प्रबिधि

वेभसाईट खोल्न १८ वर्ष चाहिने तर किन्न चाहिँ नचाहिने ?

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। तपाईँले याद गर्नुभएको छ ? नेपालमा चलेका मदिराजन्य उद्योगको वेभसाईट खोल्ने बेलामा तपाईँलाई आफ्नो जन्म मिति राख्न लगाइन्छ। यो तपाईको व्यक्तिगत विवरण भर्नको लागि भने होईन। यसरी तपाईले भरेको जन्ममिति १८ वर्षको भन्दा कम छ भने वेभसाईट खुल्ने छैन। तर १८ वर्ष भन्दा बढी उमेर बनाएर गल्ती जन्ममिति राखेको खण्डमा पनि वेभसाईट सजिलै खुल्ने छ।    सरकारले मदिराजन्य पदार्थको विक्रीवितरणमा संवेदनशीलता देखाउँदै १८ वर्ष भन्दा मुनिका व्यक्तिहरूलाई ... बाँकी अंश»

इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप

२०७३ जेठ ३० आइतबार, काठमाडौँ । कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा(इपिएस टपिक) को तयारी अब मोबाइलमै गर्न सकिने भएको छ । नेपालमै पहिलोपटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप तयार भएको हो ।    उरी कन्सल्टेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५÷२५ वटा प्रश्न र सम्भावित उत्तर राखिएका छन् ।    “इपिसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले ... बाँकी अंश»

बिभिन्न ठाउँको टावरमा भएको भौतिक आक्रमणप्रति एनसेल स्तब्ध

२०७३ जेठ ३० आइतबार, काठमाडौं । मोवाइल सेवाप्रदाय कम्पनी एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेकाकम्पनीको १० वटा बेस स्टेसनमा केही अज्ञात समूहले जेठ २९ गते बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पुर्‍याएको घटनाले आफू स्तब्ध र दुःखीभएको जनाएको छ ।   यि क्षति पुर्‍याईएका संरचनाले ति जिल्लाका ग्रामिण क्षेत्रमा जनसमुदायलाई आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका थिए । यिनमा क्षति पुग्नाले यि ज ... बाँकी अंश»

जैविक प्रविधिमा नेपालको सफलताः अब प्लास्टिकबाटै तेल

२०७३ जेठ २९ शनिबार, काठमाडौँ। पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।    प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्का ... बाँकी अंश»

गुगललाई लाग्यो यूरो-२०१६

२०७३ जेठ २९ शनिबार, एजेन्सी । गुगललाई यूरो कप २०१६ लागेको छ। गुगलले शुक्रवार देखि सुरु भएको यूरो कप २०१६ को लागि विशेष डूडल बनाएको छ ।  गुगलले बिशेष अवसरमा डूडल बनाउने गर्दछ । यूरो कप प्रति दर्शकहरुको लगाबलाई मध्यनजर गर्दै गुगलले विशेष डूडल बनाएको हो ।        डूडमा हरियो, पहेलो र रातो रंगमा गुगल लेखिएको छ । गुगलको ‘एल’फ्रान्सलाई चिनउने एफिल टावर आकारमा रहेको छ । फ्रान्स युरो कप २०१६ को आयोजक हो । यसका साथै सो विशेष डूडलमा यूरो कपमा सहभागी रहेका सबै टिमको झन्डा प ... बाँकी अंश»

बजेट मार्फत इन्टरनेट ब्याण्डविथ खरिदमा कर बढाएकोले इन्टरनेट थप महंगिने

२०७३ जेठ २४ सोमबार, काठमाडौ । इन्टरनेटको ब्याण्ड विथ खरिद गर्दा लाग्ने अग्रीम कर कट्टीमा ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएकोले इन्टरनेटको सुल्क बढ्ने भन्दै बिरोध जनाइएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपाल (आइस्पान) ले सस्तोदरमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने आफ्नै योजनालाई आर्थीक वर्ष २०७३/७४ को बजेटले खिल्ली उडाएको बताएका छन् । एकातिर सस्तो दरमा इन्टरनेटको ब्याण्ड विथ गाँउ गाँउसम्म पुर्याउने सरकारी योजना ... बाँकी अंश»

