ठूलो भुमिका रहदै आएको छ ।   एनसेलको नेटवर्कमा सन् २०१ ... बाँकी अंश»

दुर्गममा इन्टरनेट पुग्यो

२०७३ असार २६ आइतबार, दुनै (डोल्पा)। जिल्लामा इन्टरनेट सेवा विस्तारका लागि माइक्रो बेव रेडियो लिङ्क जडान गरिएको छ ।    तीन बर्ष अगाडि त्रिपुराकोट गाविसको रसी डाँडा र डोल्पा–जुम्ला सिमानामा रहेको मौरे लेकमा टावर निर्माण गरी काम सुरु गरिएको थियो । रेडियो लिङ्क जडानपछि सदरमुकाम दुनै र जुफालमा इन्टरनेट तथा फोन सेवा छिटो छरितो भएको स्थानीय टेकबहादुर शाहीले बताए ।    चार महिनाभित्र जिल्लाका विभिन्न गाविसमा भि-स्याट प्रविधिको फोनमार्फत सेवा विस्तार गरिने नेपाल ... बाँकी अंश»

विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

२०७३ असार २४ शुक्रबार, नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् ।    भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् ।    सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको सङ्क ... बाँकी अंश»

टेलिकममा यूनियनद्वारा विरोध र धर्ना

२०७३ असार २३ बिहिबार, काठमाडौँ नेपाल दूरसंचार कम्पनी लिमिटेडको आठौँ साधारण सभामा ऐन कानून विपरीत कम्पनीको स्वायत्तता हरण गरी कम्पनी धराशायी गर्ने षडयन्त्र गरेको भन्दै नेपाल टेलिकम कर्मचारी यूनियनले विरोध गर्दे आएको छ।   कम्पनीले साधारण सभामा विशेष प्रस्तावका रुपमा पेश गर्नुपर्ने नियमावली संशोधन जस्तो गम्भीर विषयलाई छलफल नै नगरी नियमावली संशोधन पारित भएको भनी भ्रमपूर्ण सूचना प्रकाशित गरेको भन्दै कर्मचारी यूनियनले सो कार्यको विरोधमा असार १९ गतेदेखि दैनिक रुप ... बाँकी अंश»

गुगल सर्च गर्दै हो ? गोप्य बाहिर आउला नि !

२०७३ असार २३ बिहिबार, काठमाडौं । सर्च इन्जिन गुगलबाट कुनै कुराको खोज गर्नुअघि सोच्नु पर्ने हुन्छ । नसोची गुगल सर्चमा पठायो भने आफ्नो गोप्यता सार्वजनिक हुन सक्छ । के कुराको खोजी गर्दा होसियारी अपनाउनु पर्ला त ?    गुगल सर्च गर्दा केही त्यस चिजहरु हुन सक्छन् जसका बारेमा प्रहरी जानकारी लिन खोजिरहेको हुन्छ । अनि तिनै चिज खोज्नमा आफ्नो ध्यान जान सक्छ । आपराधिक गतिविधिजन्य खोज गर्दा प्रहरीको फन्दामा पर्ने सम्भावना रहन्छ । त्यस्तै संदिग्ध साइटको खोजीमा लागियो भने फस्न ब ... बाँकी अंश»

एनसेल शप अब लबिम मल र बालाजु चोकमा

२०७३ असार २२ बुधबार, काठमाडौं । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले लबिम मल, पुलचोक (ललितपुर) र बालाजु चोक (काठमाडौं) मा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएको छ । ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप खोलिएको उक्त शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवाहरु, त्यसका बारेमा जानकारीहरु र प्रतिस्पर्धि बजार मुल्यमा मोबाईल सेटहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।   एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्स्ले बुधब ... बाँकी अंश»

नेपालमा कति रेडियो छन् त ? ६९७ रेडियो सञ्चालन अनुमति

२०७३ असार २२ बुधबार, काठमाडौँ । नेपालमा एफएम रेडियोको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६९७ वटा रेडियो सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिइसकेका छन् । हाल ५६३ नियमित सञ्चालनमा छन् । इजाजत लिएका ६९७ मध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र ३६ वटा रेडियोले इजाजत लिएका छन् ।    काठमाडौँमा रेडियोको अझै माग बढिरहेको मन्त्रालयले जनाएको छ । कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिएकोमा अधिकांश सञ्चालनमा छन् । २०६३ साल साउ ... बाँकी अंश»

अमेरिकी वैज्ञानिक टोलीले पत्ता लगायो नयाँ ग्रह

२०७३ असार २१ मंगलबार, काठमाडौंं । अमेरकी वैज्ञानिकको टोलीले सौर्यमण्डलमा प्लुटो भन्दा पनि निकै टाढा अर्को एउटा ग्रह रहेको पत्ता लगाएको छ । जुन ग्रह प्लुटो भन्दा आकारमा केही सानो रहेको र यो पृथ्बीबाट ४ अर्व माइल टाढा रहेको पत्ता लगाइएको हो ।   यसअघिसम्म सौर्यमण्डलमा प्लुटो सबैभन्दा सानो र टाढाको ग्रह रहेको दावी थियो । सो ग्रहको बैज्ञानिक अवलोकन पनि भइसकेको छ । अमेरिकाको पासाडेनास्थित क्यालिफोर्नियाको इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरु माइकल ब्राउन चाडवि ... बाँकी अंश»

विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप सेप्टेम्बरमा परीक्षण गरिने

२०७३ असार २० सोमबार, बेइजिङ (चीन)। चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको छ । ‘रिफ्लेक्टर’ का लागि ३० वटा फुटबल मैदान बराबरको क्षेत्र छुट्टाइएको उक्त टेलिस्कोप आगामी सेप्टेम्बरमा ऐतिहासिक रुपमा परीक्षण गरिने तयारी भएको चिनियाँ अधिकारीले जनाएका छन् ।    चीनको दक्षिण पश्चिमी गइझोउ प्रान्तको पिङताङ्गमा उक्त टेलिस्कोपलाई राख्नका लागि विशेषज ... बाँकी अंश»

हलिउडको कल्पनामा सिमित, विज्ञानकै महत्वपूर्ण 'टाइम मेशिन प्रोजेक्ट' सुरु

२०७३ असार १७ शुक्रबार, एजेन्सी । वैज्ञानिकहरुले विज्ञानकै महत्वपूर्ण टाइम मेशिन प्रोजेक्ट (एकै स्थान बसेर  भूत,बर्तमान र भबिष्यको यात्रा गर्ने मेशिन) मा काम सुरु गरेका छन् । टाइम मेशिन जसमा मानिस बसेर आफ्नो भूत र भबिष्यमा यात्रा गर्न सक्दछन् । यो सुनेर तपाईलाई पक्का पनि अचम्म लाग्न सक्छ । के मानिस कुनै ठाँउमा बसेर आफ्नो  भूत र भबिष्यको यात्रा गर्नसक्छ ? अमेरिकि प्रोफेसर रोनाल्ड मैलेको कुरालाई मान्ने हो भने अब त्यो दिन धेरै टाढा छैन ।   एउटा त्यस्तो मेसिन जसमा बसे ... बाँकी अंश»

सामाजिक सञ्जाल सगुनले विश्वब्यापी रुपमा लगानीको अवसर खोल्यो

२०७३ असार १६ बिहिबार, काठमाडौँ। नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डटकमले कम्पनीको पहिलो चरणको निष्कासन (आइपिओ)मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ।   वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार लगानी गर्ने अवसर प्रदान गरेको सगुनको नेपाल कार्यालयले बुधबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ।   “प्रयोगकर्तामाझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्ज ... बाँकी अंश»

सुबिसुको सेल्स आउटलेट काठमाडौँको सुकेधारामा

२०७३ असार १२ आइतबार, काठमाडौँ ।  नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि. ले आफ्नो तेश्रो सेल्स आउटलेट 'सुबिसु स्टेशन' काठमाडौँको सुकेधारामा सञ्चालन गरेको छ । 'सुबिसु स्टेशन' को उद्घाटन  कम्पनीका प्रमुख कार्यकारी अधिकृत  बिनय मोहन साउदले गरे ।    सुबिसुले उक्त 'सुबिसु स्टेशन' बाट  सुकेधारा तथा सो क्षेत्र आसपासका ग्राहकहरुलाई सेवा दिने बताएको छ ।    यो सँगै 'सुबिसु स्टेशन' ललितपुरको झम्सीखेल, काठम ... बाँकी अंश»

उपत्यकामा सेवा बिस्तार गर्न थाल्यो स्मार्ट टेलिकम

२०७३ असार १२ आइतबार, काठमाडौं । स्मार्ट टेलिकम प्रा.लि.ले काठमाडौं उपत्यकामा करिब पचासवटा टावर जडान गरी परिक्षण थालेको बताएको छ । देशका अधिकांश भूभागमा आफ्नो दूरसंचार सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा पनि बिस्तारलाई तिब्रता दिएको बताएको हो ।   हाल कार्यगत ३४ जिल्लाहरुमा रहेका ग्राहकवर्गलाई राजधानी भ्रमण गर्दा सेवा पुराउने प्रमुख उद्देश्यका साथ नेटवर्क विस्तारको काम गरिरहेको स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन सिंह शाक्यले जानकारी द ... बाँकी अंश»

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य सम्मानित

२०७३ असार ९ बिहिबार, काठमाडौँ । लिभिङ विथ आइसिटी पत्रिकाले आयोजना गरेको ‘सुस्मित इन्टरनेसनल आइसिटी स्टार्टअप अवार्ड– २०१६’ आइसिटी विशेष सम्मान कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई प्रदान गरिएको छ । शाक्यले लामो समय देखि आइसिटी क्षेत्रमा गरेको योगदानको कदर स्वरुप उक्त सम्मान गरिएको हो ।    उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा  सूचना तथा सञ्चारमन्त्री शेरधन राईको उपस्थीति रहेको थियो । कार्यक्रममा सञ्चारमन्त्री राईले सूचना प्रविधिको पूर्वाधार विक ... बाँकी अंश»

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक ’,अब मात्र रु ८ मा ३० मिनेट टक टाइम

२०७३ असार ७ मंगलबार, काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्तर्गत  एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् ।   सो भ्वाइस प्याक योजना यहि बुधबार (असार ०८) बाट लागु हुने कम्पनीले जनाएको छ । सो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भ ... बाँकी अंश»

नयाँ