प्रबिधि

एनसेलले ल्यायो ‘फेसबुक फ्रि’ अफर

२०७३ फाल्गुण ३ मंगलबार, काठमाडौं । एनसेलका ग्राहकहरुले स्मार्ट फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत  एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ ।    फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट ग ... बाँकी अंश»

इन्टरनेट विस्तार योजना अलपत्र

२०७३ माघ २८ शुक्रबार, बाबियाचौर (म्याग्दी) । नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ ।  सरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो ।    आर्थिक स्रोतको व्यवस्था नहुँदा योजना कार्यान्वयन हुन नसकेको स्थान ... बाँकी अंश»

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

२०७३ माघ २७ बिहिबार, काठमाडौँ। नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर ९नेरु करिब दुई अर्ब  बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ।   आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।   सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुर ... बाँकी अंश»

फोनबाट गुनासो टिपाउँदै महिला र बालबालिका

२०७३ माघ २७ बिहिबार, रोल्पा । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ (मिल) मा विभिन्न खालका गुनासा आउने गरेका छन् ।    नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहेका छन् ।    पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत विगत तीन वर्षदेखि लागू भएको यस संयन्त्रमार्फत जम्मा एकसय १५ वटा गुनासा तथा पृष्ठपोषण आएका छन् ... बाँकी अंश»

एनसेलले ल्यायो ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’

२०७३ माघ २६ बुधबार, काठमाडौं। देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ। यो एप मार्केटमा ग्राहकले कर सहित रु १५ मा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्छन्।   पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक विहिबार माघ २७ बाट संचालनमा आउने यो एप मार्केट अथवा स्टोरले ग्राहकलाई सजिलैसंग पेड एप्स उपलब्ध गराउने छ। यो एप मार्केट ओपेरा मिनी क्लबको को–ब्राण्ड ... बाँकी अंश»

दिगो विकासका लागि सूचना प्रविधिको उपयोग : मन्त्री कार्की

२०७३ माघ २६ बुधबार, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिगो विकासका लागि सूचना तथा प्रविधिलाई अधिकतम उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।    मन्त्री कार्कीले भने– “सबै विकासका आयोजनासित सूचना प्रविधिलाई जोड्न सके ग्रामीण क्षेत्रको आर्थिक एवम् सामाजिक उन्नति हुनेछ, अन्ततः यसले दिगो विकासमा समेत सहयोग पु¥याउने छ ।”    नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ग्लोवल आइसिटी कम्पनी हुवावेको आर्थिक एवम् प्राविधिक सहयोगमा बुधबार आयोजित ... बाँकी अंश»

अब टेलिकमको फोर जी आइफोनमा चलाउन सकिने

२०७३ माघ २५ मंगलबार, काठमाडौं ।  नेपाल टेलिकमको फोर जी मंगलबार देखि सवै सिरिजका आइफोन सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । यस अघि फोर जी आइफोन फाइभमा मात्र चलाउन सकिने थियो । मंगलबार देखि आइफोन ६ ,६ प्लस,७, ७ प्लस का सेटहरुमा पनि फोर जी / एलटिई सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।   नेपाल टेलिकमले पौष १७ गते देखि नेपालमै पहिलो पटक फोर जी / एलटिई सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध ... बाँकी अंश»

नेपाल आउने भारतीयलाई फ्रि इन्टरनेट सुविधा

२०७३ माघ २४ सोमबार, काठमाडौं । नेपाल आउने भारतीयहरुलाई सुविधा हुने भएको छ । नेपालसँगै अमेरिका, थाईल्याण्ड लगायतका मुलुकमा जाने भारतीयहरुलाई भारतीय दूरसञ्चार कम्पनी विएसएनएलले सुविधा दिन लागेको हो । उसले भारतको सिम लिएर नेपाल आउनेहरुलाई कलको लागि लाग्ने रोमिङ सेवामा शुल्ब बढाएर भनेपनि इन्टरनेट सुविधालाई निशुल्क गराउन लागेको दैनिक जागरणले जनाएको छ ।    देशका लाखौं व्यक्तिहरु नेपाल लगायत अन्य मुलुकमा रहेको अवस्थामा उनीहरुको सुविधाको लागि भनेर यस्तो सुविधा ल् ... बाँकी अंश»

फोरजी प्रयोगमा चुनौती

२०७३ माघ २१ शुक्रबार, काठमाडौँ। आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट (फोरजी) सुरु गरेसँगै थपिएको छ ।    इ–कमर्स, इ–गभर्नेन्स, इ–एडुकेसनजस्ता प्रणालीलाई अवलम्बन गरेर सेवा दिनुपर्ने अनिवार्यता अहिले हुँदै गएको छ । सरकारले द ... बाँकी अंश»

टेलिकमले गर्‍यो अस्पताललाई सहयोग सामग्री हस्तान्तरण

२०७३ माघ २० बिहिबार, काठमाडौं ।  नेपाल टेलिकमले बिहिबार विभिन्न अस्पतालहरुमा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । आफ्नो तेर्हौ वार्षिकोत्सवको अवसरमा  कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरेको छ । प्रसूति गृहमा १५० थान र पाटन अस्पतालमा १०० थान नवजात शिशुका लागि कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र ... बाँकी अंश»

'थ्रीजीसँग फोरजी स्मार्टफोन साट्नुहोस'