दूरसञ्चार सेवा शुल्कबापत सरकारले पाउने राजश्वमा २१ प्रतिशतले बृद्धि

२०७३ जेठ २१ शुक्रबार, काठमाडौं। नेपाली जनताले टेलिफोन प्रयोगगरेबापत सरकारले पाउने राजश्वमा यो एक वर्षमा २१ प्रतिशतले बृद्धि भएको छ। आन्तरिक राजश्व् विभाग अन्तर्गत्को ठूला करदाता कार्यालयले दिएको विवरण अनुसार दूरसञ्चार सेवा शुल्कबापट अघिल्लो वर्षको यही समयको तुलनामा चालू आर्थिक वर्षको पहिलो १० महिनाको राजश्वमा २१ प्रतिशतले बृद्धि भएको हो।    आर्थिक वर्ष २०७१-७२ को पहिलो १० महिनामा सेवा शुल्कबापत मात्रै ४ अर्ब ३९ करोड ३५ लाख ९० हजार, ५ सय १७ रूपैयाँ संकलन भएकोमा ... बाँकी अंश»

आइसिटी स्टार्टअप अवार्डको मनोनयन अनलाइनबाटै

२०७३ जेठ १६ आइतबार, काठमाडौ ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणि म्यागजीन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ । म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो ।   आगामी असार ८ गते आयोजना हुने आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिए ।   कसले भाग लिन पाउछन् रु अवार्ड मनोनयनका लागि इच ... बाँकी अंश»

बजेट : सूचना प्रविधिको महत्व नबुझेको सरकार

२०७३ जेठ १६ आइतबार,  नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । व्यवस्थापिका संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष भन्दा २८ प्रतिशतले वृद्धि गर्दै बजेट प्रस्तुत गरेका हुन् ।     कुल विनियोजनमध्ये चालुतर्फ रु छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ रु तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार अर्थात् २९‍‍.७ प्रतिशत विनियोजन गरेको अर्थमन्त ... बाँकी अंश»

गुगलले नेपालको गणतन्त्र सम्झियो तर विवरण राख्यो भारतको

२०७३ जेठ १५ शनिबार, काठमाडौं। विश्वको सबैभन्दा ठूलो सर्च ईन्जिन गुगलले नेपालको गणतन्त्र दिवशको जानकारी आफ्नो गुगल डुडलमा दिएको छ। नेपालको राष्ट्रिय पंक्षी डाँफेको चित्र राखेर जानकारी दिएको गुगल चुकेको छ। माउस रोलओभर गर्दा 'ह्याप्पी नेपाल रिपब्लि डे भनेर देखाउँछ।    उक्त डाँफेमा क्लिक गरेपछि भारतको गणतन्त्र दिवसको विवरण देखा परेको छ। गुगल जस्तो सम्मानित सुचना प्रविधी कम्पनीले नेाल र भारतमा छुट्टयाउन नसक्दा विश्वभरिका प्रयोगकर्ताहरुमा भ्रम सृजना हुन जाने ... बाँकी अंश»

सेवा विस्तारमा जुट्यो स्मार्ट टेलिकम

२०७३ जेठ १४ शुक्रबार, काठमाडौ । देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर विस्तारको काम अगाडि बढाइरहेको स्मार्ट टेलिकम जनाएको छ । ३४ जिल्लाहरुमा आफ्नो सेवा पुर्याएको स्मार्टले केही साताभित्रै नयां टावर काठमाडौं, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र चितवनमा थपिसक्ने स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले बताएका छन । उनले भने, ‘केही साताभित्रै हामी सबै टावर थपेर सेवा विस्तारलाई तिब्रता दिनेछौ ।’ हाल दुईसय ५३ टावरबाट सेवा दिइरहेको स्म ... बाँकी अंश»

