प्रबिधि

धुर्मुस-सुन्तलीको वाढीपीडित अभियानलाई सगुनले दियो १० लाख

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । धुर्मुस-सुन्तलीको वाढीपीडित अभियानलाई सगुनले १० लाख सहयोग गरेको छ । बाढी र पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगुनले पीडित परिवारको राहतका लागि धुर्मुस-सुन्तलीको वाढीपीडित अभियानलाई सहयोग गरेको हो । ... बाँकी अंश»

एनसेलद्वारा गत एक हप्तामा ६० लाख बढि बाढीपहिरो सम्बन्धि पूर्व सूचना एसएमएस प्रेषित

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । एनसेलले गएको एक हप्ता (साउन २४ देखि साउन ३०) मा बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई ६० लाख भन्दा बढि बाढीपहिरोको सम्बन्धि पूर्वसूचना पठाएको जनाएको छ । ... बाँकी अंश»

मोरङ र सुनसरीमा विद्युत् सेवा पुनःसञ्चालन

२०७४ श्रावण ३२ बुधबार, विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा मंगलबार रातिदेखि पुनःसञ्चालन भएको छ । ... बाँकी अंश»

मानव प्रजातिको उत्पत्ति जलवायु परिवर्तनका कारण होइन : अध्यायन

२०७४ श्रावण २५ बुधबार, एजेन्सी । पृथ्वीमा मानव प्रजातिको उत्पत्ति एक संयोग मात्र भएको हालै गरिएको एक अध्यायनले देखाएको छ । आम धारणा विपरीत संभवत यसको कुनै जलवायु परिवर्तनसँग कुनै सम्बन्ध छैन। अफ्रीकामा पाइएको २८ देखि २५ लाख वर्ष पुरानो जीवाश्मले सो स्थानमा अचानक अनेक प्रजातिका जीवको उत्पत्ति भयो जसमा मानव प्रजाति पनि सामेल थियो भन्ने वैज्ञानिकहरुको तर्क रहेको छ । ... बाँकी अंश»

लमजुङको विद्युत् सिधै केन्द्रीय प्रशारणमा

२०७४ श्रावण २५ बुधबार, लमजुङ । जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ । ... बाँकी अंश»

दुरसंञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा यादव निर्वाचित

२०७४ श्रावण २३ सोमबार, काठमाडौं। नेपाल दुरसंञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा बिजय कुमार राय यादव सर्वसम्वत रुपमा निर्वाचिन भएका छन। त्यसैगरी उपाध्यक्षमा सुनिता पाण्डे, सचिवमा राजेन्द्र थापा, कोषाध्यक्षमा नवराज पुरी तथा सदस्यहरुमा सूर्य प्रसाद लामिछाने, बिष्णु ... बाँकी अंश»

आइसिटी अवार्डका शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु

२०७४ श्रावण २० शुक्रबार, काठमाडौं । दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो । ... बाँकी अंश»

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी रोबोट बोकेर जापान जाँदै

२०७४ श्रावण २० शुक्रबार, ललितपुर। जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले जानकारी दिए ।  ... बाँकी अंश»

गुगल र फेसबुकबाट मार्केटिङमा उत्रिए पतन्जलीको सामान बेच्न रामदेव

२०७४ श्रावण १९ बिहिबार, एजेन्सी । योग गुरु बाबा रामदेवको कम्पनी पतन्जली आयुर्वेद लिमिटेड डिजिटल प्लेटफर्मको प्रयोग गरेर आफ्नो उत्पादनको प्रमोशन गर्ने भएको छ । पतन्जलीले गुगल र फेसबुकसँग सहकार्य गर्ने बताएको छ । ... बाँकी अंश»

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

२०७४ श्रावण १८ बुधबार, काठमाडौं । एनसेलले सापटी सेवा अन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेलले सापटी सेवा संचालनको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ । जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिन सक्नेछन् । ... बाँकी अंश»

चीनमा हुने अन्तर्राष्ट्रिय प्राविधिक मेला र रोबोटिक प्रतियोगितामा चार युवाले भाग लिँदै

२०७४ श्रावण १८ बुधबार, काठमाडौं । चीनमा हुने अन्तर्राष्ट्रिय प्राविधिक मेला र रोबोटिक प्रतियोगितामा चार युवाले भाग लिँदैछन् । ... बाँकी अंश»

८३ प्रतिशत कर्मचारी निकाल्ने तयारीमा स्न्यापडेल

२०७४ श्रावण १६ सोमबार, एजेन्सी । ई-कमर्स कम्पनी स्न्यापडेल आफ्नो ८३ प्रतिशत कर्मचारी निकाल्ने तयारीमा रहेको बताइएको छ । कम्पनीले आफ्नो १२ सय कर्मचारी मध्ये १ हजारलाई निकाल्न सक्नेछ ।सो कुराको जानकारी कम्पनीका अधिकारीले समचार एजेन्सी एएनआईलाई दिएका छन् । ... बाँकी अंश»

यस्ता छन् आइसिटी अवार्ड २०१७ का १० उत्कृष्ट कम्पनी

२०७४ श्रावण १६ सोमबार, काठमाडौं । आइसिटेक मिडिया प्रालिको आयोजनामा भदौं १ मा हुन लागेको दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ मा पाँचमध्ये दुई विधामा शीर्ष १० को घोषणा भएको छ । ८ सदस्यीय निर्णायकको समूहले विभिन्न छनोट प्रक्रियाअन्तर्गत शीर्ष १० को टुंगो लगाएको हो । ... बाँकी अंश»

घरमै बसेर महसुल तिर्न सक्ने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण

२०७४ श्रावण १५ आइतबार, काठमाडौँ । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । ... बाँकी अंश»

ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

२०७४ श्रावण ११ बुधबार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ । ... बाँकी अंश»

नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने

२०७४ श्रावण ९ सोमबार, काठमाडौँ। मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । ... बाँकी अंश»

सांसदले भने- ‘सुधार भएन दूरसञ्चार सेवाको गुणस्तर’

२०७४ श्रावण ६ शुक्रबार, काठमाडौँ। “मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो । ... बाँकी अंश»

आइसिटिसम्बन्धी नीति कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन

२०७४ श्रावण २ सोमबार, धुलिखेल (काभ्रे)। दुई वर्ष अगाडि सूचना तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेर सूचना तथा सञ्चार र प्रविधि (आइसिटी) मन्त्रालय राखियो । तर नाम परिवर्तन भएको बीस दिन बित्न नपाउँदै पुनः त्यो मन्त्रालयको नाम सूचना तथा सञ्चार मन्त्रालय नै राखियो । ... बाँकी अंश»

टेलिकमले सुरु गर्‍यो म्यूजिक नेपाल एप, एक महिनासम्म निशुल्क

२०७४ श्रावण १ आइतबार, काठमाडौं। नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा आइतवारदेखि सुरु भएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको सुरु गरेको जानएको छ । ... बाँकी अंश»

लिफ्टिङबाटै खानेपानी योजना संचालनमा 

२०७४ असार २३ शुक्रबार, चौतारा । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । ... बाँकी अंश»

नयाँ