२०७३ माघ १९ बुधबार, काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेसँगै काठमाडौमा फोरजी चलाउनेको संख्या बढ्दो छ । टेलिकमको  सिम भएर पनि  थ्रीजीबाट  फोरजी सेवा लिन नपाएका ग्रहाकहरुलाई “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा सो अफर ल्याएको छ । कम्प्लेक्सले थ्रीजी फोन साटेर फोरजी फोन दिने अफर ल्याएको हो ।   अफर अन ... बाँकी अंश»

“सुविसु क्यान ईन्फोटेक २०१७" सम्पन्न

२०७३ माघ १८ मंगलबार, काठमाडौं ।   सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" सम्पन्न भएको छ । प्रदर्शनीको मंगलबार अन्तिम दिन ५५ हजार ७ सय १३  जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीमा कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका छन् ।    यसपटकको मेलामा अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव सोमलाल सुवेदी,परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतज्यू, , जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव ... बाँकी अंश»

ईन्फोटेकको पाँचौ दिन करिब ५० हजारले गरे अवलोकन, मंगलबार अन्तिम दिन

२०७३ माघ १७ सोमबार, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी “सुबिसु क्यान ईन्फोटेक २०१७ ” को सोमबार पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीको  आजसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।     सोमबार परराष्ट्र मन्त्री प्रकाश शरण,  जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशी र सभासद उदय शमशेर राणाले इन्फोटेकको अवलोकन गरे ।   ईन्फोटेकमा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका छन् ... बाँकी अंश»

‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ सुरु

२०७३ माघ १६ आइतबार, काठमाडौँ ।  ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ आइतबार  र सोमबार चल्ने छ । कार्यक्रमको उद्घाटन गर्दै  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताए ।  मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस सरकारले पछिल्लो समयमा गरेको बताए।    “ ... बाँकी अंश»

धनी व्यक्तिका अनौठा सौख, कसले कस्ता कपडा लगाँउछन् ?

२०७३ माघ १५ शनिबार, एजेन्सी । विश्वका धनी व्याक्तिका बारेमा हामिले सुन्ने गरेकै छौ । तर के तपाईले उनका अनौठो स्टाइलका बारेमा सुन्नु भएको छ ? आज हामि ती धनि व्यक्तिका अनौठा स्टाइल तपाईलाई भन्न गइरहेका छौ ।    बिल गेट्स बिल गेट्स विश्वका सबै भन्दा धनी व्याक्ति हुन् । उनको कुल सम्पत्ति ५४० अर्ब अमेरिकि डलर रहेको छ । तर पनि उनि केहि सामान्य चिजको सौख राख्छन् ।उनि मुख्य रूपमा ज्यादा फैशनेबल छैनन् । उनि सधै पेस्टल रंगको स्वेटर र शर्ट लगाउन मन पराउछन् । तर उनि कुनै बिशेष ... बाँकी अंश»

टेलिकमले गर्‍यो बाग्मती सफाइ

२०७३ माघ १५ शनिबार, काठमाडौं ।  नेपाल टेलिकमले आफ्नो तेहृौँ वार्षिकोत्सवको अवसरमा शनिबार बाग्मती सफाइ  महा अभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।    शनिबार काठमाडौंको सुविधानगर तीनकुने स्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । सो सामग्रीहरु बाग्मती सफ ... बाँकी अंश»

एनसेलले ल्यायो ३ पैसामा ‘नयाँ एसएमएस प्याक’

२०७३ माघ १३ बिहिबार, काठमाडौं ।  एनसेलले ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएको छ ।योजना  अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्ने कम्पनिले जनाएको छ ।    ‘नयाँ एसएमएस प्याक’ यही शुक्रबार बाट शुरु भई १५ दिन सम्म संचालनमा रहने छ । सो  एसएमएस प्याकमा ग्राहकले आफ्नो आवश्यकता अनुसार  ५ रुपैया (कर सहित) मा १५० एसएमएस वा २५ रुपैँया मा १००० एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन् ।  रुपैँया मा ... बाँकी अंश»

जिल्ला हुलाक कार्यालयबाटै रेडियोको नवीकरण

२०७३ माघ ११ मंगलबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ । सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिए ।    जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीले जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२÷०७३ र ०७३÷०७४ को न ... बाँकी अंश»

युवा वैज्ञानिक भविन्द्रको भौतिकशास्त्र सम्बन्धि खोज ‘दुर्यान्तर’ प्रमाणित

२०७३ माघ १० सोमबार, (बेनी) म्याग्दी । विज्ञान सम्वन्धि खोज, अध्ययनअनुसन्धान, विश्लेषण गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुवँरको भौतिक शास्त्र सम्वन्धि खोज ‘दुर्यान्तर’ भौतिक शास्त्र पुनर्निमाण अभियान र काठमाडौं रिचर्स एण्ड पब्लिकेशनले प्रमाणित गरिदिएको छ ।   म्याग्दीको बेनी नगरपालिका वडा नं ३ फापरखेतमा जन्मिएका कुँवरले विगत १८ वर्षदेखि  भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व सम्वन्धि खोज र अनुसन्धानहरु गर्दै आएका थिए ।   भौतिक व ... बाँकी अंश»

प्रबिधि क्षेत्रको ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" को तयारी तिब्र

२०७३ माघ ५ बुधबार, काठमाडौं । सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने क्यान ईन्फोटेक मेलाको तयारी तिव्र भएको क्यान महासंघले जनाएको छ । सूचना प्रविधि क्षेत्रको सबै भन्दा ठुलो मेलामा सूचना प्रबिधि क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु राखिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । सो मेलामा राष्ट्रि ... बाँकी अंश»

नयाँ