अब भारतमा पनि एप्पलको एप डिजाइन र डेभलेप्मेन्ट सेन्टर

२०७३ जेठ १२ बुधबार, एजेन्सी । बहुचर्चित मोबाइल र टेक्नोलोजी कम्पनी एप्पलले भारतको बैङलुरुमा  आफ्नो  पहलो आईओएस  एप डिजाइन र डेभलेप्मेन्ट सेन्टर खोल्ने घोषणा गरेको छ । एपल सीईओ टिम कुकले  भारत भ्रमणका क्रममा सो घोषणा गरेका हुन् ।   भारतिय पत्रिका 'इन्डियन एक्सप्रेस' का अनुसार कुकले  एक प्रेस व्यक्तव्य जारि गरि , "भारत विश्वकै उत्साहित र उद्ममयुक्त आइओएस डेभलोभमेन्ट कम्यूनिटीको  घर हो। बैङलुरुमा यस नयाँ कार्यको सुरुवातले हामि डेभलेपर्स टूल्स दिइरहेका ... बाँकी अंश»

दूरसंचार प्राधिकरण र नेपाल प्रहरीबीच साइबर सुरक्षा सम्बन्धि सम्झौता

२०७३ जेठ ७ शुक्रबार, काठमाडौं। नेपाल प्रहरीलाई साइबर सुरक्षा तथा डिजिटल फरेन्सिकको क्षेत्रमा सबलीकरण गर्न साधन सम्पन्न बनाउने उद्देश्यले नेपाल दूर संचार प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ।   प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र दूर संचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सम्झौतापत्रमा हस्ताक्षर भएको हो।   नेपाल प्रहरीको अपराध अनुसन्धान वि ... बाँकी अंश»

ट्विटरले शब्द सङ्ख्या नराख्ने, फेसबुकका लागि ठुलै चुनौती

२०७३ जेठ ६ बिहिबार, एजेन्सी  । सामाजिक सञ्जाल पनि अब 'बिजनेस वार' सुरु हुने संकेत देखिएको छ । यस वारको निश्चित फाइदा प्रयोगकर्तलाई नै हुनेछ ।   अमेरिकन म्यागजिन 'द वर्ज' का अनुसार माइक्रो ब्लगिङ्ग साइट ट्वीटर आफ्नो प्रयोगकर्तालाई आकर्षण गर्न ट्वीटरमा  शब्द संख्या नराख्ने भएको छ । अहिले ट्वीटरमा  अधिकतम १४ क्यारेक्टर सम्म लेख्न सकिन्छ ।   ट्वीटरमा प्रयोगकर्ताहरु स‌ंकेत र लिंक फरवर्ड गरेर आफ्नो कुरा साथिहरु सम्म पुर्‌याउने गर्दथे । अब फेसबुक, ईमेलमा ... बाँकी अंश»

प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि मित्सुविसु मोटर्सका अध्यक्षले दिए राजिनामा

२०७३ जेठ ५ बुधबार, टोकियो (जापान) । जापानी मित्सुविसु मोटर्स कम्पनीका अध्यक्ष यस कम्पनीबाट उत्पापदित गाडीको इन्धन खपतदरमा प्रयोगकर्तालाई ढाँटेको भनीआएको विवादले उत्कर्षरुप लिएपछि कम्पनीको प्रमुखबाट राजिनामा दिने निर्णय गरेका छन् ।   अध्यक्ष तेत्सुरो आईकावाले राजिनामाका लागी पत्र बुधबार नै कम्पनीमा बुझाएका हुन् ।    आफ्ना ग्राहक तथा शुभेच्छुकलाई दिएको गलत सूचनाका कारण कम्पनीको प्रतिष्ठामाथि आँच आएको विवादले विश्वभर चर्चा लिन थालेपछि आगामी जुन २४ देख ... बाँकी अंश»

सुविसुको सहयोगमा होटल अन्नपुर्णमा क्लियर टिभी सेवा

२०७३ जेठ ३ सोमबार, काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको ख्यातिप्राप्त पाँचतारे होटल अन्नपूर्णले ग्राहकहरूको सुविधाको लागि गुणस्तरीय टेलिभिजन सेवा प्रदान गर्ने भएको छ । होटलले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय टिभि हेराईको अनुभव प्रदानगर्न भन्दै नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वकीङ सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट (प्रा.) लि सगँ डिजितर टेलिभिजन सेवा ‘क्लियर टिभीको का लागी साझेदारी गरेको होलले जानकारी दिएको छ ।    उक्त सेवा प्रदान गर्न होट ... बाँकी अंश»

मन्त्रालयको योजनाअनुसार १६ जिल्लाका मालपोतमा अनलाइन सेवा

२०७३ जेठ २ आइतबार, बागलुङ। जिल्ला मालपोत कार्यालयले अनलाइन सेवा सुरु गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको योजनाअनुसार अनलाइन सेवा सुरु गरिएको हो । मन्त्रालयले पहिलो चरणमा मुलुकका १६ जिल्लाका मालपोत कार्यालयमा अनलाइन सेवा सुरु गर्न लागेको हो । अनलाइन सेवामार्फत सेवाग्राहीले घरबाटै जग्गा पासका लागि आवेदन दिन सक्नेछन् ।    अनलाइन प्रणालीमार्फत कार्यालयले सेवाग्राहीलाई एकीकृत रुपमा सेवा प्रदान गर्ने भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहि ... बाँकी अंश»

सउदी अरबमा बन्द गरियो फेसबुक म्यासेन्जर र ईमो

२०७३ जेठ १ शनिबार, एजेन्सी । सउदी अरबमा  फेसबुक म्यासेन्जर र ईमो एप्लीकेशन माथि प्रतिबन्ध लगाएको छ । म्यासेन्जर र ईमो माथि प्रतिबन्ध लगाउनु पुर्व पनि साउदीमा अन्य च्याटिङ्ग एप्सहरु बन्द गरिएको थियो ।   बेलायती पत्रिका 'द इन्डिपेन्डेन्ट' का अनुसार , फेसबुक म्यासेन्जर एपको भिडियो र भ्वाइस च्याटिङ फङ्शन साउदीको नियम र कानुन भन्दा भिन्न छ सो कारणले प्रयोग गर्न सकिने छैन । यस्तो प्रतिबन्ध एमोमा पनि लगाइएको हो ।    सो फीचर्सलाई किन बन्द गरियो  सो सम्बन्धि साउ ... बाँकी अंश»

अमेरिकाको तल्लो सदनमा गूगल र याहू प्रतिबन्ध

२०७३ बैशाख ३१ शुक्रबार, एजेन्सी । अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्स अर्थात अमेरिकी संसदको तल्लो सदनमा गूगल र याहूका एप्लीकेशसको प्रयोगमा रोक लगाएको छ । सो प्रतिबन्ध एफबीआईको सल्लाह पछि लगाइएको हो ।    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाउस अफ रिप्रेजेन्टेटिभ्सको आईटी टीमले भनेका छन्,' एपस्पोट डट कममा मालव्येर भाइरस रहेको छ जसले कुनै पनि सदस्यको महत्वपूर्ण जानकारिहरु चोरी गरि अवांछित तत्व सम्म पुर्‍याउन सक्दछ ।'   गुगलमा जस्तै याहू मेलमा पनि रेनसमवेय ... बाँकी अंश»

एनसेलले दियो १६ ईन्जिनियरिङ्गका विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान

२०७३ बैशाख ३१ शुक्रबार, काठमाडौं । देशको अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत , एनसेलले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न यो छात्रवृत्ति तथा उत्कृष्टता ... बाँकी अंश»

नयाँ